युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.21.2019, 01:00am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सर्वसत्तावाद र डा. बाबुराम सरकारको प्रसंग (३) - तारा सुवेदी
Tuesday, 11.13.2012, 05:21pm (GMT+5.5)

गतांकमा नअटेका कुरा

गएका दुई अंकमासर्वसत्तावादके हो, नेपालको विभिन्न समयका शासन सत्ताका अधिनियन्ताहरू सबैको चरित्र प्रवृत्ति कसरी सर्वसत्तावादी प्रकृतिकै देखिए भन्नेबारेमा लेखियो त्यति मात्र होइन– “शासन सत्ताको चरित्र नै सधैँ सर्वसत्तावादी, स्वेच्छाचारी, निरंकुश अधिनायकवादी देखिँदै आएको विश्वकै सबैभन्दा ठूलो उत्कृष्ट प्रजातन्त्रवादी भनिँदै मानिँदै आएको भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको झण्डै दुई दशक लामो शासनकाललाई त्यस्को ठेट उदाहरणको रूपमा लिँदा छर्लङ्ग हुने भन्ने कुरा पनि उल्लेख गरिएको थियो राजनीतिक शासन सत्ता नियन्ताहरू मात्र होइनन्, नेपालको स्वतन्त्र न्यायपालिकाका प्रधान न्यायाधीशले नै प्रतिनिधिसभाभित्र पसेर सांसदहरूका टाउको गन्ने कुन दलका नेताले विघटन गरेका हुन् ?” भनेर हेरी त्यसै अनुसार फैसला दिने जुन काम गरे, त्यो न्यायिक स्वेच्छाचारिता अदालती सर्वसत्ताबादको अर्को ज्वलन्त उदाहरण होभन्ने पनि लेखिएको थियो

तर लेख धेरै लामो हुने भएकोले त्यस्तो सर्वसत्तावादी स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति भोलिका दिनमा सम्भावना छैन, भए कसरीभन्ने विषयमा भने उक्त दुई (१४ २१ कार्तिक २०६९) का अंकमा चर्चा गर्न भ्याइएको थिएन त्यसैबीच जातीय, क्षेत्रीय, भाषीय, लैंगिक रूपमा नयाँ सर्वसत्तावाद स्थापित गर्ने सोचाई नेपालका तराई मधेश पहाड हिमालतिर जसरी हिउँदको वनको डँढेलो झै अथवा वनमाराको रूपमा फैलियो त्यसको चर्चा गर्नु पर्दथ्यो , त्यो पनि छुटेको थियो किनकिजर्मनमा मात्रै नभएर लागे पुगेसम्म सारा संसारलाई नै यहुदी विहीन बनाउनु पर्छभन्ने बीसौ शताब्दीको पूर्वाद्र्धको एडोल्फ हिटलरको नाजीवादी शैली, सोच संस्कार एक्काइसौं शताब्दीको पहिलो दुई दशकको कालावधि भन्दा किमार्थ फरक थिएन, पुस्ता पहिले पहाडबाट तराईमा बसाइसरेका नेपाल, पोखरेल, पौडेल, रेग्मी, अर्याल, जस्ता पहाडे मूलकाहरूलाई छिमेकी मुलुकको विहार, उत्तर प्रदेश तिरबाट नेपाल पसेकाहरूका पहिलो दोस्रो पुस्ताका यादव, कोइरी, कहार, साह, मिश्रा, शुक्ला, ठाकुर, त्रिपाठी खान, अन्सारी, मुसलमानहरूलेआफूहरू नै नेपालको तराई मधेशका भूमिपुत्र रैथाने भन्दै तराईबाट लखेट्ने बर्बर जर्जर प्रवृत्ति

त्यस्तै छाँट काँटकै थियो, भोट (तिब्बत), वर्मा, भुटानदेखि यस भूमिमा बसाइसर्दै आएका विभिन्नमंगोल उत्पत्तिकाअल्पसंख्यकहरूले राष्ट्रिय एकीकरण नेपाल राष्ट्र निर्माणको महान् अभियानलाईआन्तरिक उपनिवेशीकरणभन्दैचुच्चेनाक काटिन्छ, तातो रगत चाटिन्छभन्दै उग्र अराजक नारा लगाउनु पनि त्यस्तै काँट कोटीसँग मिल्नेकै थियो पश्चिमी जनविश्वास अनुसारको प्रागैतिहासकालीनमहिला मात्रले बस्ने राज गर्न पाउनेअमेजनराज्यको सपनामा रमाएका नेपालका शहरिया सभ्य, संभ्रान्त, सुशिक्षित डलरको खेतीबाट राजनीति गर्नेनेपालमा लिङ्गीय संप्रभूतावादीहरूको आन्दोलन पनि

एक्काइसौं शताब्दीका दोस्रो दशकको क्षेत्रीय वा भाषीय, उत्पत्तीय वा वंशीय, लैंगीय आन्दोलन जुन भए, ती सबै हजारौं वर्ष पहिलेका बर्बर जर्जर समाजमा देखिएका भए थाहा छैन नभए अफ्रिकी भूमिका असभ्य हिंस्रक संस्कृतिमा हुर्किएका जातिका अगुवा इदी अमीन, बोकासाका, मठ्याहा विठ्याहा सन्तानले मात्र गरेका हुन सक्थें भन्ने लागेको थियो

तर ती सबै गलत का ने..पा. माओवादीसँग नाम जोडिएकाबाट भए गरिएको भनेर सबै आम संचार माध्यमदेखि गैरमाओवादी दलसम्मलेस्याल हुइयाँका रूपमा जुन शक्ति व्यक्ति समूहले ल्याए, त्यो नै नेपालमा भएको सबैभन्दा घटिया, घृणित नेपाली इतिहासलाई कलंकित गर्नेनेपाली जातिलाई नै संसारभरि लज्जित पार्नेसर्वसत्तावादी, स्वेच्छाचारी निरंकुशताको सबैभन्दा ठेट उदाहरण हो भन्नेमा शंका थिएन यी कुराको चर्चा उक्त (यस पूर्वका क्रमशः) अंकमा स्थानाभावले समावेश गर्न सकिएको थिएन तर यी सबै विनाको सर्वसत्तावाद, स्वेच्छाचारिता निरंकुशताको चर्चा अधूरो अपग, सतही हावादारीभट्टी पसले गफसिवाय केही हुँदैनथ्यो भन्ने लाग्छ

 सर्वसत्तावादः शासनको चरित्र

यद्यपि राजनीतिक दर्शन, सिद्धान्त, विचार, धाराको आधारमा होस्, अथवा सैनिक, जातीय, भाषीय, क्षेत्रीय, उत्पतीय वा धार्मिक सांप्रदायिक लैंगिक आडबलमा स्थापित भएको किन नहोस् सबै प्रकारकासर्वसत्तावाद, स्वेच्छाचारिता निरंकुशताका बलमा गरिनेकृत्य हुन् तर त्यस्ता राज्य शासनशैली प्रजातन्त्र मानव स्वतन्त्रका दृष्टिबाट हेय, तिरस्करीय, असभ्य अस्वीकार्य नै मानिन्छ तथापि विश्वका जुनसुकैविधि शासित प्रजातन्त्रवादी सभ्यतम् मुलुकका शासन शासकमा पनि सर्वसत्तावाद स्वेच्छाचारिताको शून्यता देख्न सकिन्न भलै ढाँचा फरक हुनसक्छ अमेरिका जस्ता ठूला राष्ट्रले विश्वका कमजोर राष्ट्रमाथि, अलिकम ठूला राष्ट्रले आफ्नो महादेश, उपमहादेशमाथि त्यति पनि नसक्ने तर ठूलो बलियो ठान्नेले छिमेकी गरीब, विपन्न सीमान्त असहाय राज्यका) अधिशासक, प्रशासकहरूले जनतामाथि, दलका नेताहरूले संगठन कार्यकर्तामाथि ठूला पूँजीपति, उद्योगपति, व्यापारिहरूले साना व्यापारी वा एजेण्टमाथि, उपभोक्तामाथि परिवारको मुलीले घरका अन्य आश्रित सदस्यमाथि आआफ्नो ढाँचा शैलीको अधिनायकवाद, सर्वसत्तावाद स्वेच्छाचारिता थोपर्ने परम्परा उहिलेदेखि जे जसरी स्थापित भयो त्यो अहिलेको नेपालका राष्ट्रपति डा. रामवरण यादव वा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेटेर वा हटाएर हट्छ, भोलि आउनेबाट मेटिन सक्छ यस्को टड्कारो अपवाद जापान, नर्वे, स्वीडेन जस्ता विशुद्धसंवैधानिक स्वर्ण साँग्लोले बाँधिएकाआलंकारिक मुकुटधारीहरू स्वतन्त्रता प्राप्तिपछिका भारतीय राष्ट्रपति देखिएका, हुन ठहरिन सक्छन् जेहोस्,

अहिले नेपालमा जसले जसलाईनैतिकता, इमान्दारिता, उदारता जनताका एकमात्र हिमायती आफूबाहेक कोही नभएकोभनेर धारेहातले सराप्दै, कराउँदै चिच्याउँदै हिँड्ने गरेको भए पनि मानवीय स्वभाव नैसत्ता, शक्ति स्वार्थबाट हिड्ने हो त्यो केही नभएको, यौटा पनि राजनेताको अलिकति पनि धर्म कर्मविहीनहरूले शासन गर्दै आएको सतीको श्राप परेको भन्ने विश्वास बोकेकाहरूको बाहुल्यता भएको देशको नाम नै नेपाल हो भन्नु गलत हुने छैन यहाँ सबै दल सत्तामा नपुग्दासम्म सार्वभौम स्वतन्त्रता, राष्ट्रियता जनताका परमपक्षपाती देखिने राष्ट्रियतामाथि नै खतरा देख्नेतर सिंहदरबारभित्र पसेपछि भने तिनै बाहय शक्तिका भक्तिगान गाउने सत्ता जोगाइदिइराख्नु ¥योभनेर उनका ढोकामा मत्था टेक्न जाने जुन परम्परा थियो त्यसका अपवाद जननिर्वाचित प्रधानमन्त्री वी.पी.देखि जी.पी.सम्मका कोही देखिए, देखिने सम्भावना नै यस्तो दरिद्रतम राजनीतिक, सामाजिक नेपाली परिवेश परिस्थितिमा डा. बाबुराम भट्टराई आफ्ना पूर्ववर्तीहरूकै शासकीय धारा समाएरै अघि बढेका भए पनि अपराध गरेको कसरी भन्ने ?

दरिद्रतम चिन्तन संस्कृति

यसैबीच धेरै पुराना पाठक मित्रहरूमध्ये कतिपयबाट ठट्टाकै रूपमा किन नहोस्सधैँ सबैसंग फरक मत राख्दै आएको मान्छे किन कसरी डा. बाबुराम भट्टराईको पक्षमा खुला देखिएरै वकालत गर्न थालिस्, केही पाइस कि आशा खेती गरेको मात्रै हो ?” उदेक लाग्दो गरी प्रश्न गरेको सुन्नुप¥यो यद्यपि त्यस्तो प्रश्न राख्नेहरू प्राय मेरा अग्रज पथप्रदर्शककै कोटीमा राखिएका व्यक्तिहरू नै पर्नु हुन्छ तर त्यस्ता प्रश्नले भने नेपाली बौद्धिक समाजको स्तर दृष्टिकोण कति घटिया, घिनलाग्दो, निषेधवादी सर्वस्वार्थमय जगत्को अन्ध पथगामी सीमान्त स्वार्थी भएछ, मनोसंस्कार कति प्रदुषित भएछ भनेर घोल्तिन पर्ने भएछ भन्ने लाग्यो त्यस्ता कुराले आफैले आफैसँग सहज प्रश्न गर्नु पर्ने खाँचो परेको के ठाने भनेके प्रत्येक नयाँ सरकार गठन भएको केही पछिदेखि त्यसलाईनेपालको इतिहास आजसम्मका सरकारमध्ये सबैभन्दा भ्रष्ट नालायक, असक्षम, विदेशीको इशारा चल्ने कठपुतली सरकारभनेर जुन भनिँदै आइएको , त्यसको निरन्तरता कै रूपमा वर्तमान सरकारलाई हेर्ने ?

राज्य (सरकार)ले चाह्यो वा संकल्प ¥यो भने के सम्भव छैन ?” भनेर राजधानीका झण्डै दशौं हजार घर भत्काएर, दशौं अर्बभन्दा बढी राजधानीबासीको सम्पत्ति नोक्सानी पार्ने गरी, ७०७५ किलो मिटर बाटो बिस्तार गर्ने जुन ऐतिहासिक अपूर्व साहसिकता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ¥यो, त्यसलाई पनि सँगै राखेर वा देखेको नदेख्यै गर्न मिल्छ ? पंचायतकालका सरकारले रत्नपार्कमा निर्माण गरेका घरटहरामा बसेकाहरूलाई हटाउन अथवा माइती घरको तीन कुनेको अरनीको राजमार्ग निर्माण गर्दा नै क्षतिपूर्ति दिइसकेको जमिनमा बनेका (ट्रली लाइनका) घर भत्काउन दशौ करोड दिने भ्रष्टाचारीको कृत्यलाईसबैभन्दा साहसिक बहादुरी पूर्णभनेर जय गान गर्नेहरूले, किन डा. बाबुराम भट्टराई सरकारले गरेको भूतो नभविष्यतिमान्नुपर्ने, नाकै अगाडिका अपूर्व साहसिक कामलाई पनि देखेको नदेख्यै गरीअसक्षम पूर्ववर्तीहरूकै हाराहारीमाराखेर हेर्नु ?” किन अनैतिक नालायकीपूर्ण, चरम वेशर्मी मूल्यांकन ठहरिएला भन्ने सोच्न नसकेको होला भन्ने लाग्यो त्यसैले आफूले कमसेकम त्यो अनैतिक वेइमान, कृतघ्न यथार्थतालाई सही राम्रो भन्न हिचकिचाउने नपुंसकहरूको भीड बाहिर नै रहेको देखाउननै डा. बाबुरामको पक्षमा वकालत गर्ने साहसिकता प्रदर्शन गर्न संकोच नमानेको हो भन्ने सावित गर्न पनि यथार्थ कुरा लेखे भन्ने जवाफदिने थालें

 सर्वसत्तावाद बाक्लिँदै जान सक्छ

आज जसरी एनेकपा माओवादीलेबाह्यशक्तिको आडबलमा उठेका राष्ट्रिय एकता, अक्षुण्णताभन्दा पद पैसा पावरका लागि निर्वस्त्र भई हिँड्न धक नमान्ने जत्थाभन्ने आरोप आक्षेपका भरिया (जसलाईमधेशी मोर्चाभन्ने गरिन्छ) हरूको भीडलाई पछाडि लगाएर हिंडेको देख्न नसक्नेहरूले डा. भट्टराईको सरकारलाईअसंवैधानिक, सम्पूर्ण संवैधानिक अंगहरूलाई खाली बनाउँदै सर्वसत्तावाद लादन खोजेकोभनिँदै के यथार्थता यही हो ? झण्डै वर्षदेखि ती निकायहरूलाई पदाधिकारी विहीन बनाइँदै आएको थियो भने के डा. बाबुराम भट्टराई त्यति समयदेखि नै शासन सत्तामा थिए ? उनैले ती निकायहरूमा पदपूर्ति नगरेका हुन् ? किन माधवकुमार नेपालले गरेको पदाधिकारी नियुक्ति सम्बन्धी सिफारिसमा प्रक्रियागत त्रुटी देखेर सर्वोच्च अदालतले बदर गरेपछि पुनः विधिसम्मत प्रक्रियाबाट संवैधानिक परिषदले नियुक्ति प्रक्रिया अगाडि बढाएन ? यी सबै पक्षमा नसोची संवैधानिक निकायहरू आज जसरी पदाधिकारी विहीन बनाइयो त्यो सबैको दोष वर्तमान सरकारको नै ठान्नु महागल्ती होला

तर यस्तो सर्वसत्तावाद भोली डा. बाबुरामलाई विस्थापित गरेर, डा. रामवरण यादवको  स्वविवेकमा गैर संवैधानिक प्रक्रियाबाट नियुक्त हुने प्रधानमन्त्री योभन्दा अझ बढी सर्वसत्तावादी स्वेच्छाचारी निरंकुशहुँदैन भन्ने प्रत्याभूति कसले दिने ? गत अंकमा मौजुदा अन्तरिम संवैधानिक अनुसारराष्ट्रपतिको संवैधानिक हैसियत” ‘गोवर गणेशवाबुख्याँचाको भन्दा फरक छैन होइनभनेकोमा निकै असन्तुष्ट रुष्ट बनेकोे देखियो तर ती मित्रहरूले फत्तर लगाउनु पूर्व सोच्न सक्नुपथ्र्यो व्यवस्थापिका संसदले मृत्युक्षण पर्यन्त अविश्वास नजनाएको एनेकपा माओवादी नेतृत्वको वर्तमान सरकारलाई हटाएर ने.का.का. राष्ट्रपतिले दिन सक्दछन् ? उनले जुन उद्देश्य आशयले जेष्ठ १६ गते हतार हतारमा प्रधानमन्त्री डा. बाबुराम अन्तरिम संविधानको धारा ३८  को उपधारा () () अनुसार व्यवस्थापिका संसदको सदस्य नभएकोले स्वत पदमुक्त भएको भने भोलि उनैले नियुक्त गर्ने प्रधानमन्त्री के धारा ३८() () अनुसार अयोग्य नठहनिे हुन सक्छ ? उनले (राष्ट्रपतिले) कोशिस गरे जस्तो कुनै ने.का.को नेता वा गैर माओवादी कुनै व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भयो रे ! के उसले राष्ट्रपतिसँग मिलेरनिर्वाचन आयोग नै नभएको संविधान सभा व्यवस्थापिका नभएकोले संविधान संशोधन हुन पनि नसक्ने संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद् नै नभएको, संसदीय सुनुवाई गर्ने निकाय नै नभएको आदि जस्ता अनेकौं अन्तो थापेर दशौं वर्ष सम्म शासन सत्ता हाँक्ने सम्भावना छैन ? त्यस्तो टड्कारो सम्भावनालाई संविधानको कुन प्रावधानले रोक्ने, त्यस्तो समस्या उत्पन्न भए त्यसको अन्त्य कसरी कसले गर्ने ?

परिवर्तनका बाहक भनिएका राजनीतिक दलहरूको दुराशयपूर्ण सोच, समस्या बारेको अदूरदर्शिता वा अनाडीपन राष्ट्रपतिको संविधान बाहिर गएर आफू नैवेताजको सक्रिय राजाबन्ने महत्वाकांक्षाले नै आज देश निकास विहीन अँध्यारो भडखारोमा जाक्कीन पुगेकोभन्ने मा शंका गर्नु पर्ने ठाउँ छैन हिजो राजा फाल्न माओवादीका खुट्टा ढोक्न दिल्ली पुगेर बाह्र बुँदे सम्झौता गर्ने तत्कालीन संसदवादी दलहरूमा  “माओवादीको प्रयोजनीयता समाप्त भएकोले अब यिनीहरूलाई घेरबन्दी गरेर पुन जंगल पठाउनेदुराशय हिपोपोटामस जस्तो सबै दृष्टिले मोटा भएकोले माओवादी जंगल  जान सक्तैनन्त्यसैले गाउँवेशी, घर शहरमा नै सिध्याउनु पर्छ, अब त्यसो गर्न पनि सकिन्छभन्ने कपटपूर्ण सोचाइ नभएको  भए वर्तमान समस्या समाधान गर्न कुनै  कठिनाइ थिएन, छैन धेरैको निष्कर्ष यस्तो देखिन्छ



Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्र र जनता सर्वोपरि हुन् भने व्यक्तिगत स्वार्थ खोज्न बन्द हुनुपर्छ - यादब देवकोटा (11.06.2012)
देशलाई चौटा लाम्टा पार्ने दुष्प्रयास नहोस् - महेश्वर शर्मा (11.06.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (२) - तारा सुवेदी (11.06.2012)
राजनीतिक खेल मैदानका वर्तमान खेलाडीहरु असफल - यादब देवकोटा (10.30.2012)
नेता हुन भाषण होइन, अरू नै गुण चाहिन्छ - महेश्वर शर्मा (10.30.2012)
“सर्वसत्तावाद” र “डा. बाबुराम सरकार (१) - तारा सुवेदी (10.30.2012)
सुशासन र भ्रष्टाचार निवारण चुक्दै गएको नेपाल - यादब देवकोटा (10.15.2012)
प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा (10.15.2012)
राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी (10.15.2012)
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा (10.01.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी (10.01.2012)
अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा (10.01.2012)
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा (09.24.2012)
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा (09.24.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा (09.18.2012)
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा (09.18.2012)
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी (09.18.2012)
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा (09.10.2012)
माओवादी, जातिवादी भएर ओरालो लाग्दैछ - महेश्वर शर्मा (09.10.2012)



 
::| Latest News

 
[Page Top]