युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 07:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना
Monday, 05.30.2011, 03:49pm (GMT+5.5)

संघीयताको नाममा एक मधेश एक प्रदेश’, ‘एक मधेश बहुप्रदेशको नारा खुबै लाग्ने गरेको जातीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक पक्षमा यस्तो राजनीतिक विकार घुसेको यो समयमा पृथ्वीनारायण शाहले वैदिक विधिविधान बमोजिम कायम गरेको राष्ट्रिय एकता छिन्नभिन्न हुने हैन भन्ने भय मडारिएको राष्ट्र विखण्डनको संघारतिर गैरहेको चिन्ता पनि संगसंगै बढ्दैछ -जसले तराई (मधेश)का बारेमा अहिले स्वायत्तता एकलौटी हुनुपर्ने धारणा राखिरहेका छन्, उनीहरूले समग्र तराईको वैदिककालदेखिको महत्वलाई बुझेका छैनन् वा बुझेर पनि बुझपचाइरहेका छन् यहाँ हिमाल, पहाड मधेशबारेको एउटा प्रसङ्ग सुरु गरौं -

कुरा मकवानपुरबाट थालौं- यो कुनै बखत सेन राजाहरूको राज्य थियो भन्ने इतिहास राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ससुराली यो राज्य अन्तर्गत तराई (मधेश)को ठूलै भूभाग शासित थियो आफ्नी विवाहिता पत्नी लिन ससुराली पुगेका पृथ्वीनारायण शाह तत्कालीन मकवानपुरे युवराज अर्थात् जेठानसंगको खटपटमा यो इतिहास रङ्गमगिएको नेपाल एकीकरणको प्रसङ्गमा यो इतिहास प्रारम्भिक अवस्थामा सेन वंशका अन्तिम युवराजा दिग्वन्ध सेन पृथ्वीनारायण शाहका ससुराली खलक हुन् मकवानपुरको ठूलो ऐतिहासिक महत्व अञ्चल तथा जिल्लाको आधुनिक मानचित्र बन्नुपूर्व महोत्तरी, धनुषा सर्लाही लगायत पूर्वी तराईको मानचित्रसमेत यसैभित्र समेटिएको थियो पाल्पाली सेन राजाहरूको राज्य पनि पश्चिम तराईसम्म फैलिएको थियो तराई पहाड मिलेर बनेको पाल्पा मकवानपुरको सेन राज्यको यो इतिहासको आँखेझ्यालबाट हेर्दै अब तराई- मधेशको सांस्कृतिक चर्चा गरौं

तराई- मधेशको संस्कृतिको चुरो के हो ? माक्र्सवादको संस्कृति मधेशको संस्कृति हो ? माओवादी वा अन्य कुनै वाद मधेशीको संस्कृति हो ? उपभोक्तावादी पश्चिमी शैलीको पूँजीवादी गणतन्त्र मधेशको संस्कृति हो ? युरोपमा क्रियाशील क्रिश्चियन डेमोक्य्राट पार्टीको जस्तै अभ्यास गर्ने संस्कृति वा पश्चिमी अवधारणाको नितान्त भौतिकवादी सोच वा जीवनशैली मधेशको पहिचान हो ? यसको उत्तर मधेशकै नेताहरूले कुनै कुनै दिन दिनैपर्छ तराई- मधेशको संस्कृति संयुक्त परिवारमा आधारित जीवनशैलीको स्रोतसम्मै पुग्ने संस्कृति हो थारु जातिले पछिसम्म पनि यो जीवनशैली तराईमा कायमै राख्दै आयो एकल पारिवारिक संस्कृति मधेशको संस्कृति होइन यो संस्कृति जनक, सीता, बुद्ध प्रादुर्भाव गर्ने सांस्कृतिक परिचयबोधक क्षेत्रको मौलिक संस्कृति हो अहिलेका मधेशी नेताहरूको खण्डित व्यक्तित्व धुमिल भएको प्रभामण्डल, इच्छाशक्ति मानसिकता यहाँ विवेच्य मधेशमा नेतृत्व संकट अन्धानुकरणको अस्वस्थ प्रतिस्पर्धा हिंसाको दावानलले दग्ध गर्ने कुचेष्टा नेताहरूको खण्डित मानसिकताले राष्ट्र विखण्डन हुने भय इत्यादि अनेक प्रकारका नाकारात्मक सोच तराई- मधेशको नाम वेचेर, इतिहास मेटेर, आफ्नो राजनीतिक दुकान थाप्नेहरू मधेशलाई वर्वाद गर्दैछन् यस्तो दृष्टिकोण विश्लेषकहरूबाट विश्लेषण हुने क्रममा छन् तराई- मधेश सर्लक्क नेपालको मानचित्रमा कसरी समावेश भयो ? यो प्रश्नको उत्तर तराई-मधेशभित्रै साम्राज्यवादको दबदबा मुगल तथा अंग्रेजको अत्याचारबाट तराई कसरी बच्यो ? यसमा प्रवेश गर्नुपूर्व जनकयुगको रामायणकालमा पुग्नुपर्छ

समस्त पहाडिया मूलका क्षेत्री, बाहुन वा वैश्य लगायत चार वर्णका जीवनपद्धति तराई- मधेशकै सांस्कृतिक स्रोतसम्म जोडिन पुग्छन् काठमाडौं उपत्यका होस् वा २२ से २४ से भुरेटाकुरे राजा रजौटाको कालखण्डमा पनि जनक दर्शन, बुद्ध दर्शन मिथिलाञ्चलमा उद्भव भएका जीवनशैलीको यथामति यथास्थान प्रभाव बुद्ध धर्ममा दीक्षित बुद्धिष्टहरु हिमाली भेगमा बसोबास गर्छन् बुद्धम् शरणं गच्छामी, धम्मम् शरणं गच्छामी, संघम् शरणं गच्छामीअनेक ऐतिहासिक कालखण्डमा निर्मित गुम्बामा हिमाल पहाडमा यी शब्दावली गुञ्जिएकै छन् बुद्ध अहिले पनि ध्यानमग्न मुद्रामा बसेकै छन् बुद्धको उपदेश शिरोपर गरेर जीवनयापन गर्नेहरु हिमालदेखि तराईसम्म जताततै छन् यसरी नै जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीश्रीरामको यो आदर्श हिमशिखरसम्म अझै प्रतिध्वनित भैरहेकै याज्ञवल्क्य जस्ता तराई- मधेशमा विचरण गर्ने विद्वानहरूले विकसित गरेको जीवनपद्धतिबाटै पहाडियाहरूले आफ्नो दैनन्दिनी जीवनशैली अद्यापि व्यवस्थापन गरिरहेका छन् यिनै याज्ञवल्क्यले रचना गरेको ग्रन्थबाटै काठमाडौं उपत्यकाको शासन प्रणाली व्यवस्थित गर्न झिकाइएका मैथिल ब्राह्मणहरूले मल्लकालमा समेत योगदान दिएको सांस्कृतिक पृष्ठभूमि यहाँ उल्लेख्य

याज्ञवल्क्य ईशापूर्व शताब्दीयौं अघि नै तराई- मधेशमा विचरण गर्ने विद्वान हुन् उपनिषदकालीन वैशम्पायन ऋषिका शिष्य यिनी ऋषिहरूमध्ये अग्रणी तत्ववेत्ता विद्वान पनि मानिन्छन् याज्ञवल्क्य सम्बन्धी अनेक प्रसंग रोचक छन् वृहदारण्यक उपनिषदमा यिनका पत्नीहरूको पनि चर्चा कात्यायनी मैत्रेयी नामका महिलाहरूका बीचको अंशवण्डाबाट अध्यात्मिक विद्याको प्रसङ्ग अगाडि बढेको

याज्ञवल्क्य अत्यन्त स्वाभिमानी थिए उनले छादेको ज्ञान तित्राको स्वरुपमा ग्रहण गर्नेहरू तैत्तरीय कहलिए याज्ञवल्क्यले सूर्यको उपासना गरेर प्राप्त गरेको वेदविद्या शुक्ल यजुर्वेदको रुपमा विकसित भयो तराई- मधेशमा मनाइने छठ पर्व पनि सूर्यसंगै सम्बन्धित गायत्री मन्त्र सूर्यकै वरपर घुम्छ प्रतिदिन कुनै पनि कार्य वा कर्मकाण्डको विधि सम्पन्न गर्दा सूर्यलाई अर्घ दिइन्छ आदित्यहृदयस्तोत्रमा सूर्यकै वर्णन नेपालको झण्डामा सूर्य अंकित सूर्य मधेशको संस्कृतिकै अर्को परिचयबोधक ग्रह हो वैज्ञानिक मतानुसार सूर्यबाट उछिट्टिएको एउटा टुक्रा नै पृथ्वी हो थारु संस्कृतिमा माघी पर्वको ठूलो महत्व वैदिक संस्कृतिमा माघे संक्रान्तिको दिनदेखि सूर्य उत्तरायण हुने हुँदा यो पर्वको स्रोत वैदिककालसम्म पुगेको ठहर्छ

यिनै मधेशी विद्वान महर्षि याज्ञवाल्क्यस्मृति अनुसार चौध विद्यामा चार वेद छन् तिनका अङ्ग छन् एक मीमांसा , अर्को न्याय एउटा हो पुराण अर्को धर्मशास्त्र सारा संस्कृत वाङ्मय यिनै १४ विद्याभित्र समेटिएका छन् चौध विद्याका अतिरिक्त विष्णुपुराणका अनुसार १८ विद्या छन् याज्ञवाल्क्य स्मृतिग्रन्थमा १४ विद्यामात्र उल्लेख भएका छन् विष्णुपुराणले धनुर्वेद, गान्धर्ववेद, आयुर्वेद अर्थशास्त्रको थप नामावलि दिएको याज्ञवल्क्य स्मृतिअनुसार १४ विद्यालाई आधार मान्नेहरू पछिल्ला चार वेद अर्थात् आयुर्वेद, धनुर्वेद, अर्थवेद गन्धर्ववेदलाई पनि ऋग्वेद, यजुर्वेद, सामवेद अथर्ववेदकै अङ्ग मान्छन् चौध वा १८ जे जति संख्यामा विद्या विभक्त भए पनि यसभित्र सात सिद्धान्त समाविष्ट छन् यी सात सिद्धान्त हुन्- पञ्चरात्र सिद्धान्त, कपिल सिद्धान्त, अपान्तरम् सिद्धान्त, ब्रह्मनिष्ठ सिद्धान्त, पाशुपत सिद्धान्त, हैरण्यगर्भ सिद्धान्त, शैव सिद्धान्त यी सातै सिद्धान्त अनुसार संस्कृत वाङ्मयमा सय शास्त्र छन् ७० महातन्त्र छन्, जसलाई महाभारत शान्तिपर्व अध्याय १२२ श्लोक ३३ देखि ३६ श्लोकसम्म यसरी उल्लेख गरिएको -

"शतानि त्रीणि शास्त्राणां महातन्त्राणि सप्ततिः

तन्त्रं पाशुपतं नाम पाञ्चरात्रं विश्रुतम्

योगशास्त्रं सांख्यं तन्त्रं लोकायतं तथा

तन्त्र बह्मतला नाम तर्क विद्या दिगौकसाम

सुखदुःर्खा जिज्ञासा कारणं चेति विश्रुतम् "

कपिलको सांख्य योगको महिमाको वर्णन श्रीमद्भगवत गीताको दोस्रो अध्यायमा श्रीकृष्णले गरेका छन् यदुकुलनन्दन श्रीकृष्णका अनुसार सिद्धानाम कपिलो मुनिअर्को कपिलमुनीको विशेषता यी कपिल मुनिकै वासस्थान कपिलवस्तु तराई मधेस नै हो यस्तै याज्ञवल्क्य, कपिल वा बुद्ध सुवै तत्ववेत्ताहरूको सांस्कृतिक चुरो एउटै हो त्यो हो पूर्वीय दर्शन यो दर्शनको पृष्टभूमिमा अर्को पाटो - राजतन्त्र, जो त्रेतायुगको मर्यादापुरुष आदर्श श्रीरामसम्म पुग्छ राजतन्त्रको अलिखित विधानका सार यिनै हुन् यही संविधान अनुसार शास्त्रसम्मत राजतन्त्र प्राच्यमा चलेको थियो

पृथ्वीनारायण शाहले गोरक्ष नीति अनुसार गुरु गोरखनाथको प्रियपात्र भएर एकीकरण गरेको राष्ट्र नेपालभित्र तराई अर्को शब्दमा मधेश कसरी समाहित भयो ? त्यो अत्यन्तै धनी संस्कृतिको जगेर्ना गर्न पृथ्वीनारायण शाहले लिएको नीति के हो ? यी प्रश्नको उत्तर तराई वा मधेसमै खोजी हुनुपर्छ साम्राज्यवादी शक्तिको कसरी मुकाविला गरियो मुगल तथा ब्रिटिसकालमा तराई वा मधेस पहाडले कसरी आफ्नो स्वत्व रक्षा गरे, यो इतिहासको अनुसन्धान पनि हुनैपर्छ नेपाली भाषामा लेखिएको कविताका दुई पंक्तिले यसको केही छनक दिन्छ

तिनको यहाँ उद्धरण गरौं -

"हटाई फिरङ्गी जति हुन्छ चाँडो

पुगी आज गङ्गा पखाल्नु खाँडो "

पृथ्वीनाराण शाहले जोगाएर जगाएको नेपालको पेट मानिने तराई वा मधेशमा पृथ्वीनारायण शाहकै वंशवृक्षका युगपुरुष राजा महेन्द्रलाई स्मरण गर्ने मधेशीहरू पनि प्रशस्तै भेटिन्छन् राजा महेन्द्रले मधेशको सांस्कृतिक पृष्टभूमि यहाँको महिमाकै मूल्य जोगाउन त्राहीमाम भएको तराई वा मधेशलाई पुनः जीवन दिने प्रयास गरे सर्वप्रथम पूर्व-पश्चिम मेची-काली छिचोल्ने राजमार्ग मधेशबाटै सुरु गरियो गैंडाकोटमा शिलान्यास भएको राजमार्ग मधेशको विकासका निमित्त आधुनिक युगको वरदान सावित भयो राजा महेन्द्रकै प्रेरणाले तराई वा मधेशमा शहर विकसित भए उद्योगधन्दा स्थापना गरिए औद्योगिक क्षेत्र निर्माण गरिए तराई वा मधेशको कृषिलाई आधुनिक रुप दिन महेन्द्रले आफैं मधेशमै गएर हलो जोते पातलो जनसंख्या ह्वात्तै बढ्ने गरी वातावरण अनुकूल बनाइयो

पहाडिया बस्ने कर्णाली प्रदेश लगायतका क्षेत्रहरूलाई उपेक्षा गरेरै पनि तराई वा मधेशलाई विशेष महत्व दिने राजा महेन्द्रकै शासनकालले दबिएको तराई वा मधेश नयाँ अनुहारमा देखापरेको हो यस्तो दृष्टिकोणको पनि व्याख्या विश्लेषण हुँदैछ संक्षिप्तमा तराई- मधेशको इतिहास यस्तै

(प्राच्यको एक सूत्र स्फोटवादनामक पुस्तकबाट)



Rating (Votes: )   
Share     Print


Other Articles:
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]