युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:44pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेताहरूले भन्नुपर्छ– कहाँ कहाँ राम्रो भयो ? - यादब देवकोटा
Wednesday, 06.05.2013, 02:46pm
नेपालको स्वतन्त्र अस्तित्व र मौलिक संस्कृति मेटाउन अन्तर्राष्ट्रिय स्तरबाट षड्यन्त्र भैरहेको कुरा आम जनतालाई जति ज्ञात छ त्योभन्दा बढी राजनीतिक तहलाई भए पनि उनीहरू यसबारे चुँ पनि गर्न सक्दैनन् । विदेशीकै इशारा, निर्देशनमा एकपछि अर्को गलत निर्णय गर्न पुगेका नेताहरूले विगतमा गरेको गल्ती सच्याउनसक्ने हिम्मत पनि देखाउन सकेका छैनन् । त्यसैले मुलुकमा यतिखेर सन्तोष गर्नुपर्ने र मान्नुपर्ने कुनै ठाउँ छैन । 
चुनाउ मात्रै समस्याको समाधान होइन - महेश्वर शर्मा
Wednesday, 06.05.2013, 02:45pm
‘संविधान’ भनेको हाम्रा सन्दर्भमा परम्परा अनुसार परस्पर विश्वासका आधारमा सौहार्दतापूर्वक सम्पन्न हुनुपर्ने सम्झौता हो । त्यस्तो सम्झौता पहिले राजा र जनताबीच हुन्थ्यो भने आज जनता जनताबीच हुनुपर्छ । तर अनाडीहरूले स्वार्थका अन्धवेग र परस्परको अविश्वासले गर्दा चार वर्षसम्म राष्ट्रको पन्ध्र–बीस अर्ब रुपैयाँ भुरसी गरेर पहिलो संविधानसभा तुहाइदिए ।
अन्धाहरूले हाँकेको सहयात्रा - तारा सुवेदी
Wednesday, 06.05.2013, 02:42pm
कार्ल माक्र्सभन्दा पहिलेका “द्वन्द्वात्मकवाद”का प्रवर्तक एवं जर्मनीका प्रसिद्ध विचारक हिगेल (१७७०–१८३१) को विचारमा केन्द्रीय तत्व “द्वन्द्ववाद” नै हो । संक्षेपमा द्वन्द्ववादको अभिप्राय के हो भने “जब मानिसको मस्तिष्कमा एक प्रकारको विचार उत्पन्न हुन्छ, त्यसको संपुष्टिका लागि अन्य धेरै विचारहरु पनि उत्पन्न हुन्छन् । त्यसरी यौटा वाद (थेसिस) को जन्म हुन्छ ।
“आफू बाँच्नका लागि अरुलाई पनि बचाऊँ”को नारा इमान्दार प्रयासले मात्र पूरा हुन्छ - यादब देवकोटा
Tuesday, 05.28.2013, 08:06am
सन् १९९४ देखि हरेक वर्षको मे २२ का दिन विश्व जैविक विविधता दिवस मनाउन थालियो । सन् १९९२ मा ब्राजिलमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि पारित गरेपछि यो दिवस मनाउन थालिएको हो । यो वर्षको जैविक विविधता दिवसको नारा “आफू बाँच्नका लागि अरुलाई पनि बचाऊँ” रहेको छ । पृथ्वीमा बढ्दो वातावरण क्षय कम गर्नकै लागि यस्ता दिवसहरू मनाउन थालिएको हो । पानी दिवस, सिमसार दिवस, बाघ दिवस, वातावरण दिवस लगायत अनेक दिवसहरूमा वातावरण संरक्षणप्रतिको चिन्ता जगाउने काम हुन्छ तर काम भने फिटिक्कै केही हुँदैन । 
प्रजातान्त्रिक परिपाटी र प्रतिनिधित्व - महेश्वर शर्मा
Tuesday, 05.28.2013, 08:05am
मान्छेको स्वाभाव छाडापन मनपराउने हुँदोरहेछ । स्वयं अनुशासित नभएकाहरूको बाहुल्य राजनीतिमा भएकैले यो छाडापन देखिएको हो । आफैंलाई संयममा राख्न नसक्नेले दलभित्रको छाडापन हटाएर दलीय स्वच्छता कायम राख्न नसक्नु स्वाभाविक छ । मात्रा घटी–बढी भए पनि प्रत्येक दल अनुशासनहीनताको भासमा गाडिएको छ । फलतः अनियमितता, भ्रष्टाचार र विविध अपराधर्म अनि दण्डहीनता बढ्दो क्रममा देखिएको छ ।
“अख्तियार”को नियति र लोकमानसिंहको नियुक्ति (२) - तारा सुवेदी
Tuesday, 05.28.2013, 08:03am
“नेपाल र नेपालीहरू जस्ता ढोंगी र प्रचण्ड पाखण्डी अरु कोही छैनन् होला । उनीहरू उन्नत कोटीको कानून बनाउन र विश्वमञ्चमा उदारवादी सन्धी समझदारी आदिमा सहमति जनाउन र हस्ताक्षर गर्न जति अग्रसर देखिन्छन्, त्यति नै आफूले प्रतिबद्धता प्रकट गरेका कुरा विर्सन, उपेक्षा गर्न र बेवास्ता गर्न अग्रसर । नेपालबारे राम्ररी गहिरो अध्ययन गरेका अधिकांश विदेशी मित्रहरूको यही वा त्यस्तै निष्कर्ष रहेको छ ।” एकजना अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठीमा निकै सहभागी हुँदै आएका मित्रले सुनाएको सधैं सम्झिरहेको छु । 

राष्ट्रिय एकता जनतालाई एकसूत्रमा जोड्न सके मात्र - यादब देवकोटा
Tuesday, 05.21.2013, 07:48am
आज नेपाल भौगोलिक रुपमा एकीकृत देखिए पनि भावनात्मक रुपमा एक छैन । समाज खण्डित छ, जात, सम्प्रदाय, भाषा, क्षेत्रका रुपमा चर्को विभाजन छ । यसले नेपालको राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमसत्ता नै खतरामा परेको छ । बाह्य शक्तिको प्रभाव र चलखेलका कारण नेपालका सामू गम्भीर राष्ट्रिय चुनौती खडा छन् । यो अहिलेको नेपालको वास्तविकता हो । 
नेताको नाम लिनु पनि लाजमर्दो भैसक्यो - महेश्वर शर्मा
Tuesday, 05.21.2013, 07:46am
देशमा प्रजातन्त्र आएको पनि छ दशक नाघिसक्यो । यसबीच राजनीतिक व्यवस्था परिवर्तन भएका भयै छन् । नेतृत्वमा नयाँ नयाँ अनुहार आउने जाने क्रम पनि जारी नै छ तर देशलाई सम्पन्न र आत्मनिर्भर बनाउने अनि जनताको जीवनस्तर सुधार्ने दिशामा भने कहिल्यै कसैको ध्यान गएन । परिमार्जनका नाममा एकथरि धूर्तको ठाउँ अर्का धूर्तले लिनु बाहेक केही भएन ।
स्पष्ट नीति नहुँदा खानेपानीको हाहाकार - यादब देवकोटा
Tuesday, 05.14.2013, 02:27pm
हरेक वर्ष सुख्खायाम सुरु भएपछि देशैभर खानेपानीको हाहाकार हुन्छ । जनताले पर्याप्त पिउने पानी समेत नपाउने देशमा कृषिका लागि पर्याप्त सिंचाई सुविधा उपलब्ध हुन्छ भन्ने त कल्पनै गर्न सकिन्न भने जलविद्युत उत्पादनको अवस्था त नाजुक नै छ । आगामी वर्षदेखि लोडसेडिङ कम हुन्छ, खानेपानी उपलब्ध हुन्छ भन्ने नारा घन्कने बाहेक केही हुने गरेको छैन ।
सायद यसरी नै बेचिँदो रहेछ देश ! - तारा सुवेदी
Tuesday, 05.14.2013, 02:25pm
कतिपयलाई “नेपाल सन् १९६० पछिको सिक्कीमको पथमा अघि बढिरहेको” भन्ने कुरा पच्न सकेको रहेनछ । धेरैलाई “संचार माध्यममा, धार्मिक मिसनरी र खतरनाक सैन्य मिसनको गुप्त लगानी र उनका नेपाली प्रतिनिधि (एजेण्ट) हरूबारे अलि साह्रो विस्तृत व्याख्या गरेर आएन” भन्ने परेको रहेछ र आगामी अंकमा उक्त (२४ गतेको) लेखको पुनव्र्याख्या अति आवश्यक र समसामयिक हुने भन्ने धेरैको सुझाव थियो ।
राजनीतिको मर्म नबुझ्दाको परिणाम - महेश्वर शर्मा
Tuesday, 05.14.2013, 02:24pm
राजनीति गर्नेहरू कर्मयोगी बन्नुपर्छ । त्यसका लागि राजनीतिक नेताले नित्य गीतापाठ गर्नुपर्छ जसबाट उसको बुद्धि विकसित भएर राम्रो काम गर्ने क्षमता आउँछ । कुनै नीति र मानवताको अनुभव नभएका व्यक्ति राजनीतिमा खेल्न थाले भने ती सुविधाभोगी भएर स्वार्थसिद्धिमा लाग्छन् भन्ने बुझ्नुपर्छ ।
प्राकृतिक स्रोत साधनको सदुपयोग : समृद्धिको आधार - यादब देवकोटा
Tuesday, 05.07.2013, 07:53am
अहिले जसरी विश्वव्यापी रुपमा तापक्रम बढिरहेको छ र जलवायुमा परिवर्तन आइरहेको छ यसले नेपाल जस्ता प्रकृतिक स्रोत साधनले सम्पन्न मुलुकमा गम्भीर असर परिरहेको छ । यो मुलुकको सुखद् भविष्यका लागि ठूलो चुनौति हो किनभने नेपालको आर्थिक–सामाजिक विकासका लागि यहाँका प्राकृतिक स्रोत साधनको उपयोग नै हो । यसका लागि जलवायु परिवर्तनको प्रभाव कम गर्ने उपायहरूको अवलम्बन गर्नैपर्छ । 

बेथितिको पराकाष्ठा र निरीह सरकार - महेश्वर शर्मा
Tuesday, 05.07.2013, 07:52am
घरायसी काम, मील कारखानाका काम, मजदुरी, भरियागिरि यस्तै यस्तै काम ज्यालादारीमा चलेका हुन्छन् । तर हिजोआज त्यस्ता काममा पनि राजनीति पसेको छ । कसैलाई कुनै कामका लागि ज्याला दिने गरी बोलाउनोस् भोलि उसले मैले यहाँ सधैं काम पाउनुपर्छ अर्थात् स्थायी हुनुपर्छ भनेर ढोकामा सुत्यो भने नेताले हो हो हुनैपर्छ भनिदिन्छन् । 
अब के हुन्छ ? यस्तो हुन सक्छ ? - तारा सुवेदी
Tuesday, 05.07.2013, 07:49am
यसै स्तम्भमा यस पहिलेका लगातारका छ अंकमा देशको वृहत्तर हालतको परिवेश परिदृश्यका केही प्रतिनिधि उदाहरण सहित चर्चा गरिएको थियो । कुन कुन अंकमा के कति कुरा उठाइएको थियो भनेर फर्किएर चर्चा गर्ने हो भने अगाडि बढ्ने मुराद पूरा हुन सक्तैन । यद्यपि देशको परिस्थिति, त्यस्तो परिस्थितिको उत्पत्ति र उपस्थितिको पछाडिका समग्र कारक तत्वको ‘यत्किञ्चित्’ वा शतांश पनि विगतका अंकमा समेटिन सकिएको छैन भन्ने आत्मबोध नभएको होइन । 
अगाडिकै बाटो त नदेख्नेले पछाडिको भीर के देखुन् - यादब देवकोटा
Monday, 04.29.2013, 07:14pm
राष्ट्रिय मुद्दाहरूमा वा आम जनताको सरोकार रहने विषयहरूमा आम सहमति वा एकमत कायम हुन सकेन भने कुनै पनि मुलुकको दुर्भाग्यको सूचक त्यही हुन्छ भन्ने प्रमाण नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले सिद्ध गरेको छ । राजनीतिक अस्थिरताले जकडिएको नेपालको आर्थिक–सामाजिक अवस्था मात्र अधोगतितिर लागेको नभै मुलुकको भविष्य नै एक संकटोन्मुख छ । विदेशीको इशारामा, विदेशीकै चाहना अनुसारका राजनीतिक गतिविधि संचालित हुँदा राष्ट्रिय मुद्दाहरू ओझेलमा त परेकै थिए अब राष्ट्रिय स्वाधीनता नै संकटमा पर्ने आशंकाजन्य चिन्ताहरू व्यापक रुपमा उठिरहेका छन् । 
आजको स्थिति र हामीले बुझ्नुपर्ने तत्व - महेश्वर शर्मा
Monday, 04.29.2013, 07:13pm
हिजो सिद्धान्त र आस्थाका आधारमा राजनीतिक दल गठन हुन्थे र आफ्नो आस्था र विश्वास भएको दलमा सामेल हुने स्वतन्त्रता थियो तर आज ? आज त्यो स्थिति एक प्रकारले समाप्त भएको छ । आज त जात, धर्म र प्रान्तका मान्छे संगठित हुन थालेका छन् । 
अब के हुन्छ ? नोकरशाही सरकारमा पनि भरपर्छ (६) - तारा सुवेदी
Monday, 04.29.2013, 07:10pm
प्रजातन्त्र पुनस्थापना भएको सात वर्षपछि हेर्दा न प्रजातन्त्र छ न “लोकतन्त्र” । न संविधान जीवन्त छ, न निर्वाचित सरकार नै छ । यद्यपि अहिले राजनीतिक दलका अगुवाका फेटा गुतेर विना पूँजी र विना जोखिमको छिटै असीम आर्थिक उपार्जन गर्न सकिने देखेर पार्टीको नाममा कम्पनी खडा गरेकाहरू “प्रजातन्त्र” शब्द सुन्न चाहन्नन् । त्यसलाई सामन्ती राजतन्त्रको अवशेष भनेर भन्ने गर्दछन् ।
सीमा अतिक्रमण, बाँध आतंक र तराइवासीको पीडा - यादब देवकोटा
Monday, 04.22.2013, 06:52pm
सीमा अतिक्रमणलाई वैधानिकता दिने गरी भारतले अनेक गतिविधि चलाइरहेको छ । नेपालका राजनीतिक दलका नेता, सत्तामा बसेकाहरूले सीमा विवाद समाधान गर्ने प्रयास कहिल्यै गरेनन् । सत्तामा बस्दा र सत्ता बाहिर रहँदा राष्ट्रियतासंग सम्बन्धित विषय नै फरक पर्ने गरेको पीडादायी अनुभव नेपाली जनताले गर्नुपरेको छ । नेपालका राजनीतिक दलका नेताहरूको भारतपरस्त सोचकै कारण नेपाल असुरक्षित बन्दै गएको मात्र होइन साँघुरिंदै जाने क्रम निरन्तर जारी छ । नेपाललाई आफ्नो पकडमा पार्ने रणनीतिक योजना अनुसार नै सीमावर्ती क्षेत्रमा बाँध बाँधेर नेपाललाई डुबानमा पार्ने दीर्घकालीन नीतिले काम गरिरहेको छ । 
नेताहरूले त बुद्धिसम्मत काम पो गर्नुपर्छ - महेश्वर शर्मा
Monday, 04.22.2013, 06:51pm
गतिला नेताले देशलाई हानि हुने काम गर्दैनन् । तर नेताका नाममा कलंक लगाउनेहरू यहाँ धेरै भए । कसैले पनि आफ्नो गल्ती स्वीकार्ने महानता देखाएको यहाँ पाइदैन । इतिहासमा जोकसैको पनि उद्र्ध वा अधोगति भएको छ भने त्यो आफ्नै कारणले भएको छ । यो यथार्थलाई बिर्सेर अरुलाई दोष दिनु बेकार छ । नेतृत्वकै बेइमानी र स्वार्थी प्रवृत्तिले गर्दा राजनीतिक दलहरू कुनै न कुनै रुपमा अधोगतिमा छन् ।
अब के हुन्छ ? (५) - तारा सुवेदी
Monday, 04.22.2013, 06:46pm
दूरदर्शी, असल, इमान्दार, प्रतिबद्ध र नैतिक वल भएको राजनेता हरेक देशमा जुनसुकै देशमा पनि सधै जन्मिने होइन । कुनै देशमा कुनै कालखण्डमा समयको पुकार सुनेर जन्मिने लाखौं व्यक्तिमध्ये एक दुई जना मात्र राजनेता बन्न सक्ने रहेछ ? 
  » नयाँ वर्षमा सबैले गर्नुपर्ने प्रण - यादब देवकोटा
  » उपलब्धि केलाई र विध्वंश केलाई भन्ने ? - महेश्वर शर्मा
  » अब के हुन्छ ? (४) तारा सुवेदी
  » साधना गलत भए साधककै पतन निश्चित - वेदराज पन्त
  » चारैतिर नेताहरूको इमान र नैतिकतामाथि प्रश्न - यादब देवकोटा
  » के चुनाउ हुन्त छ ? धेरैको प्रश्न यही छ आज - महेश्वर शर्मा
  » अव के हुन्छ ? (३) - तारा सुवेदी
  » बाघ संरक्षणको वर्तमान अभियान र परापूर्वको परम्परा - यादब देवकोटा
  » दलीय खटनपटन र चुनावी सरकार - महेश्वर शर्मा
  » “अब के हुन्छ ?” (२) - तारा सुवेदी
  » पानी र खाद्यान्नको संरक्षण अहिलेको प्रमुख चुनौति- यादब देवकोटा
  » प्रधान न्यायाधीश कसैको होइन, सबैको हो - महेश्वर शर्मा
  » अब के हुन्छ ? जिज्ञासा सबैको, उत्तर दिने को ?(१) - तारा सुवेदी
  » विश्व पानी दिवसको सन्दर्भ : व्यापारिक सोच र एकाधिकारवादी प्रवृत्ति घातक - यादब देवकोटा
  » चुनावी सरकार : नयाँ अध्याय आरम्भ - महेश्वर शर्मा
  » परम सर्वोच्च सार्वभौम जनअदालतमा पेश गरेको खुला रिट निवेदन - तारा सुवेदी
  » सहमति र सहकार्यको नाममा राष्ट्र झन् कमजोर- यादब देवकोटा
  » ठालूहरुको महत्याई रहेसम्म यस्तै हो - महेश्वर शर्मा
  » आउदो निर्वाचनमा “संविधान” रोज्ने कि “प्रतिनिधि” - तारा सुवेदी
  » समयमै उपयुक्त नीति नबने थेग्नै नसक्ने विनाश - यादब देवकोटा



 
::| Latest News

 
[Page Top]