युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
जागीरको तीन महिना म्याद थपियो !
Monday, 05.30.2011, 03:48pm (GMT+5.5)

अहिले अन्तिम घडीमा आएर रातारात अन्तरिम संविधान २०६३ मा म्याद थप्ने द्रबिड प्राणायाम गरियो दिनभरि ..... कपालकोर- राति .... घोचा चोरउखान चरितार्थ पार्दै पाँच बुँदे सहमतिका नाममा नवौं संशोधन गरिएको तीन महिनाका लागि म्याद थपेर चार वर्षको काम गर्न सकिन्छ भने चार वर्षको समय किन खेर फालियो ? त्यो अमूल्य समय साधनको दुरुपयोगको जिम्मा कसले लिने ? महिनामा लडाकु समायोजन गरिसक्ने भनेर चार वर्षको समय बर्बाद पारिनुलाई जनताले नेताहरुको चरम सत्तालोलुपता बेजिम्मेवारीको उदाहरण मानेका छन्

संविधान बनाउने मूल्यवान समय कुर्सीका खेलमा रमेर बिताइयो मुरी छोडेर मानाको पछिभनेझैं राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह संविधानको नाम जस्ता निर्विवाद विषयमा पनि विवाद झिकेर समयको दुरुपयोग गरियो यसबाट नेताहरु मूल विषयप्रति कति असचेत एवं उदासिन रहेछन् भन्ने स्पष्ट भएको कानुन नियममा समावेश गरे हुने फुटकर विषय समेत संविधानमै लेख्नुपर्छ भनेर अड्डी ढिपी लिएर समय लम्ब्याउँदै जानु सोचाइको संकीर्णता अपरिपक्वता अथवा स्वार्थ एवं षड्यन्त्रकै प्रच्छन्न तानाबाना पनि भन्न सकिन्छ

आफ्नो ढङ्ग नपुगेर बिग्रेको स्थितिलाई नेताहरु विदेशी हस्तक्षेपभनेर चोखा देखिन खोज्छन् कूटनीतिक दक्षताबाट व्यवहार गर्न नजान्ने अनि हस्तक्षेपभनिरहने सुहाउने कुरा होइन विदेशी हस्तक्षेप भयो भन्नेहरु नै फेरि विदेशीकै गुलियोमा रमेका देखिन्छन् नेपालका नेता, यहाँका सरकार, यहाँको शासन सबै आईएनजीओ मार्फत बाहिरियाकै इशारामा नाचिरहेको स्थिति अहिले थपिएको तीन महिने म्याद पनि सम्भवतः बाह्यशक्तिकै इशारामा खचपचिन पनि सक्छ भन्नेतर्फ पनि सचेत नहुने हो भने यो म्याद थप पनि मूतको न्यानोनहोला भन्न सकिंदैन धन भए तँ बर्जु जोईभनेझैं गैरसरकारी संस्था यहाँ सलबलाइरहेकै हुनाले ब्वाँसाले कन्याएर आन्द्रा भुँडी थुतेझैं भयो भनेर अहिलेको सहमति पनि पूर्वसहमतिहरुसरह भयो भने आश्चर्य हुने छैन यो म्याद थप तीन महिने जागीरको म्याद थपेजस्तो पो हुने हो कि भन्ने शंका यथावत् नै

गोप्य सम्झौता गरेर प्रचण्डले झलनाथलाई प्रधानमन्त्री बन्न सघाउँदा विदेशी हस्तक्षेप तोडेंभनेका थिए, तर स्थिति समाल्न सकेनन् मुखले एकथोक भन्ने भित्र स्वार्थको कलुष राखेर व्यवहार गर्दा आफैंले विगारेको भन्न लाज मानेर अरुलाई दोष दिनु नेतालाई सुहाउँदो कुरा होइन यहाँ भड्काउने विगार्ने काममा सबै दक्ष छन्, तर सपार्नेमा भने आफूलाई फाइदा भए मान्ने, नत्र नमान्ने बानी बेहोरा कसैले पनि छाड्न सकेका छैनन्, स्वार्थ बाहेक देश जनताप्रतिको निष्ठा पटक्कै नदेखिनु त्यसैको परिणाम हो

संविधान बनाउने नाममा -आफ्नै स्वार्थमा अल्झेर तीन वर्षे कार्यकाल खेर फालेको देख्दा ढाँटको निम्तो खाइ पत्याउँदोभनेझैं अहिले थपिएको महिनामा गर्ने भनिएको काम हुन्छन् भनेर जनता विश्वस्त हुन सकिरहेका छैनन् संविधानलाई दलको अनुकूल होइन, देश जनताका लागि बनाइने हो भने दलहरुसंग असम्वद्ध विज्ञहरुद्वारा बनाउनपर्छ त्यसलाई निर्वाचित संसद्मा विमर्श गरेर टुङ्गो लगाउनुपर्छ त्यस्तै निर्वाचन प्रयोजनका लागि निष्पक्ष व्यक्तिहरुको छोटो छरितो मन्त्रिमण्डल बनाइनुपर्छ नत्र सत्तारुढहरुबाटै निर्वाचन गराउँदा सरकारी संयन्त्र साधन सत्ताधारीकै पक्षमा परिचालन भएर निष्पक्षताको आशा गर्न सकिंदैन अबको तीन महिनापछि पनि गतिलो संविधान नबन्नु निश्चित त्यसले त्यसपछिको सो सेतो हात्तीलाई विदा गरेर विज्ञहरुकै आयोग बनाउनुपर्ने अवस्था आउने

वर्तमान संविधानसभा समानुपातिकका नाममा घुरान बटुलेर बनाइएकाले त्यसले संविधान बनाएन भन्नु हिंजडाले बच्चा जन्माएन भन्नु उस्तै उस्तै हो जसको जस्तो योग्यता , त्यस्तै गर्ने हो त्यो उनीहरुले गरिरहेकै छन् कसैले रातो राहदानी बेचेका छन्, कसैले हुकिङ गरेर बिजुली चोरेका छन्, कसैले जागीर लगाइदिन्छु भनेर घूस खाएका छन्, कसैले जाँच दिन आफ्नो सट्टा छोरी पठाएर लेखाएका छन् इत्यादि त्यसैले यो संविधानसभाको औचित्य समाप्त भैसकेको अवस्थामा तीन महिने म्याद थपिएको , तापनि त्यसपछि आयोगद्वारा संविधान बनाउने स्वतन्त्र मन्त्रिमण्डलद्वारा संसद्को निर्वाचन गराउनु नै उचित समाधान हुनेछ

यहाँ हरेक नेता, दल सरकार नयाँ नेपालभनेर थाक्दैनन्, तर उनीहरुको साँठगाँठ अपराधी, तस्कर भ्रष्टहरुसित रहेको देखियो सभासद् नै भागवण्डामा सेठ, साहुकार, बैंकमारा, भ्याट छलुवाहरुलाई मनोनित गरेका छन् जनता साह्रै सोझा हुनाले त्यसैको नाजायज पाइदा उठाउने प्रपञ्च भएको नयाँ नेपालको नारा यहाँ भन्दैमा पत्याउने स्थिति अब रहेको छैन तीन महिनाको म्याद थपे पनि जनताले विश्वास गरेका छैनन् किनभने यहाँ नेताहरुसित जनतालाई भन्ने एकथोक आफूले गर्ने अर्कोथोक जनताले देखिरहेका छन् सभासद्का लागि तीन महिना जागीरको म्याद थपिएको नयाँ नेपालठगिखाने थेगो भएको , गिज्याउने पर्याय भएको अब तीन महिनापछिको रात पनि जेठ १४ गतेको रात जस्तै भयो भने आश्चर्य नमाने हुनेछ

यो पाँच बुँदाको गाजेमाजे सम्झौताका बुँदा -आफ्नो अनुकूल व्याख्या गर्न सुरु भैसक्यो कांग्रेस प्रधानमन्त्रीको राजीनामा माग्दैछ, तर झलनाथ आधार तयार नभै दिन्न भन्दैछन् मसी नसुक्दै झगडा सुरु भैसक्यो यो सुकाइदे गाँडभन्दा थपिदे गाँडपो हुनेभयो हतियार नबुझाइ, सम्पत्ति फिर्ता नगरी, वाईसीएल विघटन नभै प्रधानमन्त्रीले राजीनामा नदिई संविधानसभाको म्याद थप्न दिन्नांै भन्ने कांग्रेसको अडान खोइलाको कटेरी सिद्ध भयो रगतसित साटेको बन्दुक कुनै हालतमा बुझाउँदिन भनेर प्रचण्ड कड्केपछि कांग्रेसले घुँडा टेक्यो पहिलोपटक प्रचण्डले गणतन्त्र घोषणा गर्न लगाएर गिरिजालाई घुँडा टेकाएका थिए भने यो दोस्रोपटक घुँडा टेकाइ हो त्यसैले यो तीन महिने सहमतिले समाधानको सट्टा नयाँ गलफदी ल्याउने मात्र काम गरेको यसका दुष्परिणाम चाँडै देखिनेछ



Rating (Votes: )   
Share     Print


Other Articles:
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]