युगसम्बाद साप्ताहिक

मुलुकको सवैपक्ष तहस नहसको दिशातिर - यादब देवकोटा
Tuesday, 11.13.2012, 05:24pm (GMT5.5)

अबको दुई दिनभित्र मुलुकले बजेट पाउनुपर्ने हुन्छ तर त्यो जिम्मेवारी नेताहरूले पूरा गर्लान् भन्ने पटक्कै संकेत छैन बजेटकै विषयलाई लिएर सत्ता स्वार्थको खेल उत्कर्षमा पुगेको विपक्षीहरूले सरकार बिरुद्ध आन्दोलनको घोषणा गरिसकेका छन् सहमतीय राजनीतिको संस्कार बस्न नसकेका कारण यस्तो अवस्थाको सिर्जना भएको हो राष्ट्रको आवश्यकताभन्दा व्यक्तिको स्वार्थ हावी भएकाले विगत पाँच वर्षदेखि मुलुक यसै गरी अनिर्णयको बन्दी बनिरहेको निकासको नाममा दलीय स्वार्थले मात्र प्राथमिकता पाइरहेको मुलुकप्रति जिम्मेवार नहुँदा ऐतिहासिक संविधानसभा संविधान बनाउनै नसकी विघटन भयो यो नेपाली जनताको घोर अपमान हो तर नेताहरू अझै जनताको अभिमत आकांक्षा भन्दै आफ्नै मात्र स्वार्थको बोली बोलिरहेका छन् मुलुकको राजनीतिमा जिम्मेवारी जवाफदेहिताको प्रचूर अभाव

मुलुकको समग्र क्षेत्र तहसनहस हुने अवस्थामा राजनीतिमा भित्रिएको विकृति विसंगतिको जालोले सिंगो नेपाली समाज विकृत मनस्थितिमा राजनीतिका खेलाडीहरूमा अलिकति पनि नैतिकताको संकेत पाइएन आफ्ना अनुकूलका सवै ठीक प्रतिकुलका सवै वेठीक भन्ने गलत संस्कारले यतिसारो जरो गाडेको कि त्यसको वर्णन गरेरै सकिन्न राजनीतिकदेखि लिएर प्राकृतिक वातावरण समेत यतिबेला विकृतिको शिकार भैरहेको यसले धार्मिक, सामाजिक, शैक्षिक, आर्थिक हरेक क्षेत्रमा विकार पैदा गरिरहेको यो विकारले मुलुकको भविष्य नै अन्योग्रस्त बन्दै गएको हामीले भावी पुस्तालाई नयाँ नेपाल हस्तान्तरण गर्ने कि बाजेको पालाको नेपाल समेत दिन नसक्ने हो भन्ने चिन्ता जागृत हुन थालेको पिता पुर्खाले रगत पसिना बगाएर एकीकृत गरेको नेपाललाई टुक्रा टुक्रामा विभाजन गर्ने अनेक षड्यन्त्रमूलक कार्यहरू भैरहेका छन् जनताको नाममा अरुकै स्वार्थको पक्षपोषण गर्ने क्रियाकलापहरू समेत देखिएका छन् सत्ता शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने प्रवृत्तिमा बढोत्तरी आइरहेको नैतिकता, निष्ठा सैद्धान्तिक प्रतिवद्धताको कुनै मूल्य छैन राजनीति मूल्यमान्यता निष्ठानैतिकता अनि सैद्धान्तिक आधारमा चल्नुपर्नेमा कसैको लहडमा चलिरहेको के हामीले भावी पुस्तालाई यस्तै लहडको राजनीति हस्तान्तरण गर्ने हो ?

इतिहास बिर्सेर क्षणिक स्वार्थको पछि दौडिदाको परिणाम मुलुकले भोगिरहेको राजनीतिक, सामाजिक क्षेत्रमा लगाउनै नहुने नारा घन्काइए जनआन्दोलनले उठाउँदै नउठाएको विषयहरू विदेशीको इशारामा घोषणा गरियो त्यही नै सबैभन्दा ठूलो गल्ती थियो विगतलाई निषेध गर्ने नाममा मुलुकका संरचना ध्वस्त पार्ने अभियानको नतिजा अहिले मुलुकले भोगिरहेको नेताहरूकै लागि पनि ती विषय ठूलो समस्याका रुपमा उपस्थित भएका छन् उनीहरू अगाडि बढ्न सक्छन् पछाडि नै हट्न सक्छन् अहिलेको समस्या भनेको यही हो के गर्दा मुलुकको दीर्घकालीन हित हुन्छ भन्ने पटक्कै ख्याल नगर्दा अहिलेको समस्या उत्पन्न भएको हो नयाँ नेपालको नाममा नेपालको सद्भावपूर्ण सामाजिक बनोटलाई छिन्नभिन्न पार्दा अहिले मुलुकको राष्ट्रिय एकता अखण्डता नै खतरामा परेको पृथकतावादी गतिविधिहरू चलिरहेका छन् जब जब संविधान निर्माणको कुरा आउँछ त्यस्ता समूहहरू सल्बलाउँदै सडक तताउने गरेका छन् यो सब इतिहासको स्मरण नगर्दाको परिणाम हो बहुभाषिक, बहुजातीय, बहस सांस्कृतिक मुलुक नेपाल कसरी एक ढिक्का भएर रहेको थियो भन्ने ख्याल नगर्दाको परिणाम हो

अहिलेको राजनीतिक दलका नेताहरूले भनेजस्तै विगतमा सबै नराम्रा काम मात्र भएका थिएनन् हाम्रा बाबु बाजेले हाम्रा लागि पक्कै पनि केही केही राम्रा कुरा छाडेर गएका थिए हामीले त्यसको प्रत्यक्ष अवलोकन गर्न नपाए पनि त्यसको प्रभाव भने अनुभूत गरिरहेकै हुन्छौं समाज विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय शुद्धता, धार्मिकसांस्कृतिक गतिविधि लगायत अनेक पक्षहरू पुख्र्यौली हस्तान्तरण हुँदै आएका छन् यी कुराहरू कति राम्रा थिए छन् भने कतिलाई परिमार्जन गर्नुपर्ने पनि हुन्छ यो समयक्रमसंगै परिस्कृत हुँदैजाने विषय हुन् हिजोका कुराहरू आज जस्ताको तस्तै भित्र्याउनुपर्छ भन्ने पनि होइन तर समयको माग भन्दैमा राम्रा कुराहरूलाई भताभुंग पार्नुपर्छ भन्ने पनि होइन समानताको नाममा अनेक नाराहरू भट्याइएका छन् सहिष्णु समाजलाई भताभुङ्ग पारेर आपसी द्वेषको विष घोलिएको जातीय, धार्मिक, सामाजिक, भाषिक सांस्कृतिक सद्भावमाथि धावा बोलेर अनेक विकृति घुसाइएको विश्वमै अद्भूत नमूनाको रुपमा रहेको नेपाल त्यस्तै अद्भूत विकृतिको जालोले बेरिंदै गएको हिमाल पहाड तराई गरी विविधतामा बाँडिएको नेपालमा यी तीनै प्रदेशको आफ्नै महत्व गरिमा अहिले यसैको नाममा राजनीति चलिहेको केही टाठाबाठाहरू आफ्नो हैकम स्थापित गर्न जनताका हातमा हतियार थमाइरहेका छन् आपसको सद्भाव घृणामा परिणत भएको के हामीले भावी पुस्तालाई हस्तान्तरण गर्ने धार्मिकसामाजिक मूल्य मान्यता यस्तै हो ?

प्राकृतिक सौन्दर्य जैविक विविधताको धनी नेपाल यतिबेला अपूर्व प्राकृतिक संकटको भूमरीमा यहाँको प्राकृतिक स्रोत साधनले विश्वलाई नै आकर्षित गर्दछ कतिपय कुराहरूमा आधा विश्वको प्रतिनिधित्व नेपाल एक्लैले गर्दछ भनेर विज्ञहरू बताउँछन् विश्वमा जति प्रजातिका चरा छन्, त्यसको ३६ प्रतिशत नेपालमै रहेको बताइन्छ हाम्रा नीति निर्माताहरूमा पर्यावरणीय शुद्धताप्रति कुनै चासो छैन प्राकृतिक स्रोत साधनको अनावश्यक बेढङ्गी उपयोगले निम्तिनसक्ने विपत्तिको उनीहरूले ख्यालै गरेका छैनन् राजधानी उपत्यका मात्र होइन आज पहाडी जिल्लाका डाँडाकाडा भत्किने क्रममा छन् व्यापारको नाममा पहाड खनेर त्यहाँबाट ढुङ्गामाटोको विक्री भैरहेको तराईको रक्षा कवच मानिने चुरे विनाशको क्रम रोकिएको छैन राजनीतिक पहुँच हुनेहरूले अहिले पनि सो क्षेत्रमा खानी चलाइरहेका छन् केही व्यक्तिको स्वार्थका लागि मुलुकको भविष्य नै संकटमा पार्ने काम भैरहेको केही रकमको लोभमा मुलुकलाई नै तहसनहस पार्ने काम भैरहेका छन् नीति निर्माताहरूले प्राकृतिक सन्तुलन कायम गर्नेतिर खासै ध्यान दिएका छैनन् वनजंगल उजाड हुँदैछन् पहाडहरू चर्किने भत्किने खतरा औंल्याउन थालिएको राजधानीकै शिवपुरी, नागार्जुन, पुल्चोकी लगायतका पहाडहरू भासिने खतरा बढेको यसको एउटै कारण भनेको उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण हो शहरीकरण वस्ती विकासका नाममा सानातिना डाँडा थुम्काहरूमा डोजर कुदाउने गरिएको उर्बर भूमि मानिएको उपत्यका यतिबेला घरैघर मात्र उम्रिरहेका छन् यहाँको हरियाली, पानीका स्रोत सौन्दर्यका प्रतिमूर्ति वरिपरीका पहाडहरू जोखिममा परिरहेका छन् हिजो बाबु बाजेले हामीलाई हस्तान्तरण गरेको धारा, पोखरी स्वच्छ नदीको ठाउँमा हामीले भोलिका पुस्तालाई के हस्तान्तरण गर्दैछौं ? खोई कसैले चिन्ता चासो देखाएको ? नदी भनेको ढल निकासको बाटो पहाड भनेको उजाड पहिरो गएको तारेभीर मात्रै हामीले भावि पुस्तालाई हस्तान्तरण गर्ने हो ?

अहिले विश्वकै सर्वाधिक ठूलो समस्या चासो भनेको वातावरण विनाश हो वातावरण शुद्ध राख्नुपर्छ, जंगल मास्नु हुँदैन, नदीमा फोहर मिल्काउनु हुँदैन, धारा, कुवा, कुलो तथा पोखरीहरूको संरक्षण गर्नुपर्छ भनेर हिजोका पुरातनवादी भनिने पुर्खाले बाटो देखाए आजका शिक्षित भनिनेहरू त्यसलाई ध्वस्त पार्दैछन् हिजो धार्मिक मूल्य मान्यतामा समाज अडेको चलेको थियो त्यसैले ती कुराहरू जोगिए धारोकुलोमा छेकथुन गर्नु हुन्न, नदी किनारमा बस्ती बसाउनु हुन्न, डाँडा, थुम्का पहाडको संरक्षण गर्नुपर्छ भन्ने मान्यता थियो उपत्यकामा मात्र सयभन्दा बढी ढुङ्गे धारा सयभन्दा बढी पोखरी थिए भनिन्छ तर अहिले तिनीहरूको अस्तित्व लोप भैसकेको नाम मात्रका सुख्खा ढुंगेधारा केही पोखरी मात्र बाँकी छन् पानीका स्रोत मासिंदैछ

आफ्ना वरिपरि भएको स्रोतको आफ्नो परम्परा अनुसार संरक्षण सम्बद्र्धन गर्ने हो भने हामीलाई कुनै संकट पर्दैन तर आफ्नो स्रोतको उपयोग संरक्षण गर्न नसक्ने अनि अरुतिर आँखा दौडाउने काम हामीबाट भैरहेको यो विकासे नीति होइनयो केही मुठ्ठीभरका व्यक्तिको स्वार्थका लागि रचिएको षड्यन्त्र हो भन्नेहरू पनि थुप्रै छन् उपत्यकाको भूमिगत जलको सतह मिटरभन्दा तल झरेको दावी विज्ञहरूले गरेका छन् यसै गरी पानीको सतह घट्दै जाने हो भने उपत्यका भासिने खतरा समेत औंल्याइएको यसको एउटै कारण भनेको अव्यवस्थित शहरी विकास हो नदी अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमण, वन जंगल तथा साना डाडाहरू मासिनु यसका कारण हुन् भूमिगत पानीको सतह घट्नुको कारण जमिनले पानी सोस्न नसक्नु हो यसको कारण अव्यवस्थित विकास नै हो

आफूले राम्रो काम गर्न नसके पनि विगतका राम्रा पक्षहरूको आलोचना गर्ने तिनको ध्वंश गर्ने कार्य नगरिएको भए अहिले मुलुकको अवस्था यस्तो हुने थिएन राजनीतिदेखि समाज व्यवस्थाका हरेक पक्षमा विगतको राम्रो पक्षलाई लत्याउँदा अहिलेको अवस्था उत्पन्न भएको हो सबै नीतिहरूलाई निर्देशन गर्ने राजनीतिमा घुसेको यो विकारले मुलुकको समग्र पक्ष तहसनहसको दिशातिर अग्रसर यो सबै राजनीतिक संस्कारहिताता विकृति मानसिकताको उपज हो



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com