युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा
Monday, 08.06.2012, 05:13pm (GMT+5.5)

आज नेपालको स्थिति सत्ता र सम्पत्तिमा केन्द्रित छ । राजनीतिक वृत्तमा महामारीकै रुपमा फैलिएको यो भोगवादी प्रवृत्तिले समाजमा पनि विकृति फैलाइरहेको छ । आज दुई चार प्रतिशतले मोज गरेका छन् भने अरु सर्वसाधारण जनताको त विचल्ली नै छ । नेताहरूबीच सत्ता र सम्पत्तिको चर्को लेनदेन चलेको छ, त्यसैलाई यिनीहरू सहमति भन्छन् । अहिले राज्यको ढुकुटी दुरुपयोग गरेर केही पूर्व पदाधिकारीलाई आजीवन विशेष प्रकारको सुविधा दिने निर्णय बाबुराम सरकारले गरेको अध्यादेशमा राष्ट्रपतिले समेत स्वीकृति दिनाले अनर्थमाथि अर्को अनपेक्षित अनर्थ थपिएको छ । ती विशेष सुविधा खानेमध्येका गृहमन्त्रीहरू नै धमाधम भ्रष्टाचारमा जेल पस्दैछन् । के यस्तै हुन्छन् सम्मानका हकदारहरू ?

नेताहरूमा स्वार्थी प्रवृत्ति र अति महत्वकांक्षा बाहेक अरु केही देख्न पाइँदैन । प्रत्येकले म मात्रै जान्ने बुझ्ने, म मात्रै प्रधानमन्त्री लायक, मैले गरेको मात्रै ठीक र अरु सबै बेठीक भन्ने फोस्रो अहम् देखाएर अरुको अस्तित्व मेटाउन खोज्ने खालको हाँडीघोप्टे बानिबेहोराले गर्दा राजनीतिक मर्यादा कहिल्यै कायम हुन सकेन । यसबाट प्रत्येक पार्टीमा योग्य व्यक्ति पाखा फालिने र अयोग्य–धूर्तहरूले भागवण्डा गरेर पद–पैसा–प्रतिष्ठा हत्याउने परिपाटी बस्न गयो । सहकार्यको संस्कृति नै हरायो । राम्रो कामको पनि विरोध मात्रै गर्ने परम्परा नै बस्यो । यस्तै प्रवृत्तिले निरन्तरता पाइरहँदा प्रजातन्त्रप्रति नै जनविश्वास कमजोर हुँदै गएको छ ।

संसदीय व्यवस्था नेताको क्षमता र इमान्दारीतामा भरपर्ने व्यवस्था हो । तर नेताहरूले जनाधारको उपेक्षा गर्नाले व्यवस्था नै ढलपलाउने स्थितिमा छ । आजको अवस्था हेर्दा यो व्यवस्था नै अनुपयुक्त पो हो कि भनेजस्तो भएको छ । संसदीय परिपाटीमा बहुमत प्राप्त दलले निश्चित वर्षका लागि सत्ता समाल्ने र प्रतिपक्षले सरकारलाई बाटो बिराउन नदिने हुनुपर्ने हो । तर यहाँ नेताले नै आफ्नो दायित्व विर्सिदिनाले कुनै पनि पार्टीको बहुमत नपुग्ने भएर मिलीजुली सरकार गठन गर्नुपर्दा सहमतिका नाममा सबैले भागवण्डा लगाएर राष्ट्रको सम्पत्ति दुरुपयोग गर्ने र जनतालाई बेवास्ता गर्ने परिपाटी बसालेका छन् । सरकारले सरकारको भूमिका र विपक्षीले विपक्षको भूमिका इमान्दारीसाथ निर्वाह गरेको भए आजको जस्तो दुरावस्था नै आउने थिएन ।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं देश र जनताका समस्या एकातिर छन्, नेताहरूका हठ र अहम् अर्कातिर । यस्तो भएपछि जनताले दुःख पाउनु स्वाभाविक हुन्छ । नेतृत्वले नै देश, काल विपरीत गलत धारणा लिएर हिंडेपछि अरुलाई दोष दिनु नै व्यर्थ छ । संघको अर्थ नेताले नै बुझिदिएनन् । संघ भनेको त समष्टि हो, टुक्रा होइन । आज महादेशहरू टुक्रिएका उदाहरण हाम्रा अगाडि छन् । टुक्रिनुको अर्थ एक्लो र कमजोर हुनु हो । शक्ति त समूहमा हुन्छ । समूहलाई बाहिरियाले पनि हेप्न सक्दैनन् । पृथ्वीनारायण शाहको दूरदर्शि दृष्टिका कारण हामी नेपाली बलिया थियौं, कसैले हेप्न हेप्न–हियाउन र अधीनमा लिन सकेको थिएन । आज त नेताहरूले संघीयता र जातीयताका नाममा देश टुक्र्याउने खेल खेल्दैछन् । जात र धर्मका आधारमा नेपालीलाई फटाएर छिन्नभिन्न पारिदिने विदेशीका इशारामा नाचेर नेताहरूले नै अनर्थ निम्त्याइरहेका छन् ।

जातीयता र संघीयताका दुष्परिणामको अन्दाजै नेताहरूले गरेनन् । संघीयताका नाममा सोभियत रुस १५–१६ टुक्रा भयो । युगोस्लाभिया ५–६ टुक्रा भयो । बेल्जियम ३ टुक्रा भएर पनि अन्योलमै छ । भारत पनि जातिकै आधारमा विभाजित भएको हो । अफ्रिकी मुलुकहरू जाति र भाषाकै झगडाले जर्जर भएका छन् । नेपालमा त झन झण्डै सबा सय जात र १०५ भाषा छन् भनिंदैछ । ती सबैमा पनि ढिलो चाँडो विभाजनको रोग नसल्केका भन्न सकिंदैन । आजकै चर्चा परिचर्चाबाट नेपाली जनता मानसिक रुपले विभाजित र कमजोर भएको अनुभव गर्दैछन् भने भोलि संघीयता भनेर जातीय राज्य विभाजन गरियो भने के गति होला ? बडो सोचनीय प्रश्न छ यो । यहाँ दुईथरि व्यापारी छन् । एकथरिले धर्मलाई व्यापार बनाएका छन् भने अर्काथरिले राजनीतिलाई । तर तिनीहरू न धर्ममा विश्वास गर्छन् न त राजनीतिमा नै । तिनीहरूको उद्देश्य केवल नेपालीलाई आपसमै जुधाएर कमजोर पार्नु रहेको छ । कांग्रेस र एमाले माओवादीले जता डो¥यायो उतै जाने भैहाले । जातीय संघ राज्यको मूल ठेकदार माओवादी नै निस्केको हुनाले यसको दुष्परिणामको भागी पनि उसैले हुनुपर्छ ।

माओवादी अहिले फेरि संविधानसभाको दोस्रो निर्वाचनको बेसुरको राग अलाप्दै छ । निर्वाचित संविधानसभा नानाथरि बथान (६०१) जम्मा पारेर आफूखुसी म्याद थपेर चार वर्ष खाँदा पनि कामै नगरी संविधानसभा मृत भैसकेपछि अब फेरि दोस्रोपटक संविधानसभाको निर्वाचन गर्ने कुरा सुन्दा दुनियाँले के भन्लान् भनेर लाज पनि लाग्नुपर्ने हो । संविधानसभाको औचित्य त माओवादीले नै समाप्त पारिसकेको हुनाले अब त विशेषज्ञद्वारा संविधान मस्यौदा गराउने र गैरदलीय चुनावी सरकार गठन गरेर संसदको निर्वाचन गराउने अनि संसदबाटै संविधान पारित गराउने मात्रै उचित समाधान हुनसक्छ, अन्यथा ‘पुनर्मूषिकोभव’ हुन बेरलाग्ने छैन ।

त्यसकारण आज अघि जेजस्ता बेइमानी गरेका भए पनि नेताहरूले अब इमान्दारी देखाउनुपर्छ र गैरदलीय चुनावी सरकार बनाउने सहमतिमा पुग्नुपर्छ । जनतामा विश्वास गर्नेले मन्त्री पदमा छँदै झण्डा हल्लाउँदै गार्ड लिएर सलामी खाँदै चुनावमा जाने होइन, निःशस्त्र भएर आआफ्ना कार्यक्रम लिएर चुनावका मैदानमा उत्रने हिम्मत गर्नुपर्छ । जनताको सेवा गर्छु भन्नेले पदमा रहेर राष्ट्रका साधन सुविधा प्रयोग गरेर चुनाव लड्न सुहाउँदैन । नेपाली जजनताले एकैपटक भए पनि धाँधलीरहित निर्वाचन हेर्न पाउन् भन्ने हो भने त्यस्तो अवसर गैरदलीय चुनावी सरकारबाट मात्र सम्भव छ । हेरौं, लोभी–पापीहरूले कुन बाटो समात्छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी (08.06.2012)
निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा (07.30.2012)
प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा (07.30.2012)
सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी (07.30.2012)
पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा (07.23.2012)
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा (07.23.2012)
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)
विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा (07.10.2012)
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा (07.10.2012)
सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी (07.10.2012)
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा (07.03.2012)
स्पष्टता र दिशाबोध बेगरको कुर्सीताकाई - महेश्वर शर्मा (07.03.2012)
गाँठो फुकाउने उपाय यौटा मात्रै – तारा सुवेदी (07.03.2012)
असफलताको ढाकछोप गर्न आरोप–प्रत्यारोपको बाढी - यादब देवकोटा (06.18.2012)
“सहमतिको”असंवैधानिक बाटो खोज्ने कि, संविधान सम्मत बाटो रोज्ने ? - तारानाथ सुवेदी (06.18.2012)
सधैं आन्दोलनकै मानसिकता राखेर हुँदैन - महेश्वर शर्मा (06.18.2012)
मुलुकलाई सही मार्गमा हिंडाउने आत्मचेत खुले, प्रमुख नेताहरूले राष्ट्रघातको कलंक बोक्न पर्दैन - य (06.11.2012)



 
::| Latest News

 
[Page Top]