युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
परिवर्तनको नाममा युवा पुस्ता दलदलमा भास्सिदै - यादब देवकोटा
Tuesday, 11.20.2012, 04:15pm (GMT+5.5)

समाज विकासको क्रमसंगै मानिसको आकांक्षाहरू बढ्दै छन्, आवश्यकता बढ्दो छ र त्यसको पूर्तिका लागि अनेक कुकर्महरू पनि भैरहेका छन् । परिवर्तन र आधुनिकताको नाममा नेपालको युवा पुस्ता विकृतिको दलदलमा भास्सिदै जान थालेको छ । लागूपदार्थका दुव्र्यसनीहरूको संख्या बढ्दो छ र यसको ओसार पसार पनि बढिरहेको छ । पछिल्लो समय नेपाल लागू पदार्थ ओसार पसारको अन्तर्राष्ट्रिय गिरोहको सुरक्षित थलोको रुपमा चित्रित हुन थालेको छ । पछिल्ला समयमा नेपाल प्रहरीले चरेस बनाउने कारखाना नै पत्ता लगायो । ठूलो मात्रामा लागू औषध बरामद पनि भयो स्वदेशी र विदेशी नागरिकहरू पक्राउ परेका छन् । यसले स्पष्ट रुपमा के देखाउँछ भने नेपाल लागूपदार्थ ओसार पसारको केन्द बन्दै गएको छ । 

लागू पदार्थको अवैध ओसारपसार विश्वव्यापी समस्या हो । गरिब मुलुकहरूको तुलनामा धनी र सम्पन्न मुलुकमा लागू पदार्थको कारोबार बढ्दो छ । नेपालकै कुरा गर्ने हो भने खाद्यान्न उब्जने खेत–बारीमा गाँजा र अफिम खेती हुन थालेको छ । यो राज्यको कमजोरी हो । नगदेबाली लगाउनेहरू तत्काल बढी मुनाफा आउने देखेर गाँजा खेती गर्न थालेका छन् । तराईका उखुखेती हुने जमिनमा अफिम र गाँजा खेती हुनथालेका समाचारहरूले राज्य संयन्त्रलाई घच्घच्याउन सकेको छैन । प्रहरी प्रशासनले गाँजा खेती नष्ट गरेकै भरमा समस्या समाधान हुँदैन भन्ने सामान्य ज्ञान समेत राखेको देखिंदैन ।

आखिर किन लागू पदार्थको दुर्यसनी बढिरहेका छन् र किन यसको सञ्जाल विस्तार भैरहेको छ भन्ने महत्वपूर्ण प्रश्नमा गम्भीर विश्लेषण हुनु आवश्यक छ । दुव्र्यसनी बढ्न नदिन राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्छ । राज्यको पहिलो कर्तव्य आफ्ना ऊर्जाशील युवाहरूलाई समुचित उपयोगको अवसर प्रदान गर्नु हो । तर नेपालको विडम्वना नै भन्नुपर्छ कि युवालाई हेरेर कुनै नीति नै बन्न सकेको छैन । आफ्नो भूमिकाको खोजीमा भौतारिइरहेका युवा पुस्ता अवसरको अभावमा लागूपदार्थको दुव्र्यसनमा फस्ने गरेका अनगिन्ती उदाहरण छन् । राजनीतिक व्यवस्था जति परिवर्तन भए पनि मुलुकको मुहार बदलिने कुनै संकेत छैन । केही गरौं भन्ने भावना र क्षमता भएकाहरू कि त विदेश भासिएका छन् कि त दुव्र्यसनको शिकार भैरहेका छन् । बढ्दो बेरोजगारी समस्या, शान्ति सुरक्षाको अभाव र अवसरको कमीले युवाशक्ति लागूपदार्थ दुव्र्यसनमा फस्ने क्रम बढ्दो छ । राज्यलाई आवश्यक उर्जा प्रदान गर्ने शक्ति नै दुव्र्यसनको शिकार भएर दिग्भ्रमित हुनु र दुव्र्यसनकै कारण यौनरोगको शिकार बन्नु विडम्वना हो ।
 
राष्ट्रिय मूल प्रवाहमा युवाशक्तिलाई केन्द्रिकृत गर्ने सोच र योजनाको अहिले प्रचुर अभाव छ । युवाशक्तिलाई उकास्ने किसिमका कार्यक्रमिक नीति बन्नै सकेका छैनन् । राजनीतिक रुपमा यस्ता शक्तिको परिचालन कि त सत्ता प्राप्तिको लागि भयो कि त कसैलाई सत्ताबाट हटाउनकै लागि मात्र भयो । राष्ट्र विकासको अभियानमा परिचालन हुनै सकेन– यो अर्को विडम्वना हो । 

यसरी आफूमा भएका ज्ञान, सीप र क्षमतालाई प्रस्तुत गर्ने अवसर नपाएका युवाहरू जिन्दगीदेखि नै हरेस खाँदै दुव्र्यसनमा फस्ने र यसैबाट विभिन्न संक्रमणहरू निम्त्याउने गर्दछन् । यो देशको लागि लाजमर्दो प्रकरण हो । राष्ट्रलाई समुन्नतिको मार्गमा डो¥याउनुपर्ने शिक्षित र क्षमतावान शक्ति यसरी दुर्वल हुँदै जानु दुर्भाग्य सिवाय अरु केही होइन । प्राप्त ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्न पाइएन भने त्यसले विकृति निम्त्याउँछ । यसैबाट विविध प्रकारका संक्रमणहरू फैलिने गर्दछ । तसर्थ राष्ट्रिय विकासको मूलधारमा युवाशक्तिलाई परिचालन गर्न सके पनि यस्ता समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । 

युवा पुस्ता नै कुनै पनि मुलुकको भविष्य निर्माणको आधार हो, त्यसकारण अहिलेको समय युवा पुस्ताको भनिन्छ । विकसित मुलुकहरूले कुनै पनि नीति निर्माण गर्दा युवा पुस्तालाई ध्यानमा राख्ने गरेका छन् । तर नेपालमा त्यही युवा पुस्ता लागूपदार्थ दुव्र्यशनमा फसेर आफ्नो ऊर्जाशील जीवनलाई नष्ट गरिरहेका छन् । विश्वका कुना कुनामा भए/गरेका उन्नति, प्रविधिको विकास, ज्ञान, विज्ञान, शिक्षा, स्वास्थ्य लगायतका मानवीय आवश्यकताहरूको सहज उपलब्धताले मानव जीवन अत्यन्त सहज भएको छ । यी सेवाहरूको जतिले उपभोग गर्न पाएका छन् उनीहरूको जीवन सहज बनेको छ भने नपाउनेहरू अझै कष्टकर जीवन बिताइरहेका छन् । त्यस्ता युवाहरू दुव्र्यसनको शिकार बनिरहेका छन् । अहिलेको सर्वाधिक ठूलो समस्याका रुपमा रहेको लागू पदार्थ दुव्र्यसन र यससंगै भित्रिएको एचआईभी÷एड्स हो । एक्काइसौं शताब्दीको सर्वाधिक ठूलो चुनौतीका रुपमा यी दुई समस्या खडा भैरहेका छन् । लागूपदार्थको दुव्र्यशन, आधुनिकताको नाममा अंगालिने स्वच्छन्द व्यवहार र पश्चिमा शैलीको प्रभावले नेपाली युवायुवतीहरू यो दलदलमा भासिंदै जाने गरेका छन् । पौराणिक महत्व बोकेका हाम्रा चाड पर्वहरू समेत विकृत हुँदै गएका छन् । मनोरञ्जनका नाममा लागू पदार्थको सेवन गर्ने परिपाटी बढ्दो छ । उमेर पुगेकाहरू मात्र नभएर भर्खर १४–१५ वर्ष उमेर पुगेकाहरू पनि यसमा फस्दै छन् । 

लागूपदार्थको दुव्र्यसनसंग एचआईभी/एड्सको निकट सम्बन्ध छ । दुव्र्यसनमा फसेकामध्ये अत्यधिक एचआईभी संक्रमित हुने गरेका छन । त्यसकारण लागूपदार्थ र एचआईभी÷एड्सविरुद्ध विश्व नै संघर्ष गरिरहेको भए पनि यसमा वाञ्छित उपलब्धि हात लाग्न सकेको छैन । यी दुई विषय कुनै एक मुलुकको मात्र समस्या नभएर विश्वव्यापी समस्या हो । नेपालको अवस्था पनि दिन प्रतिदिन भयावह बन्दै गैरहेको विभिन्न तथ्यांकहरूले देखाएका छन् । सन् १९८८ मा पहिलो पटक नेपालमा एड्स देखापरेको थियो । नेपालमा यो रोग युवावर्गमा बढी मात्रामा पाइएको छ । नेपालमा ७० हजारभन्दा बढी व्यक्ति एचआईभीबाट प्रभावित रहेको अनुमान छ । नेपालमा एड्सबाट प्रभावित हुने व्यक्तिहरूमध्ये लागूपदार्थको दुव्र्यननी सर्वाधिक छन् भने समलिंगी यौन व्यवहार गर्ने, यौन व्यवसायी महिला तथा पुरुष, विदेशमा काम गर्न जानेहरू त्यसपछि संक्रमित भएको पाइएको छ । 

यस हिसाबले हेर्दा लागूपदार्थको दुव्र्यसनका कारण कुनै एक व्यक्ति मात्र पीडित नभएर सिंगो राष्ट्र नै पीडित बनिरहेको छ । दुव्र्यशन र एचआईभी÷एड्सबाट पीडित व्यक्तिहरूको पारिवारिक र सामाजिक अस्तित्व नै समाप्त हुनपुग्छ । अर्कोतिर उनीहरूमा आश्रित परिवारको आर्थिक स्थिति समेत दयनीय बन्न पुगेको छ र धनी र गरीब बीचको खाडललाई झन् फराकिलो पार्ने काम गरिरहेको छ । लागू पदार्थको दुव्र्यसन र एचआईभी÷एड्सबाट बढीमा १५ देखि ४० वर्षका युवायुवतीहरू प्रभावित रहेका छन् । यो उमेर भनेका उर्जाशील उमेर हो । केही गर्ने, कमाउने र पारिवारिक जिम्मेवारी वहन गर्नसक्ने उमेरमा दुव्र्यसन र एड्सबाट पीडित बन्न पुगेपछि उनीहरूबाट न परिवारले लाभ लिन सक्छ न त समाज र राष्ट्रले नै ।
 
दुव्र्यसनमा फस्ने अनगिन्ती कारणहरूमध्ये अरुको देखासिकी, आधुनिक बन्ने होडवाजी एउटा हो भने अर्कोतिर उचित अवसरको अभाव तथा पारिवारिक झैझमेला पनि प्रमुख कारण बन्न पुगेको देखिन्छ । यस्ता समस्याहरूको निरुपणका लागि व्यक्ति, समाज र राष्ट्र नै सजग भएर राष्ट्रिय जिम्मेवारीबोध गर्न सक्नुपर्छ । कुनै पनि परिवारमा अभिभावकले आफ्ना छोराछोरीप्रति गर्ने व्यवहार, उनीहरूलाई स्वतन्त्रताका नाममा दिइने स्वच्छन्दता तथा आवश्यकताभन्दा बढीको सुविधाले पनि दुव्र्यसनीको संख्यामा वृद्धि गरिरहेको छ । 

कुनै पनि व्यक्ति जन्मजात दुव्र्यसनी भएर जन्मेको हुँदैन । उ समय क्रमसंगै दुव्र्यसनमा फस्ने हो । दुव्र्यसनमा फस्न नदिन र फसेकाहरूलाई पुनःस्थापित गर्न कुनै एक निकाय वा व्यक्तिको प्रयासले सम्भव छैन । सामूहिक पहल आवश्यक हुन्छ । प्रहरी प्रशासन, सामाजिक अगुवा, शिक्षक, प्राध्यापक, संचारकर्मी सबैको समान दायित्व र पहलले मात्र दुव्र्यसनीको संख्या कम गर्न सकिन्छ । जति फसेका छन् उनीहरूको उद्धार र नफसेकाहरूलाई यसको नकारात्मक असरका बारेमा प्रचूर चेतना दिनु अहिलेको पहिलो आवश्यकता हो । 

समाजमा रहेका हरेक सचेत व्यक्तिले आफूलाई यस्ता समस्याहरूको समाधान र रोकथामका लागि अगुवाको रुपमा स्थापित गर्न सक्नुपर्छ । परनिर्भरताले मानिसलाई लंगडो बनाउँछ । हाम्रो संस्कार परनिर्भरतामा अडेको छ । हिजोसम्म आत्मनिर्भर नेपाल आज परनिर्भर बनेको अवस्थाले सानोभन्दा सानो कामको लागि पनि विदेशी गुहार्ने बानी छाडेर आफ्नो गाउँ ठाउँको सुधार र सुरक्षाका लागि आफै अग्रसर हुने हो भने यी समस्याहरूबाट समाजलाई मुक्त राख्न सकिन्छ । आजको प्रमुख आवश्यकता पनि यही हो । 

लागूपदार्थको दुव्र्यशन र यौनरोग एकापसमा कारण बनिरहेका छन् । एकको कारण अर्को र अर्कोको कारण अर्को भैरहेको छ । यसलाई निरुपण गर्ने उपायहरूको खोजी गर्न अब ढिला भैसकेको छ । आज समाज दिन प्रतिदिन असुरक्षित बन्दैगैरहेको छ । एकातिर शान्ति सुरक्षाको अभाव, अर्कातिर एचआइभी/एड्सको प्रभाव । यी दुवै कारणले समाज खोक्रो बन्दै गैरहेको छ । यसलाई हामी सबैले गम्भीरतापूर्वक लिनुपर्छ । 

विकास र आधुनिकताका नाममा भित्रिएका विकृतिहरूले सामाजिक विचलन ल्याइरहेको छ । लागूपदार्थको दुव्र्यसनी र एचआईभी संक्रमितहरूको संख्या कम हुनुको साटो बढ्दै जानुको प्रमुख कारण पनि यही हो । हामीले आफ्नोपनलाई भुलेर अरुको नक्कल गर्ने बानी त्यागौं, सदाचारी बनौं । एकले अर्कोलाई सहयोग गर्ने बानीको विकास गरौं । यसले नै मानव समाजलाई उन्नत बनाउने छ । यही नै एक्काइसौं शताब्दीको आवश्यकता हो । हामीले युरोपेली शैलीलाई होइन नेपाली शैलीलाई अपनाउन सक्यौं भने हामीमा देखिएका विकृति, विसंगति र समस्याहरू निराकरण हुँदै जानेछन् । समग्रमा समाज अनुशासित गराउन सकियो भने, युवाशक्तिलाई परिचालन गर्न सकियो भने र बेराजगारी अवस्थालाई न्यूनिकरण गर्न सकियो भने यसले लागू पदार्थ दुव्र्यसन मात्र होइन एचआईभी÷एड्स लगायत अरु धेरै समस्याहरूको समाधान र निरुपण गर्न सघाउ पुग्ने छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
व्यक्तिगत चुरीफुरीको राजनीति - महेश्वर शर्मा (11.20.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसंगमा (४) तारा सुवेदी (11.20.2012)
मुलुकको सवैपक्ष तहस नहसको दिशातिर - यादब देवकोटा (11.13.2012)
नेताहरूको स्थिति र यहाँको राजनीति -महेश्वर शर्मा (11.13.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारको प्रसंग (३) - तारा सुवेदी (11.13.2012)
राष्ट्र र जनता सर्वोपरि हुन् भने व्यक्तिगत स्वार्थ खोज्न बन्द हुनुपर्छ - यादब देवकोटा (11.06.2012)
देशलाई चौटा लाम्टा पार्ने दुष्प्रयास नहोस् - महेश्वर शर्मा (11.06.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (२) - तारा सुवेदी (11.06.2012)
नेता हुन भाषण होइन, अरू नै गुण चाहिन्छ - महेश्वर शर्मा (10.30.2012)
राजनीतिक खेल मैदानका वर्तमान खेलाडीहरु असफल - यादब देवकोटा (10.30.2012)
“सर्वसत्तावाद” र “डा. बाबुराम सरकार (१) - तारा सुवेदी (10.30.2012)
सुशासन र भ्रष्टाचार निवारण चुक्दै गएको नेपाल - यादब देवकोटा (10.15.2012)
प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा (10.15.2012)
राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी (10.15.2012)
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा (10.01.2012)
अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा (10.01.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी (10.01.2012)
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा (09.24.2012)
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा (09.24.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)



 
::| Latest News

 
[Page Top]