युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 11:18am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सिद्धान्तहीन गठबन्धनका विकृत उपजहरू
Monday, 01.28.2013, 04:04pm (GMT+5.5)

नेपालको वर्तमान राजनीति मुलुकलाई अग्रगामी उज्यालो दिशातिर डो¥याउन लक्षित नभै भाँडभैलोको स्थितिलाई निरन्तरता दिने गलत बाटोतिर मोडिएको छ । राष्ट्रिय राजनीतिलाई सैद्धान्तिक विचार र नैतिक मूल्य मान्यताले प्रभावित पार्न छोडेर केवल सत्ताप्राप्तिको होडले प्रभाव पारिरहेको छ । सत्ता प्राप्तिका लागि मुलुकभित्र असैद्धान्तिक गठबन्धनहरू गर्दैजाने र मुलुक बाहिरका विभिन्न शक्तिहरूसंग लम्पसार पर्ने जुन गलत संस्कार मौलाएको छ त्यसले देशलाई धेरै कमजोर बनाउँदै लगेको छ भने नेपाली जनता आफ्नै देशमा विरानो बन्दैगैरहेको अवस्था छ । क्षणिक स्वार्थका लागि देशकै दूरगामी भविष्यप्रति खेलबाड गर्ने दृष्टिहीनहरू राष्ट्रिय राजनीतिका हर्ताकर्ता बन्नपुगेका परिघटनाले एकपछि अर्का समस्या खडा गर्ने र विकृति जन्माउने काम गरिरहेको छ ।

निहित स्वार्थ प्रेरित सिद्धान्तहीन गठबन्धनको अहिलेको सत्ता र यो गठबन्धनलाई तोडेर सत्ता प्राप्त गर्न खडा भएको विपक्षीहरूको अर्काे सिद्धान्तहीन गठबन्धनले मुलुकका यावत समस्यालाई निराकरण गर्नसक्ने कुनै सम्भावना नै छैन । शक्ति प्रदर्शनको अवाञ्छित होडमा लागेका गठबन्धनहरूले दिने नतिजा भनेको माघ १० गते दैलेखमा देखिएको परिदृश्य नै हो । यस्तो दृश्यको पुनरावृत्ति दोलखामा पनि भयो । माघ २६ गतेसम्म देशका अरू भागहरूमा पनि भिडन्त हुनसक्ने आशंका खडा भैसकेको छ । ऐतिहासिक राजनीतिक परिवर्तनलाई विधिसम्मत ढंगले व्यवस्थित गर्नका लागि निर्वाचन मार्फत प्राप्त जनादेश अनुरुप काम गर्न सत्ताकै लागि असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्ति बाधक बनेको संविधानसभाको असफलता र अहिलेको दिशाहीन अवस्थाले नै सिद्ध गरिरहेको छ । द्वन्द्व विस्तारको अवाञ्छित कसरतले मुलुकलाई कस्तो दुर्घटनामा पार्ने हो भन्ने आशंका मात्र जन्माएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच अहिले चर्केको द्वन्द्व र उत्कर्षमुखी बनेको संघर्ष सिद्धान्तहीन गठबन्धनकै उपज हो । राष्ट्रिय सरोकार र जनजीविकाको सवालमा सरकारभित्र र बाहिरका प्रमुख दलहरू पटक्कै संवेदनशील देखिएका छैनन् । सरकार विरोधी आन्दोलनले व्यापक जनसमर्थन पाउने सम्भावना क्षीण देखिनुको कारण पनि यही हो । २०६२ मंसिर ७ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको १२ बुँदे सहमति नेपालको आन्तरिक राजनीतिक परिवर्तन र व्यवस्थापनमा वैदेशिक शक्तिको अवाञ्छित हस्तक्षेप निम्त्याउने आधारशीला बन्यो । तेसले वैचारिक विमति राख्ने राजनीतिक शक्तिहरूलाई एक सूत्रमा बाँधेको र नेपालको आन्तरिक राजनीतिक परिवर्तनमा त्यसले निर्णायक भूमिका खेलेको भनिए पनि यथार्थमा  दलहरूलाई वैदेशिक शक्तिसामु आत्मसमर्पण गराउने काम गर्यो । १२ बुँदेका हस्ताक्षरकारी दलहरूले सिद्धान्तहीन गठबन्धनको पोयो बाट्दै राजनीतिक स्वामित्व वैदेशिक शक्तिलाई हस्तान्तरण गर्ने आत्मघाती काम गरे । 

बाहिरी शक्तिको निर्देशन र अरोट–भरोटमा काम गर्ने गलत संस्कार बसेपछि संविधानसभाको प्रयोग पनि विफल भयो । संविधान शून्यताको स्थिति सिर्जना सुनियोजित षड्यन्त्रकै उपज हो । यस्तै चाल हो भने अब लामो समयसम्म निर्वाचन हुन नसक्ने र वैदेशिक शक्तिकै मार्गचित्रमा हिड्ने सिद्धान्तहीन गठबन्धनको सरकारको आयु लम्बिँदै जाने सम्भावना प्रचूर छ । एमाओवादी र मधेशवादी दलहरूबीच सैद्धान्तिक मेलको कुनै आधार छैन । त्यसैगरी विपक्षी गठबन्धनभित्र पनि सैद्धान्तिक निकटताको उत्तिकै अभाव छ । वैचारिक विचलनले प्रमुख दलहरू निरन्तर स्खलित हुँदैआएका छन् । राजनीतिक नैतिकता, त्याग र समर्पणको कुरा गर्नु नै अहिले व्यर्थ भैरहेछ । नेपालका सवै राजनीतिक दलहरू सत्तामा पुग्नका लागि सिद्धान्तहीन जस्तोसुकै गठबन्धन गर्न पनि तयार हुन्छन् भन्ने देखाएर जनताको विश्वास र आशा भंग गर्ने र अनास्थाको जग खडा गर्ने काम सुनियोजित रुपमा नै भैरहेको छ । यो खतर्नाक चाल हो । नेताहरूप्रतिको बढ्दो अनास्था र नैराश्यपूर्ण स्थितिको सिर्जनाले मुलुकलाई दुर्घटनाको बाटोतिर घचेट्न खोजिरहेको छ ।

सैद्धान्तिक निष्ठाको जगमा उभिएको राजनीतिले जनताको विश्वास सधैं आर्जित गरेको हुन्छ । नेपालका राजनीतिक दलहरूले अवलम्वित सिद्धान्तलाई नैतिक धरातलमा उभिएर जनतासमक्ष पुर्याउने कुनै कसरत गरेका छैनन् । सैद्धान्तिक निष्ठालाई एकातिर पन्छाएर तत्कालीन लाभको आशामा जे पनि गर्न र जोसङ्ग पनि गठबन्धन गर्न तयार हुने प्रवृत्तिको विकासले नेताहरूलाई विचलित गराउँदै आएको छ । २०४७ साल यताको सत्ता समिकरणको स्वरुप र चरित्रलाई हेर्दा बिभिन्न दलका नेताहरूले राजनीतिक सिद्धान्तको जुन जुन बर्का ओडे पनि एउटै चरित्र देखाएका छन् । सैद्धान्तिक विचलनको महारोगले हरेक दललाई छोएको छ । आफ्नो धरातलमा कुनै पनि दलका नेताहरू उभिएको देखिएको छैन । सैद्धान्तिक विचलन र निहित स्वार्थप्रेरित गठबन्धनको अभ्यासले सिर्जना गरेका समस्याहरूकै कारण मुलुक पुनः द्वन्द्वको नयाँ चरणमा प्रवेश गरेको छ । देश अझ कमजोर बन्दैजाने र जनताले पनि झनै दुःख भोगिरहनुपर्ने आशंका बढ्दैगएको छ । सिद्धान्तहीन गठबन्धनका विकृत उपजहरूले मुलुकको भविष्य अन्धकारमय बनाउँदै लगेका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
गुम्दो राष्ट्रिय प्रतिष्ठा (01.21.2013)
महिला हिंसा : विकृत मानसिकताको उपज (01.08.2013)
समानताको नाराभित्र कैद महिला अधिकार (01.01.2013)
अभिषाप बनेको एउटा कलंकित प्रथा (12.24.2012)
समय जति बित्दै छ, उति विमति सिर्जना हुँदैछ (12.17.2012)
प्रमाणपत्र मात्र भिराउने कि क्षमता पनि बढाउने ? (12.11.2012)
राष्ट्रियभन्दा व्यक्तिगत आकांक्षा हावी (12.03.2012)
पोशाक संहिता विद्यालयलाई मात्र ? (11.28.2012)
बढ्दो भोकमरीसंगै हतियार व्यापारको वृद्धि (11.20.2012)
शैक्षिक क्षेत्रमा राजनीतिकरणको मार (11.13.2012)
नेपाली कांग्रेस र पुनःस्थापनाको मुद्दा (11.06.2012)
राष्ट्रिय सोचको अभाव नै अहिलेको अबरोध (10.30.2012)
मुलुक असफल राष्ट्र बन्ने चिन्ता (10.15.2012)
राष्ट्रिय स्वाधीनता र नेताहरूको चरित्र (10.01.2012)
जनस्वास्थ्यमा अनुदार सरकारी कदम (09.24.2012)
प्रहरी संगठन : राजनीतिकरणको शिकार (09.18.2012)
विकल्प नभए सहमति किन भएन (09.10.2012)
खडेरी परेको राजनीतिक नैतिकता (09.03.2012)
भ्रष्टाचारीलाई राजनीतिक संरक्षण (08.27.2012)
सहमतिको नारा अलाग्दै द्वन्द्वको सिर्जना (08.20.2012)



 
::| Latest News

 
[Page Top]