युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 06:58am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
आत्मविश्वासीले गफ हैन, कामै गरेर देखाउँछ
Tuesday, 05.17.2016, 11:11am
उँटहरुका विहेमा गधाहरुले गीत गाउँदा उँटको प्रशंसा गर्दै ‘आहा क्या राम्रो जीउडाल मिलेको’ भनेपछि उँटहरुले पनि ‘आहाः गधाको क्या मीठो स्वर’ भन्दै  गधाको प्रशंसा गर्छन् । यता राजनीतिमा भने मिलेर बन्डाचुन्डा गरेर खाने बेलासम्म नेताहरु आपसमा प्रशंसा गरेर थाक्दैनन् । तर स्वार्थमा अलिकति तलमाथीपर्नासाथ सत्तोसराप गर्न थाल्छन् ।
पाशुपत क्षेत्रमा नेपालको पहिलो विद्युत शवदाहगृह पूर्ण सफल
Tuesday, 05.17.2016, 11:09am
विश्वमा “विद्युत चिता” (फर्नेश) मा राखेर शवदाह गर्ने चलन पहिलेदेखि चलेको हो । तर नेपालमा भने गएको भदौ १० र १८ गतेमात्र पिङ्गलास्थान पूर्वपट्टि र चक्रपथ उत्तरतिरको वागमती किनारमा नेपाल सरकारको अनुदानमा निर्मित विद्युत शवदाहगृहमा लाश जलाएर परीक्षण गरियो । र २०७२ माघ १० गतेबाट सेवा शुरु गरियो ।
इतिहासै मेटे आफ्नो भन्ने के रहन्छ ?
Wednesday, 04.27.2016, 11:56am
एकथरिले यहाँ गणतन्त्र ल्यायौं, ठूलो परिवर्तन ल्यायौं भनेर हल्ला गरेको सुनिन्छ, तर तिनीहरु आफैं बदलिएका छैनन् । हिजोको हिंस्रक स्वभाव छोड्न सकेका छैनन् भने त्यसलाई परिवर्तन भन्न मिल्दैन । जसरी २०७२ सालको संविधानमा कुर्ले त्यसै गरी २०४७ सालको संविधानमा पनि कुर्लेका थिए । बेला न कुेला कुर्लनेको भर नहुने रहेछ । हिजो हुँदाखाने र हुने खानेकाबीच झगडा थियो भने आज सत्तामा बसेका र सत्ता कब्जा गर्न तम्सेकाबीच झगडा छ । यो कुनै परिवर्तन होइन, बरु थप समस्या हो । 
जनता अव कता ?
Wednesday, 04.27.2016, 11:55am
अहिले यो देशमा संविधान र विधिको शासनको हातले छुन, समाउन नसक्ने नयाँ वर्गको उदय भएको छ । उस्कै इच्छामा देश चलेको छ । यद्यपि त्यस्तो वर्ग उहिले पनि अस्तित्वमा थियो भन्ने राम्ररी अनुभव गरिएको थियो । तर त्यसबेला दरवारको चौघेराभन्दा बाहिर आएको थिएन । कदाचित् दरवारबाट बाहिर निस्किएको जस्तो देखियो’ भने त्यसलाई आमसंचारमाध्यमदेखि सर्वसाधारण नागरिकसम्मले ‘अनिष्ट सूचक लक्षण देखियो” भनेर कोहलो मच्चाउँथे । 
के भनेर स्वीकारियो संघीयताको गलपायो ?
Friday, 04.22.2016, 02:07pm
भनेको के हो र हामी के भन्दैछौं भन्ने राम्रो बुझेर मात्रै बोल्नु राम्रो हो । यहाँ संघराज्य हुनुपर्छ भन्दा नेताले के बुझेर बोले, त्यो उनैलाई थाहा छैन । त्यसमाथि ‘जातीय’ थपे । विरोध हुन थालेपछि । ‘पहिचान’ थपे, तैपनि कुरा जहाँको तहीँ छ । सार्वजनिक सरोकारका विषयमा गुपचुप होइन, सबैको राय परामर्श लिनु प्रजातान्त्रिक तरिका हो । सर्वप्रथम नेताको बुद्धिले संघको उल्टो अर्थ लाग्यो ।
शेरबहादुर सामु तेर्सिएका चुनौतीः
Friday, 04.22.2016, 02:06pm
शेरबहादुर देउवालाई हराएर कोइराला वंशवादका पक्षधरहरुको नेतृत्व स्थापित गर्न मरिमेटेर लाग्नेहरु पनि सभापति, संसदीय दलको नेता र संसदीय कार्यदलको निर्वाचनमा शेरबहादुर र उनको समूहले सहज जीत हासिल गरिसकेपछि क्रमशः देउवा शिविरतिर शरणार्थी बन्दै प्रवेश गर्न थालेको सुनिएको छ ।
संघीयता, जातिपाती र आरक्षण : एक चर्चा
Tuesday, 04.12.2016, 01:23pm
माओवादीले संघ विभाजनका नारा लगाउन थालेका विगत दश–बाह्र वर्षदेखि यहाँ तोडफोड, आगजनी, विध्वंश, अपहरण, हत्या, फिरौती, जवर्जस्ती चन्दा असुली जस्ता अपराध बाहेक केही भएनन् भन्ने जगजाहेर छ । हुँदाहुँदा संघीयताकै कारण देशले नाकाबन्दी समेत व्यहोर्नुप¥यो । नाकाबन्दीको असर अझै छ र अझ कति रहने हो ठेगान छैन । नालायकहरु सत्तामा पुगेपछि सत्ताको दुरुपयोग गर्छन र जनताले दुःख पाउँछन् भन्ने उदाहरण खोज्न अन्त जानै पर्दैन, हामीले यहीं प्रत्यक्ष भोगिहेकै छौं ।
शेरबहादुरको “दोस्रो सत्ता–शिखर–यात्रा” को शुभारम्भः
Tuesday, 04.12.2016, 01:22pm
लेखको टाउकोदेखि पेट बोलीसम्मको अध्ययन गर्ने जमर्कोगर्ने जो कसैले पनि “यो लेख लेख्ने व्यक्ति नेपाली कांग्रेसको कार्यकर्ता वा पक्षपोषक रहेछ । ने.का.भित्र पनि शेरबहादुरको अन्धसमर्थक रहेछ” भन्ने अड्कल पक्कै काट्न सक्नेछन् । त्यस्तो लाग्न पर्ने पनि देखिन्छ । 
भेदभावको बीउ रोप्ने परिबन्द नहोस्
Tuesday, 03.29.2016, 03:51pm
जनताको आशा र आकांक्षा विपरीत कुनै चीज ल्याइन्छ भने त्यसको जनचाहनाको यथार्थ प्रतिनिधित्व गर्न सक्दैन भन्ने कुरा नेताहरुले हृदयंगम गर्नुपर्ने हो, तर यहाँ त्यस्तो भएको पाइँदैन । देश र जनजीवनको वास्तविकतालाई उपेक्षा गरेर एकप्रकारको प्रतिगामी चरित्र देखाइन्छ भने त्यो अस्वीकार्य हुन्छ नै । जनताले आत्मसात गर्न नसक्ने र जातीय–धार्मिक विभेद एवं विभाजन ल्याउने खालका प्रावधान केही समय बलात् लाद्न त सकिएला तर त्यस्ता काम कुरा दीगो हुँदैनन् भन्ने सम्झेर पक्षीय पक्षधरताबाट होइन, सम्पूर्ण जनतालाई ध्यानमा राख्दै नेताहरु प्रजातान्त्रिक रुपमा प्रस्तुत हुनुपर्दछ भन्ने जनविश्वासलाई कदर गरुन् ।

राजनीतिक घोडचढी : सफलताको सूत्र
Tuesday, 03.15.2016, 02:09pm
राजनीति गर्नेहरु चाहे ती नेता या मन्त्री जोसुकै होउन, झुटा आश्वासन दिएर जनता भुलाउने र स्वार्थ पूरा गर्ने एक मात्र उद्देश्यमा देखिन्छन् । प्रतिनिधि चुनेर पठाउनुको अर्थ देश र जनताको भलो हुने काम गर्नु हो । त्यस्तो काम गर्ने योग्यता र क्षमता भएका मान्छे छानेर पठाउनुपर्छ भन्ने ज्ञान अधिकांश जनतामा नहुनु र चुनिएर जानेले पनि आफू जनताप्रति जवाफदेही हुनुपर्छ नभनी स्वार्थपूर्तिमै लाग्नु आजको विडम्बनापूर्ण स्थिति हो ।
ने.का. महाधिवेशनपछिको बाटो कुन (?)
Tuesday, 03.15.2016, 02:08pm
नेपालको इतिहासमा झण्डै साढे दुई सयवर्ष पहिले शाहवंशीय राजतन्त्रको शासन परम्पराका संस्थापक नेपालको एकीकरणका महानायक पृथ्वीनारायण शाहलाई मान्नु पर्दछ । त्यस्तै राणा अधिवंशवादी निरंकुश (जहानिया) शासन व्यवस्था (जुन वि.सं. १९०३ असोज ३ गते मध्यरात्रीको दर्जनौं शासक प्रशासकहरुको रक्तकुण्डबाट शुरु भएको थियो र एकशय वर्षभन्दा बढी निरन्तर कायम रह्यो) का संस्थापक जंगबहादुर राणा थिए । 

प्रजातन्त्रमाथि बलात्कार : धार्मिक आस्थामा कुठाराघात
Wednesday, 03.09.2016, 11:23am
देशलाई अनेक खण्डमा बाँड्ने अनि राष्ट्रिय एकता र अखण्डता खोज्ने योभन्दा ठूलो मूख्र्याई अरु के होला ? भन्ने परिचर्चा आज व्यापक भएको छ एकातिर भने अर्कातिर जनताका यावत् समस्या समाधान हुने संविधान बनायौं भन्नेहरु नै त्यही संविधानका पक्षमा छैनन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, जनमोर्चा समेतले मन नपरे पनि संविधान स्वीकार्नुपरेको भनिरहेका छन् किन ? तिनैका भनाइबाट पनि कतैको दवाव या बाध्यताले गर्दा देशको परम्परा, धर्म–संस्कृति र मान्यता नसुहाउँदो भए पनि स्वीकार्न बाध्य छन् भन्ने बुझिन्छ । जनताले त परै छोडौं, दलीय नेताकै आत्माले स्वीकार गर्न नसकेको संविधान मान्नुपर्ने कस्तो बाध्यता उनीहरुलाई परेको हो ? यस्तो स्थितिबाट देश उँभो लाग्ला ? यो त गम्भीर समस्या पो हुन आएको छ ।

महाशिवरात्रि पर्वको पाशुपत क्षेत्र ः नागाहरू र परिदृश्य
Wednesday, 03.09.2016, 11:22am
विश्वमा धेरै धर्म, मत, सम्प्रदायहरू प्रचलित छन् । एउटै मूल धर्म अन्तर्गत धेरै सम्प्रदाय देखिन्छ भने अनगिन्ती सम्प्रदाय अन्तर्गत पनि अनेकौं शाखा, उपशाखा र मतान्तर रहेका छन् । हरेक धर्म सम्प्रदायका दर्शन, सिद्धान्त, आदर्श, उपासना, आराधना, प्रार्थना र अर्चना विधिबीच पनि वैविध्यता, मतान्तर, विरोधाभास एवं अन्तर्विरोध देखिन्छ । 
“अजापुत्रो बलिंदद्यात् दैवो दुर्बलघातकः”
Thursday, 02.18.2016, 07:36am
टाउकै कुहेपछि शरीरका अंग–प्रत्यंग संक्रमित हुनु स्वाभाविक भयो । ‘जो अगुवा उही बाटोमा हगुवा’ भैदिएपछि कसको के लाग्यो । भ्रष्टाचारको त्यो कुहीगन्ध क्यान्सर फैलिएजस्तै आज प्रत्येक तहमा फैलिएको छ । नाराले मात्रै सुधार हुने होइन । केही गर्ने हो भने सर्वप्रथम प्रधानमन्त्रीदेखि नै सुधार थाल्नुपर्याे । तेरो र मेरो भन्नुभएन, योग्यता र क्षमतालाई मान्नुपर्याे । नेता र प्रधानमन्त्रीले सोच्नुपर्याे । 
सुशील कोइरालाको अवशान र कांग्रेस अधिवेशन
Thursday, 02.18.2016, 07:34am
सुशील कोइरालाको अवशानले नेपाली कांग्रेसको बी.पी. कोइराला पुस्ताको नेतृत्वको अन्त्य भएको छ । यद्यपि उमेरका हिसावले सुशील कोइराला आपैंm दोस्रोपुस्ताका नेतामध्येकामा गनिन्थे । तर वी.पी.का काका र सानीआमाका छोरा भएकाले उनी वी.पी.पुस्ताकै मानिन्थे । यथार्थता पनि त्यही थियो । यस हिसावले “ने.का.को तेह्रौं महाधिवेशनले दोस्रोपुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ, अव बूढो–पुरानो पिंढीको हातमा नेतृत्वको बागडोर दिनुहुँदैन” भन्नेहरुलाई दोस्रोपुस्तामा नेतृत्व जान नदिने एकमात्र बाधकको रुपमा देखापरेका सुशील कोइरालाको देहावशानले बाटो सफा भएको अनुभूति गर्ने र चैनको सास फेर्ने अवसर प्राप्त भएको छ,” भनिदिंदा हुने भएको छ । 

ठूलो पदमा पुग्दैमा कोह लायक हुँदैन
Wednesday, 01.13.2016, 12:57pm
हिजोआज समाचारपत्रहरुमा अपहरण, लुट, डकैती, हत्या, बलात्कार जस्ता समाचारलाई कम र राजनीतिक समाचारलाई बढी महत्व दिइदै आएको देखेर समाज विकसित र सभ्य भएको हो कि भन्ने भान पर्नसक्छ, तर वास्तविकता भने बेग्लै छ । यहाँ अरु विकासभन्दा पनि नेताकै मानसिक विकासको खाँचो छ । राजनीति गर्नेहरु कल–बल–छल जसरी भए पनि सत्तामा पुगेपछि आफ्नो कर्तव्यको इतिश्री भएको सम्झन्छन् । एकमात्र लक्ष्य कुर्सी प्राप्ति र त्यसलाई जोगाउने अनेक बहाना एवं प्रचारवाजीमा समय र साधन खर्च गरिरहेका हुन्छन् ।
अब त चेत ! (अब पनि नचेते कहिले चेत्ने ?)
Wednesday, 01.13.2016, 12:56pm
दुई तीनवर्ष अघि पश्चिमाञ्चल विकासमञ्चले एउटा स्मारिका प्रकाशित गरेको थियो । त्यसमा मेरो एउटा लेख प्रकाशित थियो । “अहिले असम्भव देखिए पनि, भविष्यमा सम्भव छ” भन्ने त्यसको शीर्षक थियो । 
संविधान : देउसी–भैलो भट्याए जस्तो
Tuesday, 01.05.2016, 11:29am
२००७ सलदेखि नै यहाँ भारतको हस्तक्षेप जारी छ । त्योबेला नेपालको मन्त्रिमण्डल बैठकमा भारतीय सल्लाहकार र राजदूत बसेर निर्णय लेखाउँथे । त्यो बेलाको सरकारले त्यस्तै बानी बसालिदिएकाले भारतीयहरु पल्किएका हुनाले २०१२ सालमा प्रधानमन्त्री टंकप्रसाद आचार्यले त्यो प्रथा बन्द गरिदिएपछि रिसाउन थालेका हुन् ।
अब कस्तो संविधान ?
Tuesday, 01.05.2016, 11:27am
अब यो देशमा यसरी नै “राष्ट्रिय अस्तित्व, अस्मिता, सार्वभौमिक स्वतन्त्रता र जनताको अलख जगाउँदै सत्ता र शक्तिलाई केन्द्रबिन्दुमा राखेर हिड्ने” राजनीतिक पेशा व्यवसायीको परिचय दिने साधु विराला र उनले पचासौंपटक नयाँ नयाँ संविधान बनाउने र पोल्ने गर्याैं भने निश्चित छ, मृत्युशैय्यामा पुगेका राष्ट्रिय अस्तित्वलाई वचाउने छैनौं । अब यस्तो स्थितिमा एउटै झीनो सम्भावनाको झिल्को देखिएको छ । 
सरकार संचालन र आजको वास्तविकता
Tuesday, 12.22.2015, 12:24pm
सिगरेट–बिंडी–खैती–सुर्तीको लत बसेकालाई ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सूचनाले असर नगरे जस्तै भस्मासुरे नेतालाई पनि प्रजातन्त्र भनेको ‘जनताका लागि जनताद्वारा जनताले नै संचालन गर्ने राज्यव्यवस्था हो’ भन्ने राजनीतिक सूत्रले पनि काम नगर्ने रहेछ । परिणाम प्रजातन्त्रको यहाँ उपहास भएको छ । प्रजातन्त्रका मूल्य र मान्यता नै समाप्त पारिएका छन् । व्यक्तिगत र स्वार्थले गर्दा बिना लगानीको कमाउने पेशा बनाइएको छ प्रजातन्त्रलाई । जनताप्रति विश्वासघात गरिएको छ । यो सानो मुलुकमा पार्टीहरुकै संख्या सय नाघिसकेको छ । तीमध्ये अधिकांशको कुनै जनाधार छैन । च्याँखे थापेर सत्तामा पुग्ने व्यवसाय चलाइरहेका छन् ।

  » उनीहरु र यिनीहरु
  » हिमाल–पहाड–तराईको : शास्त्रीय र पर्यावरणीय महत्व
  » विवश पारेर शर्तपालन गराइ छोडे !
  » बाजेदेखिको “कोदाको ऋण” नातीपुस्ताबाट असुल्दैछन् मोदी
  » भारतको नदीजोड योजना र मधेश आन्दोलनको सम्बन्ध
  » दिशाहीन राजनीति : विवेकहीन नेता
  » “देशको भविष्य”बारे मैले दिएको जवाफ...
  » दोस्रोपटक जापान पुग्दा (५)
  » मधेसवादीको भेषमा भाडाका लडाकाहरुको नेपाल प्रवेश किन ?
  » मूलजरो संघीयता ः नाकाबन्दी त चिन्ह मात्र हो
  » भारत नेपाललाई सिक्किम बनाउन खोजिरहेको छ
  » नाकाबन्दी : पृष्ठभूमि र शृङ्खला
  » मोदीको ‘ऋषिमन’भित्र प्रच्छन्न दानवी चिन्तन
  » तातो न छारो ‘नयाँ नेपाल’ भन्दै भुँडी भर्दै
  » किन क्रुद्ध भए मोदी र रौद्र रुप लिए ?
  » संसद : मर्यादाहीन विवादको अखडा
  » मोदीको गोदीमा किन गए मधेसवादीहरू
  » दोस्रोपटक जापान पुग्दा (३)
  » आफैं अडिलो हुनुपर्छ, बिलौनाले हुँदैन
  » म मन्र्या हुँ मर्छु, तर ...



 
::| Latest News

 
[Page Top]