युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
निर्वाचनको साथर्कता तब हुन्छ...
Tuesday, 12.12.2017, 02:49pm
निर्वाचन लोकतान्त्रिक पद्धतिको मेरुदण्ड हो । जनताको मतद्वारा निर्वाचितहरु नै जनप्रतिनिधि हुन् र उनीहरुको दायित्व जनताका हरेक सुख दुखमा साथ दिनु हुनेछ । विगत लामो समयदेखि नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन फगत नेतालाई सत्ता शिखरमा पु¥याउने र उनीहरुको समृद्धिको सोपान खडा गर्ने मेरो मात्रै बनिरहेको दर्दान्त अवस्था छ ।

मत तान्ने नै भए पनि सही निर्णय
Tuesday, 12.05.2017, 03:49pm
पृथ्वीनारायण शाह दूरदर्शी, जनमुखी र अहिलेको भाषामाा समाजवादी राजा थिए । उनले जसरी नेपाल एकीकरणका लागि आर्थिक जोहो गरेका थिए त्यो अहिलेको नेपालका लागि पनि उत्तिकै आवश्यक छ । उनले आफूले जितेका राज्यहरुको धर्म, संस्कृतिको संरक्षण मात्र गरेनन् त्यसलाई नेपालकै सम्पदाका रुपमा विकसित गरे । जनताको राय सुझाव लिएर अघि बढे ।
दश वर्षमा मुलुकको परिवर्तनको यथार्थ
Tuesday, 11.28.2017, 11:21am
दश वर्षे सशस्त्र जनयुद्धलाई शान्तिमा रुपान्तरण गरी मुलुकको राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको ढोका खोलेको विस्तृत शान्ति सम्झौता भएको एक दशक पूरा भएको छ । यो दश वर्षमा नेपालको राजनीतिमा अनेक विकृति, विसंगति देखापरे । अधिकारका नाममा लाग्नै नहुने नारा लागे, धार्मिक, सांस्कृतिक सहिष्णुतामा विष घोल्ने काम पनि भए । अहिले शान्ति प्रक्रिया लगभग टुंगिएको देखिए पनि यसका अवशेषहरु अझै बाँकी छन् । वेपत्ता पारिएकाहरुको खोजी अझै हुन सकेको छैन भने पीडितले क्षतिपूर्ति र न्याय पाउन सकेका छैनन् ।
जो घरभित्रै असुरक्षित छन्...
Friday, 11.24.2017, 12:56pm
भनिन्छ हरेक व्यक्तिका लागि घर, परिवार सबभन्दा सुरक्षित स्थल र व्यक्ति हुन् , तर, आजभोलि घरभित्रै महिला असुरक्षितन छन् । मूलतः महिला, बालिका तथा युवतीहरु घरभित्रै यौन हिंसाको शिकार भैरहेका छन् । चाहे यौन हिंसा होस् या अरु हिंसा, महिला घरभित्रै हिंसाको शिकार भैरहेकी हुन्छिन् । कति बाहिर आउँछ, कति आउँदैन ।
यति धेरै खर्च सबै अनुत्पादक
Wednesday, 11.15.2017, 02:14pm
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोग र उम्मेदवारहरुले गर्ने खर्च आधा खर्बभन्दा बढी हुन्छ । आयोगले निर्वाचन सामग्री, प्रचार प्रसासर मतदाता शिक्षा, मतपत्र छपाई, शान्ति सुरक्षा तथा भत्ता लगायतमा २५ अर्बको हाराहारीमा खर्च गर्दछ । यसअघि आयोगले रु छ अर्ब ५० करोडभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न गरेको छ ।
निर्वाचनको महाकुम्भमा मुलुक
Tuesday, 11.07.2017, 11:04am
संविधानसभाले जारी गरेको ऐतिहासिक संविधान कार्यान्वयनको अन्तिम चरणका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मनोनयन दर्ता र अन्तिम नामावली प्रकाशनसंगै मुलुक निर्वाचनको महाकुम्भमा होमिएको छ  । 

वाम एकताले ल्याएको तरंग
Wednesday, 10.11.2017, 01:53pm
देश दशैंको रमझममा झुमिरहेका बेला एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकता सहमतिले धेरैलाई चकित तुल्याएको छ । धेरैको सातो उडेको छ । भनिन्छ यो सहमतिले दक्षिणी छिमेकी मुलुकलाई समेत झस्काएको छ । दलभित्रको गुटबन्दी, दल–दलबीचको अस्वस्थ प्रतिस्पर्धा र केवल व्यक्तिगत अनि दलीय स्वार्थका कारणले मात्रै उनीहरु राजनीतिको चलिरहेका बेला आम जनतामा भने निराशा र कुण्ठा मात्रै बढ्दो छ । पार्टीहरुले जनता भनेका आफ्ना कार्यकर्ता मात्र हुन् भन्ने ठानेर व्यवहार गर्दा निरपेक्ष जनता चेपुवामा गर्दै गएका छन् । 
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त
Tuesday, 09.12.2017, 11:37am
“हरेक नेपालीको घरमा एउटा दुहुनो गाई होस्, उनीहरुका छोराछोरीले पढन पाउन्, औषधिमूलो सजिलै गर्न सकुन् ।” प्रजातन्त्रमा समाजवादको रसायन मिसाएर ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त अनुसार अघि बढ्नुपर्ने सपना देख्नुभएका बिपी कोइरालाको नेतृत्वको पार्टीले उहाँको नाम भजाउने बाहेक केही गरेन ।
प्रथालाई कानुन बनाउन मिल्छ ?
Wednesday, 09.06.2017, 03:51pm
हिले मुलुक राजनीतिक रुपमा नयाँ संरचनामा प्रवेश गरेसंगै यसका विविध पक्षमाथि ठूला बहस भैरहेका छन् । मौजुदा ऐन, कानुनहरु परिवर्तन गर्ने कार्य चलिरहेको छ र यस्तैमा पर्दछ मुलुकी ऐनको सन्दर्भ । नयाँ ऐनमा अनेक विषयहरुलाई समेट्नुपर्ने आवाज उठिरहेका छन् । राणा प्रधानमन्त्री जंगबहादुर राणाले १६५ वर्षअघि र राजा महेन्द्रले ५४ वर्षअघि ल्याएको मुलुकी ऐनलाई विस्थापित गरी नयाँ ऐन ल्याउन लागिएको छ । संसदले सो ऐन हालै पारित गरेको छ । “फौजदारी कसूरसम्बन्धी ऐन” नाम  दिइएको सो ऐनमा परम्परागत मान्यताहरुलाई पनि कानुनकै रुपमा स्थापित गर्नुपर्ने माग उठिरहेको छ ।
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा
Tuesday, 08.29.2017, 11:57am
प्रकृतिले मानिसले जीवन निर्वाहका लागि आफ्नो गर्भमा रहेको स्रोत उपलब्ध गराइदिएको छ । तर, मानवले त्यो स्रोतकको क्रुर दोहन गर्दा मानव समुदाय खतरामा पर्दैगएको छ । प्राकृतिक स्रोत साधनको सदुपयोग गरेर जीवन बिताउनेहरु आजभोलि असुरक्षित हुँदैछन् । नेपालमा मात्र हैन संसारभर यस्तै क्रुर दृश्य देखिन्छ । आजभोलि प्रकृतिसग टाढा अनि भौतिक वस्तुसंग निकट रहेर प्राकृतिक स्रोत साधनको क्रुर दोहन गर्नेहरुबाट प्रकृतिको सामिप्यमा रहेर जीवन निर्वाह गर्नेहरुको जीवन समाप्त पार्ने काम भैरहेको छ । समुद्री किनार, नदी किनार, वनजंगललाई आश्रयस्थल बनाएकाहरुको जीवन खतरामा पर्दैगएको छ । यसको एउटा कारण डरलाग्दोसंग फैलदै गएको औद्योगिकीकरण र प्राकृतिक स्रोत साधनलाई क्रुरतम दोहन गरेर यसको स्वरुपमा परिवर्तन आउन पारिएको बाध्यता हो ।

विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ
Tuesday, 08.15.2017, 02:44pm
मुलुक यतिबेला ठूलो विपत्तिमा छ । पूर्वदेखि पश्चिमसम्मको तराई क्षेत्र डुबानमा छ । पहाडी र मध्यपहाडी क्षेत्र पहिरोले आक्रान्छ । दर्जनौंको ज्यान गयो र शुक्रबारबाट मच्चिएको यो विनाशलीलाका अनेक कारण छन् । प्राकृतिक विपत्ति मात्र मानेर चुप लाग्ने हो भने एकदिन न पहाड रहन्छ न तराई नै । यहाँ प्राकृतिकसंगै मानवीय कारणहरु पनि छन् । 

‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ?
Tuesday, 08.08.2017, 06:22pm
 भारतले चीनलाई र चीनले भारतलाई भुटानको सार्वभौमिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाइरहेका बखत यी दुई देशले नेपालकको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको प्रसंग यहाँ स्मरणीय हुन आउँछ । वास्तवमा यी दुबै मुलुक अरुको सार्वभौमिकताको रक्षाका नाममा आफ्नो स्वार्थ पूर्ति गर्न चाहन्छन् भन्ने लिपुलेक र डोक्लाम प्रकरणले स्पष्ट पारेको छ । 
सबथोक छ, तर जनताले केही पाएनन्
Wednesday, 07.26.2017, 03:05pm
काम गर्ने उत्सुकता र प्रतिबद्धता भएन भने जतिसुकै स्रोत साधनले पूर्ण भए पनि त्यसको कुनै अर्थ रहँदैन । नेपालमा अहिले यस्तै अवस्था छ । राजनीतिक अस्थिरता, जताततै राजनीतिकरणको प्रयास अनि भ्रष्टाचारका कारण कुनै पनि काम समयमा सम्पन्न हुँदैनन् । अहिले सबभन्दा ठूलो समस्याको रुपमा देखिएको छ पुनःनिर्माण । भूकम्पपछिको दुई वर्ष तीन महिनामा धादिङ जिल्लामा क्षतिग्रस्त संरचनाको तुलनामा पुनर्निर्माण सम्पन्न घरको हिसाब गर्दा बाँकी घर निर्माणका लागि ३२ सय १३ वर्ष लाग्छ ।
दार्जिलिङ आन्दोलन र नेपालीको भावना
Wednesday, 06.28.2017, 11:59am
नेपालीभाषीहरूको बाहुल्य रहेको भारतको पश्चिमबंगाल राज्यको सुन्दर पहाडी क्षेत्र दार्जिलिङमा यतिबेला गोर्खाल्याण्डको माग गर्दैै आन्दोलन चलिरहेको छ । यो आन्दोलनमा नेपाली जनताको भावनात्मकसमर्थन रहेको छ । तर, दार्जिलिङबासीहरू भने नेपालको भावनात्मक समर्थनको उपहास गरिरहेका छन् । उनीहरू नेपालीले नेपालकै समस्या समाधान गरुन् भन्दै हेलाँको भावना प्रस्तुत गर्न थालेपछि यो विषय ठूलो आलोचनामा परेको छ । केही नेताले त गरीब नेपाल, पिछडिएको नेपाल, नेपालीहरू भारतभा भाँडा माझ्न आउँछन् जस्ता तुच्छ शब्द समेत प्रयोग गरे ।
निर्वाचन सार्नुको औचित्य के ?
Thursday, 06.22.2017, 12:16pm
धानमन्त्री शेरबहादुर देउवाले मधेशवादी दल राष्ट्रिय जनतापार्टीको माग अनुसार भन्दै प्रदेश नं. २ को असार १४ गते हुने निर्वाचन असोज २ गते गर्ने निर्णय गराउनुभयो । आइतबार मनोनयन सकिएको छ र मनोनयनमा देखिएको उत्साहले प्रधानमन्त्रीले किन यस्तो निर्णय गरे भन्ने प्रश्न उठाएको छ । देउवाको काम नै निर्वाचन सार्ने मात्रै त हैन भन्ने प्रश्न पनि उठेको छ । देउवाको थाप्लोमाा प्रजातन्त्र दरबार बुझाएको दोषको भारी छ ।
हिमालमा लामखुट्टे नाँच्न थाले...
Thursday, 06.15.2017, 01:01pm
नेपाल जलवायु परिवर्तनका कारण सर्वाधिक असर गर्ने मुलुकको सूचीमा पाँचौं स्थानमा छ । त्यसैले त हिमाली क्षेत्रमा लामखुट्टे देखा परेका छन् । तराईको तुलनामा हिमाली क्षेत्रमा तापक्रम बढिरहेको छ । अतिवृष्टि, अनावृष्टिले खाद्यान्न र खानेपानीमाा समस्या पारिरहेको छ । अनि खाद्यबाली चक्रमा ठूलो अन्तर आएको छ । यसअघिसम्म हाम्रो कल्पना हिमालमा लामखुट्टे लाग्छ भनेर हुन्थेन । अनि काफल फागुनमै पाक्छ, गुराँस माघमै फुल्छ भनेर । तर, अहिले यस्तै यस्तै अनौठा र अप्राकृतिक लाग्ने दृश्यहरु देख्न–सुन्न पाइन्छ । 
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा
Wednesday, 05.31.2017, 01:53pm
सरकार, उस्तो सरकार, यस्तो नेता, उस्तो नेता, यस्तो पार्टी, उस्तो पार्टी अनि राष्ट्रवाद वा राष्ट्रियतामा पनि त्यस्तै उपमा लगाउँछन् । कतिपय नेताहरूले कतिपय सन्दर्भमा राष्ट्रियताको सन्दर्भमा अरुलाई आलोचना गर्नुपर्दा ‘अन्धो राष्ट्रवाद’ भन्छन् । के राष्ट्रवाद त्यस्तै हुन्छ त ?
नेपाल विश्वको यस्तो मुलुक हो जसले बेलायती साम्राज्यवादलाई परास्त गरेको थियो । दक्षिण एसियाको सबभन्दा पुरानो मुलुक नेपालको राष्ट्रियता यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाले स्पष्ट गरिदिएका छन् । 
दर्शना, शाक्य र थापाको सन्देश
Wednesday, 05.24.2017, 11:14am
पहिलो चरणमा सम्पन्न निर्वाचनमा दलहरूले प्राप्त गरेको विजयी संख्या अनि उम्मेदवारहरूको चयनले धेरै प्रश्नहरूको उत्तर दिएको छ । राजनीतिक दलहरूले उम्मेदवार चयनमा सुझबुझ अपनाए परिणाम पनि त्यस्तै र नअपनाए जनताले विकल्प रोजेका छन् । अझ काठमाडौंका मतदाताले ठूलो परिवर्तन चाहेको सन्देश विवेकशील नेपाली पार्टीकी उम्मेदवार २१ वर्षे रञ्जु दर्शना र साझा पार्टीको समर्थन पाएका पूर्व सचिव किशोर थापाले पाएको मतले नै देखाउँछ ।
स्खलित नैतिकता र गुम्दो इमान
Thursday, 05.11.2017, 11:41am
हरेक व्यक्तिको सफलताको कारण उसको मेहेनत, इमान र नैतिकता नै हो । नैतिक रुपमा बलियो मान्छे कुनै पनि संकटको सामना गर्न गराउँदैन । मेहेनती मान्छे जस्तोसुकै संकटमा हरेस खाँदैन अनि इमान भएको मान्छेको शिर कहिल्यै झुक्दैन । यी तीन पक्ष व्यक्तिको सफलता, लोकप्रियता र सम्मानको आधार हो । यो शाश्वत सत्यको पालना गर्नेहरुको आज खडेरी परेको छ । यस्तो इमान र नैतिकताको खडेरीले नेपाल जस्ता थुप्रै मुलुकको राजनीतिमा परेको छ र यही खडेरीले हामी दग्ध छौं ।
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा
Tuesday, 05.02.2017, 02:02pm
२०७२ वैशाख १२ गते शनिबार  राजधानी लगायत देशका दुई दर्जन जिल्लाबासी बिहानको खाना खाएर आआफ्नो काममा लागेका बेला अकल्पनीय भूकम्प भयो । नौ हजार बढीले ज्यान गुमाए भने १७ हजारभन्दा बढी घाइते भए । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पीडित जनताले अझै घर बनाइसकेका छैनन् । आधाभन्दा कमले मात्र घर बनाउने जग हालेका छन् ।

  » नेता भाड्नतिर जनता जोड्नतिर
  » स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश
  » खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता
  » खै त्यो बेलाको कूटनीतिक सामथ्र्य
  » शैक्षिक मुद्दा र स्ववियू निर्वाचन
  » माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ?
  » यही हो शहीदको सम्मान ?
  » टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या
  » यसकारण मनाउने पृथ्वी जयन्ती
  » साँच्चैको नेता बनौं न
  » पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा
  » यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ?
  » संघर्ष अखण्डता र विखडनका बीच
  » किन हिस्रक बन्दैछ मानिस ?
  » सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार
  » सधैं सहमति मात्रै खोज्ने हो ?
  » दक्षिण एसियामा मोदीप्रतिको मोहभंग
  » राजनीतिको नाममा अपराधको खेती
  » किन विकृत पारियो ऐतिहासिक संविधान ?
  » सम्बन्ध विग्रिएको भारतकै कारणले



 
::| Latest News

 
[Page Top]