युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 06:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेताहरू सत्ता स्वार्थकै कोलमा घुमिरहेका छन्म - हेश्वर शर्मा
Monday, 08.20.2012, 04:08pm (GMT+5.5)

केही वर्ष अघिको राजधानीको कुहेको गुँदपाक र नेपालको अहिलेको राजनीतिलाई जनताले ‘हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानू’ भन्न थालेका छन् । गुँदपाकका साहुजी त अरु त्यस्तै कुनै धन्दामा लागे होलान् नै, तर राजनीतिक साहुजीहरू चाहिं शिवजीले सतीको लाश बोकेर हिंडेजस्तो गरिरहेकै छन् । यहींनेर म शुक्राचार्यको कथन जोड्न चाहन्छु । उनी भन्छन्– “राजनीति गर्नेले जनताको आराधना गर्नुपर्छ, जनताका आशय बुझेर जे गर्दा जनता सन्तुष्ट हुन्छन् त्यही गर्नुपर्छ” । उनको अर्को भनाइ छ– “जहाँ राज्य संचालनमा अविवेकी र स्वेच्छाचारी छन्, जहाँ सभासद पक्षपाती छन्, जहाँ विद्वान–बुद्धिजीवीहरू सन्मार्ग छोडेर विकेका छन्, जहाँ साक्षीहरू झूठो बोल्छन्, जहाँ दुरात्माहरूको प्राबल्य छ, त्यस्ता ठाउँमा धन–मान प्राप्त छ भने पनि एक दिन पनि नबस्नु ।” भनाइ राम्रो हो । ठाउँ हुनेहरू त दिल्ली, कलकत्ता, लखनउ, बनारस, पटना या दरभंगा जालान्, तर नेपालीलाई यहीं कुटीमाटी गरेर बाँच्नुछ, नबसेर कहाँ जानु ?

बस्न त जहाँ पनि सकिएला, तर मान्छे नै जहरिला भएका ठाउँमा बस्न र बाँच्न गाह्रो हुन्छ । राजनीतिमा जहर घोल्नेहरू नै यहाँ नेतृत्वमा हुनाले आजको राजनीति जनताका लागि जहर समान बनेको छ । यो जहर निकालेर राजनीतिलाई निर्विषीकरण गरेर जनमैत्री नबनाएसम्म यहाँ सुख शान्ति हुने कुनै लक्षण देखिंदैन । त्यसैले के गर्दा बस्न–खान हुन्छ, त्यसतर्फ नेताहरूको ध्यान जानुपर्ने हो । तर नेताहरू नै किंकर्तव्यविमूढ छन्, पागलपन देखाउँदैछन्, जनतालाई समेत पागल बनाउन खोज्दैछन् । जति ठूला नेता उति नै ठूलो बेइमानी अर्थात् दर्जा अनुसारको बेइमानी यहाँ छ । कोलमा गोरु घुमेजस्तो नेताहरू सधैं सत्ता स्वार्थकै कोलमा घुमिरहेका छन् । हामी गलत बाटोमा छौं भन्ने जान्दाजान्दै पनि सुध्रने प्रयास नगर्नु विडम्बना नै भन्नुपर्छ ।

नेताहरूको सोचाई नै गलत भएपछि काम गराइ गलत हुनु स्वाभाविक हो । आफैंले पालन नगर्ने आचरणका आदेश–उपदेशबाट अनुशासन कायम हुन्छ, सुशासन चल्छ भन्नु नै गलत हो । नेता नै गलत भएपछि अरुले पनि त्यही बाटो समात्छन् भन्ने बुझ्नुपर्ने हो । नेताले मात्रै बेइमानी नगर्ने र जनतालाई सही बाटो देखाउने हो भने देश निर्माण गर्ने अपार शक्ति नेपालीका पाखुरामा छ । तर नेताहरूकै अज्ञान, अनाडीपन र भ्रष्ट मनोवृत्तिका कारण नेपालको युवाशक्ति एकातिर विदेशिएर अलपत्र हुन विवश छन् भने बाँकी पनि अनुकूल वातावरण र अवसर नपाएर कुण्ठित छन् । यो साह्रै बिझ्ने कुरा हो देशभक्तहरूका लागि ।

नेताहरू भाषण गरेर थाक्दैनन्, जनतालाई उपदेश मात्रै सुनाउँछन् तर आफैंले त्यो आचरण गर्दैनन् । प्रजातन्त्रका छ दशक बितिसके, स्थिति झन्झन् खराब हुँदैगएको छ । यसको कारण नेतृत्वकै कमजोरी हो भन्ने बुझेर पनि नेताहरूले त्यस कुराको उपेक्षा गरिरहेका छन् । आफूलाई जनताका प्रतिनिधि भन्नेहरूलाई नै आफ्नो दायित्व बोध नभएपछि अव्यवस्था फैलिनु अनौठो होइन । आफ्नो ढंग नपुगेर अथवा बेइमानी र भ्रष्ट आचरणका कारण उत्पन्न समस्याका समाधान खोज्नु सट्टा अरुलाई नै दोष दिएर पन्छिन खोज्नु अर्को थप बेइमानी हो भन्ने बुझ्नुपर्छ ।

यहाँ कथित नेतृत्व मात्रै भयो, वास्तविक नेतृत्वको विकास नै हुन पाएन । जनताले विश्वसनीय नेतृत्व नै पाएनन्, चटके नेता मात्रै भए सडकछाप खालका । लोकतन्त्र र गणतन्त्र फलाक्दैमा हुने भए यहाँ प्रत्येक नेताले दिनको पचासपटक त्यस्ता शब्द दोहो¥याइरहेका छन् । खोइ त समाधान ? त्यसैले नेता र मन्त्री सर्वप्रथम आफ्नो पद मर्यादामा रहनुप¥यो । आफू निष्कलंक र निष्पक्ष भएको अनुभव जनतालाई गराउनुप¥यो । त्यो मुखले मात्रै होइन, कामै गरेर देशमा सरकार पनि छ, कानुन पनि छ भन्ने अनुभूति जनतालाई गराउन सक्नुप¥यो । खोइ, त्यसतर्फ कुनै काम भएको ? दोषी को हो ? हामी कता जाँदैछौं भनेर जनताले हेरिरहेका छन् । हामी के बोल्दैछौं र के गर्दैछौं भन्ने हेक्का पनि जनतालाई छ भन्ने नबिर्सौं ।

‘नेता’ भनेको के हो र नेता केका लागि ? यो नेता हुँ भन्नेले विचार गर्नुपर्ने गम्भीर प्रश्न हो । यदि देश र जनताका लागि हो भने तदनुकूल आचरण चाहियो, जनताका नाममा जनताकै शोषण गर्ने भ्रष्ट प्रवृत्ति छोड्नुप¥यो । नेताका हरेक क्रियाकलाप जनताका पक्षमा हुनुपर्छन् । जनतालाई झुक्याउने काम असल नेताले गर्दैनन् । जनतालाई भ्रममा पार्न प्रजातन्त्रलाई नानाथरि तन्त्रका नाम भिराउँदैमा र राजमार्गलाई लोकमार्ग भन्दैमा यहाँ केही हुँदैन । केही हुन त आखिर कामै गर्नुपर्छ, थोत्रा गाला बजाएर मात्रै हुँदैन भन्ने कुरा अब त लाटाले पनि बुझिसकेका छन् ।

भनिन्छ– नेताका देखाउने र लुकाउने दुईथरि कुरा हुन्छन्, चवाउने र देखाउने दाँत भनेजस्तै । अध्यक्ष पुष्पकमलले हालै बनाएको गठबन्धनमा लोकतान्त्रिक र गणतान्त्रिक नामका दुईटा दाँत देखाएका छन्, तर त्यसभित्र संघीयता, जात, धर्म, प्रदेश, सम्प्रदाय, जनतन्त्र आदि अनेकथरि दाँत लुकेका छन् भनेको सुनिन्छ । कांग्रेस–एमाले र वैद्यजीका फेरि केकस्ता र कतिथरि तन्त्र छन्, ती सबै बाहिर आउँदा नेपाल बहुतै धनी बहुतान्त्रिक मुलुक हुने भयो । यो गठबन्धनलाई प्रचण्डले ‘राजनीतिक स्वार्थमा मात्र आधारित नभएको’ (साउन ३२ का अखबार) भनेका र ‘राजनीतिक स्वार्थ मात्र’ भन्नाले त्यसभित्र त्यो स्वार्थ त छ नै यो गठबन्धन स्वच्छ मनसायबाट गरिएको हो भने यसको नाम गलत भयो । होइन र नाम सही ठानिएको छ भने यसभित्र षड्यन्त्र छ भनेर बुझ्नुपर्ने हुन्छ । किनभने ‘गठबन्धन’ भनेको साँठगाँठ हो कुनै स्वार्थ सिद्धिका लागि गरिने गुप्त षड्यन्त्र । यसको रहस्य परिणामबाट थाहा हुने नै छ ।

यतिखेर कामचलाउ सरकार र विपक्षीबीच दुश्मनी चर्केको छ । त्यो के का लागि भन्दा स्वार्थका लागि, कुर्सीका लागि । सरकार सबैलाई दबाएर–अँठ्याएर आफ्नो हुँदोमात्र गर्न खोजिरहेको छ भने विपक्षीले बन्द, हड्ताल, चक्काजाम आदिको सहारा लिंदैछन् । जताबाट पनि मर्का जनतालाई नै परेको छ । सरकार चाहिं विरोधको विरोध जनताले नै गरिदिएपछि ढुक्क छ । दायित्वबोध नभएको सरकार भएपछि यस्तै हुन्छ र जायज विरोध पनि सरकारले सुन्दैन । चक्काजामबाट आजित जनता विरोधमा उत्रिदिए हुन्थ्यो भनेर सरकार बसेको हुन्छ । ठूलै राष्ट्रिय र सार्वजनिक सम्पत्ति हिनामिना नभै सरकारका आँखा खुल्दैनन् । हिजो आज यस्तै स्थिति छ ।

चाहे प्रचण्डको लोकतान्त्रिक–गणतान्त्रिक गठबन्धन होस् या बाबुरामको राजीनामा मागेर हड्ताल गर्नेहरूका कुरा, सहमतिका नारा फलाकेर बेइमानी गर्ने परम्परा नै यहाँ बसेको हुनाले स्थिति विग्रदै गएको छ । यस्तो अवस्थामा षड्यन्त्र र दुराग्रहका नातामाना छोडेर पक्ष विपक्ष सबै समस्या समाधानको बाटोमा लागिदिए हुन्थ्यो भन्ने जनचाहनालाई हृदयंगम गर्न सके राजनीतिले निकास पाउने थियो कि ?


Rating (Votes: )   
Share     Print


Other Articles:
भ्रष्टाचारीको जेल यात्रा : कांग्रेसीको दोहोरो मानदण्ड - तारा सुवेदी (08.20.2012)
द्वेध चरित्रले राष्ट्रिय स्वाधीनता जोगिदैन - यादब देवकोटा (08.14.2012)
यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा (08.14.2012)
राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी (08.14.2012)
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा (08.06.2012)
जलवायु परिवर्तनको प्रत्यक्ष असर - यादब देवकोटा (08.06.2012)
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी (08.06.2012)
निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा (07.30.2012)
प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा (07.30.2012)
सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी (07.30.2012)
पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा (07.23.2012)
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा (07.23.2012)
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा (07.10.2012)
विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा (07.10.2012)
सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी (07.10.2012)
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा (07.03.2012)



 
::| Latest News

 
[Page Top]