युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 08:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सहमतिको रटानमा स्वार्थको दुर्गन्ध
Monday, 06.20.2011, 04:04pm (GMT+5.5)

अहिले मुलुकमा गणतन्त्र तर गणतन्त्रले संस्थागत रुप लिनै पाएको छैन यसमा अनेक समस्या सिर्जित छन् यो गणतन्त्रको गर्भाधान जसरी भयो त्यो नै समस्याको कारक हो भन्ने धेरैको दृष्टिकोण अहिले पनि जसरी, जुन रुपमा हतारमा गणतन्त्र घोषणा गरियो त्यो नै गलत थियो भन्ने मान्यता राख्ने बुद्धिजीवीहरू अहिले पनि छन् दिल्लीको १२ बुँदे सम्झौतालाई अप्राकृतिक मिलन भन्नेहरू अहिले पनि आफ्ना दृष्टिकोणमा अडिग छन् यदि त्यो प्राकृतिक मिलन हुन्थ्यो भने मुलुकले एक वर्ष पहिले नै संविधान पाइसक्थ्यो शान्ति प्रक्रिया निष्कर्षमा पुगिसक्थ्यो- लाज घीन पचाएर पटकपटक संविधानसभाको म्याद थप्नुपर्ने थिएन सहमतिको नाममा आफ्नो पल्ला भारी गराउने दाउपेच चलिरहेकै सहमतिको नाममा विमति बढाउनेहरू जनतालाई कतिसम्म उल्लु बनाउँछन् भने- ‘दलहरू सहमतिमा आउने हो भने महिलालाई पुरुष पुरुषलाई महिला पनि घोषणा गर्न सकिन्छ्भन्नेसम्मका तर्क गर्ने गरेका छन् आफूलाई सर्वशक्तिमान ठान्ने शीर्ष दलका नेताहरूलेसहमतिको जति प्रलाप गरे पनि भ्यागुताको धार्नी नपुगेजस्तै सहमति हुन सकिरहेको छैन कागजमा बुँदामाथि बुँदा थप्दै सहमतिको सहीछाप गरे पनि त्यसको कार्यान्वयनको अपेक्षा मृगतृष्णा बनिसकेको

राष्ट्रिय सहमतिका लागि नेताहरू इमान्दार नहुँदा मुलुकले अरु कति दुर्भाग्य भोग्नुपर्ने हो यसै भन्न सकिन्न अरुले मिलाइदिए मिल्ने, फुटाइदिए फुट्ने अरुकै उपयोगमा आउनका लागि दलहरूभित्र गुटबन्दी सिर्जना गर्ने काम पनि जारी नै एउटै दलभित्रका नेताहरू तीनतिर फर्केर बसेका छन् भने भिन्न सिद्धान्त चरित्र वरण गरेका भिन्न दलहरूबीच सहमतिको अपेक्षा गर्नु मुर्खता सिवाय केही होइन अहिलेको गतिविधिले देखाएको तीतो यथार्थता यही हो तैपनि आशा गर्नुको विकल्प छैन जनता सर्प, विच्छी भ्यागुताबीच कहिले सहमति होला भन्ने प्रतिक्षामा छन् तर आश गर्नु- भर नपर्नु भन्ने लोकोक्ति चरितार्थ गर्ने नेताहरूसंग कुनै आफ्नै दृढ आत्मबल, चरित्रबल तथा जनबल छैन जनताको भावनाको कदर हुन सकेको छैन अरुकै उक्साहट अरुकै स्वार्थमा प्रयोग हुने नेताहरूको चरित्रले मुलुकले कल्पनै नगरेको समस्याहरूको भारी बोक्नु परिरहेको

"फोहर पानीद्वारा फोहर जत्ति गर हुन्न सफा

काम्य कर्मले कर्मवासना जत्ति गरे पनि हुन्न सफा"

यो अध्यात्मवादीहरूको चिन्तन हो अहिले कोरा भौतिकवादीको प्रचलित शब्दमा गणतन्त्रवादी बनेका तीन दल, माओवादी, नेपाली कांग्रेस एमाले आफ्ना कर्मवासनाका डुङडुङ्ती गनाउने थाङ्ना ओढेर तीन दल सहमतिमा पुग्नैपर्ने भएको सहमति कार्यान्वयन गर्नैपर्ने रट लगाइरहेका छन् सहमतिको कागजमा हस्ताक्षर गर्ने तर त्यही सहमति अनुसार अघि बढ्न भने नसक्ने- यो विगतदेखिकै प्रवृत्ति हो २०६८, जेठ १४ गते राति गरिएको पाँच बुँदे सहमति पनि त्यस्तै हुन पुगेको सहमतिको -आफ्नै ढङ्गले व्याख्या भैरहेको २०६२ सालको मंसिरमा भारतको नयाँ दिल्लीमा सम्पन्न १२ बुँदे सम्झौतादेखि २०६८ जेठ १४ गतेको बुँदे सम्झौतासम्म आइपुग्दा प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस एमालेबीच दर्जनौं सहमति वा सम्झौता भए यसबीचमा सरकारसंग अरु दर्जनौं समूह, गुट, संगठन राजनीतिक दलले सम्झौता गरे सम्झौताको थुप्रो जसरी चुलिंदै गयो त्यसको कार्यान्वयन नगर्ने प्रवृत्ति पनि चुलिंदै गयो

झण्डै आधा दशक पहिले भारतीय नेताहरूको मध्यस्थता उनीहरूकै एजेण्डामा १२ बुँदे समझदारी भयो त्यो अप्राकृतिक सहमति कसरी भयो ? सर्प, बिच्छी भ्यागुतोलाई कुन तत्वले मिलायो ? कुन रसायन त्यहाँ प्रयोग भएर त्यसपछि शान्ति सम्झौता लगायत यहाँसम्मका गतिविधि भए ? संविधानसभाको निर्वाचनपछि के कस्ता षड्यन्त्रहरू भए संविधानसभालाई असफल पार्ने मुलुकलाई गृहयुद्धको दलदलमा भास्न के कस्ता खेलहरू भए ? यी सबैको विवेचना गर्दा राष्ट्रिय सहमतिको नाममा अरुको स्वार्थ पूर्ति गराउने सहमति हुने त्यस्तै एजेण्डामा मात्र एकजुट हुने गलत प्रवृत्ति बारम्बार पुनरावृत्ति भैरहेको

सहमतिमै अगाडि बढ्ने जनभावनाको कदर गर्ने सोच संस्कार नेताहरूमा हुन्थ्यो भने जनआन्दोलन-२०६२।०६३ ले उच्चारणै नगरेको धर्म निरपेक्षको घोषणा किन हुन्थ्यो ? राष्ट्रिय एकता भत्काएर मुलुक कमजोर पार्ने संघीयताको निर्णय अनायासै किन हुन्थ्यो अहिले त्यही विषय सबैका लागि गलपासो बनेको आत्मनिर्णयको अधिकार, जातीय राज्य, अधिकारका नाममा विभेद निषेध गर्ने प्रवृत्ति मुलुकभित्रबाट उठेको नभै सात समुद्र पारीदेखि आएका हुन् हाम्रा नेताहरूले यिनै राष्ट्रलाई घात गर्ने विषयहरूमा सहमति जुटाए तर राष्ट्रिय हितका लागि सहमति भने जुटाउन सकेनन् अरुको निर्देशन आउँदा सर्प, विच्छी भ्यागुतो एकै थलोमा बस्यो जब निर्देशकको इशारा सकियो सबै -आफ्नै प्रवृत्ति स्वाभाव प्रदर्शनमा लागे १२ बुँदेखि बुँदेसम्म आइपुग्दा यस्तै देखियो नेताहरूले फोहर सफा गर्न फोहर पानीकै प्रयोग गरे फोहरले फोहोर सफा हुन्न भन्ने सामान्य ज्ञान समेत उनीहरूमा देखिएन



Rating (Votes: )   
Share     Print


Other Articles:
तापक्रम बढ्दै : संकटमोचनको उपाय छैन (06.07.2011)
हिन्दुहरुको समाधिस्थले चाहिं कसरी सम्पदा जोगिन्छ ? (05.30.2011)
‘आणविक अस्त्र’ : त्राससंगै उत्पादको होडबाजी (05.24.2011)



 
::| Latest News

 
[Page Top]