युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
व्यक्तिगत चुरीफुरीको राजनीति - महेश्वर शर्मा
Tuesday, 11.20.2012, 04:13pm (GMT+5.5)

नेताहरू व्यक्तिगत तुजुक देखाएर एकले अर्कालाई सत्तालोलुप भनिरहेका छन् । सत्तासीनले सत्ताको दुरुपयोग गरेर आफ्नो पराक्रम देखाएका छन् भने सत्ता बाहिरकाले समेत धाकधम्कीबाट सत्ताबाट झार्छौं भनेको सुन्दा आश्चर्य लाग्छ । कोसंग कति शक्ति छ भन्ने कुरा जनतालाई थाहा छ । त्यसैले यो घमण्ड र शक्ति प्रदर्शनका खोक्रा नाराको कुनै अर्थ छैन । सत्ता कब्जा माओवादीको पुरानै नारा हो र आज पनि सत्ता उनीहरूकै हातमा छ । कांग्रेस, एमालेको सडक आन्दोलन त ‘तीजका कुरा गरे पनि खाएझैं हुन्छ’ भनेजस्तै हो । बरु दुवै पक्षले दुराशय, फुइँ र सत्ताको उन्माद छोडेर सुहाउँदो काम गरेर निकास दिन सके हुन्थ्यो ।

नेतृत्वमा हुनुपर्ने प्रमुख गुण सेवा भावना हो, तर यहाँ नेतृत्व गर्छौं भन्नेहरूमा सेवा भावना दुर्लभ भैसक्यो । आफूमा नेतृत्व गुण नहुनेहरू नेतृत्वको अभिनय गरेर दम्भ देखाउन खोज्छन् तर राजनीति देश र जनताको सेवाका लागि हो, आफ्नै मात्र दुनो सोझ्याउन र चुरीफुरी देखाउन होइन भन्ने बुझिदिएमा समाधानको बाटो पैलिन्थ्यो तर उनीहरू जानेर पनि त्यसो गर्दैनन् ।
आजको मूल आवश्यकता संविधान हो । संविधान भीडले बनाउने वस्तु होइन, विज्ञले बनाउनुपर्ने हुन्छ । त्यसका लागि विशेषज्ञ समिति बनाउन सबै दल सहमत हुनुपर्दछ । प्रत्येक दलले सरकार बनाउने कुरा मात्र प्राथमिकतामा राख्नाले सबै कुरा विग्रेको छ । दलहरूले आफ्नै अनुकूलको संविधान खोज्नु गलत काम हो । संविधान त दलका लागि मात्रै होइन, देश र जनताका लागि हो । तर यहाँ अप्ठ्यारो के छ भने विज्ञहरू समेत दल दलमा फसेर, विभाजित भएर दलीय नेताकै भाषा बोलिदिनाले समस्या अल्झेको हो । अब पनि गाडेको मुर्दा (संविधानसभा)कै राग अलापेर पार लाग्दैन । 

विघटित संविधानसभा, संविधानसभा जस्तो नभएर राजनीतिक दाउपेचको अखडा बनेको थियो । त्यो सभा भवनभित्र नेताले भेडाबाख्रा सम्झेकाहरू पस्थे–निस्कन्थे भने छानिएका होटेल–रिसोर्टहरू चहारेर खुराक खाएर रातापीरा अनुहारका पहलमानहरूले कहिलेकाहीं संविधानसभा हलमा कुस्ती खेलेर चार वर्ष बिताए । उनीहरूका हनुमान हरूवा–चरुवाहरूले बुझेर वा नबुझेरै पनि ताली बजाउँदा मख्ख पर्थे । दुई वर्षका लागि चुनिएको संविधानसभा थप दुई वर्ष कृत्रिम श्यास प्रश्वासमा राखेर पनि अनाडीहरूले मध्यरातमा आर्यघाट पु¥याएर खरानी पारे । संविधानसभालाई खेलाँची सम्झेर पटकपटक चुनाव गराउनु मुर्खता हुन्छ । त्यस कारण जनता र देशका लागि सोच्ने हो भने विज्ञहरूको समितिद्वारा संविधान मस्यौदा तयार गर्ने र संसदको निर्वाचन गराएर अनुमोदन गराउने बाटो समात्नुपर्छ, विवाद बढाएर पार लाग्दैन ।

अहिले राजनीतिकवाजहरूले जे गरिरहेका छन् त्यो देश र जनताका लागि नभएर आफ्नै स्वार्थ सिद्धिका लागि गरेका छन् । बाबुरामजी जनताको दुःख बुझ्न प्रत्येक महिना एकजना गरीबका घरमा बास बस्न गएका छन् । त्यो केवल देखावटी र प्रचारवाजी भएको छ, स्वाङ मात्रै भएको छ । अस्ति भर्खर कपिलवस्तुको चनइ–१ मा मुस्तफा दर्जीको घर बस्दा बाबुरामजी र उनको दलबललाई भोज भतेर गर्न गाविसको बजेटबाट डेढ लाख खर्च गरिएछ । प्रधानमन्त्रीका निम्ति अस्थायी ट्वाइलेट बनाउन मात्र आठ हजार खर्च लाग्यो रे ! कि त जनताका लागि पनि चर्पी बनाइदिनु पथ्र्यो, नत्र जनतासंग मिसिन जानेले लोहोटा लिएर मैदान गएका भए हुन्थ्यो । सत्ता शक्तिको दुरुपयोग गरेर राजनीति गर्ने परिपाटीको अन्त्य कहिले हुन्छ खै ?

आफू मात्रै लायक, अरु सब नालायक र आफूले भने–गरेको मात्रै ठीक, अरुको बेठीक सम्झने विकृत सोचाइबाट ग्रस्त नेताहरूले आफ्ना कामको पनि निरीक्षण र मूल्यांकन गरेर मात्र अरुका दोष उधिन्नपट्टि लागे त जनताले पनि पत्याउने थिए होला तर यहाँ त आफ्ना आङ्को भैंसी नदेख्ने र अरुका आङ्का लिखा पनि देख्ने गर्नाले धेरै कुरा विग्रदै गएको छ । सरकारी बजेटकै प्रसंगमा पनि एमालेका अर्थमन्त्रीले संसदमा बजेट पेश गर्न जाँदा माओवादीले संसद्मा देखाएको जंगली छाँट अहिले माओवादीले बुझपचाए जस्तो गरे पनि जनताले बिर्सेका छैनन् । ‘आफ्ना भने कुरा, अरुका माकुरा’ भनेजस्तो गर्न त नहुने हो नि, तर यहाँ नहुने नहुने काम कुरा गरेर नै जित्न खोजेको देखिन्छ ।

यता सरकारको प्रशासन यन्त्रमा कति खिया लागिसक्यो भने ससाना कुराको व्यवस्था पनि मिल्दैन । गाविस सचिव र वडा सचिवले वृद्धभत्ता वितरणमा अनियमितता र भ्रष्टाचार गरे भनेर नगरपालिका र बैंक मार्फत दिने भनियो, तर अनियमितता गरेका हुन् भने ती सचिवलाई किन कार्वाही गरिएन ? किनभने तिनीहरू पक्कै पनि कुनै न कुनै नेताका मान्छे होलान् । हालै एकजना वृद्ध फागुराम चौधरी वृद्ध भत्ता लिन लाइनमै ढलेर मृत्यु भएछ । बैंक, नगरपालिका, वडा वा गाविस जसलाई जहाँबाट लिन सजिलो हुन्छ त्यहींबाट दिने व्यवस्था गर्न सकिंदैन ? यो कुनै ठूलो कुरा होइन, केवल व्यवस्थापकीय कमजोरीको नमूना हो । यस्ता साना कुराबाट पनि शासन कसरी चलेको छ भनेर बुझ्न सकिन्छ ।

त्यस्तै अर्को पनि एउटा सानै कुरा गरौं– प्रजातन्त्र आएका पनि छ दशक बितिसके । यहाँ तिहारमा चाहिने फूल र रङ समेत भारतबाट आउने, दशैंमा खसी–बोका–कुखुरा–राँगा–फलफूल एवं तरकारी पनि भारतबाटै ल्याइने भएपछि आजसम्म देशमा के भयो त खै ? आफूले खानका लागि मात्रै झगडा गर्ने, देश विकासतर्फ सिन्को नभाँच्ने, भएका उद्योगधन्दा र विकासका पूर्वाधार ध्वस्त पार्ने बाहेक यहाँ के भयो खै ? के यही हो राजनीतिको उद्देश्य र सार ? सत्ता शक्तिको दुरुपयोगको नमूना अरु के हुन्छ ? गणतन्त्रका नारा फलाकेर मात्रै हुन्छ ? नेताहरूले छातीमा हात राखेर नाम सम्झदै– ‘मम’ भने कसो होला ?


Rating (Votes: )   
Share     Print


Other Articles:
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसंगमा (४) तारा सुवेदी (11.20.2012)
मुलुकको सवैपक्ष तहस नहसको दिशातिर - यादब देवकोटा (11.13.2012)
नेताहरूको स्थिति र यहाँको राजनीति -महेश्वर शर्मा (11.13.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारको प्रसंग (३) - तारा सुवेदी (11.13.2012)
राष्ट्र र जनता सर्वोपरि हुन् भने व्यक्तिगत स्वार्थ खोज्न बन्द हुनुपर्छ - यादब देवकोटा (11.06.2012)
देशलाई चौटा लाम्टा पार्ने दुष्प्रयास नहोस् - महेश्वर शर्मा (11.06.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (२) - तारा सुवेदी (11.06.2012)
नेता हुन भाषण होइन, अरू नै गुण चाहिन्छ - महेश्वर शर्मा (10.30.2012)
राजनीतिक खेल मैदानका वर्तमान खेलाडीहरु असफल - यादब देवकोटा (10.30.2012)
“सर्वसत्तावाद” र “डा. बाबुराम सरकार (१) - तारा सुवेदी (10.30.2012)
सुशासन र भ्रष्टाचार निवारण चुक्दै गएको नेपाल - यादब देवकोटा (10.15.2012)
प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा (10.15.2012)
राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी (10.15.2012)
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा (10.01.2012)
अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा (10.01.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी (10.01.2012)
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा (09.24.2012)
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा (09.24.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा (09.18.2012)



 
::| Latest News

 
[Page Top]