युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.25.2019, 11:27pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा
Tuesday, 08.20.2019, 01:26pm
नियत नै खराब भएर अथवा कामगर्ने ढंग नपुगेर अव्यवस्था फैंलिदै जनतामा आएको असन्तुष्टि पन्छाउन नेता र मन्त्रीले– “कतैबाट प्रेरित तत्वहरु सरकारलाई असफल पार्ने प्रयत्नमा छन्” भनेर बारम्बार भाषण गरेको सुनिन्छ । नाँच्न नजानेर आँगन टेढो देख्ने अथवा नियतवश खोटी काम गर्नेहरु आफ्नो अकर्मण्य र अपवित्र व्यवहार ढाकछोप गर्न यस्ता अनेक वहाना गर्दैआएका छन् । सरकार बिरोधी यो व्यवस्था नै उल्ट्याउन खोजेको आरोप लगाएर आफूहरु चोखा देखिन खोज्ने सरकारका मन्त्रीको प्रवृत्ति जनताले बुझिसकेका छन् ।

शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना
Tuesday, 08.20.2019, 01:26pm
– गीता श्रेष्ठ
नेपालमा शैक्षिक संस्थाहरुमा प्राज्ञिक क्षमताभन्दा राजनीतिक दल र नेताको निकटतालाई पहिलो योग्यता मान्ने गलत अभ्यासका कारण आज विश्वविद्यालयदेखि सामुदायिक विद्यालयसम्मको शिक्षा तहसनहस भएको छ । फलस्वरुप शिक्षा व्यापारिक कि सेवा अनि मुलुकका लागि दक्ष–सभ्य जनशक्ति उत्पादन गर्ने थलो कि राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखाना भन्ने प्रश्न आमजनको मस्तिष्कबाट हटेको छैन । 

“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी
Tuesday, 08.20.2019, 01:25pm
अस्ताएको “राजतन्त्र” र “हिन्दू राष्ट्र” को पुनरागमन हुन्छ कि हुँदैन ? अहिले मेरा केही मित्रहरुले मानौं कुनै ज्योतिषी वा भविष्य वेत्तालाई जस्तै गरी प्रश्न गर्ने गर्छन् । त्यस्ता प्रश्नहरु ती मित्रहरुले मलाई नै किन सोध्दछन् ? कि मलाई राजावादी र हिन्दूवादी तिरको हो कि, गणतान्त्रिक संघीयता सहितको लोक तन्त्रवादको हिमायती हो रहेछ भनेर यकीन गर्न यस्तो प्रश्न त सोधिरहेका हुँदैनन् ?
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त
Tuesday, 07.30.2019, 12:32pm
नेपाल अधिराज्यको उत्पत्ति वैदिकालमै भएको मानिन्छ । विश्वका प्राचीनतम राज्यमा यसको अग्रगण्य भूमिका छ । वैदिक सनातन धर्मावलम्बी हिन्दु अधिराज्य हिमवत्खण्डको यो नेपालमा गौरीशंकर, अन्नपूर्ण, धवलागिरि हिमालको नाम वैदिक वाङ्मयमा विविध प्रसंगमा उल्लेख छ । व्यास, जैमिनी, वाल्मीकि, च्यवन आदि ऋषि र जनक जस्ता राजर्षीको नाम यस प्रसंगमा लिइने गरिन्छ ।
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा
Tuesday, 07.30.2019, 12:31pm
नाम जुनसुकै राखे पनि व्यवस्था परिवर्तनले मात्र कुनै अर्थ नराख्ने हरेछ भन्ने यहाँ प्रत्यक्ष भएको छ । नाम लोकतन्त्र या गणतन्त्र र शासक कम्युनिष्ट भएर पनि व्यवहार तदनुकूल नहुँदा अहिले यहाँ धनी झन धनी र गरीब झन् गरीब हुने प्रक्रिया तीब्ररुपमा बढिरहेको छ ।
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी
Tuesday, 07.30.2019, 12:30pm
नगण्य संख्याका र राज्यको शासन सत्ता र शक्तिका दृष्टिले खासै निर्णायक भूमिका नभएका झीना मसिना माानिएका दलहरुलाई छोडेर राजतन्त्रवादीदेखि गणतन्त्रवादी भनेर देखिएका दलहरु सम्मले “२०६३ को परिवर्तनको उल्लेख्य र महत्वपूर्ण उपलब्धी भनेकै संघीयतामा आधारित शासन प्रणाली र त्यसलाई प्रत्याभूत गर्ने संविधान हो” भन्ने गर्दछन् । 
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा
Monday, 07.22.2019, 05:39pm
प्रचारका साधन स्वभावतः सरकारसंग नै बढी हुने भए । प्रचार प्रसारहरु निजी साधन पनि अवश्य सरकारकै निकट भएर लाभान्वित हुन चाहन्छन् नै । यो हिसाबबाट जुनसुकै सरकार पनि आफ्नो प्रचार प्रसारमा सम्पन्न हुन्छन् नै । आज त झन दुई कुम्युनिष्ट पार्टीको दुई तिहाईको जल्दोबल्दो सशक्त सरकार हुनाले हल्ला मच्चाएरै भए पनि आफ्ना गल्ती छोप्ने र श्रेष्ठता कायम गर्नेमा सम्पूर्ण शक्ति लगाउनु कुनै नौलो भएन । त्यसैले पनि होला यहाँ कामभन्दा कुरा ठूला र हल्ला मात्रै बढी भैरहेको छ । तर यसरी जनतालाई ‘घटं भिन्धात् पटं भिन्धात्’ गरेर भुलाउन सकिएला र यो फोस्रो नाटक कतिदिन चल्ला ? सोचनीय अवस्था देखा पर्दछ ।

वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी
Monday, 07.22.2019, 05:38pm
आज (साउनको ७ गते) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको देहावशान भएको दिन । त्यस्तै हिजो ६ गते नेपाली कांग्रेस पार्टीका संस्थापक नेता वी.पी. कोइराला दिवंगत भएको दिन । संयोग पनि कस्तो ? दुई विपरित दर्शन सिद्धान्त विचारका महान् नेताको भौतिक अवशान अघिल्लो र दोस्रो दिन स्मृति दिवस मनाउने गरी परेको ।
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त
Tuesday, 06.18.2019, 02:45pm
आयुर्वेदमा ‘रक्तं जीव इति स्थिति’ भन्ने सूत्र छ । आयुर्विज्ञान अनुसार वैदिक कालमा आध्यात्मिक चिन्तकहरुले स्थापित गरेको सिद्धान्तमा वर्णविभाजन, वर्णाक्रम, रक्तशुद्धताको उल्लेख छ । यस्तो वर्गीकरणको रहस्य अनुपम छ । वेद–वेदाङ्ग, भागवत महापुराण, महाभारत, भगवदगीता आदि वैदिक वाङ्मय अनुसार सृष्टि संरचनामा ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र अन्त्य गरी पाँच श्रेणीमा वर्णविभाजन भयो । 
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा
Tuesday, 06.18.2019, 02:42pm
आइएलओ अर्थात् अन्तर्राष्ट्रिय श्रम संगठन । अंग्रेजका उपनिवेशबाट मुक्त भएका आदिवासी र जनजातिका धेरै समस्या भएका अमेकिा, अष्ट्रेलिया, भारत, पाकिस्तान, क्यानडा, न्यूजिल्याण्ड, बंगलादेश, इराक, इरान, श्रीलंका जस्ता देशका समस्या समाधानका लागि सन् १९८९ जुनमा आदिवासी जनजाति सम्बन्धी महासन्धि राष्ट्रसंघले पारित गरेको हो । तर उक्त देशहरु नै यसका सदस्य बनेका छैनन् ।

विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा
Wednesday, 06.05.2019, 12:37pm
पञ्चायती शासनको तानाशाहीबाट दिक्क भएका जनताले नानीमैयालाई जिताए जस्तै एकपटक हेरिहालौं न त भनेर एमालेलाई बहुमतमा ल्याएका हुन् । कांग्रेसभन्दा यो असल हो भनेर हैन । एमाले–माओवादी गठजोड भएपछि उन्माद बढ्ने नै भयो । फलतः केरा पाएपछि बोक्रैसित खान थाले । फलतः कुनै पनि क्षेत्र आज विसंगतिबाट मुक्त छैन । राजनीतिप्रति नै जनतामा एक प्रकारको विरक्ति आएको छ, राजनीति गर्नेहरुप्रति नै जनतामा अविश्वास बढ्दो छ ।

“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी
Wednesday, 06.05.2019, 12:36pm
संवैधानिक अंक गणितले भन्छ– “वर्तमान सरकार दोस्रो जनआन्दोलन (२०४६) पछिको सबैभन्दा शक्तिशाली हो ।” किनकि उसँग ऐन, कानुन निर्माण गर्ने मात्र होइन, संविधान समेत आफ्नो इच्छा अनुसार संशोधन गर्न सक्नेसम्मको संख्या प्रतिनिधिसभामा छ । 
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा
Tuesday, 05.28.2019, 11:07am
राजनीति गर्नेहरुका झुट, फरेब, धुत्र्याई र बेइमानीबाट दिक्क भएका जनताले विकल्प खोज्ने क्रममा पाकिस्तानको प्रधानमन्त्रीमा क्रिकेट खेलाडी इमरान खानलाई रोजे भने युक्रेनमा हाँस्य कलाकारलाई रोजे । धुर्मुस–सुन्तली त सामाजिक अभियन्ता भैहाले । अब नेपालमा पनि कुन दिन माग्नेबूढाको पालो आउने हो– ‘मेरी बास्सै !’ भन्न थालेका छन् जनताले । पञ्चायतकालमा पनि दिक्क भएका जनताले मैयादेवीलाई अत्यधिक बहुमतले जिताएको कुरा आज बहुमत (मात!) रहेकाहरुलाई पनि मालुम नै होला ।

गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी
Tuesday, 04.30.2019, 01:48pm
तीस वर्षे शासनकाल भनेको २०१७ सालबाट शुरू भएको निर्दलीय निरंकुश ताजपोशधारी दुइ पुस्तासम्मका राजालाई अगुवा बनाएर केही मुठ्ठीभर टाठाबाठा ठगुवा पञ्चहरूको जत्थाले रजाइ गरेको कालखण्डको शासन प्रणाली थियो । यहाँ “पञ्चहरूको जत्थाले रजाई गरेको” भन्नुको कारण के थियो भने त्यस बेलाको संविधानले दलगत परिचय  दिएर संगठित भई राजनीति गर्न निषेध गरेको थियो । 
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा
Tuesday, 04.30.2019, 01:47pm
प्रजातन्त्र भनेको जनताकोतन्त्र हो । जनताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर काम गर्नुपर्ने दायित्व जनप्रतिनिधिको हो । संसदमा विधेयक प्रस्तुत गर्दा पनि जनचाहना विपरीतका बिल आएमा ननता सचेत भएका मुलुकमा त्यस्ता प्रतिनिधिलाई अर्को चुनावमा वहिस्कार गर्छन् । 
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा
Thursday, 04.25.2019, 02:22pm
आज राज्यका हरेक तहमा बेथितिको संक्रमण बढ्दो क्रममा छ । यसमा केन्द्रदेखि स्थानीय तहसम्मका कोही पनि छुटेका छैनन् अर्थात् सरकारका अंगहरु सबै बेलगाम छन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रादेशिक सभाहरुदेखि गाउँपरिषदसम्म सबै यसमा सम्मिलित छन् । आर्थिक बेथिति बढ्दो क्रममा छ । प्रतिदिन नयाँ नयाँ काण्ड थपिंदै जाँदा पुराना काण्डहरु त्यसै छोपिदै जाँदा रहेछन् कि कुन्नि ! 
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी
Thursday, 04.25.2019, 02:21pm
नेपालमा निर्दलीय निरंकुश व्यवस्थाले जत्ति नै समय पूरा गरेछ, दोस्रो जन आन्दोलनले स्थापित गरेको बहुदलीय शासन व्यवस्थाले पनि कालावधि पुरा गरेको छ । २०१७ साल पौष २३ गते निर्दलीय प्रजातान्त्रिक शासन प्रणालीको नाम र रुपान्तरण हुँदै अहिले गणतान्त्रिक लोकतन्त्रात्मक संघीय शासन प्रणालीको चरणमा आइपुगेको झण्डै दुई वटा पनि तीन दशक अवधि पूरा भएछ, २०७५ चैत्र २६ गते । दिन नै गन्ने हो भने केही फरक परेको होला । तर वर्ष फरक परेको छैन । 

दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी
Wednesday, 04.10.2019, 11:01am
लोकतान्त्रिक शासन प्रणालीमा वाक–प्रकाशन स्वतन्त्रता, आधारभूत मौलिक हक अधिकारको साथै आवधिक निर्वाचनका माध्यमबाट जनताद्वारा जनताका लागि जनताको प्रतिनिधिद्वारा देशको शासन प्रणाली संचालित हुन्छ” भन्ने आम मान्यता छ । यसैले हर एक मुलुकले लोकतान्त्रिक व्यवस्थाको विरुद्ध गतिविधि गरेपनि आफू पक्षपाती रहेको देखाउने गरेका छन् । ठेठ शब्दमा भन्नु पर्दा “लोकतन्त्र” आलु हो जस्को साथ सहयोग वा उपस्थिति विना भान्छा चल्दैन । 

आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा
Wednesday, 04.10.2019, 10:57am
प्रश्न पनि धेरै छन् । तिनको समाधान र उत्तर भाषण र ओठे जवाफबाट सम्भव छैन । जनअसन्तुष्टिको ओखती हप्कीदप्की होइन, कामै गरेर मात्र सन्तुष्टि दिन सकिन्छ । आज जनअसन्तुष्टि व्यापकरुपमा बढ्दो छ । त्यसलाई समन गर्ने–गराउने दायित्व सरकारको हो । तर सरकार जनतालाई ओठे जवाफ दिएर धम्क्याएर तह लगाउन खोज्छ भने स्वीकार्य हुन सक्दैन । पशुपति शर्माको गीतले आजको यथार्थ चित्र प्रस्तुत गरेको हो । 
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ
Thursday, 04.04.2019, 01:30pm
शिक्षामा हरेक नागरिकलाई समान अवसर र पहुँच दिन सकियो भने त्यो समाज छिट्टै उन्नत बन्दछ र यसबाटै देशले विकासको गति पक्डिन्छ । तर नेपालमा शिक्षामा समान पहुँच र अवसरको साटो विभेद कायम छ । मुलुकको शिक्षामा वर्गीय र लैंगिक विभेदले जरा गाडेको छ अनि यसमा लैंगिक असमानता पनि प्रचूर छ । 

  » धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा
  » सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा
  » हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी
  » संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा
  » ‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी
  » संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा
  » विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी
  » नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा
  » ‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी
  » चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा
  » घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी
  » निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा
  » सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी
  » दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त
  » बलेको आगो ताप्नेको खाँडो जागेको छ
  » किन सरकारमाथि चौतर्फी आक्रमण ?
  » अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ
  » नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो
  » उही “बेथितिकै थिति”मा रम्दै गर्दा !
  » पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को



 
::| Latest News

 
[Page Top]