युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा
Tuesday, 08.14.2012, 12:52pm (GMT+5.5)

यहाँ राजनीति गर्छौं भन्ने ठालूहरूले राजनीतिलाई नै बेठेगानको बनाइदिए । आज एकथोक छ भने भोलि त्यही अर्को थोक बन्छ । हिजो अस्ति कांग्रेस र एमाले रुख थिए, ती दुबैले गच्छे अनुसार अरुलाई तप्केनीमा पारेर गर्नु नगर्नु गरे, देश खोक्रो पारेर कमाए अनि अग्राख पल्टेर बसेका थिए । तर आज आफ्नै अनाडीपनले गर्दा ‘पुनर्मूषिको भव’को स्थितिमा पुगेर कांग्रेस–एमाले माओवादीका तप्केनीमा लहरा भएका छन् भने धोद्रो लागेकै भए पनि अग्राख त आज माओवादी नै छन् जसले लहरालाई लतारिरहेका छन् । ताल विग्रेपछि कुनै बेलाका काजी कुनै बेलाका काजी कुनै बेला पाजी हुन पनि बेर नलाग्ने रहेछ । आज माओवादीका कजाइमा परेका छन् विचरा कांग्रेस र एमाले । ‘दुःख पाइस मंगले आफ्नै ढंगले’ भनेझैं यो सबै १२ बुँदेकै कमाल त होला नि !

हालैको सभापति भेलामा कांग्रेसका केही जिल्ला सभापतिले प्रधानमन्त्री बन्न सर्वोत्कृष्ट उम्मेदवार सुशील कोइरालालाई देखेछन् । जो जस्तो छ उसले त्यस्तै देख्ने त हो । चाकरी प्रयोजनमा प्रयुक्त सर्वोत्कृष्टको अर्थ नबुझ्ने को होला र ? लठ्ठापारीको निर्देशनमा बतासे फुल लिएर ओथारो नबसेका भए एक नम्बर त बाबुराम नै थिए, तर आफ्नै गल्तीले गर्दा उनको उत्कृष्टता निकृष्टतामा पुगेर थिग्रियो र पो त । स्वार्थले कस्ता कस्तालाई सर्वोत्कृष्ट देख्दोरहेछ भन्ने स्पष्ट भएको मात्रै होइन, कांग्रेसले निकट भविष्यमा भरोशालाग्दो नेतृत्व पाउने आशा पनि मेटिएको छ ।

यहाँका खैराँते नेता भाँडिएका बेला बाहिरियाले सधैं कान ठाडा पारेकै हुन्छन् । त्यस्तै मौका पारेर हस्तक्षेप गर्छन् र स्वार्थ पूरा गर्छन् । यी पानीआन्द्रेका आन्द्राभुँडी छामिसकेका हुनाले जाल बुनिरहन्छन् । राष्ट्रियता र सार्वभौमिकता सम्बन्धमा यहाँका नेताले देखाएको कमजोरीबाट फाइदा उठाउन पल्केका ब्वाँसाहरू अहिले फेरि खुलेरै अघिसरेका छन् । राजा महेन्द्रकै पालादेखि नेपालको सुरक्षा र परराष्ट्र मामिला आफ्नो हातमा लिने दुष्प्रयास सफल नभएपछि राजतन्त्रमाथि नै प्रहार सुरु गरेका हुन् । शान्ति क्षेत्र प्रस्तावको विरोध गर्नुका पछाडिको कारण पनि त्यही थियो । २०४५ सालको नाकाबन्दीको कारण पनि त्यही थियो । नेपालका राजाहरू भूटानी राजा जस्ता भएर बस्न मानेका भए न राजतन्त्र जान्थ्यो, न त बेलाबेलाका हस्तक्षेप नै हुन्थे । आज पनि एसडी मुनी जस्ता धूर्तका जारियाबाट फेरि अनर्गल प्रलाप गर्न लगाउँदैछन् । नेपालको स्वतन्त्र अस्तित्वका लागि यहाँका राजाहरूले लिएको दह्रो अडान नभएको भए नेपाल उहिल्यै कि भूटान अथवा एउटा प्रान्त बनाइसक्ने थिए । आज पनि त्यही दूषित मनसाय पूरा गर्न ठुटे नेताहरूलाई एक अर्काको विरोधमा उचालेर नचाइरहेका छन् । जनजातिको नारा पनि त्यसैको एक भाग हो ।

संविधानसभाका नाममा चार वर्ष फ्वाँक्कैमा खेर फाल्नेहरू अब त्यही मृत सभाले गरेका केही विवादास्पद सहमतिलाई नै स्वीकार्नुपर्ने भनेर बखेडा झिक्न खोज्दैछन् तर ती सहमतिका नाममा भएका विवादलाई फेरि उठाउनुको औचित्य नै समाप्त भैसकेको छ । अब त नयाँ प्रक्रियाबाट सुुरु गर्नुपर्न, नत्र त उनै पुराना झगडा दोहोरिएर समय मात्रै बरबाद हुनेछ । एकातिर नेताका अविवेक र स्वार्थका झगडाले गर्दा जातीय द्वन्द्व मच्चिने स्थिति छ भने अर्कातिर त्यसैबाट नाजायज फाइदा उठाउन आतुर एसडी मुनी जस्ता भेदियाले खुलै रुपमा भँड्याएर फुट पार्ने काम पनि गरिरहेका छन् । नेताले आफ्ना कमी कमजोरी र गल्ती सच्याएर सहकार्यको स्थिति ल्याउन नसक्ने हो भने भ्वाङ ठूलो हुँदै जाँदा समालि नसक्नु हुनेछ र बाँकी रहेका प्राकृतिक स्रोत साधनको समेत दोहन गरेर हामीलाई कंगाल पार्न बेर लाउने छैनन् ।

नगर्नु गल्ती गरिसकेपछि अहिले आएर ‘मुति पनि सक्यो दैलो पनि देख्यो’ भनेझैं प्रधानमन्त्री बाबुरामले ‘चावी अन्तै रहेछ’ भन्न थालेका छन् । आफ्नो चावी अर्कालाई बुझाएपछि जाँदैन त ? अन्तै रहेछ भनेर मात्रै सुख पाइन्छ ? त्यो चावी कसले कुन स्वार्थले कसलाई बुझाएको हो ? रहस्य खोल्न परेन ? आफैंले हो भने गल्ती सुधारेर समेल्ने काम गर्नु परेन ? खोई त्यसतर्फको प्रयास ? यस्तै लेण्डुप ताल हो भने पुर्खाले रगत बगाएर जोगाएको शान, मान, राष्ट्रियता र गौरब गाथा इतिहासको कथा मात्र भएमा भावी पुस्ताले धिक्कार्नु त छँदैछ, आजै हामी आफ्नै थातथलोमा विराना र परचक्री जस्ता अल्पमतमा परेर सास्ती भोग्नुपर्ने स्थिति नआउला भन्न सकिने अवस्था रहने छैन । खोई खाइवीरे ठुटे नेताहरूलाई यस्ता कुराको चिन्ता ?

केही कांग्रेसीहरू बाबुरामलाई खोसेनन्, संविधानको रक्षा गरेनन् भनेर राष्ट्रपतिलाई दोष दिइरहेका छन् । तर असामान्य स्थितिका लागि राष्ट्राध्यक्षलाई स्पष्ट रुपमा आवश्यक अधिकार दिनुपर्छ भने सोच्तैनन् । ‘उठ् बुहारी भन्ने, तर चुल्ठो कुल्चने’ गरेपछि बुहारी कसरी उठ्छे । बेइमानको मन खोटो हुन्छ । राष्ट्राध्यक्षले आफूहरूलाई अंकुश लगाउला भन्ने डरले आवश्यक अधिकार दिन पनि कञ्जुस्याई गर्ने अनि राष्ट्रपतिले केही गरेनन् भन्ने सुहाउँदो हुन्छ त ? त्यही नजिकै राष्ट्रपतिलाई भए सरहको अधिकार त दिनुपर्याे नि, खै त ? अब बाधा अड्काउ फुकाउन पनि चावीवाला नै आउनुपर्ने हो कि कसो हो ?

तपाईहरूबाट स्वार्थसिद्धि बाहेक देश र जनताको भलो हुने काम होला भन्ने आशा जनताले छोडिसकेका छन् । महंगो पैसा तिर्दा पनि  पानी खान र ग्यास मटितेल एवं वत्ती बाल्न त दिन सक्नुहुन्न  भने अरु के आशा गर्ने ? भन्नोस । त्यसैले सक्नुहुन्छ भने प्रधानमन्त्री जी धिपधिपको बेला भए पनि हिजो के बोलेको थिएँ र आज के बोल्दैछु भन्नेसम्म ख्याल राखेर बोली फेर्ने बानी छोडेर गर्नसक्ने मात्र बोल्नोस् । जाने बेलामा त्यति मात्रै गर्न सक्नुभयो भने केही मात्रामा भए पनि इज्जत रहनेछ । नत्र उही ‘कुनै बेलाका काजी ....’ हुनु निश्चित छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी (08.14.2012)
जलवायु परिवर्तनको प्रत्यक्ष असर - यादब देवकोटा (08.06.2012)
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा (08.06.2012)
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी (08.06.2012)
निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा (07.30.2012)
प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा (07.30.2012)
सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी (07.30.2012)
पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा (07.23.2012)
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा (07.23.2012)
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)
विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा (07.10.2012)
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा (07.10.2012)
सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी (07.10.2012)
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा (07.03.2012)
स्पष्टता र दिशाबोध बेगरको कुर्सीताकाई - महेश्वर शर्मा (07.03.2012)
गाँठो फुकाउने उपाय यौटा मात्रै – तारा सुवेदी (07.03.2012)
असफलताको ढाकछोप गर्न आरोप–प्रत्यारोपको बाढी - यादब देवकोटा (06.18.2012)



 
::| Latest News

 
[Page Top]