युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 05.25.2018, 12:37am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
हामी सिक्किम पथगामीका अन्ध अनुगामीहरू
Tuesday, 08.11.2015, 12:04pm
सिक्किम दुई चार वर्षको “राजनीतिक व्यवसायीहरू” को प्रयासले मात्र भारतमा विलय हुन पुगेको वा चोग्यालको सिंहासन गुमेको होइन । त्यहाँका ७५–८० प्रतिशतसम्म वहुसंख्यक नेपाली मूलकाहरूमाथि सयौं वर्षदेखि जेजस्तो भेदभावपूर्ण र अपमानजनक व्यवहार गरियो, त्यस्को प्रतिक्रियाको रुपमा उनीहरू उत्पीडन र अपमानको प्रतिकार गर्न लागेका थिए । भारत स्वतन्त्र भएपछि (सन् १०४७ मा) विशेष संरक्षक प्रदान गरिएको भारतसँग ‘पाल्टेन थोण्डूप नामग्याल’ को अधिवंशवादी शासनप्रणाली विरुद्ध उभिए ।
सन्दर्भ : केही खस्रा मसिना कुराको
Tuesday, 08.04.2015, 04:54pm
आँखाले संसार देख्छ, तर आफैंलाई देदैन भनेझैं हाम्रा नामधारी नेताले आफैंलाई पटक्कै देख्न सकेनन् अर्थात् आफ्ना कमजोरी, गल्ती, बेइमानी देखेर कामगर्न सकेका भए आजको दुर्दशा भोग्नैपर्ने थिएन । जनतालाई स्वतन्त्रता दिन्छौं भन्ने नेताहरु आफैं कसैका गुलाम छन् । यिनीहरुका जरा नेपाली माटोमा छैनन् भने कसरी देश र जनताको स्वतन्त्रताको रक्षा गर्छन् ? 
प्रत्यक्ष निर्वाचन प्रणालीको गर्भबाट जङ्गबहादुर जन्मिने संविभ्रम !
Tuesday, 08.04.2015, 04:53pm
नेकपा माओवादीले पहिलो संविधानसभामा जनताले प्रत्यक्ष निर्वाचनका माध्यमबाट निर्वाचित राष्ट्रपतिको पक्षमा अडान राख्दैआएको थियो । त्यसबेला धेरै दल र व्यक्तिलाई “प्रत्यक्ष निर्वाचित राष्ट्रपति” भन्नुको अर्थ “प्रचण्डलाई राष्ट्रपति बन्न बाटो बनाइदिनु हो” र “नेपालमा स्टालिन जन्माउनु हो” भन्ने मनको भूतले संत्रस्त बनाएको थियो ।
श्रम मन्त्रीको स्वार्थ र मेरो अडान
Tuesday, 08.04.2015, 04:43pm
म श्रम तथा यातायात मन्त्रालयको सचिव छँदा जापानमा प्रशिक्षार्थी कामदार पठाउने नेपाली संस्थाहरुको विवरण तत्कालीन श्रम मन्त्रीजीको स्वार्थ विपरीत जापान पठाएको थिएँ । मन्त्रालयले छनोट गरेका संस्थाको नाम, ठेगाना सहितको विवरण इमेल गरेर जापानमा पठाएपछि जिट्कोले पनि जापानका प्रशिक्षार्थी कामदार पाउनसक्ने संस्थाको नाम आफ्नो वेभसाइटमा राखेको थियो ।
संविधानको प्रारम्भिक मस्यौदा : एक दृष्टि
Tuesday, 07.28.2015, 12:25pm
प्रथमतः नेपालको वास्तविकता, भूराजनीतिक अवस्था, छिमेकीका व्यवहार इत्यादि कुनै पनि हिसावबाट यहाँ संघीय व्यवस्था उपयुक्त छैन । नेपालमा संघीयता लाद्नु बाख्राका मुखमा कुभिण्डो कोच्नु जस्तै हो ।
संविधान निर्माणको दिग्शून्य यात्रा
Tuesday, 07.28.2015, 12:24pm
सातवर्षसम्म आ–आफ्नो अडानमा अडिग रहेका दलहरूलाई २०७२ साल वैशाख १२ गतेको भूकम्पले नाटकीयरूपमा “जे जसरी हुन्छ संविधान ३–३ महिना भित्र नै जारी गर्नु पर्ने” चेतनाबोध गराएको देखिएको छ । यस्तो तच्वबोध पहिलो संविधानसभाको कार्यकालमा किन भएन ? धेरैलाई अनौठो पहेली बनेको हुनसक्छ । तर कारण स्पष्ट छ । त्यसबेला आफूलाई “प्रजातन्त्रका लालमोेरिया” ठान्नेहरू र “जनताको बहुदलीय जनवादको बाटो समाजवादको नयाँ मौलिक दर्शनको अनुशीलन गर्दै सहजरूपमा माक्र्स
नमच्चिने पिङका सय झड्का
Tuesday, 07.21.2015, 02:45pm
नेताहरूले सोह्र बुँदे सहमति विपरीत संविधानको मस्यौदा आयो भनेको पनि सुनियो । त्यसै बेला सहमति खोज्ने काम संविधानसभाको हो कि चार दलका सिण्डिकेटे नेताको भन्ने प्रश्न पनि जनस्तरबाट उठ्यो । प्रस्तावित मस्यौदामा जनताका चाहना पनि छन् कि ठूला भनिएका चारदले नेताका चाहना मात्रै ? चारदलका फरक मत समेटेर बनाइने हो भने त्यो संविधान देशको हुन्छ कि दलहरूको ? 
संविधान मस्यौदा सुझाव संकलन गर्न गठित समितिलाई खुला सुझाव
Tuesday, 07.21.2015, 02:44pm
विश्वका प्रजातन्त्र, मानवाधिकारका संरक्षक र आदर्श मुलुक अमेरिका, भारत देखि साम्यवादीका अग्रणी राष्ट्र जनवादी चीन लगायतका प्राय सबै राष्ट्रमा मात्रै नभई धेरै बौद्धिष्टहरू भएका देशमा समेत जघन्य अपराधीहरू, अबोध बालबालिका माथि यौन दुराचार गरी हत्या गर्ने क्रूर नरपिशाचहरू, राष्ट्र प्रमुख, सुरक्षा निकाय प्रमुखहरूको ज्यू ज्यान लिने गम्भीरतम हत्यारा अपराधी राष्ट्रद्रोहीहरूलाई “मृत्युदण्ड” दिने कानुन कायम छ ।
व्यवस्था भन्ने कि अव्यवस्था
Tuesday, 07.14.2015, 03:44pm
स्व. श्री ५ महेद्रको पोखरा सवारी थियो । दर्शनभेटका क्रममा राजाले के छ गाउँघरको खबर ? भनेर सोध्दा एकजनाले एकथरि फटाहा बनारस–कलकत्तातिर लागे भने अर्काथरि फटाहा जति राष्ट्रिय पञ्चायतमा पुगेकाले यतिखेर गाउँघरमा सुखशान्ति छ सरकार भनेर बिन्ति चढाउँदा राजा समेत जिल्ल परेका थिए ।
खाने एकातिरको निष्ठा अर्कैतिर
Tuesday, 07.14.2015, 03:42pm
म राष्ट्रिय योजना आयोगमा कार्यरत रहेको बेलाको कुरा, आयोगकै कतिपय पदाधिकारी र अधिकारीहरूले कुनै विशेष अध्यन वा अनुसन्धान गर्न वा कुनै खास नीति वा योजना तर्जुमा गर्नका निम्ति प्राविधिक सहयोग उपलब्ध गराइदिनुपर्याे भनेर व्यक्तिगत इमेल वा ठेगानाबाट विदेशी दातृ नियोगसंग पत्राचार गरेको र त्यस्ता नियोगबाट प्राप्त हुने प्राविधिक सहयोगबाट आफ्ना नातेदार वा शुभेच्छुकहरूलाई परामर्शदाता नियुक्त गरेर व्यक्तिगत लाभ उठाउने गरेको थाहा पाएँ । 
महाकालीको मुहान पहिले खोज
Tuesday, 07.07.2015, 01:58pm
महाकाली के हो र यसको मुहान कुन हो ? सहजै अनुमान गर्न सकिन्छ–जसको नामै महाकाली छ, त्यस्तो ठूलो नदीलाई कुटीगाढ र तिल्छी खोल्सी जस्ता (हिउँ नपरेका बेला पानी नै सुक्ने) तुर्तुरेसंग दाँज्न मिल्दैन । सुगौली सन्धिमा महाकालीको उद्गम विन्दु किटान भएन भन्ने हो भने त्यसको अर्थ हो महाकाली स्वतः स्पष्ट हुने नदी हो । महाकालीलाई तलदेखि पछ्याउँदै जाँदा जुन ठूलो छ, त्यही महाकाली हो ।
वर्तमानको विनाश बिर्सिदै विकासको प्रकाश पर्खिरहेको आरुघाट पुग्दा (४)
Tuesday, 07.07.2015, 01:57pm
आरुघाट पुगेपछि अहिले के लागेको छ भने अलिकति पनि दूरदर्शिता भएको, स्थलगतरुपमा स्थानीय जनभावना बुझेको, संवेदन र चेतनशील व्यक्तिले इमान्दारितापूर्वक उक्त बूढीगण्डकी परियोजनाका समग्र पक्षको अध्ययन गरेको हुन्थ्यो भने उस्ले यति सस्तो यति वहुआयामिक, आर्थिक सम्भावना बोकेको एवं अपरिकल्पित लाभदायी पहिलो र पछिल्लो यो नै सायद परियोजना भन्ने निष्कर्षमा पुगिसकेको हुन्थ्यो । 
सावधान ! कुटीगाढलाई महाकाली बनाइँदैछ
Tuesday, 06.30.2015, 12:39pm
दार्चुला जिल्लामा चार गर्खा छन् । गर्खा भनेको गाउँ मौजाहरूको समूह हो । तीमध्ये व्यास गर्खाका टिङ्कर, छाँगरु, नाबी, गुञ्जी र कुट गाउँहरू हुन् । पुराना सनद, सवाल, मालका ढड्डा हेरे पनि थाहा हुन्छ । नाबी, गुञ्जी र कुटीमा अहिले ‘इण्डो टिबेट बोर्डर पुलिस’ भनेर भारतीय फौजको ब्यारेक रहेको छ । ब्यारेक क्षेत्रलाई “कालापानी” भन्दछन् । त्यस क्षेत्रको करीब १२–१५ हजार हेक्टर नेपालको भूभाग कब्जा गरिएको छ । त्यो ठाउँ तिब्बत आवत जावत गर्न सजिलो नाका हो । यो नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानानेरै पर्दछ । माथि हिमाली भेगतिर नेपाल–भारतको सिमाना कालापानी नदी हो र महाकाली नदीको मुहान पनि त्यही हो ।

वर्तमानको विनाश बिर्सिदै विकासको प्रकाश पर्खिरहेको आरुघाट पुग्दा (३)
Tuesday, 06.30.2015, 12:36pm
हामी भुवनजीको घरबाट गणेश श्रेष्ठजी– जो पहिले लामो समयसम्म भीमोदय उच्च मा.वि.को अध्यापक, प्रधानाध्यापक भएर निवृत्त भएपछि त्यसै विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा सेवारत हुनुहुँदोरहेछ– को भग्नावशेष घरका सामानहरु जोगाड गरेर बनाइएको छाप्रोमा पुग्यौं । १२ गतेको भूकम्पमा काठमाण्डौंको कुनै १२–१५ जनाको परिवार शोभा भगवती नजीकको एउटा घरमा कुनै धार्मिक कार्यक्रममा भेला भएको बेला परेको” समाचार “जुन काठमाण्डौंमा उसैबेला सुनिएको थियो–, त्यसैमा वहाँकी छोरी पनि परेकी रहिछन् । गणेशजीकी श्रीमती मेरा मित्रलाई भेट्ने वित्तिकै विलौना गर्दै वलिन्द्रधारा बगाएको देख्नु पर्याे । मित्रले धेरै सम्झाए, सान्त्वना दिए । 
गलत विवरण राखेर प्रकाशन गर्न खोजिएको एउटा प्रतिवेदन
Tuesday, 06.30.2015, 12:33pm
विकास साझेदारहरूले परामर्शदाता नियुक्त गरेर तयार गरेका प्रतिवेदनहरूलाई अर्थ मन्त्रालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालय जस्ता जिम्मेवार सरकारी निकायहरूले पढ्दै नपढी स्वीकृति दिने रहेछन् भन्ने निष्कर्षमा पुग्न मलाई निकै असजिलो लागेको थियो । प्रतिवेदनमा सरकारले स्वीकार गर्नै नमिल्ने तथ्यहीन र भ्रामक कुराहरू समेत परेको देखेपछि मलाई यी निकायका पदाधिकारीहरूले सो प्रतिवेदनको मस्यौदा अक्षरशः पढेर त्यसलाई प्रकाशन गर्ने सहमति दिएका होलान् भन्ने निष्कर्ष निकाल्न समेत असजिलो लागेको थियो । 

शिक्षा नीति नै फाप–अफापको आधार
Tuesday, 06.23.2015, 12:14pm
पूर्वीय दृष्टिकोणका अनुसार यो प्राकृतिक प्रकोप प्रकृतिकीय तन्त्र अर्थात् प्रकृतिका आधारभूत संरचना भत्काएर तथाकथित योजनाविद् भनिने र विकासका नारा दिने विनाशकारी नीति निर्माता र कार्यान्वनयकर्ताका अतिरिक्त उपभोक्तावादी स्वार्थी अघासुर तत्वहरूका क्रियाकलापको परिणाम हो । भूवनोटको अध्ययन नै नगरी र निहीत स्वार्थले प्रेरित गरेर उपभोक्तावादी सोचाइले विकासको नाममा गरेको विनासकै परिणाम हो ।
महाकालीको मुहान जेलिङकाङ् ताल हो
Tuesday, 06.23.2015, 12:12pm
जसको नामै महाकाली छ, त्यस्तो ठूलो नदीलाई कुटीगाढ र तिल्छी खोल्सी जस्ता (हिउँ नपरेका बेला पानी नै सुक्ने) तुर्तुरेसंग दाँज्न मिल्छ ? आकाशमा अनगिन्ती तारा छन्, तर ‘जुन’ छुट्याउन गाह्रो पर्दैन । ती साना खोल्साखाल्सी ‘तारा’ जस्ता हुन् । महाकाली ‘जुन’ जस्तै स्पष्ट छुट्टिने नदी हो । सुगौली सन्धिमा महाकालीको उद्गम विन्दु किटान भएन भन्ने हो भने त्यसको अर्थ हो महाकाली स्वतः स्पष्ट हुने नदी हो । महाकालीलाई तलदेखि पछ्याउँदै जाँदा जुन ठूलो छ, त्यही महाकाली हो । अन्तर्राष्ट्रिय नियम पनि त्यही हो ।
वर्तमानको विनाश बिर्सिदै विकासको प्रकाश पर्खिरहेको आरुघाट पुग्दा (२)
Tuesday, 06.23.2015, 12:11pm
यद्यपि आरुघाट र पूर्वपट्टिको विशालटार दुवै बजार बूढीगण्डकीकै दायाँ बायाँ किनारामा अवस्थित रहेछन् । तर पनि भौगर्भिक भिन्नताको कारणले हो अथवा भवन निर्माण विधि र सामग्रीको भिन्नताले हो ? दायाँ किनारा (पश्चिमी तट) तिरको आरुघाटका सयौं घरमध्ये सबैजसो मर्मत वा सवलीकरण (रिट्रो फिटिङ्ग) गर्दा पनि काम नलाग्ने स्थितिमा पुगेको तर पूर्व (बायाँ) किनारातिरका भने अधिकांश घरहरुको संरचना मर्मत सुधार गरेर प्रयोगयोग्य जस्तो लाग्यो ।
भूकम्प राजनीति : कारोबारी सांसद !
Tuesday, 06.09.2015, 12:04pm
हुन त राजनीति फट्याई नै हो, त्यसको नेतृत्व पहिले नेताहरूले गर्थे भने आज भीड र व्यवसायीले गर्न थालेका छन् । भीडसंग सत्य र इमानदारी हुँदैन । सरकार कमजोर देखपछि भीडका दुस्साहस बढ्छ, बढेको छ । आज सरकारको आदेश व्यापारी–व्यवसायीले मानेका छैनन् । सरकार नै उनीहरूले चलाएजस्तो छ । आज सतहमा देखिएको दलहरूको एकता भूकम्पले ल्याइदिएको अप्राकृतिक एकता मात्र हो । 
वर्तमानको विनाश बिर्सिदै विकासको प्रकाश पर्खिरहेको आरुघाट पुग्दा (१)
Tuesday, 06.09.2015, 12:02pm
नेपालमा विद्यार्थीकालमा जेजति संघर्ष र प्रगतिशीलताको कुरा गरेपछि मध्यमवर्गीय परिवारको आर्थिक, सामाजिक अवस्था र अद्र्धपूँजीवादी, अद्र्धपरम्परावादी, अद्र्धसामन्तवादी सोच र संस्कार, विद्यार्थी जीवनमा दमित भएर बसेको हुनेरहेछ । जब उच्चशिक्षा हासिल गरेपछि घर परिवारबाट “पढाईको लगानी खर्चको व्याजसहित साँवा असूल उठ्ती गरेर त्यसले आपूm मुनीका भाइहरु– (दिदीबैनीको शिक्षा–दीक्षामा खर्चिने सोचाई सायदै परिवारमा थियो–) को पढाईमा लगाउनु पर्ने, घर धान्ने र सामाजिक व्यवहारका लागि बिहेवारी गर्नुपर्ने, दवाव पर्न थाल्दछ । त्यसपछि ती विद्यार्थीजीवनमा सुसुप्त भई रहे–बसेका सबै “अद्र्ध” संस्कार र सोचले मौलाएर जाने मौका पाउँदा रहेछन् । आप्mनो जीवनमा पनि त्यस्तै भयो । 
  » राष्ट्रिय हित कि व्यावसायिक राजनीति ?
  » पूर्वन्यायाधीश जो गए वर्तमानका प्रतिनिधि भएर गए
  » दूरदृष्टि नराखे अनर्थ निम्तिन सक्छ
  » पहाडको पीडा
  » भूकम्पले पुर्याएको क्षतिको पीडा
  » कति अँध्यारोमा बस्ने ?
  » यसपटकको भू–कम्पले हामीलाई के ज्ञान दियो ? (१)
  » छेपारे प्रवृत्ति र आजको स्थिति
  » सिंहदरवारे गफ (२)
  » राजनीति सुध्रन नेता सुध्रनुपर्छ
  » “देश नै थोकमा निजीकरण गरे हुन्छ”
  » हाम्रो प्रवृत्ति र गरीबी निवारण कोषको चर्चा
  » जातको आधार कि अखण्ड नेपालको ?
  » विश्व धार्मिक परिप्रेक्ष्यमा पाशुपत क्षेत्र (४)
  » धर्मसापेक्ष कि निरपेक्ष : मानवदेखि प्रकृतिसम्मले धर्म छाडे के होला ?
  » जनता जुधाएर राजनीति गर्नेहरु
  » विश्व धार्मिक परिप्रेक्ष्यमा पाशुपत क्षेत्र (३)
  » गरीबी निवारण कोषको कार्यक्रम र पर्दाभित्रका अभिप्राय
  » सहमति हुन पवित्र मन चाहिन्छ
  » महाशिवरात्रि पर्व : पाशुपत क्षेत्रको परिदृश्य (२)



 
::| Latest News

 
[Page Top]