युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 02.21.2020, 12:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा
Monday, 10.01.2012, 08:08pm
मुलुकको पुनःसंरचनाको मुद्दा अहिले पनि जवर्जस्त रुपमा उठिरहेको छ । एकातिर पुनःसंरचनाको कुरा गर्ने र संगसंगै एकता टुटाउने गलत नाराले जनतामा गलत सन्देश फैलिएको छ । जनता भ्रमित छन्, उनीहरूमा के सही र के गलत भन्ने सोच्नसक्ने अवस्था नै छैन । केवल नाराको पछि जनता कुदाउने मेसो मात्र भैरहेको छ । यसले गर्दा राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता भताभुंग हुँदै गैरहेको छ । संविधानसभाले संविधान जारी गर्न नसकेको यो विषय कति जटिल रहेछ भन्ने राजनीतिक दलका नेताहरूले बुझेका भए पनि गलत संस्कार र मनोवृत्तिका कारण त्यसबाट परहट्न सकिरहेका छैनन् ।

राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी
Monday, 10.01.2012, 08:07pm
वर्तमान अन्यौलको धनीभूत हुस्सुभित्र नेपाली जनता कुइरोको काग भइरहेछन् । राष्ट्रपति, प्रधानमन्त्री, सत्तापक्षीय मोर्चा, र ‘सडकबाटै सरकार फाल्ने’ रुञ्चे धम्की दिने हिजोको व्यवस्थापिका संसदको अवशान कालीन विपक्षी दलहरु समेत सबैले “जनतालाई आफ्नो पक्षमा छन्” भनी दावा गरिराखेका छन् । त्यसको यौटै मात्र संपरीक्षण गर्ने मानदण्ड भने निर्वाचन बाहेक अर्को  छैन । यो यथार्थतालाई अस्वीकार गर्न कसैले पनि सक्तैन । 

अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा
Monday, 10.01.2012, 08:07pm
सत्ताकै लुछाचुँडीमा सहमतिको लोहोरो पाकेन । अस्तिसम्म कांग्रेसकै नेतृत्वमा सरकार बनाउन मञ्जुर प्रचण्ड अहिले कांग्रेसलाई लोप्पा देखाउन थाले गिरिजालाई राष्ट्रपति बनाइदिन्छौं भनेर संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको थाङनो ओढाएर घोप्टामुख पारेजस्तै । त्यो थाङ्नो भिरेपछि ‘घर न घाट’ भनेजस्तो स्थिति छ । आफूले भनेको नमाने सरकार बनाउन नदिने भनेर प्रचण्डले धम्की दिएपछि सुशील कोइरालाले सरकार बनाउन पाउँ भनेर बिन्ति चढाएका छन् ।
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा
Monday, 09.24.2012, 04:21pm
राजनीतिमा नैतिकता र इमान्दारिता भएन भने त्यो देशको हविगत कस्तो हुन्छ भन्ने उदाहरणका लागि अन्त जानै पर्दैन । नेपालको वर्तमान राजनीतिक परिस्थिति नै यसका लागि पर्याप्त छ । जनआन्दोलन २०६२।०६३ को सफलतापछि नेपाली जनताका कुनै पनि आकांक्षा पूरा भएनन् बरू उल्टै नेपाली जनतामा व्यापक निराशा र चिन्ता थपियो । राष्ट्रिय एकता नै खल्बलिने भय मडारियो भने जनताबीच रहेको सहिष्णुता र सद्भावलाई तोड्ने काम भयो । 
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा
Monday, 09.24.2012, 04:20pm
राजनीति गर्ने मान्छे कुनै न कुनै दलसंग सम्बद्ध हुन्छ र उसले दलका नियम पालना गर्नुपर्छ । तर हिजो आज यहाँ कुनै पनि दलमा अनुशासन भन्ने कुरा देख्न पाइँदैन । अमुक दलको नाम लिएपछि जे गर्न पनि छुट छ । अहिले उच्छृङ्खलताको पराकाष्ठा देखिनुको कारण पनि त्यही हो । 
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी
Monday, 09.24.2012, 04:18pm
२०६३ पछिका सातदल र माओवादीले वर्तमान अन्तरिम संविधान जारी गर्दा राष्ट्रपतिको प्रयोजन नै ठानेनन् । तर राजदूतहरुले ओहदाको प्रमाणपत्र लिने, स्वीकृति पत्र दिने, व्यवस्थापिका संसदले पारित गरी राष्ट्रप्रमुखबाट अभिस्वीकृतिका लागि पठाएका विधेयकमा हस्तक्षर गर्ने राष्ट्र प्रमुख र सेनाको परमाधिपति प्रधानमन्त्री समेत एकै व्यक्ति बनाउन नमिल्ने नहुने अनुभव जन्य तथ्यबाट सबैदलले “यौटा खोपाको भीमसेन” वा “गोवर गणेश”को रुपमा रहने राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ” भन्ने महसुस गरी २०६५ मा संविधानमा पाँचौं संशोधन गर्न सबै दल सहमत भएका थिए । 
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा
Tuesday, 09.18.2012, 02:52pm
राष्ट्रका कर्णधार मानिएका बालबालिकाले उचित शिक्षा र स्याहार पाएनन् भने उनीहरूको जीवन नर्कसमान हुन्छ । बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा मनोरञ्जनको वातावरण तयार गर्ने प्रथम दायित्व राज्यको हो । त्यसैले बाल अधिकारसंग सम्बन्धित विभिन्न पक्षलाई संयुक्त राष्ट्रसंघीय बाल विकास कोषले विश्वभरि लागू गरेको छ । आजका सुरक्षित बालबालिका नै भोलि राष्ट्रको उन्नतिमा अग्रसर हुने सम्पत्ति भएकाले उनीहरूलाई सोही अनुसारको व्यवहार गर्नुपर्दछ । 
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा
Tuesday, 09.18.2012, 02:51pm
धेरै भैसक्यो– राजकाज चलाउँदा गम्भीर नहुनेहरु सधैं मुसमुन्द्रे चालमा छन् । स्वार्थवश आज एउटा निर्णय गर्यो, भोलि अझ ठूलो स्वार्थमा त्यो निर्णय बदर गर्यो । हिजो आज शासन गर्नेहरुले यस्तै लहडबाजी चलाएका छन् । कुर्सी जोगाउन आँखा चिम्लेर आफ्ना भित्रिया भुद्रुङ्गे जे भन्छन् त्यै गर्दै जाने हो भने यो देश कहाँ पुग्ला ? 
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी
Tuesday, 09.18.2012, 02:50pm
मौजूदा डाः बाबुराम भट्टराई नेतृत्वको माओवादी मधेसवादीहरुको गठबन्धन सरकार गठन भएको गएको भदौ ११ गते एक बर्षको कार्यकाल पूरा गरी दोस्रो बर्षमा पाइला राख्न पुगेको छ । 
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा
Monday, 09.10.2012, 05:01pm
नेपाल–भारतको खुला सीमाले कसलाई कति लाभ भएको छ, नेपालले के पायो र के गुमायो ? अनि भारतले के पाइरहेको छ र के गुमाइरहेको छ भन्ने विषयमा सबै नेपाली जानकार छन् । नेपालले खुला सीमाबाट पाउनुभन्दा गुमाउने धेरै भएको छ । नेपालले व्यापक रुपमा भारतबाट सीमा अतिक्रमणको पीडा भोगिरहेको छ । राजनीतिक स्वार्थ भारतको आशीर्वादबाट मात्र  पूरा हुन्छ भन्ने दास मानसिकता बोकेका राजनीतिक नेतृत्व सीमा अतिक्रमणका सवालमा एक शब्द बोल्न चाहँदैनन् । सीमा व्यवस्थित गर्नुपर्छ भन्ने केही व्यक्तिहरूको धारणाले कुनै महत्व पाएको छैन । 

माओवादी, जातिवादी भएर ओरालो लाग्दैछ - महेश्वर शर्मा
Monday, 09.10.2012, 05:00pm
केही समय अघि चिनिया उपमन्त्री आई पिङल् नेपाललाई जातीय विभाजनमा नजान दिएको सल्लाह एउटा असल मित्रले दिने सल्लाह थियो । त्यसअघि त्यस्तै सल्लाह लिएर नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य पनि चीन यात्राबाट फर्केका हुन् । नेपालमा जातीय राज्य विभाजन भएमा नराम्रो परिणाम निस्कने संकेत चीनले पाइसकेको हुनाले त्यो कूटनीतिक लवजको सही सल्लाह हामीले मानन् गर्नुपर्छ । 
अदालतका ‘भ्रष्टाचारी”, ने.का.को प्रतिवाद र आफ्नो स्पष्टीकरण - तारा सुवेदी
Monday, 09.10.2012, 04:59pm
गएको (भदौ ५ गते) को अंकको यसै स्तम्भको लेख पढ्ने आदरणीय मार्गदर्शक कोटीका पाठकहरूले “लेख एकाङ्गी भएको” ठान्नु भए जस्तो लाग्यो । कूटनैतिक शब्द र शैलीमा अभिव्यक्त प्रतिक्रिया आफूले नै नबुझेको पनि हुनसक्छ । तर त्यो लेखको पछाडि (१) लेखिएकोबाट के स्पष्ट थियो भने यस्को बाँकी भाग पनि पछि आउने छ । “साप्ताहिकमा प्रायः ‘क्रमशः’ भनेर भन्नुभन्दा शृङ्खला ‘नं’ नै दिनु उपयुक्त हुन्छ” भन्ने प्रधान सम्पादक मित्रको सुझावलाई आत्मसात् गर्दे त्यसै अनुसार राष्ट्रपति सम्बन्धी शृङ्खलामा पनि ‘नं’ उल्लेख गरिएको थियो । जेहोस् । 

मुलुक स्वार्थी रणनीतिको शिकार हुँदैछ - यादब देवकोटा
Monday, 09.03.2012, 08:30pm
राजनीतिक दलहरूबीच अबरुद्ध भएको संवादको थालनी भएको छ । मुलुकलाई निकास दिन के गर्दा उपयुक्त हुन्छ भन्ने जोडघटाउमा नेताहरू लागिपरेको समाचार विवरणहरू सार्वजनिक भैरहेका छन् । यस क्रममा तीन प्रमुख राजनीतिक शक्तिहरू वितेको एक सातामा चारपटक छलफलमा बसे । उनीहरूको छलफलको निष्कर्ष थियो– “सहमतिबाट अघि बढ्नुको विकल्प छैन,
विचरा गणतन्त्रको हालत - महेश्वर शर्मा
Monday, 09.03.2012, 08:29pm
पञ्चायत फाल्दा होस्, राजाकै बिरुद्ध आन्दोलन गर्दा होस् अथवा सत्ता हत्याउने दाउका आपसकै विरोधका क्रममा किन नहोस्, आन्दोलन र विरोध गर्दा गर्दा केही नलागेर हत्तु भएपछि दिल्लीकै शरण नपरी सत्ताको स्वाद चाख्न नपाएको राम्रो अनुभव नेताहरूलाई छ । 
प्रधानमन्त्रीज्यू यस्तो विभेदको अन्त्य कहिले ? - तारा सुवेदी
Monday, 09.03.2012, 08:27pm
भदौ २२ गते निजामती सेवा दिवस मनाउने क्रम संभवतः “गणतन्त्रले ल्याएको चेतनाबोध” हो भन्ने लाग्छ । त्यसो हुंदैनथ्यो भने आधा शताब्दी पहिले तत्कालीन प्रधानमन्त्री श्री टंकप्रसाद आचार्यको पालामा २०१३ साल भदौ २२ मा पहिलो निजामती सेवा ऐन (२०१३) जारी भएपछि विभिन्न शासन व्यवस्थामा पनि निजामती सेवा दिवस मनाइएको हुन्थ्यो । 
राजनीतिक स्तरहीनता बढ्दो क्रममा - महेश्वर शर्मा
Monday, 08.27.2012, 04:45pm
नेताको स्तर अनुसार नै राजनीतिक क्रियाकलापको पनि स्तर कायम हुँदोरहेछ । देशप्रति माया हुने नेता भएका मुलुकमा आन्तरिक रुपमा जति नै मतमतान्तर र विरोध भए पनि बाहिरी सम्बन्धमा आफ्नो देशलाई प्रतिकूल प्रभाव पर्ने कुनै काम गर्दैनन् । 
दृष्टिकोणविहिन नेताको गलत राजनीति अभ्यास - यादब देवकोटा
Monday, 08.27.2012, 04:44pm
आगामी दिनमा कस्तो कार्ययोजना बनाएर अघि बढ्ने भन्ने कुनै दृष्टिकोण राजनीतिक दलका नेताहरूसंग छैन । सरकार गठनको एकसूत्रीय नारा लगाउने विपक्षी र सत्ता टिकाउने अभियानमा लागेको सत्ता पक्ष दुबैले नयाँ सरकार गठन हुनुपूर्व र भएपछि गर्ने कार्य तथा सरकार जोगाउने पक्षले वर्तमान सरकारले गर्ने कार्यहरूको सूची बनाउन सकेको छैन । 
‘मन मुटु विहीन हुँदारहेछन् जल्लादहरू’ - तारा सुवेदी
Monday, 08.27.2012, 04:42pm
निरंकुश अधिवंशवादी शासन व्यवस्थामा मृत्युदण्डको फैसला अदालतले दिने व्यवस्था थिएन । तिनै राणाशासकको भारदारीले विवादित विषयमा सुनुवाई गर्थे । नशाले घूत अपठित वज्रस्वाँठ लाठहरूमध्ये कुनैले सनकमा “यसलाई मारिदिने” भनिदियो भने अरुले पनि ‘हुन्छ’, भनिदिने र त्यसलाई प्रधानमन्त्रीले सदर गरी दिएपछि उसलाई “मृत्युदण्ड दिने” फैसला भएको ठहरिन्थ्यो ।
नेताहरू सत्ता स्वार्थकै कोलमा घुमिरहेका छन्म - हेश्वर शर्मा
Monday, 08.20.2012, 04:08pm
केही वर्ष अघिको राजधानीको कुहेको गुँदपाक र नेपालको अहिलेको राजनीतिलाई जनताले ‘हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानू’ भन्न थालेका छन् । गुँदपाकका साहुजी त अरु त्यस्तै कुनै धन्दामा लागे होलान् नै, तर राजनीतिक साहुजीहरू चाहिं शिवजीले सतीको लाश बोकेर हिंडेजस्तो गरिरहेकै छन् । 
मुलुक असफलताको दलदलमा भासिने भय - यादब देवकोटा
Monday, 08.20.2012, 04:08pm
संवैधानिक र राजनीतिक जटिलताले मुलुक थिलथिलो भैरहेको छ । यस्तोमा वर्तमान सरकारको परिवर्तन चाहने पक्ष र संविधानका विवादित विषयमा टुंगो लागेपछि मात्र सरकार परिवर्तनको कुरा गर्न सकिन्छ भन्ने सत्तापक्षको रडाकोले अन्ततः मुलुक असफल राष्ट्रको दिशातिर दौडिरहेको संकेत प्रशस्तै छ । राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा मुलुकको भविष्यका बारेमा अनेक चिन्ता जागृत हुन थालेको छ । राजनीतिक दलहरूबीच जुन रुपमा सहमति र सहकार्य हुनुपथ्र्यो त्यो पटक्कै छैन ।
  » भ्रष्टाचारीको जेल यात्रा : कांग्रेसीको दोहोरो मानदण्ड - तारा सुवेदी
  » द्वेध चरित्रले राष्ट्रिय स्वाधीनता जोगिदैन - यादब देवकोटा
  » यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा
  » राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी
  » जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा
  » जलवायु परिवर्तनको प्रत्यक्ष असर - यादब देवकोटा
  » राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी
  » निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा
  » प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा
  » सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी
  » पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा
  » संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा
  » सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी
  » मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा
  » “राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी
  » प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा
  » शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा
  » विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा
  » सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी
  » दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा



 
::| Latest News

 
[Page Top]