युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा
Monday, 10.15.2012, 03:46pm (GMT+5.5)

“नियम गर् ध्यान गर् खानैका लागि” क्या गजबको उखान बनाएछन् पूर्खाले । जति खाए पनि नअघाउने कुम्भयोनिका अगस्थि कथित नेतालाई सत्ताको चास्नीमा टाँस्सिन पाए देश भर्सेलैमा जावस्, जनता मरेमरुन कुनै चासो छैन । मैले भनेको मानेमा कांग्रेसलाई प्रधानमन्त्री दिन्छु भनेर प्रचण्डले पाशो फालेपछि कांग्रेसभित्र भूकम्प मच्चिएर संविधानसभा ब्यूँताउने कसरत हुन थालेको छ । त्यति मात्रै होइन, चुनाव भएमा पाखा लाग्नुपर्ने मृतसभाका खैरातेहरू पनि सभा पुनःस्थापित भएमा महंगो जागीर थामिने, एमाओवादीका पछि लागेमा फेरि पनि म्याद थपेर खान पाइने सपना देखिरहेका छन् ।

अहिले जसरी हुन्छ संविधानसभा ब्यूँताउने हतार प्रचण्डलाई किन प¥यो ? त्यो सभा ज्यूँदो छँदै किन संविधान घोषणा गरिएन ? आफ्नो अनुकूल र प्रतिकूल स्थिति हेरेर हाटहुटमा संविधान घोषणा गर्न पाए चुनावको जोखिम लिन नपर्ने मुहूर्त हेरेर अरुलाई मूर्ख बनाउने प्रपञ्च त हैन यो ? सम्भवतः त्यसैका लागि कांग्रेस फकाउने र फुटाउने अभियानलाई प्रचण्डले तीब्र पारेका हुन् कि ! उता आफैं भाँडिएको कांग्रेस प्रचण्डका भ्रमजालबाट इन्तु न चिन्तु एकातिर भने अर्कातिर प्रधानमन्त्रीको कुर्सीको मोहमा परेर सुद्धी नै गुमाउने हो कि भनेर कांग्रेसका इष्टहरू चिन्तित छन् ।

हुन पनि आफूले आँटे–ताकेको पुगे जातीय राज्यका पक्षमा निर्णय गराउने र भनेजस्तो नभए फेरि पनि संविधानसभाको म्याद थपेर कांग्रेस–एमालेलाई लोप्पा खुवाउने प्रचण्डको प्रच्छन्न मनसाय बुझेर पनि कांग्रेस पुनःस्थापनामा फस्यो भने निस्कने बाटो कठिन हुनेछ । साँच्चै भन्ने हो भने संविधानसभा र समानुपातिक निर्वाचनबाट नेपाली जनता अघाइसकेका छन् । नेताहरूप्रति नै जनताको विश्वास हराइसकेको छ । त्यसैले संविधानसभा पुनःस्थापना होइन, बरु नेताहरूले आफूप्रति जनविश्वास पुनःस्थापित गर्ने काम गरुन् । अरुलाई संविधान विरोधी देखाएर आफू मात्रै संविधानको पक्षधर बन्ने ठगीधन्दा चल्न अब गाह्रै छ । त्यसैले नेताहरू अब संसद्को निर्वाचनका लागि गैरदलीय चुनावी सरकार बनाउन सहमत हुनुपर्छ ।

वास्तवमा जनतालाई संविधानसभाको खोष्टोभन्दा काम चाहिएको छ । नेताले इमान्दारी साथ काम गरिदिने हो भने संविधानले रोक्दैन । नेता इमानदार भैदिए २०४७ सालकै संविधानलाई आवश्यक परिमार्जन गरे पनि हुन्थ्यो । यहाँ त संविधानका नाममा सधैं राजनीतिक ठगीधन्दा चलाउन खोजेर पो बरवाद भयो । नेताहरूले मनको लड्डु जति नै घीउसित खाए पनि सरकार बनाउन दिने र नदिने मूलतत्व बाहिरै रहेको यथार्थ लुकेको छैन । नेताहरूलाई नचाएर मनोरञ्जन गर्ने र संविधान बन्न नदिने तत्व पनि त्यही हो । आजको अराजक स्थितिको कारक पनि त्यही हो । तैपनि आफ्नै जनतामा भरोसा नभएका ठुटे नेता चापी अरुकै हातमा छ भन्न पनि लाज मान्दैनन् । आफ्नै देश र जनताप्रतिको दायित्वबोध गर्न नसक्नु उचालेका कुकुरले मृग नमार्नु जस्तै हो भन्ने बुझ्नुपर्छ ।

अर्को चुनाव नहुन्जेल एमाओवादीले सरकार नछोड्ने र कांग्रेस–एमालेलाई पन िसरकार नभै नहुने । यसरी दुवैथरिको एकल एजेण्डा बन्यो सरकार । जनताका समस्याप्रति भने कसैलाई चासो रहेन । आफ्नै नेतृत्वको सरकार नभएसम्म चुनाव जित्न नसकिने हीनभावनाले गर्दा सरकारको नेतृत्व गरेर राष्ट्रका साधन स्रोत दुरुपयोग र धाँधलीद्वारा चुनाव जित्ने दाउ सबैका छन् । कांग्रेसलाई प्रधानमन्त्री दिने भन्दै आएका प्रचण्ड–बाबुराम एकाएक फर्लक्कै भएपछि कांग्रेसमा खैलाबैला भयो । अब फेरि मरेर अगति परिसकेको संविधानसभालाई खलाँतीले शास फेराउने कसरत हुन थालेकोलाई विगतमा गिरिजालाई राष्ट्रपति बनाइदिने भनेर धोका दिएजस्तै भयो कांग्रेसवृत्तलाई ।

आफ्नै जनतामा भरोशा नभएपछि बाहिरकै भरमा सरकारमा अडिनुपर्ने र चुनाव जित्न पनि उनैका भरमा रहनुपर्ने वाध्यता रहेको छ । प्रधानमन्त्रीले त कर्मचारी सरुवा–बढुवा र नियुक्ति गर्दा समेत आफू बाध्यतामा परेको भनेर लाचारी देखाइरहेकै छन् । यस्तो स्थितिमा सर्वसाधारणका जनता समस्या ओझेलमा पर्नुु अस्वाभाविक भएन । जनता आज खपिनसक्नु महंगीको पीडामा छन्, बेरोजगार छन् । लुट्ने, जर्वजस्ती चन्दा असुल्नेहरू भने स्वतन्त्र छन् । भ्रष्टाचारको विगविगी छ । दैनिक उपभोग्यका वस्तुमा सरकारले नै भाउ बढाइरहेको छ । तैपनि न खानेपानी छ, न बाल्ने बत्ती छ । सरकार कर दस्तुर मात्रै असुल्छ । कतै कुनै नियन्त्रण छैन, जताततै मनपरी छ । यस्तो अचाक्ली पनि व्यहोर्नुपर्दो रहेछ भनेर जनता दिक्दारी पोख्छन्, तर सुन्ने कोही छैन ।
नेपालका सन्दर्भमा राजनीतिक पार्टीहरू पार्टीकै लागि मात्रै भए, जनताका लागि भएनन् । उनीहरू स्वार्थकै लागि कचिंगल गरिरहन्छन् । राजनीतिलाई विनालगानीको मुनाफामुखी पेशा बनाएका छन् । सत्तामा हुँदा एकथोक र नहुँदा अर्कोथोक गर्ने चरित्र नै बनेको छ । अरुले जुधाए जुध्छन्, मिल भने मिल्छन्, यिनको आफ्नो हातमा केही छैन । जुनसुकै कुरामा पनि यिनीहरू अरुकै इशारामा नाच्न विवश छन् । यो आजको लाजमर्दो यथार्थ हो ।

‘सरकार’ भन्नाले यहाँ जनता चुस्ने, राष्ट्रको ढुकुटी रित्याउने भ्रष्ट संयन्त्रको रुपमा बुझ्नुपर्ने भएको छ । प्रधानमन्त्रीका फोस्रा भाषणले जनताका घाउमा नूनचुक मात्र थपेका छन् । प्रधानमन्त्रीले जनगुनासो सुन्ने, हेलो सरकार जस्ता स्वाङ गर्नुभन्दा बजार नियन्त्रण गरेर जनतालाई केही सुविधा दिए हुँदैनथ्यो ? तर उहाँ त्यसो गर्न सक्नुहुन्न । सेठहरूका नाजायज स्वार्थमा बाधा पर्ने काम किन गर्नुहुन्थ्यो ? सेठहरूलाई समानुपातिक सांसद बनाउने, चन्दा असुलेको गुण तिर्ने काम नगरेर जनताको पक्ष उहाँ लिन सक्नुहुन्न । नत्र यहाँ सिण्डिकेट र कार्टेलिङ चलाउने दश जनालाई मात्र ठिगु¥याउने हो भने बजार भाउ आधा घट्नसक्छ भन्छन् विज्ञहरू । सरकारकै आडमा त विग हाउसहरू मनपरी गर्दैछन् नि । ताछिमा हात राखेर भन्नोस् प्रधानमन्त्रीज्यू ! यो यथार्थ हो कि होइन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी (10.15.2012)
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा (10.01.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी (10.01.2012)
अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा (10.01.2012)
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा (09.24.2012)
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा (09.24.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा (09.18.2012)
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा (09.18.2012)
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी (09.18.2012)
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा (09.10.2012)
माओवादी, जातिवादी भएर ओरालो लाग्दैछ - महेश्वर शर्मा (09.10.2012)
अदालतका ‘भ्रष्टाचारी”, ने.का.को प्रतिवाद र आफ्नो स्पष्टीकरण - तारा सुवेदी (09.10.2012)
मुलुक स्वार्थी रणनीतिको शिकार हुँदैछ - यादब देवकोटा (09.03.2012)
विचरा गणतन्त्रको हालत - महेश्वर शर्मा (09.03.2012)
प्रधानमन्त्रीज्यू यस्तो विभेदको अन्त्य कहिले ? - तारा सुवेदी (09.03.2012)
राजनीतिक स्तरहीनता बढ्दो क्रममा - महेश्वर शर्मा (08.27.2012)
दृष्टिकोणविहिन नेताको गलत राजनीति अभ्यास - यादब देवकोटा (08.27.2012)
‘मन मुटु विहीन हुँदारहेछन् जल्लादहरू’ - तारा सुवेदी (08.27.2012)
मुलुक असफलताको दलदलमा भासिने भय - यादब देवकोटा (08.20.2012)



 
::| Latest News

 
[Page Top]