युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:18pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजनीतिक स्तरहीनता बढ्दो क्रममा - महेश्वर शर्मा
Monday, 08.27.2012, 04:45pm (GMT+5.5)

नेताको स्तर अनुसार नै राजनीतिक क्रियाकलापको पनि स्तर कायम हुँदोरहेछ । देशप्रति माया हुने नेता भएका मुलुकमा आन्तरिक रुपमा जति नै मतमतान्तर र विरोध भए पनि बाहिरी सम्बन्धमा आफ्नो देशलाई प्रतिकूल प्रभाव पर्ने कुनै काम गर्दैनन् । तर हामी कहाँ भने एक पार्टीले अर्को पार्टीको र एक नेताले अर्को नेताको बद्ख्वाई गरेर सजिलै परचक्रीलाई सूचना दिन्छन् र आफू साख्खै हुन खोज्छन् । यसरी आफ्नै आन्द्रा–भुँडी खोलेर कसैको नजिक भएर स्वार्थ सिद्ध गर्दा देशकै स्वार्थमा आघात पु¥याएका अनेक उदाहरण यहाँ छन् । त्यस्तो निकृष्टताका दुष्परिणाम भोगिसक्दा पनि यहाँका ठुटे नेताका आँखा खुलेका छैनन् । राजनीतिक स्तरहीनताको यो स्पष्ट लक्षण हो ।

अरुलाई उपदेश दिने, अरुका मात्र दोष देख्ने, तर आफ्नो भ्रष्टचरित्र नहेर्ने यहाँकाा नेताको जातीय गुण नै भएको छ । भ्रष्टाचार निवारणको दायित्व बोकेका गृहमन्त्रीहरू नै यहाँ भ्रष्टाचारी ठहर भएर धमाधम डिल्लीबजार खोरमा पसिरहेका दृश्य जनताले देखिरहेका छन् । अरु मन्त्रीको स्थिति पनि त्यस्तै त्यस्तै छ । आफ्नो खोक्रोपन लुकाउन महात्माको अभिनय देखाउन खोजेर मात्रै भएन, आचरण पनि चोखो हुनुप¥यो । काम घटिया, तर आफूलाई माथिल्लो तहको देखाउन खोज्दा नेता र मन्त्रीका पोल खुलिरहेका छन् । यिनीहरूको यस्तै धुत्र्याइले गर्दा देश प्रतिदिन अधोगतिमा छ । जनता बुझ्ने भएका भए नेता र मन्त्रीले मनपरी गर्न पाउने थिएनन् । जनताको अज्ञानताको फाइदा उठाएर यी चटके (चमत्कारी)को ठगी धन्दा निर्वाध चलिरहेको छ । यो विडम्बना नै हो र जनता अशिक्षित र दुःखी–दरिद्री रहेसम्म यो धन्दा चलिनैरहने छ । त्यसैले यिनीहरू जनताको शैक्षिक–आर्थिक स्तर उठ्ने कुनै गतिलो काम गर्नै चाहँदैनन् ।

आज यहाँ मुर्ख र धूर्तहरूको राज छ । यिनीहरू चलाख छन्, तर चलाख हुनुको अर्थ ज्ञानी होइन । ज्ञानी भए त देशको यो दुर्गति नै हुने थिएन । बुद्धि भएकाहरू यहाँ जानाजान पाखा फालिन्छन् । हरेक पार्टीमा यस्तै छ । नेतृत्व विवेकशील र बुद्धिमान चाहिन्छ भन्नुको तात्पर्यले कुनै अर्थ पाएको छैन । यो दुर्भाग्य नै हो । प्रजातन्त्र भन्नाले जनताको राज भन्ने बुझ्नुपर्ने हो तर वर्षे च्याउ उम्रेजस्ता पार्टी र तिनका भुइफुट्टाहरूको जंगली राज यहाँ चलेको छ । अब त देशमा प्रजातन्त्र छ भन्न पनि लाज भैसक्यो । जनता झुक्याउन बेलाबेलामा यिनीहरू नारा पनि फेर्छन्, तर कुरा उही हुन्छ पुराने गा.पं.को नाम गाविस र जि.पं.को नाम जिविस राखे जस्तै । नयाँ प्रगति देखाउन प्रजातन्त्र लोकतन्त्र भयो, राजमार्ग लोकमार्ग भयो, आरएनएसीबाट आर झिकियो, तर त्यो संस्था झन् डुब्यो । अब कुन दिन राजदूतलाई लोकदूत भनेर नयाँ प्रगति देखाउने हुन् ! राष्ट्रनिर्माताको शालिक फोरेर कुनै किम्वदन्तीका पात्रलाई ठड्याइयो । यस्तै यस्तै नकरा कामलाई यिनीहरू प्रगति र सुधार भनेर जनताका आँखामा छारो हालिरहेका छन् । यो स्वाङ र ढोंगको नक्कली कर्मकाण्ड नेताका दिमाखबाट नहटेसम्म सुधार असम्भव छ ।

यहाँको नेता चरित्र भनेको– ‘भन्ने एकथोक र गर्ने अर्कोथोक’ भएको छ । अहिले एउटा कुरा एकछिनपछि अर्को कुरा र गर्ने बेलामा फेरि अझ अर्को कुरा गर्ने चरित्र नै नेताको विशेषता भएको छ । त्यस्ताले आफैं पत्रू भएको पनि बुझ्दैनन् । बन्दुक पड्काउन जान्दैमा बन्दुक विशेषज्ञ भइँदैन । विजुली बत्ती बाल्न र निभाउन जान्दैमा विद्युत विशेषज्ञ भइँदैन । त्यस्तै कुनै पार्टीको झण्डा बोकेको, टायर बालेको अथवा विस्फोट गराएर पुल भत्काएका भरमा सांसद वा मन्त्री हुँदैमा राजनीतिज्ञ होइदैन । त्यसका निम्ति त जनतामै भिजेको र देशको स्थिति बुझेको हुनुपर्छ । यहाँ शासनमा त्यस्तै अज्ञानीको संख्या बढेकाले विनाश मात्रै भएको छ ।

आफ्नो ज्ञानको स्तर नबुझ्नेहरूको नै बाहुल्य शासन सत्तामा हुने गरेका कारणले गर्दा प्रजातन्त्र आएको ६ दशक वितिसक्दा पनि नेता हुँ भन्नेहरूका क्रियाकलापमा कुनै सुधार भएको पाइँदैन । आजसम्म पनि व्यवस्थाकै बारेमा विवाद छ । देशमा कस्तो शासन व्यवस्था लागू गर्ने भन्नेसम्म पनि अझै ठेगान छैन । सबै पार्टीका आआफ्ना नारा छन्, तर ठोस कार्यक्रम छैन । नाम पनि कस्ता राख्छन् भने हिजोसम्म प्रजातान्त्रिक संसदीय व्यवस्था भन्थे, आज कतैका इशारामा बरालिएर ‘संघीय–जातीय–लोकतान्त्रिक–गणतान्त्रिक व्यवस्था वा गठबन्धन’ जस्ता शब्दजालको खेती गर्न थालेका छन् । यस्ता नानाथरि शब्दजाले तन्त्रबाट देश र जनताको कल्याण सम्भव छैन र आजको आवश्यकता पनि पूरा हुँदैन । यिनीहरू जे भन्दैछन् त्यसमा यिनको आफ्नै विश्वास छैन । यिनीहरू सत्ता र भत्ताका मात्र भोका हुन् भन्ने कुरा आजसम्मका क्रियाकलापबाट जनताले बुझिसकेका छन् ।

आजसम्मको स्थिति हेर्दा यो ठुटे नेताकेन्द्रित स्वार्थी राजनीतिबाट देश र जनताका निम्ति केही होला भन्ने आश मेटिइसकेको छ । बरु यो विकृत राजनीतिको महामारीबाट कसरी जोगिने भन्ने चिन्ता बढ्न थालेको छ । नेता त यहाँ छैनन् नै, भए पनि कुर्सीको तँछाडमछाड बाहिर छन् । नेताको मुकुण्डो भिरेकाले भने लाखे नाच देखाइरहेका छन् । नेता भए त जनताको विश्वास हुन्थ्यो त्यो नभएर नै हरेक कुरामा जनतालाई छल्दैछन् । संविधानसभाको म्याद बढाउन जनतालाई सोधेनन् । गणतन्त्र र धर्म निरपेक्षताबारे पनि जनतामा जान डराएर आफूखुसी असंवैधानिक निर्णय गर्दै आए । त्यसैले पनि जनताबाट टाढा हुँदै गएका यिनीहरू जवर्जस्ती आफूखुसी शासन गर्न खोजेको स्पष्ट भएको छ । माओवादीको त घोषित रणनीतिक चाल नै भयो र असीमित स्वार्थवश तराई केन्द्रित नवोदित पार्टी पनि कतैको इशारामा त्यतै लागे, तर कांग्रेस–एमालेले होस् गुमाएको देखेर जनता आश्चर्य चकित छन् । यसै गरी पच्चीस वर्ष शासन गर्छौं भन्नुको अर्थ बुझिनसक्नु छ ।

फल अथवा फूल जति नै राम्रो भए पनि झरेपछि सड्छ, त्यसको सौन्दर्य–मूल्य रहँदैन । बाबुराम पनि आफ्नै गल्तीले आफ्नो ठाउँबाट झरिसके । नेताहरू यसरी नै विग्रदै गएका छन् । विश्वास हराउँदै गएको छ । विश्वासलाई पुनःस्थापित गर्ने हो भने नेताकै चरित्रमा आमूल सुधार आवश्यक छ । यो यथार्थलाई नेताहरूले स्वीकार गर्न सक्नुपर्छ । २०६२।०६३ को क्रान्ति भनिन्छ । वास्तवमा त्यो क्रान्ति नभएर विद्रोह थियो प्रतिशोधको । झाम्रे चुस्स दारी पालेका शुक्रे वेगार लागेजस्ता नेता महंगा सूट, औंलाभरी औंठी र सिक्रीमा सजिए, मोटाघाटा र रातापीरा भए । बस् त्यही हो परिवर्तन ।

अब जनताका पक्षमा चाहिं अराजकता, असुरक्षा, बेरोजगारी, महंगी मात्रै प¥यो । नेता सबै अरुकै गुलाम रहेछन् । कोही माक्र्सका र लेनिनका गुलाम, कोही माओका गुलाम, कोही गान्धीका गुलाम त कोही कसका गुलाम । अर्काको गुलामी किन ? नेपालको कल्याणको बाटो हामी आफैंले निर्धारण गर्न किन सक्दैनौं ? वास्तवमा आफ्नोपन नै नेताहरूले गुमाइसकेका छन् । अर्कैको भजन गाएर नेपाली जनतालाई ठगिरहेका छन् । त्यसैले अझै पनि इमान्दारी छ भने पुर्खाको पाइला पछ्याएर देशलाई अघि बढाउनु प¥यो । जनताले देखे भोगेको आजको यथार्थ यही हो । यथार्थ स्वीकार्ने हिम्मत छ भने नक्कली नेताको मुकुण्डो फालेर निस्कनु प¥यो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
दृष्टिकोणविहिन नेताको गलत राजनीति अभ्यास - यादब देवकोटा (08.27.2012)
‘मन मुटु विहीन हुँदारहेछन् जल्लादहरू’ - तारा सुवेदी (08.27.2012)
नेताहरू सत्ता स्वार्थकै कोलमा घुमिरहेका छन्म - हेश्वर शर्मा (08.20.2012)
मुलुक असफलताको दलदलमा भासिने भय - यादब देवकोटा (08.20.2012)
भ्रष्टाचारीको जेल यात्रा : कांग्रेसीको दोहोरो मानदण्ड - तारा सुवेदी (08.20.2012)
द्वेध चरित्रले राष्ट्रिय स्वाधीनता जोगिदैन - यादब देवकोटा (08.14.2012)
यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा (08.14.2012)
राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी (08.14.2012)
जलवायु परिवर्तनको प्रत्यक्ष असर - यादब देवकोटा (08.06.2012)
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा (08.06.2012)
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी (08.06.2012)
निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा (07.30.2012)
प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा (07.30.2012)
सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी (07.30.2012)
पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा (07.23.2012)
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा (07.23.2012)
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)



 
::| Latest News

 
[Page Top]