युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.21.2019, 01:43am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा
Monday, 09.24.2012, 04:20pm (GMT+5.5)

राजनीति गर्ने मान्छे कुनै न कुनै दलसंग सम्बद्ध हुन्छ र उसले दलका नियम पालना गर्नुपर्छ । तर हिजो आज यहाँ कुनै पनि दलमा अनुशासन भन्ने कुरा देख्न पाइँदैन । अमुक दलको नाम लिएपछि जे गर्न पनि छुट छ । अहिले उच्छृङ्खलताको पराकाष्ठा देखिनुको कारण पनि त्यही हो । यहाँको राजनीति नै सिद्धान्त र विचारका आधारमा नभएर मुख्र्याई र बलजफ्तका आधारमा चलेको छ । नेपालमा जस्तो राजनीतिक व्यापार गर्ने सजिलो ठाउँ कतै छैन होला । नेतापिच्छे गुट हुनाले आफ्नो गुटको कार्यकर्ता, नेता वा कर्मचारी जो भए पनि त्यस्ताले जेजस्ता बदमासी, लुटपाट, हत्या, बलात्कार, भ्रष्टाचार गरे पनि नेताले र पार्टी सरकारमा भए सरकारले नै जोगाउने, कार्वाही हुन नदिने हुनाले स्वेच्छाचारिता बढ्दो क्रममा छ । हिजोआज पार्टी र नेता बदनाम हुनुको कारण पनि त्यही हो ।

यहाँ कुनै राजनीतिक दलको प्रभावबाट नभएर व्यक्ति अथवा नेताको प्रभावले काम गरेको हुन्छ भने त्यस्तो नेता जनसेवाको माध्यमबाट नभएर हुल्याइ, छुल्याइएका भरमा नेता बनेको हुन्छ । यिनीहरूमा समझदारी भन्दा विघटनकारी प्रवृत्ति बढी हुन्छ र ठग एवं ढोंगीहरूको वर्चश्व बढ्दै गएकाले राजनीतिले प्रतिष्ठा गुमाउँदै गएको छ । राजनीतिमा पनि धर्म हुन्छ जसलाई राजधर्म अथवा राज्य संचालन सम्बन्धको कर्तव्य कर्म भन्न सकिन्छ । तर हिजो आज त्यो राजनीतिक धर्म लोप भैसके जस्तो छ । किनभने स्वार्थ बाहेक त्याग भन्ने कुरा कसैमा देखिंदैन । त्यागले नै हो राजनीतिलाई आफ्नो धर्ममा अड्याउने । त्यही नहुँदा यहाँ अव्यवस्था र अराजकता फैलिएको छ । माओवादीले चाहिं आफ्नो अभीष्ट पूरा गर्ने उद्देश्यमा कांग्रेस र एमालेलाई प्रयोग गरिसकेका छन् । जानी वा नजानी १२ बुँदेदेखि नै कांग्रेस–एमाले माओवादीका उद्देश्य पूर्तिमा सहायक हुँदै आएका छन् । एमालेमा वामपन्थी हुनुको नाम मात्र बाँकी भए पनि कांग्रेसको त निजत्व नै समाप्त भैसकेको छ । यो माओवादीको विजय हो । यी दुबैको सतीत्व माओवादीले लुटिसकेका छन् ।

अरूलाई परस्पर बझाउन र झगडा पार्न सिपालु माओवादीलाई नि ‘कलि’ लागेछ कि कुन्नि, आफैं चिरा भएको छ एकातिर भने अर्कातिर जाति र धर्मका नाममा राजनीति गर्ने रोग लागेको छ । जाति र धर्मका नारा लगाउन थालेको देखेर जनताले कम्युनिष्टहरू आफैं जाति च्यूत र भ्रष्ट भएको भन्न थालेका छन् । यो त एक प्रकारको अवरवादी काम नै भयो नि जाति र धर्म नमान्नेले त्यसैका आधारमा राजनीति गर्नु । यसरी देखावटी स्वाङ गरेर धर्मको महिमा तल खसाल्न खोजेको मात्र नभएर आफैं पनि तल खसेको भएन र रु अरूका लहैलहैमा लागेर यो सानो मुलुकमा संघीयताको विष फैलाएर टुक्र्याउने जस्तो शत्रुले पनि नगर्ने काम गर्न खोजेका छन् । यो त लाजमर्दो नै भएको छ ।

इरदा राम्रो भए काम पनि राम्रो हुन्छ । यहाँ त राजनीति गर्नेहरूको इरादा र मनसाय नै दूषित देखा पर्दैछ । देशमा राम्रो स्थिति बसाल्ने संकल्प नै नेताहरूमा भएन । माओवादीका सबै ‘फ्याक’को इरादा देशमा भद्रगोल मच्चाएर फाइदा लिने देखिन्छ । सम्भवतः यो उनीहरूको लक्ष्य नै हो र कांग्रेस–एमालेलाई संघीयता र धर्म निरपेक्षताको जालोमा पारिसकेका हुनाले अब उनीहरू फुत्कनै नसक्ने भएका छन् । यो सबै कांग्रेस–एमाले नेतृत्वको अदूरदर्शिता र कमजोरी हो भने माओवादीको जीत हो– भलै त्यो जीत क्षणिक नै किन नहोस् । टिकाउ हुने काम त माओवादीले गर्न जानेकै छैनन् । नहुने काम आँट्ने र भए हुलमुलमा भैहाल्यो, नत्र बहादुरीसाथ पछि हट्न पनि लाज नमान्ने रणनीति नै बनाएजस्तो छ । कांग्रेस–एमालेलाई त्यही जालोमा अल्झाएका हुनाले ‘खाउँ भने कान्छा बाउको अनुहार ।।।।।’ भनेजस्तो स्थितिमा छन्, जालो च्यात्ने ह्याउ देखाउन सकेका छैनन् ।

अहिले राजनीतिक व्यापार धन्दाले धार्मिक रामनामी ओढेको छ । धर्मको आडमा राजनीतिक व्यापार खुबै फस्टाएको छ । सबैतिर सुख्खा र मन्दी छ भन्छन् तर राजनीतिको व्यापार धन्दा झन् झांगिदै, मौलाउँदै गएको छ । यो व्यापार बाहिर देखिने सामान्य राजनीतिक क्रियाकलापमा मात्रै सीमित छैन । यसले पशुपति र बौद्ध तीर्थस्थल लुम्बिनीलाई समेत आफ्नो सीमाभित्र पारिसकेको छ । राजनीतिक स्वार्थ सिद्धिका निम्ति देवतालाई यिनीहरूले छोडेनन् । शिव, बुद्ध, गीता, भागवतलाई समेत आफूलाई धर्म निरपेक्ष भन्नेहरूले भजाइरहेका छन् । ढोंगी नेताहरू राता टीका र खादा–मालामा सजिएर सप्ताह पुराण यज्ञको उद्घाटन ९आरम्भ० गर्दै हिंडेका देखिन्छन् एकातिर भने अर्कातिर धर्म निरपेक्षताको भाषण गर्दै हिंड्छन् । यस्तो ढोंग र स्वार्थको राजनीतिक व्यापार अर्थात् धर्म नमान्नेहरूले सप्ताह पुराणका माध्यमबाट पैसा बटुल्नु भनेको धर्मलाई पनि पैसा कमाउने ठगी धन्दा चलाएको मान्ने कि नमान्ने रु

राष्ट्र र जनताका पक्षमा इमान्दार भएर काम नगर्ने, केवल दलगत दाउपेच लगाएर समय, स्रोत र साधनको दुरूपयोग गर्ने, आफ्नो देशको वस्तुस्थिति र आवश्यकता विचार नगरी अरूकै इशारामा नाच्ने प्रवृत्तिमा रमाइरहेका नेताको चालढाल र आजको निकृष्ट शासन व्यवस्था देखेर जनतामा एक प्रकारको रोष पैदा भए पनि त्यो असंगठित हुनाले निकास नपाएर उकुसमुकुसको स्थिति छ । जनता महंगीको भुंग्रोमा छन्, आयस्ताका स्रोत छैनन्, काम गरेर खाने अवसर छैनन्, नेताका पछि दगुर्नेहरू मात्रै मालामाल छन् । उनीहरूलाई जनता लुट्ने छुट छ । नेता स्वयं भ्रष्टाचारका आहालमा डुबेका छन् । यस्तो स्थितिको राजनीतिमा मौलाएको लुटतन्त्रमा भाषण सुनाएर मात्रै यो ढोंगी र नामधारी गणतन्त्र कति दिन अडिएला रु

पूर्व राजा ज्ञानेन्द्र शाहबाट गण्डकी र धौलागिरीका केही जिल्लाको धार्मिक भ्रमण गर्दा गणतन्त्रलाई कमजोर पार्न घुमेको भनेर माओवादीकै काखे संगठन र पार्टीले समेत जिल्ला बन्द आव्हान गर्नु र भ्रमणको विरोध गर्नुलाई कुन अर्थमा लिनु पर्ला रु कति कमजोर स्थितिमा रहेछन् त यिनीहरू भनेमा के फरक पर्ला र ?


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा (09.18.2012)
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा (09.18.2012)
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी (09.18.2012)
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा (09.10.2012)
माओवादी, जातिवादी भएर ओरालो लाग्दैछ - महेश्वर शर्मा (09.10.2012)
अदालतका ‘भ्रष्टाचारी”, ने.का.को प्रतिवाद र आफ्नो स्पष्टीकरण - तारा सुवेदी (09.10.2012)
मुलुक स्वार्थी रणनीतिको शिकार हुँदैछ - यादब देवकोटा (09.03.2012)
विचरा गणतन्त्रको हालत - महेश्वर शर्मा (09.03.2012)
प्रधानमन्त्रीज्यू यस्तो विभेदको अन्त्य कहिले ? - तारा सुवेदी (09.03.2012)
राजनीतिक स्तरहीनता बढ्दो क्रममा - महेश्वर शर्मा (08.27.2012)
दृष्टिकोणविहिन नेताको गलत राजनीति अभ्यास - यादब देवकोटा (08.27.2012)
‘मन मुटु विहीन हुँदारहेछन् जल्लादहरू’ - तारा सुवेदी (08.27.2012)
मुलुक असफलताको दलदलमा भासिने भय - यादब देवकोटा (08.20.2012)
नेताहरू सत्ता स्वार्थकै कोलमा घुमिरहेका छन्म - हेश्वर शर्मा (08.20.2012)
भ्रष्टाचारीको जेल यात्रा : कांग्रेसीको दोहोरो मानदण्ड - तारा सुवेदी (08.20.2012)
द्वेध चरित्रले राष्ट्रिय स्वाधीनता जोगिदैन - यादब देवकोटा (08.14.2012)
यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा (08.14.2012)
राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी (08.14.2012)
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा (08.06.2012)



 
::| Latest News

 
[Page Top]