युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 06:54pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको छ– राष्ट्रपति सी
Tuesday, 10.15.2019, 11:43am
चीन र नेपाल पहाड र नदीले जोडिएका छन्, युगौँयुगदेखि नै यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । करिब १६०० वर्ष अगाडि चिनियाँ महान् भिक्षु फा सियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एक–अर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मको शास्त्रपदहरू अनुवाद गरेका थिए । चीनको थाङ राजवंशमा, नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह भएको थियो । महान् भिक्षु स्यवियान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृत्तान्त लेखेका थिए ।

सकियो दशैं ! कतिले बुझे नारी शक्तिको महिमा र महत्व ? - गीता श्रेष्ठ
Tuesday, 10.15.2019, 11:41am
नेपालीहरुको महान पर्व बडा दशैं सम्पन्न भएको छ । नौ दिनसम्म नारी शक्तिको आराधनाा गरी दशौं दिन त्यसको प्रसाद ग्रहण गरी नवदुर्गा समापन अनि पूर्णिमासंग दुर्गा भवानीको प्रसाद र आशीर्वाद लिन मान्यजनकहाँ टीका थाप्न जाने क्रम पनि सकिएको छ ।  दशैं नारी शक्तिको आराधना गर्ने नेपालीहरुको राष्ट्रिय पर्व हो र यो पर्वले नै नारीको महिमा जागर गर्दछ । किनभने सृष्टि चलाउन न एकल महिलाबाट सम्भव छ न पुरुषबाट मात्रै । महिला र पुरुष दुबैको समान दायित्व र भूमिका प्रकृतिले निर्धारण गरेको छ तापनि पूर्वीय शास्त्रले पुरुषको तुलनामा महिलालाई उच्च स्थान दिएको छ– शक्ति, सामथ्र्य र दायित्व निर्वाहका लागि ।

भारतमा कश्मीरको विलयले नेपालमा पार्ने प्रभाव ? - तारा सुवेदी
Tuesday, 10.15.2019, 11:40am
“अजब गजब काशी काश्मीर नेपाल” निकै पहिलेदेखि सुन्दै आएको बहुप्रचलित लोकोक्ति हो । कहिदेखि कसले त्यो लोकोक्ति बोली चालीमा ल्याए ? थाहा छैन । त्यसो त अरु लोकोक्तिको उद्गम र विस्तारको क्रमबारे पनि धेरै ज्ञान छैन । एउटा कुरा “कहीँ नभएको जात्राहाँडीगाउँमा” भन्ने उपत्यका भित्र बढी चलन चल्तीको लोकोक्ति हो । सबै तिर देवी, देवताको मूर्ति रथमा राखेर नगर, घर टोल, छिमेकमा जसरी सुल्टो बोकेर घुमाइन्छ त्यसको ठीक उल्टो (विपरित) स्थानीय मन्दिरका नाराणको मूर्ति रथमा राखेर हाँडी गाउँमा उल्टोतिरबाट तानेर घुमाउने परम्परा रहेछ ।
चिनिया राष्ट्रपतिको भ्रमणः नेपालको अपेक्षा र जोखिम- तारा सुवेदी
Wednesday, 10.02.2019, 05:14pm
समयको गर्भमा शीतयुद्धको गर्भाधान गरेर १९४५ मा द्वितीय विश्व युद्धको अन्त्य भयो । त्यही गर्भबाट पश्चिमी पूँजीवादीहरु र पूर्वी युरोपीयन राष्ट्रहरुमा सैन्य संगठन जन्मिए । “पश्चिमा पूँजीवादी उपनिवेशवादी” भनेर मानिका राष्ट्रहरुको सैन्य संगठनको नेतृत्व संयुक्त राज्य अमेरिकाले लियो । पूर्वी यूरोपका राष्ट्रहरुको नेतृत्व “विश्व कम्युनिष्ट आन्दोलनको संरक्षक एवं संवद्र्धनकर्ता”को रुपमा स्थापित “तत्कालिन सोभियत संघ” (रुस) ले गरेको थियो । त्यसपछि विश्व दुई शक्ति केन्द्रको रुपमा देखा प¥यो । 

भूमि संशोधन विधेयकले ल्याएको हलचल - महेश्वर शर्मा
Wednesday, 09.25.2019, 03:43pm
यतिखेर भूमि सम्बन्धित संशोधन विधेयक बहुमतबाट पास गरेर अतृप्त स्वार्थ पूरा गर्ने काम भयो भनिंदैछ । स्थिति अनुकूल ठानेरै त होला भूमाफिया प्रशन्न भएको । खरीद ऐनलाई अनुकूल संशोधन गराउन ठेकेदारहरु सफल भए जस्तै भूमि विधेयक आठौं संशोधन आफ्ना स्वार्थ अनुकूल बनाउन भूमाफिया पनि सफल भए भनिंदैछ ।
छोराछोरी अभिभावकको खोक्रो ‘सान’को भरिया मात्र हैनन् - गीता श्रेष्ठ
Wednesday, 09.25.2019, 03:43pm
बालबालिकालाई उनीहरुको रुची, चाहना र क्षमता अनुसारको जिम्मेवारी दिने कि अभिभावकको खोक्रो ‘सान’ पूरा गर्ने मेसिन बनाउने भन्ने अहिलेको ज्वलन्त प्रश्न हो । किनभने आम अभिभावकहरु अरुका छोराछोरी जस्तै आफ्ना पनि डाक्टर, पाइलट, इञ्जिनियर बनुन अनि विदेश जाउन भन्ने सोच्छन् र त्यस्तै दिक्षा दिइरहन्छन् । यो अहिलेको बाध्यता पनि हो । तर बालबालिका के चाहन्छन् भन्ने कसैले सोचेको पाइँदैन । छोराछोरीलाई ठूलो मान्छे बनाउने लोभमा बालअधिकारको चरम हनन् भैरहेको छ ।

सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी
Wednesday, 09.25.2019, 03:42pm
भदौ ३१ गतेको यसै स्तम्भमा “संविधान दिवस भव्य रुपमा मनाउने” सम्बन्धमा चर्चा गरिएको थियो । त्यसमा आम नागरिकले उत्साह उमंगकासाथ मनाउने सरकारको योजनाको पछाडिको अबोध्य कारणबारे प्रश्न वा स्पष्टीकरण माग गरिएको थियो । निर्दलीय पंचायती राजतन्त्रात्मक शासन व्यवस्थाको अनुशीलन, परम्पराको अन्ध–परिपालन र अनुकरण वर्तमान गणतन्त्रात्मक संघीय लोकतान्त्रिक शासन व्यवस्थाको क्रान्तिकारी आमूल परिवर्तनवादी परम्परा विरोधी पार्टीको सरकारले किन के कस्तो खण्ड खातिर परेर गर्नु परेको हो ? आम जन जिज्ञाषालाई विनम्रतापूर्वक राखिएको थियो । 

संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा
Tuesday, 09.17.2019, 12:09pm
बडो जान्ने भएर म जस्तो मन्त्रीलाई काम अह्राउने रहेछ नभन्नु होला ! संकट पर्दा रैतीले गुहार माग्ने त हाम्रो परम्परा नै हो । अघि ‘महाराजकी दुहाई’ भनिन्थ्यो आज मन्त्रीकी दुहाई त भन्नैप¥यो नि । आज हामी यथेष्ट नभए पनि प्रत्येक क्षेत्रमा प्रगतिका पाइला अघि बढाउन उद्यत छौं । नेपाली भाषा साहित्यले पनि निकै फड्को मारिसकेको छ । भाषाविद्, विद्वान, लेखक, साहित्यकार, कलाकार, पत्रकार सबैले सक्दो सेवा–सहयोग पु¥याउँदै आएका पनि छन् । तैपनि के ¥याङठ्याङ नमिलेर हो कुन्नि, आज नेपाली भाषा संकटमा छ ।
संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी
Tuesday, 09.17.2019, 12:08pm
झण्डै साढे चार दशक अघिदेखि राजधानीमा आयोजन गरिने यस्ता विशेष र भव्य कार्यक्रमहरुसँग यस स्तम्भकारको आबद्धता रहने जुन गरेको थियो त्यो दुई अगाडि पशुपति क्षेत्र विकास कोषको पदावधि सकिए र अवकाशित भए यता टुंगिएको भनौं वा भारमुक्त भएको अनुभव गर्न पुगेको थिएँ । 
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा
Tuesday, 09.10.2019, 08:19am
‘प्रतिनिधि’ भनेका जनताका वारेस हुन् । उनीहरुलाई जनताले दिएको मतदान जनताको प्रतिनिधित्व गर्ने वारेसनामा हो । वारेसनामाा पाउँदैमा तथानाम गर्न पाइदैन, अह्रोटको काम मात्रै गर्ने हो, अन्यथा गर्न खोजे बदर पनि हुनसक्छ । संसद र सरकारमा पुग्नेहरुले आफूलाई स्वच्छन्द सम्झनु हुँदैन । जनताको आदेश बिर्सेर आफ्नै मनमाफिक गर्ने अधिकार वारेसलाई हुँदैन । कर्तव्यच्यूत भयो भने एकातिर जनताको विश्वासमा घात हुन्छ भने अर्कातिर प्रजातान्त्रिक विविध व्यवहारकै विपरीत हुन्छ । 
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ
Tuesday, 09.10.2019, 08:18am
काठमाडौंमा सडक क्षमताको तुलनामा सवारी साधनको संख्या अत्यधिक भएका कारण यहाँको सवारी व्यवस्थापन निकै जटिल छ । एकातिर अनुशासनहिन सवारीचालक अनि त्यस्तै स्वाभावका पैदल यात्रु र सडक व्यवस्थापनका लागि राखिएका बत्तीहरुको दुरावस्थाले कतिबेला कस्तो दुर्घटना निम्त्याउने हो भन्ने त्रास भैरहन्छ ।

दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा
Tuesday, 08.20.2019, 01:26pm
नियत नै खराब भएर अथवा कामगर्ने ढंग नपुगेर अव्यवस्था फैंलिदै जनतामा आएको असन्तुष्टि पन्छाउन नेता र मन्त्रीले– “कतैबाट प्रेरित तत्वहरु सरकारलाई असफल पार्ने प्रयत्नमा छन्” भनेर बारम्बार भाषण गरेको सुनिन्छ । नाँच्न नजानेर आँगन टेढो देख्ने अथवा नियतवश खोटी काम गर्नेहरु आफ्नो अकर्मण्य र अपवित्र व्यवहार ढाकछोप गर्न यस्ता अनेक वहाना गर्दैआएका छन् । सरकार बिरोधी यो व्यवस्था नै उल्ट्याउन खोजेको आरोप लगाएर आफूहरु चोखा देखिन खोज्ने सरकारका मन्त्रीको प्रवृत्ति जनताले बुझिसकेका छन् ।

शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना
Tuesday, 08.20.2019, 01:26pm
– गीता श्रेष्ठ
नेपालमा शैक्षिक संस्थाहरुमा प्राज्ञिक क्षमताभन्दा राजनीतिक दल र नेताको निकटतालाई पहिलो योग्यता मान्ने गलत अभ्यासका कारण आज विश्वविद्यालयदेखि सामुदायिक विद्यालयसम्मको शिक्षा तहसनहस भएको छ । फलस्वरुप शिक्षा व्यापारिक कि सेवा अनि मुलुकका लागि दक्ष–सभ्य जनशक्ति उत्पादन गर्ने थलो कि राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखाना भन्ने प्रश्न आमजनको मस्तिष्कबाट हटेको छैन । 

“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी
Tuesday, 08.20.2019, 01:25pm
अस्ताएको “राजतन्त्र” र “हिन्दू राष्ट्र” को पुनरागमन हुन्छ कि हुँदैन ? अहिले मेरा केही मित्रहरुले मानौं कुनै ज्योतिषी वा भविष्य वेत्तालाई जस्तै गरी प्रश्न गर्ने गर्छन् । त्यस्ता प्रश्नहरु ती मित्रहरुले मलाई नै किन सोध्दछन् ? कि मलाई राजावादी र हिन्दूवादी तिरको हो कि, गणतान्त्रिक संघीयता सहितको लोक तन्त्रवादको हिमायती हो रहेछ भनेर यकीन गर्न यस्तो प्रश्न त सोधिरहेका हुँदैनन् ?
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त
Tuesday, 07.30.2019, 12:32pm
नेपाल अधिराज्यको उत्पत्ति वैदिकालमै भएको मानिन्छ । विश्वका प्राचीनतम राज्यमा यसको अग्रगण्य भूमिका छ । वैदिक सनातन धर्मावलम्बी हिन्दु अधिराज्य हिमवत्खण्डको यो नेपालमा गौरीशंकर, अन्नपूर्ण, धवलागिरि हिमालको नाम वैदिक वाङ्मयमा विविध प्रसंगमा उल्लेख छ । व्यास, जैमिनी, वाल्मीकि, च्यवन आदि ऋषि र जनक जस्ता राजर्षीको नाम यस प्रसंगमा लिइने गरिन्छ ।
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा
Tuesday, 07.30.2019, 12:31pm
नाम जुनसुकै राखे पनि व्यवस्था परिवर्तनले मात्र कुनै अर्थ नराख्ने हरेछ भन्ने यहाँ प्रत्यक्ष भएको छ । नाम लोकतन्त्र या गणतन्त्र र शासक कम्युनिष्ट भएर पनि व्यवहार तदनुकूल नहुँदा अहिले यहाँ धनी झन धनी र गरीब झन् गरीब हुने प्रक्रिया तीब्ररुपमा बढिरहेको छ ।
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी
Tuesday, 07.30.2019, 12:30pm
नगण्य संख्याका र राज्यको शासन सत्ता र शक्तिका दृष्टिले खासै निर्णायक भूमिका नभएका झीना मसिना माानिएका दलहरुलाई छोडेर राजतन्त्रवादीदेखि गणतन्त्रवादी भनेर देखिएका दलहरु सम्मले “२०६३ को परिवर्तनको उल्लेख्य र महत्वपूर्ण उपलब्धी भनेकै संघीयतामा आधारित शासन प्रणाली र त्यसलाई प्रत्याभूत गर्ने संविधान हो” भन्ने गर्दछन् । 
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा
Monday, 07.22.2019, 05:39pm
प्रचारका साधन स्वभावतः सरकारसंग नै बढी हुने भए । प्रचार प्रसारहरु निजी साधन पनि अवश्य सरकारकै निकट भएर लाभान्वित हुन चाहन्छन् नै । यो हिसाबबाट जुनसुकै सरकार पनि आफ्नो प्रचार प्रसारमा सम्पन्न हुन्छन् नै । आज त झन दुई कुम्युनिष्ट पार्टीको दुई तिहाईको जल्दोबल्दो सशक्त सरकार हुनाले हल्ला मच्चाएरै भए पनि आफ्ना गल्ती छोप्ने र श्रेष्ठता कायम गर्नेमा सम्पूर्ण शक्ति लगाउनु कुनै नौलो भएन । त्यसैले पनि होला यहाँ कामभन्दा कुरा ठूला र हल्ला मात्रै बढी भैरहेको छ । तर यसरी जनतालाई ‘घटं भिन्धात् पटं भिन्धात्’ गरेर भुलाउन सकिएला र यो फोस्रो नाटक कतिदिन चल्ला ? सोचनीय अवस्था देखा पर्दछ ।

वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी
Monday, 07.22.2019, 05:38pm
आज (साउनको ७ गते) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको देहावशान भएको दिन । त्यस्तै हिजो ६ गते नेपाली कांग्रेस पार्टीका संस्थापक नेता वी.पी. कोइराला दिवंगत भएको दिन । संयोग पनि कस्तो ? दुई विपरित दर्शन सिद्धान्त विचारका महान् नेताको भौतिक अवशान अघिल्लो र दोस्रो दिन स्मृति दिवस मनाउने गरी परेको ।
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त
Tuesday, 06.18.2019, 02:45pm
आयुर्वेदमा ‘रक्तं जीव इति स्थिति’ भन्ने सूत्र छ । आयुर्विज्ञान अनुसार वैदिक कालमा आध्यात्मिक चिन्तकहरुले स्थापित गरेको सिद्धान्तमा वर्णविभाजन, वर्णाक्रम, रक्तशुद्धताको उल्लेख छ । यस्तो वर्गीकरणको रहस्य अनुपम छ । वेद–वेदाङ्ग, भागवत महापुराण, महाभारत, भगवदगीता आदि वैदिक वाङ्मय अनुसार सृष्टि संरचनामा ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र अन्त्य गरी पाँच श्रेणीमा वर्णविभाजन भयो । 
  » आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा
  » विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा
  » “सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी
  » चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा
  » गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी
  » यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा
  » अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा
  » फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी
  » दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी
  » आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा
  » कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ
  » धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा
  » सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा
  » हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी
  » संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा
  » ‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी
  » संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा
  » विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी
  » नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा
  » ‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी



 
::| Latest News

 
[Page Top]