युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजनीतिक तुवाँलो फाट्न बाँकी नै छ महेश्वर शर्मा
Monday, 03.04.2013, 04:22pm
हेटौंडा अधिवेशनताका प्रचण्डले कांग्रेस¬–एमाले फुत्कनै नसक्ने गरी प्रस्ताव ल्याउँछु भनेका थिए । अन्ततः त्यो प्रस्ताव प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने रुपमा आयो । कुमालकोटीले झिंगालार्इं आफ्नो टोड्कामा खाँदेपछि झिंगो कुमालकोटी नै बन्छ रे । त्यस्तै कांग्रेस–एमालेलाई फुत्कनै नपाउने गरी आफ्नै बोली बोलाइरहेका त छँदैछन् नि । नत्र गणतन्त्र, धर्मनिरेक्षता, जातीय संघराज्य कांग्रेस–एमालेका माग त थिएनन् ।
निर्वाचनभन्दा पहिले स्पष्ट हुनुपर्ने विषय - तारा सुवेदी
Monday, 03.04.2013, 04:21pm
२०६३ सालमा “अन्तरिम संविधान जारी गर्नुपूर्व संविधानमा कुन कुन विषय स्पष्ट हुनुपर्छ, त्यसरी स्पष्ट भएन भने पछि के के समस्या आइपर्न सक्छ” भन्नेतिर तत्कालीन दलहरूले पटक्कै सोचेनन् । “राजासँग बदला लिन सफल भयांै, अब राजालाई मात्र नभई राजतन्त्र नै फाल्नुपर्छ” भन्नेमा संसदवादी सात दलहरूको ध्यान केन्द्रित भयो । “माओवादीले ल्याएको गणतन्त्र घोषणामा तत्कालै सहमति गर्न पाए आफूहरू पनि माओवादीभन्दा कम क्रान्तिकारी ठहरिन्नौं” भन्ने मात्र सोचे ।

निष्काम सेवा र शिवरात्रि — हेम शर्मा पोखरेल
Monday, 03.04.2013, 04:12pm
भनिन्छ सेवा पनि विभिन्न प्रकारका हुन्छन् । आध्यात्मिक तवरले विचार गर्दा कुनै इच्छा पूरा  गर्नका लागि गरिने सेवा सकाम सेवा र कुनै पनि इच्छा नराखी गरिने सेवालाई निष्काम सेवा भनिन्छ । सामान्यतया मानिसबाट गरिने सकाम सेवाहरूमा पनि अरूको हीतमा प्रतिकुल असर नपार्ने, अरूको कल्याण हुने, आफूले पाए पनि मान सम्मानसम्म पाउने सेवालाई श्रेष्ठ सेवा भन्न सकिएला तर आफ्नो निहित स्वार्थ पूरा गराउनका लागि बाहिर देखाउन मात्र सेवा गरेको अभिनय गर्नेलाई निःस्वार्र्थी सेवा भन्न सकिन्न । 

राजनीतिक सिण्डिकेट अन्त्य नभएसम्म निकास असम्भव : यादब देवकोटा
Wednesday, 02.27.2013, 04:59am
राष्ट्रिय सहमतिको नाममा चार राजनीतिक शक्तिले गर्ने सहमति अब मुलुकको निकासका लागि उपयुक्त विकल्प हुन सक्दैन भन्ने पुष्टि भैसकेको छ । विगतदेखि नै राजनीतिक सिण्डिकेट चलाउँदै आएका चार दलको निर्णय अन्य दलले नमान्ने घोषणा गर्दै आन्दोलनमै उत्रिसकेको अहिलेको अवस्थामा मुलुकको निकासका लागि कम्तिमा विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलहरूबीचको सहमति अनिवार्य रहेको स्पष्ट भैसकेको छ ।
देशलाई गाड्ने–उठाउने नेतृत्वमै भरपर्छ - महेश्वर शर्मा
Wednesday, 02.27.2013, 04:58am
आफ्नोपन (सिद्धान्त, लक्ष्य र आदर्श समेत) गुमाएर माओवादीले जता लतार्छ उतै लतारिंदै आएका कांग्रेस र एमाले स्वत्वहीन भएर धरमराइरहेको छन् । कुमालकोटीले आफ्नो दूलोमा लगेर खाँदेको झिंगो फुत्कन नसके जस्तो स्थितिमा छन् यतिखेर कांग्रेस र एमाले । सत्तावेगर अडिनै नसक्ने रोग सबैलाई लागेको छ । पहिले धर्मच्यूत गराएर यिनीहरूलाई एमाओवादीले जनताका नजरबाट गिराउन खोजेको छ ।
देश र देह एकैसाथ दुखिरहेको बेला - तारा सुवेदी
Wednesday, 02.27.2013, 04:56am
देशकोबारेमा घोत्लिनु र असन्तुष्ट हुनु पनि एकप्रकारको विसादवाद (डिप्रेसन)ले थिच्दै लाग्नु जस्तै रहेछ भन्ने लाग्न थालेको छ, यद्यपि यो देशमा जसले जन्मदै जति शक्ति लिएर आयो, अथवा जनताले जसलाई जे जति शक्ति दियो, उसले नै केही गर्न सक्थ्यो, उसैले जिम्मेदारी बोध गर्नुपथ्र्यो । इमान्दारीपूर्वक कर्तव्य र दायित्व बहन गर्नुपथ्र्यो । मानवीय स्वभाव र नैतिकताले त्यही भन्छ । 
अफिमची– गफ, सहमति र निर्वाचन - तारा सुवेदी
Monday, 02.11.2013, 03:34pm
गफाडीको उदाहरण दिँदा गँजेडी र अफिमचीहरूलाई सम्झिनु पर्दछ । गाँजा र अफिममा त्यस्तो शक्ति भएर हो कि, त्यसका अम्वलीहरूभित्र रहेको असाधारण “गफकला”लाई गाँजा अफिम जस्ता नशालु पदार्थले उजागर वा उद्दीपित गरिदिने मात्र हो ? त्यो भने थाहा पाउन सकेको छैन । अहिलेसम्म त्यस्को भेउ पाउन ती वस्तुको प्रयोग गरेर हेर्ने जाँगर र जमर्को नगरेकोले हो कि ? त्यो भने थाहा भएन । 

राष्ट्रियता नै नरहे जनवाद कहाँ लागू गर्ने ? - यादब देवकोटा
Monday, 02.11.2013, 03:34pm
यतिबेला मुलुक इतिहासमै सबैभन्दा बढी बाह्य हस्तक्षेपबाट आक्रान्त छ र मुलुक जोगाउने कि सत्ता जोगाउने भन्ने दोहोरी पनि चलिरहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले ‘राष्ट्रियताभन्दा जनवाद’ प्रमुख विषय भएको भन्दै राष्ट्रियताका सवालमा कार्यकर्ताले उठाएका प्रश्नहरूको हल्का उत्तर मात्र दिनुभएन कि आफ्नो सत्ता लिप्सा पनि उजागर गर्नुभयो । मुलुक रहे जुनसुकै ‘वाद’ स्थापित गर्न सकिन्छ भन्ने सामान्य हेक्का समेत प्रधानमन्त्रीबाट नराखिनु घोर विडम्बना मानिएको छ । 
के यस्तै हुन्छ राष्ट्रिय स्वाभिमान ? - महेश्वर शर्मा
Monday, 02.11.2013, 03:31pm
नेता र मन्त्रीमा स्वार्थी प्रवृत्ति र बेजिम्मेवारीपनले गर्दा देशको अर्थतन्त्र ध्वस्त भैसकेको छ भने देशको उर्वर भूमि (युवाशक्ति)लाई विश्व बजारमा बेचेर सरकार तिनैको कमाइमा रमाएको छ । निमुखा नेपाली रोजगारीका खोजीमा दैनिक हजारको संख्यामा इराक–अफगानिस्तान जस्ता युद्धग्रस्त क्षेत्रमा होमिएका छन् । आफ्ना घर घडेरी बेचेर दलाल मार्फत ठगिन विवश छन् । 
अन्तरिम संविधान लौरो न हतियार - यादब देवकोटा
Monday, 02.04.2013, 06:36pm
अरुले देखाइदिएको बाटो हिंड्दाको परिणाम कस्तो हुन्छ भन्ने दृष्टान्त नेपालको वर्तमान राजनीतिक अवस्थाले इङ्गित गरेको छ । सहमतीय संस्कारलाई लत्याएर आफ्नो मात्र आधिपत्य कायम गर्न खोज्दा बढिरहेको राजनीतिक द्वन्द्व भीडन्तको स्थितिमा पुगेको छ । सत्तामा बस्नेहरूको आफ्नो सत्ताको निरन्तरता र विपक्षमा बस्नेको सत्ता प्राप्तिको उच्च आकांक्षाले मुलुकको समग्र संरचना ध्वस्त प्रायःको स्थितिमा छ । संविधानको भावना र मर्मको वेवास्ताले यतिबेला मुलुक संवैधानिक रुपमा निकास विहीन अवस्थामा छ । 

यो चिन्तनले देशलाई कहाँ पुर्याउँला ? - महेश्वर शर्मा
Monday, 02.04.2013, 06:35pm
२०५२ सालमा माओवादी जंगल पसेपछि तत्कालीन सरकारबिरुद्ध पाइला चाल्ने जायज बाटो छोडेर ‘सौताका रीसले पोइका काखमा मुत्ने’ भनेझैं गाउँघरमा रीसइवी साध्ने, हुनेखानेका बिरुद्ध गरीब निमु्खालाई सुर्याएर अपहरण, हत्या र आतंक मच्चाउन थालेका हुन् । त्यही लुटपाट र जवर्जस्ती चरित्रको कामलाई आन्दोलन भनियो । गाउँमा रीसइवी परेका र आफ्ना झगडियालाई तह लगाउन खोज्नेहरू माओवादीका सख्खै भए ।
यसरी हामी पुगौंला कहाँ ? (२) - तारा सुवेदी
Monday, 02.04.2013, 06:33pm
‘मत्स्य न्याय’ र ‘जंगली कानूनको राज’ भनेको एउटै खालको शासन व्यवस्था हो । यस्तो राज्यमा घर, गाउँ, समाज, वर्ग, समुदाय, सेवा वा पेशागत क्षेत्रदेखि शासन सत्ता नियन्ता छान्ने, बन्ने र शासन गर्ने विधि विधान र नीतिसम्म एउटै मात्र सूत्र वा मानदण्ड लागू हुन्छ । त्यस्तोमा ठूलो माछाले सानोलाई खानुलाई नैसर्गिक अधिकार भनेर स्वीकार्नुपर्ने हुन्छ । 
यस्तै हो अमर शहीदले सोचेको नेपाल ? - यादब देवकोटा
Monday, 01.28.2013, 03:59pm
मुलुकको चौतर्फी विकासका लागि आफ्नो जीवनको पर्वाह नगरी क्रान्तिमा होमिएका महान शहीदहरूको आत्मा यतिबेला रोइरहेको छ । सच्चा क्रान्तिवीर शहीदहरूको अपमानको सिमै छैन । हरेक राजनीतिक दलका नेताहरूले ‘शहीदको सपना’को जपना त गर्छन् तर उनीहरू त्यस दिशातिर पटक्कै अग्रसर छैनन् । शहीद शब्दकै अपमान गर्ने गरी शहीद घोषणा गर्दै क्रान्तिको अवमूल्यन गर्ने काम भैरहेको छ । शहीद मुलुकको हुनुपर्नेमा राजनीतिक दल, संघ संगठन तथा जात विशेषको हुन पुगेको छ ।
राष्ट्राध्यक्षलाई कमजोर पारेर देश उँभो लाग्दैन - महेश्वर शर्मा
Monday, 01.28.2013, 03:59pm
नेतृत्व गर्नु चानचुने कुरा होइन । राजनीतिक नेतृत्वले त झनै सार पु¥याउनुपर्ने हुन्छ तर नेतृत्व गर्नेको ज्ञान र चरित्रको भाँडो साँघुरो भएमा अनेकथरि अनर्थ हुन्छन् । त्यसैले नेतृत्व गर्छु भन्नेमा सुहाउँदो स्तर, योग्यता र इमानदारी भएन भने उपहास र धोका नै हुन्छ । अयोग्यहरू योग्य ठाउँमा पु¥याइदाका दुष्परिणाम भोगिएकै छन् । आज देशको स्थिति विग्रनुको मूल कारण पनि त नेतृत्वकै कमजोरी हो भन्नेमा शंका छैन । 
गताङ्कको बाँकी अंश लेख्दै गर्दा शहीद दिवसले बल्झाएको घाउ - तारा सुवेदी
Monday, 01.28.2013, 03:58pm
आज शहीद सप्ताहको अन्तिम दिन, माघ १६ गते । आज सरकारले सार्वजनिक विदा दिएको छ, आफ्ना कर्मचारीहरूलाई । विदाको दिन पहिले जसरी सबैले मनाउछन् त्यसरी नै मनाउने छन् आजको विदाको दिन पनि ।  “सबैभन्दा बढी पुरूष कर्मचारीहरू तास खेलेर बिताउँछन् सार्वजनिक विदा” धेरैमा यही धारणा छ ।  त्यसैले आजको दिन पनि उनीहरूको ठूलो संख्या विभिन्न ठाउँमा जम्मा भई तासमा जमेर विताउँछन्  भन्नेमा शंका छैन । 
दिगो शान्तिका लागी सत्य निरुपण तथा मेमिलाप आयोग र यसको औचित्य - अधिवक्ता रामचन्द्र लामिछाने
Monday, 01.28.2013, 03:57pm
भौगोलिक रुपमा एकीकरण भई राष्ट्रको रुपमा २४० वर्षको इतिहास भएको देश नेपाल संसारकै एक पुरानो देशमध्य एक हो । प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण यो देश सामाजिक विविधताको पनि खानी हो । विश्वकै प्राचीन हिन्दू धर्मको बाहुल्य भएको यो देश भगवान गौतम बुद्धको जन्मभूमि पनि हो । संसारकै सबैभन्दा गहिरो कालीगण्डकीको खोचदेखि संसारकै सर्वोच्च शिखर सगरमाथाको यो देश इतिहासमा कहिल्यै पराधिन भएन । 
असुरक्षा, आतंक र अपराधीकरणको भुमरी - महेश्वर शर्मा
Monday, 01.21.2013, 04:10pm
नियत नै खराब भएर हो कि कुन्नि, संविधान बनाउन भनेर चार वर्षसम्म सय एकजनाको नचाहिंदो सेतो हात्ती पाल्दा पाल्दै झण्डै अठार अर्ब (!) खर्च गराएर देश खँगारियो भने त्यो सभालाई समेत ज्यूँदै खाल्डामा गाडियो
जलविद्युतमा आत्मनिर्भर कहिले ? - यादब देवकोटा
Monday, 01.21.2013, 04:10pm
आधा शताब्दीभन्दा केही पहिले खाडी मुलुकहरू आफूमा भएको अपार तेलस्रोतको उपयोग गर्न नसकेर गरीबीको दुष्चक्रमा थिए आज ती मुलुकहरू विश्वका सम्पन्न मुलुकमा गनिएका छन् राजनीतिक रुपमा कतिपय खाडी मुलुकमा तानाशाही चलेका भए पनि त्यहाँका जनता खुसी छन्, उनीहरूलाई राजनीतिक व्यवस्थासंग कुनै चासो छैन
यसरी हामी पुगौंला कहाँ ? (१) - तारा सुवेदी
Monday, 01.21.2013, 04:09pm
वितेका दुई हप्तायता पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरण अनुसन्धान सम्बन्धी न्यायिक प्रकृयामा उत्पन्न अवरोध हस्तक्षेप प्रतिकृयात्मक विरोध जस्ता कुराहरूले नै संचार माध्यमका शीर्षस्थान ओगटेको देखियो यद्यपि डेकेन्द्रराजको हत्या साढे आठ बर्ष अघि (२०६१ असार २७ गते असारमा) भएको भन्ने पनि समाचारमा आइसकेको
मुलुकको गुम्दो राष्ट्रियताबीच पृथ्वीनारायण शाहको योगदान - यादब देवकोटा
Tuesday, 01.08.2013, 03:01pm
यही शुक्रबार अर्थात् पुस २७ गते नेपाल इतिहासमा एउटा योद्धाको जन्म भएको दिन आजभन्दा २९१ वर्ष अघि जन्मेर जसले नेपाल राष्ट्रको एकीकरण सुरु गर्यो, नेपाललाई विदेशीको पञ्जामा पर्न दिएन नेपाली जनतालाई एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकताको भावना जागृत गर्यो नेपालीपनको आभाष दिलाएर भावी पुस्ताले पालना गर्नैपर्ने दिव्य उपदेशहरू दिएर गयो आज तिनै योद्धा, नेपालको महापुरुष, राष्ट्रिय विभूति पृथ्वीनारायण शाह ओझेलमा पारिएका छन्, त्यसैको फलस्वरुप नेपालको राष्ट्रिय एकता टुट्दो पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा विगतमा मनाउने गरिन्थ्यो अहिले त्यो क्रम टुटेको
  » सहमतीय सरकार गठनको नाममा बेमौसमको गाईजात्रा - यादब देवकोटा
  » शक्तिको राजनीति र नेताका कड्काई - महेश्वर शर्मा
  » आस्थाका शिखर पुरूष स्व. वासुदेव शर्मासंग सहकार्यको तीन वर्ष : तारा सुवेदी
  » सत्ताको सौदावाजीमा रूल्मुलिएको विकासको नारा - यादब देवकोटा
  » राष्ट्रपतिलाई झुम्राको पुतली नबनाउ - महेश्वर शर्मा
  » जिम्मेदार को ? - तारा सुवेदी
  » परिवर्तनका संवाहक भनिएका नेताहरू असफल भएकै हुन् ? - यादब देवकोटा
  » झर्ला र खाउँला को राजनीति तुहिने हो कि ! - महेश्वर शर्मा
  » टी. आई.को कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईको भाषण सुनेपछि - तारा सुवेदी
  » जलवायु परिवर्तन सम्बन्धी दोहा सम्मेलन : शक्ति राष्ट्रहरूबीचको बेमेलकै निरन्तरता - यादब देवकोटा
  » (अ)सहमतिको देउसी–भैलो : हातलाग्यो शून्य - महेश्वर शर्मा
  » विफल राष्ट्रपतिसामु चार विकल्प - तारा सुवेदी
  » गरीब राष्ट्रहरुको साझा मुद्दा : जलवायु परिवर्तनको दुष्प्रभाव - यादब देवकोटा
  » पञ्जाछाप लगाउन बाध्य राष्ट्रपति - महेश्वर शर्मा
  » सर्वसत्तावाद र डा. बाबुराम भट्टराई ....... (६) तारा सुवेदी
  » राष्ट्रका लागि अब सुध्रिने मौका आएको छ - यादब देवकोटा
  » सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (५) - तारा सुवेदी
  » गैरदलीय चुनावी सरकार : निरापद निकास - महेश्वर शर्मा
  » परिवर्तनको नाममा युवा पुस्ता दलदलमा भास्सिदै - यादब देवकोटा
  » व्यक्तिगत चुरीफुरीको राजनीति - महेश्वर शर्मा



 
::| Latest News

 
[Page Top]