युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.21.2019, 01:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेताहरूको स्थिति र यहाँको राजनीति -महेश्वर शर्मा
Tuesday, 11.13.2012, 05:23pm (GMT+5.5)

राजनीति एक प्रकारको बुद्धिकै खेल हो त्यसैले यसलाई कूटनीति पनि भनिन्छ बुद्धिचाल खेल्दा पछि चाल्नुपर्ने गोटीको हिसाब पहिले नै गर्न जानिएन भने हार्न बेर लाग्दैछ यहाँ राजनीति गर्छौं भन्नेमा अनाडीहरू धेरै हुनाले तिनीहरूले देश डुबाइसके त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरमा खेल्नुपर्ने भूमिका निर्वाह गर्न नजानेर त्यसका परिणामले पिर्न थालिसकेका छन् देश जनताको हित हुने प्रश्नमा पनि मिलेर काम गर्न सक्दैनन् एउटाले अर्काको जरै उखेल्न खोज्छन् अहिले देशको वार्षिक बजेट च्याँखेमा त्यो कसले बल्झाउने हो ठेगान छैन

नेताहरूका स्थिति अहिले कस्तो भने आफूले बदमासी गरेको ठीक अरुले गरेको बेठीक आफूले मात्र चोर्न पाउनुपर्छ, अरुले चोर्न पाउनु हुँदैन नेतृत्व मेरो मात्रै हुनुपर्छ, अरुको हुनुहुँदैन आफूले गरेको भ्रष्टाचार सदाचार हो अरुले गरेको मात्रै भ्रष्टाचार हुन्छ सत्तामा सधैं आफैं मात्र बस्न पाउनुपर्छ, अरु होइन त्यो पनि जनतामा गएर होइन, बलजफत सत्ता हत्याएर यस्तो भएपछि देशको हालत के हुन्छ ? हामीले भोगिरहेकै छौं

त्यसैले देश अहिले अराजकताको हुन्नरीमा सत्ता हत्याउने बाहेक अरु कुनै सोच नेताहरूमा पाइँदैन अनुशासनहीनता भ्रष्टाचारलाई नैगणतन्त्रसम्झनुपर्ने बाध्यता एमाओवादीले आफूलाई विना टीकाको राजा ठान्न थालेको भने विपक्षी कांग्रेस एमाले आन्दोलन गरेर सडकबाटै बाबुराम फाल्छौं भनेर ताइँ देखाइरहेका छन् विधि विधान, नियम कानुन कसैलाई चाहिएका छैनन् सहमतिको भ्यागुते ट्याइँट्याइँ संघर्षको फुइँको जनताले कुनै अर्थ देखेका छैनन् नेताले स्वार्थतन्त्र मात्र देखाइरहेका छन् प्रजातान्त्रिक प्रक्रियालाई यिनीहरूले उसै दिन विसर्जन गरेका हुन् जुन दिन आफूखुसी संविधानसभाको म्याद थपेर पनि संविधानसभाको हत्या एवं जनमतको अवज्ञा गरेका थिए

राजनीतिक दलको काम जनताका पक्षमा राजनीतिक परिचालन गर्ने जनतालाई जागरुक बनाउने हो, दलहरू नै जनप्रतिनिधि होइनन् दलहरूले आफूलाई जनताका प्रतिनिधि ठान्छन् भने त्याने भ्रम हो दलहरू मिलेर संविधान संशोधन गर्न या बनाउन सक्छौं, संसदकै म्याद थप्न मरेको संसद ब्यूँताउन सक्छौं भनिन्छ त्यस्तो प्रावधान कतै राखिएको भने त्यो तानाशाही काम हो जनप्रतिनिधि हुन जनताबाटै चुनिएर आउनुपर्छ नत्र निर्वाचन आयोग, निर्वाचन केही पनि चाहिने थिएन दलहरूले आफ्ना मान्छे सोझै पठाएर त्यसैलाई संसद भने भैहाल्यो नि त्यस्तै समानुपातिक भनेका पनि वास्तविक जनप्रतिनिधि नभएर दलका मात्र प्रतिनिधि हुनाले संसदमा समानुपातिकका नाममा पठाउनु प्रजातान्त्रिक विधि प्रक्रिया मान्न सकिंदैन विगत संविधानसभामा गएका समानुपातिक मध्येका कतिपयले कूटनीतिक राहदानी बेन्चे, बलात्कार गर्ने, घूस माग्ने, अपहरण गर्ने जस्ता अपराधकर्म गरेर प्रजातन्त्रकै उपहास गराए आज देश त्यस्तै स्थितिबाट गुज्रदैछ

लुटपाट मच्चाउने, बम पड्काउनु, तोडफोड आगजनी गर्नु जस्ता ध्वंशात्मक काममा दिक्षितहरूबाट शासन व्यवस्था राम्रो चल्न नसक्नु स्वाभाविक हो त्यस्ताहरूबाट निर्माण होइन ध्वंश मात्र हुन्छ भन्ने जान्दा जान्दै पनि पत्याउनु आफ्नै कमजोरी हो त्यस्ताहरूले जनताको अज्ञानताको फाइदा लिइनै रहेका छन् स्वेच्छिक अवकाशका नाममा लाख बुझेर गएकाहरूलाई लुट्ने स्वतन्त्रता छँदैछ तिनीहरू नै ठाउँठाउँमा हतियार सहित पक्राउमा परिरहेकै छन् अब चुनावमा पनि तिनीहरूले नै कमाल देखाउने होलान् देश जेसुकै होस्, आफू मात्रै बन्नुपर्छ भन्ने सोच भएकाहरू नै नेतृत्वमा रहनुको दुष्परिणाम हो यो शान्ति प्रक्रियाको यो नयाँ मोडेल पनि नेपालले नै प्रस्तुत गर्ने भयो

अहिले यहाँ जातीय राजनीतिलाई चर्को रुपमा उठाइएको जातीय राजनीति माक्र्सवाद विरोधी राजनीति हो माक्र्सवादले शोषक शोषित वर्ग बाहेक अरु जाति, वर्ग, धर्म, भाषाको आधार लिंदैन जातधर्म भाषाका आधारमा गरिने जातीय राजनीतिले समाजलाई विभाजित छिन्नभिन्न पार्छ भन्नेहरू नै यहाँ जातीय राजनीति गर्न तम्सेको देख्दा आश्चर्य लाग्छ यिनीहरूले पहिचानको राजनीति भनेकै जातीय राजनीति हो तर यहाँ मोही माग्ने ढुंग्रो लुकाउने गर्न खोज्दैछन् पहिचान प्रत्येक जातको छँदैछ नि नेपालीहुनु नै मूल पहिचान सबैको आआफ्नो उपपहिचान त्यसै पनि सर्वस्वीकृत सर्वमान्य छँदैछ भने फेरि यो जातीय पहिचानको रडाको किन ? बुझिनसक्नु

यो सबै विदेशी हस्तक्षेपको दुष्परिणाम हो नेपालीलाई जात, भाषा धर्मका आधारमा टुक्र्याएर छिन्नभिन्न पारिदिने चक्रचाल नबुझेर यहाँ गल्ती भैरहेको पहिचानकै कुरा लिएर पार्टीहरू धमाधम फुटिरहेका छन् यसको अर्थ के अब कम्युनिष्टले माक्र्सको विचार छोड्न खोजेका हुन् भन्ने प्रश्न उठेको यतिबेला सोझै जातीय नभनेर पहिचान शब्द जोडे पनि नियत चाहिं जाति, भाषा धर्मको आधारमा विभाजन गर्न खोजेको स्पष्ट यस्ता रहस्यमय माग त्यसै आएका छैनन् यी आयातित माग हुन् देशप्रति माया ममता हुनेहरू सावधान हुनुपर्ने अवस्था

हामी सबैले इमानदार भएर काम गर्ने हो भने देशको विकास गर्न आफूलाई उठाउन यहाँ कसैले कसैलाई रोकेको वा वाधा पु¥याएको स्थिति छैन तैपनि बाहिरी तत्वका उक्साहटमा कताकति स्वार्थले पनि काम गरेको हुनसक्छ सोझासिधा जनतालाई नहुने सपना देखाएर भ्रम पार्नेहरूबाट हामी सबै सावधान हुनुपर्ने अवस्था



Rating (Votes: )   
Share     Print


Other Articles:
सर्वसत्तावाद र डा. बाबुराम सरकारको प्रसंग (३) - तारा सुवेदी (11.13.2012)
राष्ट्र र जनता सर्वोपरि हुन् भने व्यक्तिगत स्वार्थ खोज्न बन्द हुनुपर्छ - यादब देवकोटा (11.06.2012)
देशलाई चौटा लाम्टा पार्ने दुष्प्रयास नहोस् - महेश्वर शर्मा (11.06.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (२) - तारा सुवेदी (11.06.2012)
नेता हुन भाषण होइन, अरू नै गुण चाहिन्छ - महेश्वर शर्मा (10.30.2012)
राजनीतिक खेल मैदानका वर्तमान खेलाडीहरु असफल - यादब देवकोटा (10.30.2012)
“सर्वसत्तावाद” र “डा. बाबुराम सरकार (१) - तारा सुवेदी (10.30.2012)
प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा (10.15.2012)
सुशासन र भ्रष्टाचार निवारण चुक्दै गएको नेपाल - यादब देवकोटा (10.15.2012)
राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी (10.15.2012)
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा (10.01.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी (10.01.2012)
अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा (10.01.2012)
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा (09.24.2012)
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा (09.24.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा (09.18.2012)
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा (09.18.2012)
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी (09.18.2012)
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा (09.10.2012)



 
::| Latest News

 
[Page Top]