युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 07:39pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा
Monday, 06.06.2011, 02:41pm (GMT+5.5)

संविधानसभाको म्याद थप्नका लागि कांग्रेसले अघिसारेका दश बुँदे शर्तले जनसमर्थन पाएर पनि कांग्रेसले बीचैमा हातखुट्टा छोडेर जेठ १४ को राति पाँच बुँदे गाजेमाजे सहमतिमा सहीछाप ठोकेपछि जनताले कांग्रेसले घुँडा टेकेको सम्झेका छन् कांग्रेसको नियति नै त्यस्तै हो कि हुन्न, विषयको उठान गरेपछि त्यसलाई तरलगाउने खुवी देखाउन सक्दैन यो प्रसङ्गबाट कांग्रेसप्रति जनताको विश्वास फेरि धरमराएको त्यो पाँच बुँदे, दश बुँदे शर्तभन्दा धेरै टाढा हतियार बुझाउने, सम्पत्ति फिर्ता गर्ने, वाईसीएल विघटन गर्ने आदि दश बुँदे शर्तका विषय स्पष्ट रुपमा उल्लेख नगरी छलछमको पुलिन्दाका रुपमा आएको त्यो सहमति तीन महिनापछि परिणाम नआएसम्म पत्याउने स्थितिमा जनता छैनन्

राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने विवादमै सिंगो एक वर्ष बिताएका नेताहरूले अहिले थपिएको तीन महिने म्यादभरि पनि पुरानै नारा अलापेर समय नबिताउलान् भन्न सकिंदैन पहिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने नेताहरू पहिले वैकल्पिक प्रधानमन्त्री तयार नभएसम्म राजीनामा गर्दिन भन्ने प्रधानमन्त्री खनालबीच विवादको दोहोरी सुरु भैसकेको अवस्थामा अब तीन महिना बित्न कति नै बेर लाग्दा ! अब जनताले म्यादभित्रका उधारा तीन महिनालाईभन्दा म्याद गुज्रेपछिको स्थिति (!) कल्पना गर्न थालेका छन्

दूरगामी प्रभाव विचार नगरी हतारमा निर्णय गर्ने स्वागत-समर्थन विरोध पनि तुरुन्तै गरिहाल्ने रोगबाट नेताहरू ग्रस्त छन् संसदीय व्यवस्था गएर पञ्चायत आउँदा पनि दीपावली स्वागत, पञ्चायत गएर बहुदल आउँदा पनि फेरि दीपावली स्वागत त्यही क्रम फेरि गणतन्त्र आउँदा पनि देखिएकै हो मान्छे चाहिं जुनसुकै व्यवस्था पटकमा पनि उनै उनै अब गणतन्त्र गएर अर्को कुनै व्यवस्था आयो भने पनि उनै उनैले फेरि स्वागत दीपावली नगर्लान् भन्न सकिंदैन राजनीति गर्नेहरूमा यहाँ दूरदृष्टि नै रहेन सक्षम नेतृत्वले मात्र ठीक बेठीक छुट्याएर प्रतिक्रिया दिन्छ, गुण-दोष केलाएर मात्रै बोल्छ भुइफुट्टाहरू चाहिं हचुवाका भरमा प्याट्ट बोल्छन् अहिलेको पाँच बुँदे पनि हतार हचुवाको उपज हो

कुटिल काम गर्न भने यहाँ सबै खप्पिस छन् त्यस्तै कामलाई मात्र राजनीति भन्ठान्छन् आफ्नो कार्यकर्ता कुनै अपराधमा सजायको भागी हुने भयो भने त्यसलाई जोगाउने अर्काको भने मात्र कार्बाही होस् भन्ने जस्ता व्यवहार देखाइरहेका हुन्छन् फलतः अपराधीले राजनीतिक संरक्षण पाउने सज्जन त्रस्त हुनुपर्ने स्थिति सिर्जना भएको यो राजनीतिक कुटिलताकै परिणाम हो कतिपय सभासद् सांसद्हरूकै अपराधकर्ममा देखिएको संलग्नता तिनले पाएको राजनीतिक संरक्षण देख्दा त्यस्ताले जनताको कस्तो प्रतिनिधित्व गर्लान् ? लाजमर्दो स्थिति यस प्रकारको निष्ठाबिनाको राजनीति अनैतिक व्यवहारले राजनीतिक दलहरू मात्रै होइन, संसद् समेत बदनाम भएको स्थिति आज

राजनीतिक विकृतिले गर्दा आफ्नो अर्काको भनेर पक्षपात गर्ने, निर्धा निमुखालाई कानुन देखाउने, सत्ता-शक्ति हुनेलाई कानुनले नछुने, राज्यबाट प्राप्त सम्पूर्ण सुविधा बाहुबलीले मात्र उपभोग गर्ने, सामान्य जनताका पीरमर्काको सुनुवाई नै नहुने स्थिति आज यहाँ अड्डा, अदालत, कार्यालयहरूमा पैसावेगर काम हुँदैन सरकारी कार्यालयहरूबाट जनताले पाउनुपर्ने सेवा खुला विक्रीमा ठूलाबडा शक्तिशालीले निःशुल्क सेवा पाएका छन् भने त्यो उनीहरूको विशेषाधिकार होला नत्र सर्वसाधारण जनताले अपमान सहेर चर्को मूल्य तिरेर मात्रै कार्यालयहरूबाट काम लिनुपरेको आजको यथार्थ हो

आजको मूल समस्या भनेकै राजनीतिक बेइमानी भ्रष्टाचार हो यहाँ भ्रष्टाचार निवारण ऐन नियम छन् तिनलाई कार्यान्वयन गराउने निकाय तोकिएका छन् प्रधानमन्त्रीकै मातहत सतर्कता केन्द्र प्रजिअहरू छन सर्वोपरि रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयो विशेष अदालत यी सबैले -आफ्नो जिम्माको काम पनि गरिरहेकै होलान् तैपनि जति अड्दा थपे पनि भ्रष्टाचार बढिरहेकै सुर्काइदे गाँड भन्दा थपिदे गाँडभनेजस्तो यहाँ एउटा प्रासङ्गिक कथा पनि पढिहालौं -

"एकादेशमा एउटा राजा रहेनछन राजालाई कथा सुनाउने, मनोरञ्जन गराउने एउटा मण्डली रहेछ त्यस मण्डलीले राजालाई गाँजाको लत बसालिदिएछ जुनसुकै बेला पनि गाँजाले लठ्ठिएको देखेपछि रानीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय गर्न भनिछन् वैद्यले- ‘विहान, दिउँसो बेलुका एक एक माना गाइको धारोष्ण दूध खुलाउनुभनेछन् रानीले तुरुन्तै एकजनालाई खटाइछन् त्यसले समयमा दूध खुलाए-नखुवाएको निगरानी गर्न अर्को एकजनालाई लगाइछन् सुरुका दुईचार दिन भनेबमोजिम दूध खुवाएछ तर पछि दुईजना मिलेर एक एक माना आफूहरूले खाने राजालाई एक माना मात्रै खुवाउन थालेछन् त्यो चाल पाएर रानीले ती दुईमाथि निगरानी राख्न अर्को एकजना खटाइछन् दुई चार दिनपछि तिनैजना मिलेर एक एक माना दूध आफूहरूले खाने गाँजाले लठ्ठिएका राजालाई ओठ जुँघामा दूधको गाज मात्र दलिदिने गरेछन् रानीले हेर्दा मुखभरि गाज हुन्छ नखाएको कसरी भन्ने ?

अर्थात् जति तह थपे पनि भ्रष्टाचारमा बढोत्तरी हुँदैगएको उपर्युक्त कथाको जस्तै स्थिति आज यहाँ अदुअआलाई विश्वास लाग्दैन भने धेरै पर्दैन, काठमाठौंका तीनवटा मालपोत कार्यालयको निगरानी गरियोस् तर राजाका ओठमा दूधको गाज दलेजस्तो चाहिं हुन नपाओस् अब निचोडमा भन्नुपर्दा- आज व्यापक रुपमा फैलिएको भ्रष्टाचार, भ्रष्ट राजनीतिकै उपज हुनाले मूलतः राजनीतिक नेतृत्व नै सुध्रनुपर्छ तर विरालाका घाँटीमा घण्टी बाँध्ने कसले ? समस्या यही हो तैपनि आशा गरौं, ढिलो चाँडो कुनै सक्षम इमान्दार नेतृत्व निस्कनैपर्छ जसले भ्रष्टाचारीहरूलाई ठिँगु¥याउन सकोस्



Rating (Votes: )   
Share     Print


Other Articles:
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]