युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 04:32am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका
Tuesday, 02.20.2018, 10:46am
नेपालमा राजनीतिक व्यवस्था पविर्तनका साथै संस्थापन संरचना नै उखेलेर फाल्ने गरी भएको आन्दालनहरुको जग हो । फागुन ७ गते । अहिलसम्म भएका आन्दोलनहरु फागुनकै सेरोफेरोमा घुमेका छ् ।

जताततै अव्यवस्थाको तमासे जात्रा
Tuesday, 01.30.2018, 02:49pm
स्थानीय तहलाई सबै अधिकार सुम्पियो भनियो । तर, उभिन नजान्दै दगुर्ने भनेझैं स्थानीय तहलाई सक्षम बनाउनेतर्फ ध्यान दिइएन । निकायको नाम तह बनाउँदैमा हुने भए कंगालको नाम धनपति बनाइदिए क्यै गर्नै परेन । स्थानीय निकायको संख्या घटाएर दुर्गमका जनतालाई टाढा भएर अहिले नै सास्ती भोग्नु परेको छ । कागजको घोडा दौडाउनेहरुलाई जनताका पीर मर्काको वास्ता भएन ।
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा
Tuesday, 01.30.2018, 02:48pm
तीनवटै तहका निर्वाचनमा आमजनताले देखाएको अत्युत्साह, निर्वाचनको परिणाम आईसकेपछि कार्यगत रुपमा रुपान्तरण गर्ने चासो र जाँगर राज्यको हर्ता–कर्ता शासन सत्ता नियन्ता बनेका दलका नेताहरुबाट पटक्कै देखाइएन । आम मतदाताको अभिमत आफ्नो पक्षमा आएको देखाउने जमर्को गर्दागर्दै पनि (आम मतदाताले) उल्टो लोप्पा खुवाएर ठीङ्गा देखाईदियो । सिंहदरबारबाट सडकमा झारिदियो । 
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व
Thursday, 01.25.2018, 12:34pm
नेपालको राजनीतिक उथलपुथलको इतिहास बक्ररेखाबाट पार भैसकेको छैन । त्यसैले “हात्ती छि¥यो, पुच्छर अड्क्यो” यो लोकोक्ति चरितार्थ हुँदैछ । २०७४ सालकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भए पश्चात संविधान कार्यान्वयन हुने र विधेयात्मक दिशाबोध गर्दै गणतन्त्रात्मक लोकतन्त्रले अपेक्षित उपलब्धि दिने विषय समेत ‘मृगतृष्णा मरीचिका’कै सूत्र अनुरुप हुने आशंका गर्न थालिएको छ । 
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै
Thursday, 01.25.2018, 12:33pm
अरुको नक्कल गरेर हावामा तर्बार चलाउनेहरुले आफ्नो अक्कल गुमाउँदा रहेछन् । दुहाई जनताको दिने, तर जनतालाई नै वेवास्ता गरेर आफ्नै मनोमानी चलाउने प्रवृत्ति नेताहरुमा देखेर जनताा आजित भएका छन् । जनताले त हिजो र आजको स्थिति दाँजिरहेका छन् । हिजोको फालेर ल्याएको नयाँ व्यवस्थाले र नयाँ सरकारले के दियो त ? राजतन्त्र विस्थापित गरेकै पनि तेह्र वर्ष भैसके, तर दुर्गति थपिनु बाहेक केही भएन ।
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !”
Thursday, 01.25.2018, 12:31pm
श्री पशुपतिनाथको कृपा, सौभाग्य भनौ कि संयोग ? विगत चार वर्षसम्म महाशिवरात्री पर्वमा आउने दर्शनार्थीलाई सहज, सुव्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउने जिम्मेदारी मिल्यो । दर्शन एवं मन्दिर व्यवस्थापन समितिको संयोजनको जिम्मेदारी निर्वाह गर्नुपर्ने दायित्व निभाउने सन्दर्भमा वर्षेनी छिमेकी मित्र राष्ट्र भारतबाट आउने हजारौं नागा “साधु”हरुको मन्दिर परिवार प्रवेशको दिन देखी विदाई सम्मको बेला आफ्नो भूमिका निर्वाह गर्ने सन्दर्भमा शिवरात्रीभन्दा अघिल्लो एकादशी देखि नै धेरैसमय मन्दिर परिसरमा नै वित्दथ्यो ।
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो
Tuesday, 01.09.2018, 01:18pm
राजनीतिक स्वतन्त्रताको महत्व त्यसको दुरुपयोग नहुन्जेल मात्र रहेछ । अधिकार अथवा सत्ता पाएपछि मान्छे कसरी बिग्रदा रहेछन् भन्ने कुरा विभिन्न समयका  मन्त्र र तिनका कार्यकर्ता एवं आफन्तका चुरीफुरी र चरित्रको अधःपतनका पराकाष्ठा पनि देखिए । त्यस्ताले जनताले पनि बाँच्न पाउनुपर्छ भनेर सोचेको कहिल्यै पाइएन । फलतः शासकहरुकै नैतिक मूल्य पातालमा पुगेको पनि देखियो । 
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२)
Tuesday, 01.09.2018, 01:18pm
प्राच्य राजा र राजतन्त्र पाश्चात्य औपनिवेशिक फन्दामा प¥यो । उसैको मूल्य–मान्यतामा आधारित भएका कथित बुद्धिजीवीले प्राच्य चिन्तनको स्रोत नै बिर्से । आयातीत शिक्षा पद्धतिमा जीवनयापन गर्ने देहाभिमानी बने । वैदिक सभ्यता, संस्कृति आलोच्य बन्यो । राजतन्त्र भन्नासाथ राजाले शासन गर्ने निरंकुश तन्त्र भन्ने प्रचार गरियो । वैदिक वाङ्मय अनुसार राजा शासक होइनन्, संरक्षक हुन् ।
मुद्दा नै लड्ने भए जन अदालत जाउँ !
Tuesday, 01.09.2018, 01:17pm
यो देशमा जो जति उच्चतम पदमा रहयो बस्यो ऊ त्यति नै बढी सत्ता र शक्तिको दुरुपयोग र अनुचित कार्य गरी भ्रष्टाचार र अकूत आर्जन गर्नेमा सबैभन्दा अगाडि देखियो । “सत्ता र शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउँछ र जुनसुकै व्यक्तिलाई पनि परमशक्तिले चरम भ्रष्ट बनाउँछ” भन्ने मान्यता नेपालको सन्दर्भमा उहिले ५० प्रतिशत चरितार्थ भएको थियो । 
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली
Tuesday, 01.02.2018, 01:45pm
ऐतरेय ब्राह्मणमा ऋषिहरूले वैदिक शासन विषयमा चर्चा गरेको शासन प्रणाली अहिले विस्मृतिको गर्तमा छ । श्रुति, स्मृति, पुराण, संहितामा उल्लेख भएका सबै राज्य शासन प्रणालीको सञ्चालन गर्ने यस्ता सूत्र र राज्य व्यवस्थाका नामसमेत अहिले सान्दर्भिक हुँदैनन् । ईसाई धर्मावलम्बी, मुसाइ धर्मावलम्बी, बौद्ध धर्मावलम्बीहरूको विश्व मानचित्रमा राज्य छ ।
गोलचक्करमा राष्ट्रपति ः निकास के ?
Tuesday, 01.02.2018, 01:44pm
एमाले र ने.क.पा. माओवादी केन्द्रलाई जनताले झण्डै दुई तिहाई सीटमा जिताएर सिंहदरबारमा पठाए पनि भित्री–बाहिरी ज्ञात–अज्ञात शक्तिले सिंहदरबारको मूलद्वारमा “शेरबहादुर”को प्रतिकृति राखेर उसको छातीमा “अन्दर जाने से पहले हमारे प्रश्नका अवश्य उत्तर देना होगा ?” भन्दै युधिष्ठिर सामु यक्षले राखे जस्ता कैयन् सवाल लेखेर राखेको थाहा होला ।
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ
Tuesday, 01.02.2018, 01:43pm
भएभरका प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरीले पनि नपुगेर आधाभन्दा बढी सैनिक र आपत्कालिक हवाई सैन्यदस्ता तैताथ गर्दा पनि अहोरात्र बम बिस्फोट एवं दशौं हजार पक्राउबीच भीषण लडाई जस्तो जगजगी भए पनि शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भनिएको निर्वाचन भर्खरै समाप्त भएको छ । 
पहिले आफैंलाई चिन अनि अरुलाई !
Tuesday, 12.26.2017, 11:29am
आज हामी आफ्नो बाटो बिर्सेर अरुले देखाइदिएको बाटो हिंडिरहेका छौं । विशेषतः राजनीति, शिक्षा नीति, अर्थनीति, व्यापारनीतिमा यो लागू हुन्छ । आफ्ना पुर्खाले विरासतमा छोडेर गएका यी नीतिहरुको हामीले प्रयोग त के स्मरण समेत नगर्दा आज हामी कुहिराको काग जस्ता बनेका छौं । यो आलेखमा यस्तै केही सन्दर्भहरु जोडेर अघि बढिनेछ ।

राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ?
Tuesday, 12.26.2017, 11:28am
निर्वाचन सम्पन्न भयो, एउटा पक्षले बहुमत पायो तर, कामचलाउ सरककार भने अझै सत्ता हसतान्तरण गर्न उत्सुक छैन । राष्ट्रियसभा गठनको अल्झो झिकेर कामचलाउ सरकार अझै सत्ता लम्ब्याउन चाहन्छ । नेपाली कांग्रेस निर्वाचनमा नराम्रोसंग पछारिएपछि उसलाई  सत्ता छाड्न निकै गाह्रो भैरहेको छ । 
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !”
Tuesday, 12.26.2017, 11:27am
“सत्ता बाहिर परेपछि आत्तिने, सत्तामा पुगेपछि मात्तिने र अलि दिन सत्तामा बसेपछि पात्तिने” काँग्रेसी मित्रहरुको जन्ममजात स्वभाव र चरित्र हो” भन्ने नेपालका गामवेशीमा स्थापित मान्यता रहेछ । नेपालका दूर दराज, गाउँबेसी, तराई मधेसको जनभावना र राजनीतिबारे गहिरो रुपमा जनताको मनोविज्ञान बुझेका झण्डै आठ दशकको नैटो काटेका आदरणीय अग्रज मित्रले झण्डै एक दशक अगाडि भनेको कुरा थियो त्यो । 

अविवेकी निर्णयको परिणाम ...
Tuesday, 12.19.2017, 01:08pm
मुलुकमा सबै क्षेत्रका जनताकोा समान पहुँच पुगेन भनेर अरुको इशारामा लागू गरिएको संघीयताा कति घाँडो हुँदैछ भन्ने तीनवटै तहको निर्वाचन सकिएपछि देखिएको छ । सिंहदरबारमा कुनै समस्या नहोला, तर अब स्थानीय र प्रदेशहरुको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । प्रदेशको राजधानीकै विषयमा झैझगडा हुनेदेखिएको छ । राजधानी कहाँ बनाउनुपर्छ र पर्दैन भन्दै प्रदर्शन सुरु भएको छ । यो सब अविवेकी निर्णयको परिणाम हो ।

अजेय जनता जिन्दावाद (२)
Tuesday, 12.19.2017, 01:07pm
राजनीतिक नेतृत्व र शासकीय नेतृत्वको भूमिका, शैली, विधि र प्रक्रिया नितान्त पृथक तरिकाले निर्वाह गर्नु पर्ने थियो । त्यसो गर्न नसके नेतृत्व गर्ने मात्र होइन सत्तानियन्ता दल (पार्टी) सरकार र शासन सत्ता नियन्ता ढीलो चाँडो (सँगसँगै) एउटै भडखारोमा जाक्किन पुग्ने निश्चित थियो । त्यस कुरातिर पटक्कै बेवास्ता गर्दा २०१७ मा पहिलो पटक निर्वाचित सरकार, नेपाली कांग्रेसका नेता वी.पी. कोइराला र ‘संसदीय शासन प्रणाली’ नै ठूलो दुर्घटनाको शिकार बने । 
नेपालको परिप्रेक्ष र संघीय शासन
Tuesday, 12.12.2017, 02:47pm
नैबेला ‘कांग्रेस नै गिरिजा र गिरिजा नै कांग्रेस’ भनेर पार्टीको आधिकारिक निर्णय समेत नचाहिने हुकुमी शैली चलाएर अधिकांश कांग्रेसीले गिरिजाको भजन गाएर आआफ्नो बन्दोबस्त पनि गरे । त्यो शैलीबाट पार्टीको आदर्श र लक्ष्य धरापमा प¥यो । कतिपय दोस्रो तहका नेताले त्यस प्रवृत्तिको बिरोध पनि गरेकै हुन्, तर  तिनीहरुलाई उल्टै कार्वाहीका नाममा दुःख पनि दिइयो ।
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान
Tuesday, 12.12.2017, 02:47pm
विश्वविद्यालयको शाब्दिक अर्थ हो– संसारका विद्या घर । लक्षणिक अर्थ फरक छ । विद्याको परिभाषाभित्र असंख्य विधा छन् । अनेक नियम, विधि, विधान र बोधगम्य अव्यक्त सत्व, तत्व, महत्व घनिभूतरुपले यत्रतत्र विद्यमान छ । ‘आलय’को सामान्य अर्थ घर हो । यस्ता सबै विद्याको घरलाई विश्वविद्यालयको नाम दिइयो । शास्त्रसम्मत ढंगले व्यवस्था गर्न शिक्षा मन्त्रालय अन्तर्गत विश्वविद्यालय स्वायत्त संस्था भए पनि अहिले मन्त्रालयका साथै विश्वविद्यालय व्यापार गर्ने कम्पनीमा परिणत भए ।
अजेय जनता ! जिन्दावाद !
Tuesday, 12.12.2017, 02:45pm
भनिन्छ “केटी फकाउने केटा र मतदाता फकाउने नेताले जे जस्तो सुकै वाचा बन्धन गर्न मात्रै होइन आकाशका तारा धरतीमा झारीदिने सम्मका सम्भव असम्भव कुराको आश्वासन दिन पटक्कै धक मान्दैनन्” । पहिलेदेखि खास गरी २०४३ सालको आमनिर्वाचनलाई निर्वाचन नै नमान्ने राजनीतिक नेता मात्रै होइन राजनीतिक शास्त्रका प्राध्यापक सम्मले निर्दलीय पञ्चायती शासन प्रणालीलाई कसरी संवैधानिक अधिकार प्रयोग गरेर अपूर्व र उदाहरणीय चुनौती दिएका थिए भन्ने हेक्का राख्न नसकेकोले पञ्चायती कालका कुरा छोडौं । 
  » कहिलेसम्म यो अराजक स्थिति ?
  » सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ?
  » जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ ।
  » मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ?
  » नेता बहकिएका कि बहकाइएका ?
  » “कीर्तिबाबु”को सन्दर्भमा (२)
  » घर डढाएर खरानी बटुल्ने काम !
  » “कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु
  » नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर
  » मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ
  » दीजीको नीति नियत र पुरीको भ्रमण ?
  » संघ भनेको जोड्ने कि टुक्र्याउने ?
  » निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य
  » सवारी चालक सभ्य र शिक्षित भैदिए‘
  » “माझी” र “मोदी”
  » कुलो भत्काउने– पानी आएन भन्ने ?
  » भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?)
  » अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि
  » दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?)
  » स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ?



 
::| Latest News

 
[Page Top]