युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 11:58am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
खाने एकातिरको निष्ठा अर्कैतिर
Tuesday, 07.14.2015, 03:42pm
म राष्ट्रिय योजना आयोगमा कार्यरत रहेको बेलाको कुरा, आयोगकै कतिपय पदाधिकारी र अधिकारीहरूले कुनै विशेष अध्यन वा अनुसन्धान गर्न वा कुनै खास नीति वा योजना तर्जुमा गर्नका निम्ति प्राविधिक सहयोग उपलब्ध गराइदिनुपर्याे भनेर व्यक्तिगत इमेल वा ठेगानाबाट विदेशी दातृ नियोगसंग पत्राचार गरेको र त्यस्ता नियोगबाट प्राप्त हुने प्राविधिक सहयोगबाट आफ्ना नातेदार वा शुभेच्छुकहरूलाई परामर्शदाता नियुक्त गरेर व्यक्तिगत लाभ उठाउने गरेको थाहा पाएँ । 
महाकालीको मुहान पहिले खोज
Tuesday, 07.07.2015, 01:58pm
महाकाली के हो र यसको मुहान कुन हो ? सहजै अनुमान गर्न सकिन्छ–जसको नामै महाकाली छ, त्यस्तो ठूलो नदीलाई कुटीगाढ र तिल्छी खोल्सी जस्ता (हिउँ नपरेका बेला पानी नै सुक्ने) तुर्तुरेसंग दाँज्न मिल्दैन । सुगौली सन्धिमा महाकालीको उद्गम विन्दु किटान भएन भन्ने हो भने त्यसको अर्थ हो महाकाली स्वतः स्पष्ट हुने नदी हो । महाकालीलाई तलदेखि पछ्याउँदै जाँदा जुन ठूलो छ, त्यही महाकाली हो ।
वर्तमानको विनाश बिर्सिदै विकासको प्रकाश पर्खिरहेको आरुघाट पुग्दा (४)
Tuesday, 07.07.2015, 01:57pm
आरुघाट पुगेपछि अहिले के लागेको छ भने अलिकति पनि दूरदर्शिता भएको, स्थलगतरुपमा स्थानीय जनभावना बुझेको, संवेदन र चेतनशील व्यक्तिले इमान्दारितापूर्वक उक्त बूढीगण्डकी परियोजनाका समग्र पक्षको अध्ययन गरेको हुन्थ्यो भने उस्ले यति सस्तो यति वहुआयामिक, आर्थिक सम्भावना बोकेको एवं अपरिकल्पित लाभदायी पहिलो र पछिल्लो यो नै सायद परियोजना भन्ने निष्कर्षमा पुगिसकेको हुन्थ्यो । 
सावधान ! कुटीगाढलाई महाकाली बनाइँदैछ
Tuesday, 06.30.2015, 12:39pm
दार्चुला जिल्लामा चार गर्खा छन् । गर्खा भनेको गाउँ मौजाहरूको समूह हो । तीमध्ये व्यास गर्खाका टिङ्कर, छाँगरु, नाबी, गुञ्जी र कुट गाउँहरू हुन् । पुराना सनद, सवाल, मालका ढड्डा हेरे पनि थाहा हुन्छ । नाबी, गुञ्जी र कुटीमा अहिले ‘इण्डो टिबेट बोर्डर पुलिस’ भनेर भारतीय फौजको ब्यारेक रहेको छ । ब्यारेक क्षेत्रलाई “कालापानी” भन्दछन् । त्यस क्षेत्रको करीब १२–१५ हजार हेक्टर नेपालको भूभाग कब्जा गरिएको छ । त्यो ठाउँ तिब्बत आवत जावत गर्न सजिलो नाका हो । यो नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानानेरै पर्दछ । माथि हिमाली भेगतिर नेपाल–भारतको सिमाना कालापानी नदी हो र महाकाली नदीको मुहान पनि त्यही हो ।

वर्तमानको विनाश बिर्सिदै विकासको प्रकाश पर्खिरहेको आरुघाट पुग्दा (३)
Tuesday, 06.30.2015, 12:36pm
हामी भुवनजीको घरबाट गणेश श्रेष्ठजी– जो पहिले लामो समयसम्म भीमोदय उच्च मा.वि.को अध्यापक, प्रधानाध्यापक भएर निवृत्त भएपछि त्यसै विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा सेवारत हुनुहुँदोरहेछ– को भग्नावशेष घरका सामानहरु जोगाड गरेर बनाइएको छाप्रोमा पुग्यौं । १२ गतेको भूकम्पमा काठमाण्डौंको कुनै १२–१५ जनाको परिवार शोभा भगवती नजीकको एउटा घरमा कुनै धार्मिक कार्यक्रममा भेला भएको बेला परेको” समाचार “जुन काठमाण्डौंमा उसैबेला सुनिएको थियो–, त्यसैमा वहाँकी छोरी पनि परेकी रहिछन् । गणेशजीकी श्रीमती मेरा मित्रलाई भेट्ने वित्तिकै विलौना गर्दै वलिन्द्रधारा बगाएको देख्नु पर्याे । मित्रले धेरै सम्झाए, सान्त्वना दिए । 
गलत विवरण राखेर प्रकाशन गर्न खोजिएको एउटा प्रतिवेदन
Tuesday, 06.30.2015, 12:33pm
विकास साझेदारहरूले परामर्शदाता नियुक्त गरेर तयार गरेका प्रतिवेदनहरूलाई अर्थ मन्त्रालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालय जस्ता जिम्मेवार सरकारी निकायहरूले पढ्दै नपढी स्वीकृति दिने रहेछन् भन्ने निष्कर्षमा पुग्न मलाई निकै असजिलो लागेको थियो । प्रतिवेदनमा सरकारले स्वीकार गर्नै नमिल्ने तथ्यहीन र भ्रामक कुराहरू समेत परेको देखेपछि मलाई यी निकायका पदाधिकारीहरूले सो प्रतिवेदनको मस्यौदा अक्षरशः पढेर त्यसलाई प्रकाशन गर्ने सहमति दिएका होलान् भन्ने निष्कर्ष निकाल्न समेत असजिलो लागेको थियो । 

शिक्षा नीति नै फाप–अफापको आधार
Tuesday, 06.23.2015, 12:14pm
पूर्वीय दृष्टिकोणका अनुसार यो प्राकृतिक प्रकोप प्रकृतिकीय तन्त्र अर्थात् प्रकृतिका आधारभूत संरचना भत्काएर तथाकथित योजनाविद् भनिने र विकासका नारा दिने विनाशकारी नीति निर्माता र कार्यान्वनयकर्ताका अतिरिक्त उपभोक्तावादी स्वार्थी अघासुर तत्वहरूका क्रियाकलापको परिणाम हो । भूवनोटको अध्ययन नै नगरी र निहीत स्वार्थले प्रेरित गरेर उपभोक्तावादी सोचाइले विकासको नाममा गरेको विनासकै परिणाम हो ।
महाकालीको मुहान जेलिङकाङ् ताल हो
Tuesday, 06.23.2015, 12:12pm
जसको नामै महाकाली छ, त्यस्तो ठूलो नदीलाई कुटीगाढ र तिल्छी खोल्सी जस्ता (हिउँ नपरेका बेला पानी नै सुक्ने) तुर्तुरेसंग दाँज्न मिल्छ ? आकाशमा अनगिन्ती तारा छन्, तर ‘जुन’ छुट्याउन गाह्रो पर्दैन । ती साना खोल्साखाल्सी ‘तारा’ जस्ता हुन् । महाकाली ‘जुन’ जस्तै स्पष्ट छुट्टिने नदी हो । सुगौली सन्धिमा महाकालीको उद्गम विन्दु किटान भएन भन्ने हो भने त्यसको अर्थ हो महाकाली स्वतः स्पष्ट हुने नदी हो । महाकालीलाई तलदेखि पछ्याउँदै जाँदा जुन ठूलो छ, त्यही महाकाली हो । अन्तर्राष्ट्रिय नियम पनि त्यही हो ।
वर्तमानको विनाश बिर्सिदै विकासको प्रकाश पर्खिरहेको आरुघाट पुग्दा (२)
Tuesday, 06.23.2015, 12:11pm
यद्यपि आरुघाट र पूर्वपट्टिको विशालटार दुवै बजार बूढीगण्डकीकै दायाँ बायाँ किनारामा अवस्थित रहेछन् । तर पनि भौगर्भिक भिन्नताको कारणले हो अथवा भवन निर्माण विधि र सामग्रीको भिन्नताले हो ? दायाँ किनारा (पश्चिमी तट) तिरको आरुघाटका सयौं घरमध्ये सबैजसो मर्मत वा सवलीकरण (रिट्रो फिटिङ्ग) गर्दा पनि काम नलाग्ने स्थितिमा पुगेको तर पूर्व (बायाँ) किनारातिरका भने अधिकांश घरहरुको संरचना मर्मत सुधार गरेर प्रयोगयोग्य जस्तो लाग्यो ।
भूकम्प राजनीति : कारोबारी सांसद !
Tuesday, 06.09.2015, 12:04pm
हुन त राजनीति फट्याई नै हो, त्यसको नेतृत्व पहिले नेताहरूले गर्थे भने आज भीड र व्यवसायीले गर्न थालेका छन् । भीडसंग सत्य र इमानदारी हुँदैन । सरकार कमजोर देखपछि भीडका दुस्साहस बढ्छ, बढेको छ । आज सरकारको आदेश व्यापारी–व्यवसायीले मानेका छैनन् । सरकार नै उनीहरूले चलाएजस्तो छ । आज सतहमा देखिएको दलहरूको एकता भूकम्पले ल्याइदिएको अप्राकृतिक एकता मात्र हो । 
वर्तमानको विनाश बिर्सिदै विकासको प्रकाश पर्खिरहेको आरुघाट पुग्दा (१)
Tuesday, 06.09.2015, 12:02pm
नेपालमा विद्यार्थीकालमा जेजति संघर्ष र प्रगतिशीलताको कुरा गरेपछि मध्यमवर्गीय परिवारको आर्थिक, सामाजिक अवस्था र अद्र्धपूँजीवादी, अद्र्धपरम्परावादी, अद्र्धसामन्तवादी सोच र संस्कार, विद्यार्थी जीवनमा दमित भएर बसेको हुनेरहेछ । जब उच्चशिक्षा हासिल गरेपछि घर परिवारबाट “पढाईको लगानी खर्चको व्याजसहित साँवा असूल उठ्ती गरेर त्यसले आपूm मुनीका भाइहरु– (दिदीबैनीको शिक्षा–दीक्षामा खर्चिने सोचाई सायदै परिवारमा थियो–) को पढाईमा लगाउनु पर्ने, घर धान्ने र सामाजिक व्यवहारका लागि बिहेवारी गर्नुपर्ने, दवाव पर्न थाल्दछ । त्यसपछि ती विद्यार्थीजीवनमा सुसुप्त भई रहे–बसेका सबै “अद्र्ध” संस्कार र सोचले मौलाएर जाने मौका पाउँदा रहेछन् । आप्mनो जीवनमा पनि त्यस्तै भयो । 
राष्ट्रिय हित कि व्यावसायिक राजनीति ?
Tuesday, 06.02.2015, 10:54am
नेपाल किन पछाडि पर्याे, किन उठ्न सकेन ? यसको मूल कारण हो स्थानभ्रष्टता अर्थात् आफ्नो ठाउँमा बस्न नचाहने प्रवृत्ति । त्यसको पनि जरो खोज्दै जाने हो भने त्यो हो विकृत राजनीति । आज आफ्नो हैसियतमा बस्ने कोही फेला पर्याे भने त्यो अपवाद हुनेछ । आफ्नो योग्यता र क्षमता बाहिर माथीमाथी ताक्नेकै संख्या बढी होला । यहाँ चेलो हुन कोही चाहँदैन, सबै मौकामा चौका हान्ने दाउमा देखिन्छन् । कार्यकर्ता हुन कोही तयार छैन, एकैचोटी उफ्रेर नेता हुनुपरेको छ । संवादाता होइन सम्पादक नै हुनुपरेको हुन्छ । 
पूर्वन्यायाधीश जो गए वर्तमानका प्रतिनिधि भएर गए
Tuesday, 06.02.2015, 10:52am
लामो समयसम्म कानून व्यवसायी र कतिपय बैङ्कका कानूनी सल्लाहकारको रुपमा समेत काम गरेर निकै दाम र नाम कमाएका थिए उनले । उनी सहितका केही व्यक्तिलाई केही वर्ष अघि सर्वोच्च अदालतको दुई वर्षे अस्थायी न्यायाधीशमा नियुक्ति गरिएको थियो । त्यो पहिलो दुई वर्षे कार्यावधि सकिएपछि स्वतः स्थायीमा नियुक्ति दिने सर्वोच्चको परम्पराले नमालूम किन हो ? तिनीसँगै गएकाहरुलाई अस्वीकृत गर्ने काम गर्याे । 
दूरदृष्टि नराखे अनर्थ निम्तिन सक्छ
Wednesday, 05.27.2015, 11:37am
 देशको विच्छृङ्खल स्थिति र विपन्न अवस्थाबाट उठाउनसक्ने नेतृत्वको आवश्यकता पूरा गर्नुपर्न अवस्था छ । देशमा हालै विनाशकारी भूकम्प गयो, तर खोई विपद् व्यवस्थापनमा आवश्यक तत्परता र चाहिने बन्दोबस्ती ? सरकार चाहिने यस्तै बेलालाई हो । तर सरकारको भूमिका विज्ञप्तिमै सीमित रह्यो ।
पहाडको पीडा
Wednesday, 05.27.2015, 11:36am
यसपटक मध्यवर्ती हिमाली क्षेत्र समेतलाई समेटेका गोरखा, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लामा जति भूकम्पबाट क्षति भयो । त्यसै अनुपातमा धादिङ, नुवाकोट, काभ्रे र रामेछाप जिल्लामा पनि क्षति पुग्यो । उपत्यकाका तीन जिल्लाभित्रका विश्वसम्पदा सूचीमा सूचीकृत हुन पुगेका र नेपालको इतिहास, कला, संस्कृति राष्ट्रिय गौरवका जीवन्त प्रतीक बनेका देवालय, शिक्षालय, मठमन्दिर, सत्तल, पाटी–पौवा, दरवारहरु समेत अधिकांश धराशायी भए ।
भूकम्पले पुर्याएको क्षतिको पीडा
Wednesday, 05.27.2015, 11:35am
वैशाख १२ गते शनिबार पनि म आफ्नै घरको छतमा आराम गरेर बसिरहेको थिएँ । भर्खर खाना खाएर आराम गर्नको निम्ति कुर्सीको नजिकतिर जान खोजेको बेलामा एक्कासी भूकम्प गएपछि म उभिन र हिंड्न पनि सकेको थिइन । भूकम्प नोकिंदासम्म म त्यही छतको डिलको पर्खाल समातर वरिपरी हेरेर चिन्तापूर्वक अडिएको थिएँ । मेरी श्रीमती र छोरा पनि त्यसबेला घरको माथिल्लो भागमा रहेको भान्सा कोठामा थिए । उनीहरुले पनि भूकम्प हुँदासम्म भान्सामै बसेर वरिपरीका अरु घरहरु हल्लेको हेरेका थिए ।
कति अँध्यारोमा बस्ने ?
Friday, 05.15.2015, 01:20pm
वैशाख १२ गते विनाशकारी भूकम्प गएयता राजनीतिक गतिविधि शून्य छ । संविधान लेखनका विषयमा दलका नेताहरुबीच कायम रहेको विवाद र आरोप प्रत्यारोप पनि तत्कालका लागि भूकम्पले पाखा लगाइदिएको छ । नेताहरु अब एकताबद्ध भएर राष्ट्रको पुनःनिर्माणसंगै संविधान लेखनमा जुट्नुपर्ने बताउन थालेका छन् । तर, संविधानको सर्वाधिक विवादित मुद्दा संघीयताको छिनोफानो कसरी गर्ने ? यो सवाल अहिले पनि उत्तिकै जवर्जस्त छ ।
यसपटकको भू–कम्पले हामीलाई के ज्ञान दियो ? (१)
Friday, 05.15.2015, 01:19pm
भू–कम्पको उच्चतम जोखिममा पर्ने नेपाल र त्यसमा पनि राजधानी काठमाडौंको विगतको तथ्याङ्कले ९० वर्षदेखि र बढीमा १०० वर्षमा १८९० र १९९० सालहरुको जस्तो विनाशकारी भूकम्प आउने स्पष्ट गरेको थियो । १९९० सालमा त्यस्तो विनाशकारी भूकम्प आएपछि पनि पूर्वाञ्चलको धरान, धनकुटा, ताप्लेजुंग र सुदुर पश्चिमाञ्चल क्षेत्र अन्तर्गत बझाङ्ग, दार्चुला तिर ठूलै क्षति पुर्याउने गरी पटक पटक भू–कम्प गएको थियो । 
छेपारे प्रवृत्ति र आजको स्थिति
Tuesday, 04.07.2015, 01:23pm
नाम चलेका बडाबडाहरुको छेपारे प्रवृत्तिमा प्रतिदिन बढोत्तरी हुँदैगएको देखेपछि मलाई पछाड फर्केर हेर्न मन लाग्यो । पुराना पत्रपत्रिका र पुस्तक हेर्न थालें । साहित्यकार, लेखक, कर्मचारी, संवैधानिक निकाय चहारिसकेका, मन्त्री भैसकेका र पाए अझैपनि जिभ्रो लपलपाइरहेकाहरुका पुराना लेख–रचना पढ्न थालेको छु । ती सबैमा राजाको जयगान त हुने नै भयो, पूर्ववर्ती व्यवस्था र सरकारहरुका प्रशस्ति मुक्तकण्ठले गाएको पाउँछु । तर, आज ती पूर्ववर्ती व्यवस्थालाई तिनीहरुले नै सत्तोसराप गरेको देख्दा आश्चर्य लाग्छ ।

सिंहदरवारे गफ (२)
Tuesday, 04.07.2015, 01:21pm
गृह मन्त्रालयभित्र भए पंचायतकालका प्र.जि.अ.हरू आपूmले कस्लाई पक्राउ गरी कसरी रातारात ‘मुठभेडमा परेको’ भनि सिध्याउने काम भयो, जनमत संग्रहताका वा राष्ट्रिय पञ्चायत सदस्यमा कस्लाई कसरी मतपेटिका साटफेर गरी हराइयो र कसरी हारेकोलाई जिताउनु पर्यो” जस्ता निकै गुड्डी हाँक्ने गर्दथे । 
  » राजनीति सुध्रन नेता सुध्रनुपर्छ
  » “देश नै थोकमा निजीकरण गरे हुन्छ”
  » हाम्रो प्रवृत्ति र गरीबी निवारण कोषको चर्चा
  » जातको आधार कि अखण्ड नेपालको ?
  » विश्व धार्मिक परिप्रेक्ष्यमा पाशुपत क्षेत्र (४)
  » धर्मसापेक्ष कि निरपेक्ष : मानवदेखि प्रकृतिसम्मले धर्म छाडे के होला ?
  » जनता जुधाएर राजनीति गर्नेहरु
  » विश्व धार्मिक परिप्रेक्ष्यमा पाशुपत क्षेत्र (३)
  » गरीबी निवारण कोषको कार्यक्रम र पर्दाभित्रका अभिप्राय
  » सहमति हुन पवित्र मन चाहिन्छ
  » महाशिवरात्रि पर्व : पाशुपत क्षेत्रको परिदृश्य (२)
  » पूर्व राजाका सन्देशले ल्याएको तरंग
  » जगन्नाथ सिरपुराको ग्याँसी फायर परियोजना
  » महाशिवरात्रि पर्वको पाशुपत क्षेत्र : नागाहरु र परिदृश्य
  » स्वतन्त्रता गुमाउने आरक्षणको चारो
  » धर्म सम्प्रदायको आडमा मौलाएको आतंकवाद
  » नेतृत्व क्षमताको संकट : आजको समस्या
  » धर्म सम्प्रदायको आडमा मौलाएको आतङ्कवाद
  » एउटा नमूना परियोजनाको अवलोकन
  » नैतिकता र कर्तव्य : पूर्वीय शिक्षा पद्धतिको मेरुदण्ड



 
::| Latest News

 
[Page Top]