युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.21.2019, 01:00am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेता हुन भाषण होइन, अरू नै गुण चाहिन्छ - महेश्वर शर्मा
Tuesday, 10.30.2012, 09:35am (GMT+5.5)

अरू कुनै पनि योग्यता नभए पनि बलजफत र हुल्याईं छुल्याईं गर्नसक्ने कतिपय स्वाँठहरुले समेत सांसद र मन्त्री भएर बेपत्ता पैसा कमाएको देखेकाहरुले देखासिकीमै राजनीति गर्न थालेका हुन् । त्यसैले राजनीति गर्न कुनै योग्यता चाहिंदैन भन्ने भ्रम नेता हुँ भन्नेहरुले नै फैलाएका छन् । वास्तविकता त के हो भने राजनीति गर्नेहरु अझ बढी योग्य हुनुपर्ने हो तर यहाँ नेतृत्व गर्नेहरुकै अयोग्यताले गर्दा देश अघि बढ्नुको साटो पछि घचेटिंदैछ । राज्य संचालनका क्रममा नीतिको बढी महत्व हुन्छ तर नीति निर्माणका तहमा आज अधिकांश अयोग्यहरु नै पुगेका देखिन्छन् । कुनै पनि काम अथवा योजना कार्य सफल हुनु र नहुनुमा नीति नै निर्णायक तत्व मानिन्छ । नीति ठीक छ भने सफलता र बेठीक भए असफलता हात लाग्नु स्वाभाविक हुन्छ ।

चार चौरास जोडेर तीन न तेह्राका भाषण गर्दैमा कोही पनि नेता हुँदैन । नेता हुन अर्कै विशेष गुण र योग्यता चाहिन्छ । नेताका बोलीको सही हुनुपर्छ । अहंकारी, भ्रष्टाचारी, मिथ्याचारी र मनमा मैला भएकाहरुलाई नेता भन्न सुहाउँदैन । नेतामा त ज्ञान, इमान र विवेक हुनुपर्छ । बुद्धि विवेक नभएका, केबल एकले अर्कालाई दोष दिने र गाली गरेर आफू मात्र चोखो देखिन खोज्ने धूर्तहरुको भीडलाई नेता मान्नुपर्दाको विडम्बना त देशले भोगिरहेकै छ । यही नै आजको दुर्भाग्य हो । त्यस्तैहरुले गर्दा आज देशकै अस्तित्व धरमराउने स्थितिमा पुगेको छ । यी छेउ न टुप्पाकाहरुले गर्दा देश आज दुनियाका नजरमा हेपिएको छ । असल काम गरेर होइन, विध्वंश र उधुम गर्नेहरु नेता बनेपछि यस्तै हुँदोरहेछ जो आज देशवासीले भोग्नुपरेको छ ।

लामो समयदेखि सत्ताको दाउ हालेर बसिरहेका कांग्रेस, एमालेहरु अहिलेसम्म पनि त्यसैको मेसोमा छन् । उनीहरु हिजो केके न पाइन्छ भन्दै माओवादीको पछि लागेकोमा पछुताव गर्दैछन् । अहिले माओवादीले राज्यसत्ता कब्जा गरी उग्रवामपन्थी सर्वसत्तावाद लाद्न खोज्यो भनेर अरण्य रोदन गर्दैछन् । ‘हामी संसदीय व्यवस्था मान्न आएका होइनौं’ भनेर त माओवादीले पटकपटक भनिरहेकै छन् भने माओवादी बेलगाम हुनथाल्यो भन्ने रुवाइको के अर्थ छ ? एकाधिकारवादी राजनीतिक दर्शनका अनुयायी माओवादीलाई लगाम लगाउने शक्ति–सामथ्र्य कांग्रेस–एमालेसंग छ र ? संसदीय व्यवस्थालाई उपयोग गरेरै माओवादी आफ्नो गन्तव्यमा पुग्न चाहन्छ भन्ने कुरा १२ बुँदे सम्झौता गरेर भित्र्याउँदा नै होस् राख्नुपथ्र्यो, आज दोष दिनु र विलौना गर्नुको केही अर्थ छैन । कांग्रेस–एमालेले भन्दैमा माओवादीले आफ्नो उद्देश्य छोड्छ र ? माओवादीलाई शान्ति प्रक्रियामा ल्यायौं भनेर घमण्ड देखाउनुको पनि अब कुनै अर्थ छैन । त्यो त उनीहरूको यहाँभित्र पस्ने दाउ थियो र उनीहरू सफल पनि भए । त्यति मात्र नभएर संसदीय परिपाटीलाई नै असफल देखाउने उनीहरूको चेष्टा जारी नै छ । नयाँ निर्वाचनका प्रसंगमा संसदको चुनाव गर्नै नचाहने माओवादीको दाउ यसैको द्योतक हो ।

यी सब राजनीतिक बेइमानी, मुख्र्याई र स्वार्थको कारणले गर्दा भएको हो । यहाँ देश वरवाद हुन लागेकोमा कतिलाई चिन्ता छ खोई ? सबै खानकै लागि मात्र लालायित देखिन्छन् । इटालीका प्रधानमन्त्रीलाई कर छलेको अभियोगमा दुई वर्ष काराबासको सजाय भयो, यहाँ भने भ्रष्टाचारीको पदोन्नति हुन्छ । यहाँ कर तिर्ने सांसद र मन्त्री कति छन् ? तिनै कर छलुवाहरुका आवाज झन चर्का छन् । सबै कुरा तिनैलाई पुगेको छैन । तिनीहरु नै भन्छन्– शासन व्यवस्था समावेशी भएन भनेर । तर २००७ सालदेखि आजसम्मका कुन मन्त्रिमण्डल र कुन संवैधानिक निकाय वा कूटनीतिक एवं राजनीतिक नियुक्तिमा समावेशी भएन ? अभिलेख हेरेमा थाहा हुन्छ । ती निकायहरुमा कुन कुन जातका कति मान्छे परेका रहेछन् भनेर हेर्न सकिन्छ ।

आज समावेशी भएन भन्नेहरुमा पनि अधिकांश तिनै व्यक्ति देखिन्छन् जसले आजसम्म पनि जातित्वकै नाताले राज्य शक्तिको उपभोग गर्दैआएका छन् । तिनीहरु सुरुदेखि नै कहीं कुनै ठाउँमा पनि पछिपरेका छैनन् । राजनीति गर्छौं भन्ने अधिकांश कति दरिद्र देखिएका छन् भने देश विग्य्रो, जनताले दुःख पाए भन्ने छैन, केवल आफूले एकलौटी खान पाएनौं भन्ने धून र गुनासो मात्रै छ । तर यथार्थ के हो भने त्यसरी कराउनेहरु कुनै पनि क्षेत्रमा पछिपरेका छैनन् । राजनीतिक, आर्थिक, औद्योगिक क्षेत्रमा समेत उनीहरुकै वर्चश्व र प्रभुत्व कायम छ ।

त्यसैले यो समावेशी भएन भन्ने कुरा आधारहीन छ । हो, राजनीतिक या निजामती क्षेत्रमा कसैको बाहुल्य होला । त्यस्तै रुचि र क्षमता अनुसार सबै जात आआफ्नो योग्यताका क्षेत्रमा लागेकै छन् । यहाँ जुनसुकै क्षेत्रमा जान सबै स्वतन्त्र छन्, कसैले कसैलाई छेकेको छैन भने कसरी समावेशी भएन ? क्षमता र योग्यता पुग्दैन भने आफैंले प्रयास गर्नुपर्छ । बाहुनले हिमाल चढ्न नसकेर र शेर्पाले सप्ताह पुराण वाचन गर्न सकिन भनेर समावेशी भएन भन्ने हो भने बेग्लै कुरा हो, नत्र यहाँ सबैलाई समान अवसर प्राप्त भएकै छन् ।

केही अघिसम्म नेताहरु ‘चोर चोर मौसेरे भाइ’को स्थितिमा हुँदा ‘काले काले मिलेर खाउँ भाले’ गरिरहेकै थिए । ठूलठूला या मालदार सम्झिएका नियुक्तिहरु सहमतिमै गोप्य डाँक बढाबढमै भएका थिए भने अरु खुद्रे नियुक्ति, सरुवा–बढुवामा समेत गच्छेअनुसार सबैको भागवण्डा चलेकै थियो । तर अहिले अविश्वासको खाडल फराकिलो हुँदै गएको र एमाओवादीको एकल हालिमुहाली चलेको हुनाले त्यसलाई तोड्नका लागि फेरि सहमतिको सरकारको कुरा उठेको छ । यहाँ इमान्दारीभन्दा बेइमानीकै चकचकी चल्ने हुनाले आजको प्रमुख प्रश्न सरकारकै नेतृत्व भएको छ । न सजिलै नेतृत्व छोड्न बाबुराम तयार छन्, न त नेतृत्व नपाएसम्म कांग्रेस–एमालेले मान्न तयार छन् । यो तानातानमा सहमति या राष्ट्रिय सरकार जे भने पनि बाँडीचुँडी खाने मेलो मात्रै हो ।

आजसम्म जनता, नेता र सरकारबाट पीडित थिए र छँदैछन् भने अब कांग्रेस–एमाले पनि माओवादी पीडित भएको गथासो सुनाउँदैछन् । वास्तवमा कुन पार्टीले अर्को पार्टीलाई अघि बढोस् भन्ने चाहन्छ र माओवादीले चाहोस् ! यहाँ सबैलाई सधैं आफैंले मात्र सत्ता सुखभोग गर्ने लालसाले ग्रस्त पारेको छ । सबैतिरबाट शोषित, पीडित त जनता नै हुन् । पार्टीका नेता त एकले अर्कालाई घुक्र्याएर, धम्क्याएर आफ्नो स्वार्थ पूरा गर्न त्यसै पनि माहिर छन् । त्यसैले जनता भन्दैछन्– “नेतालाई मनपरी गर्ने छूट र देशलाई कमजोर पार्ने बाहेक के लछा¥यो खै यो खोक्रो गणतन्त्रले ?” आशा गरौं जनताका कुरा सुन्ने सद्बुद्धि नेताहरुमा आवस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
“सर्वसत्तावाद” र “डा. बाबुराम सरकार (१) - तारा सुवेदी (10.30.2012)
प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा (10.15.2012)
सुशासन र भ्रष्टाचार निवारण चुक्दै गएको नेपाल - यादब देवकोटा (10.15.2012)
राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी (10.15.2012)
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा (10.01.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी (10.01.2012)
अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा (10.01.2012)
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा (09.24.2012)
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा (09.24.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा (09.18.2012)
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा (09.18.2012)
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी (09.18.2012)
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा (09.10.2012)
माओवादी, जातिवादी भएर ओरालो लाग्दैछ - महेश्वर शर्मा (09.10.2012)
अदालतका ‘भ्रष्टाचारी”, ने.का.को प्रतिवाद र आफ्नो स्पष्टीकरण - तारा सुवेदी (09.10.2012)
मुलुक स्वार्थी रणनीतिको शिकार हुँदैछ - यादब देवकोटा (09.03.2012)
विचरा गणतन्त्रको हालत - महेश्वर शर्मा (09.03.2012)
प्रधानमन्त्रीज्यू यस्तो विभेदको अन्त्य कहिले ? - तारा सुवेदी (09.03.2012)
राजनीतिक स्तरहीनता बढ्दो क्रममा - महेश्वर शर्मा (08.27.2012)



 
::| Latest News

 
[Page Top]