युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:42pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
जनताले सम्झिरहने मदन भण्डारी
Tuesday, 05.21.2013, 07:56am (GMT+5.5)

नेपाली क्रान्तिको अलग धारको प्रतिनिधित्व गरेर जनताको हृदयमा बस्न सफल दुई वामपन्थी राजनीतिज्ञ स्व. मदन कुमार भण्डारी र जीवराज आश्रितको बीसौं स्मृति दिवस जेठ ३ गते मनाइयो । २०५० जेठ ३ गतेका दिन चितवनको दासढुंगामा सवारी दुर्घटनामा परी उहाँहरूको निधन भएको थियो । २०४६ सालको परिवर्तनपछि एकाएक जनताको हृदयमा बस्न सफल नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारीको राजनीतिक चेत, राष्ट्रियताप्रतिको लगाव र मुलुकको सान्दर्भिकतासंग राजनीतिक तथा वैचारिक धारणालाई बदल्नसक्ने अद्भूत खुबीका कारण उहाँ जननेताको रुपमा स्थापित हुनुभयो । खुला राजनीतिमा आएको चार वर्षमै उहाँको देहावसानले राष्ट्रिय राजनीतिलाई अहिले पनि उहाँको अभावको झल्को दिइरहेको छ ।

नेपाली वामपन्थी आन्दोलनलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका मदन भण्डारी र पार्टीको संगठन विस्तारमा अचम्मैको कौशल देखाउनु हुने नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको योगदानको व्याज एमालेले अहिलेसम्म पनि खाइरहेको छ । मदनको राजनीतिक दृष्टिकाण र आश्रितको संगठनकला यतिबेला धुमिल छ । एमालेको स्पष्ट दृष्टिकोण नै छैन भन्ने आरोप लागिरहेको छ भने संगठनमा गुटबन्दी तीब्र छ । समय सान्दर्भिक दृष्टिकोण, विरोधी मत राख्नेलाई सम्मान र राष्ट्रियतासंग कुनै किसिमको सम्झौता नगर्ने दृढ निश्चियी मदन भण्डारीको अभाव मुलुकको राजनीतिमा यतिबेला प्रष्टसंग खड्किएको छ । यस्तोमा पार्टी जीवनका अपरिहार्य दुई पक्षका कुशल नेतृत्वको सम्मान र सम्झना अपरिहार्य छ ।

मुलुकमा सैद्धान्तिक प्रतिस्पर्धा नभै व्यक्तिगत स्वार्थको होडवाजी छ । एउटै दलभित्र पनि मतभेद छ । कसले कसलाई सिध्याउने वा कसले कसको तेजोबध गर्ने भन्ने गलत अभ्यासले निरन्तरता पाइरहेको छ । यस्तोमा मदन भण्डारीले देखाएको बाटोको सबैले प्रशंसा त गर्छन् तर त्यसलाई व्यवहारमा उतार्ने प्रयास कोहीबाट पनि भएको छैन । अरु त अरु स्वयं भण्डारीले उचाइमा पुर्याउनुभएको नेकपा एमाले समेत अहिले सो मार्गबाट विमुख छ ।

प्रजातान्त्रिक समाजवाददेखि लिएर माक्र्सवाद, लेनिनवाद, माओवादी जस्ता सिद्धान्तको स्वस्थानी पाठ गरेर नथाक्ने नेपालका नेताहरूले मुलुक सुहाउँदो राजनीतिक सिद्धान्त के हुनसक्छ भन्ने परिकल्पना नै गरेका छैनन् । त्यसैले मुलुक राजनीतिक रुपमा सधैं अस्थिर छ । विभिन्न वाद, सिद्धान्त र विचारको द्वन्द्व चलिरहेको छ । यस्तोमा राष्ट्रिय राजनीतिलाई सही दिशामा डोर्याउने माध्यम के हो भन्ने अहिले पनि खोजीकै विषय छ । राजनीतिलाई आफ्नो अनुकूल व्याख्या गरी सोही अनुसार परिमार्जन गरेर त्यस्तै दृष्टिकोण बनाउनुपर्छ भन्ने मदन भण्डारीले उतिबेलै नेपालमा जनताको बहुदलीय जनवादको मूल बाटो देखाइदिएर एमालेको राजनीतिलाई स्पष्ट मार्गनिर्देश गर्नुभएको थियो । नेकपा एमाले अहिले जनताको बहुदलीय जनवाद त भन्छ तर त्यो दर्शन व्यवहारमा कहिल्यै लागू हुन सकेन ।

नेपालको राजनीतिमा जन्मने थोरै राजनेताहरूको श्रेणीमा मदन भण्डारी पनि पर्नेमा कसैको विमति छैन । उहाँको तर्क, जनतालाई आकर्षित गर्नसक्ने क्षमता, राष्ट्रियताप्रतिको सचेतता, जनताको आर्थिक, सामाजिक विकासका लागि अवलम्बन गर्नुपर्ने सुस्पष्ट मार्ग अहिले पनि स्मरणीय छ । मुलुकको भाग्य र भविष्यको निर्धारण नेपाली जनताले नै गर्ने हो भन्ने स्पष्ट दृष्टिकोण मदन भण्डारीको थियो । अहिले नेपालको राजनीति विदेशीको हातमा पुगेको छ । निर्णायक शक्ति नेपाली जनता नभै विदेशी भैरहेका छन् । यस्तोमा भारत निर्वासनमा रहँदादेखि नै नेपाली राष्ट्रियताका पक्षमा दह्रो अडान राखेर आफूलाई सोही मार्गमा समर्पित गर्नुहुने मदन भण्डारीको अभाव नेपाली राजनीतिको एउटा कटुसत्य हो ।

मदन भण्डारी एमालेका मात्र नेता नभै सिंगो नेपालको नेता हुन् भन्नेमा कसैको विमति छैन । यति मात्र होइन विश्वमा कम्युनिष्ट राजनीति ढल्दै गैरहेका बेला नेपालमा हसियाँ हथौडा अंकित झण्डा फहराउने श्रेय मदन भण्डारीलाई नै जान्छ । २०४८ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजधानीको दुई ठाउँमा पराजित गरेर भण्डारीले आफ्नो हैसियत स्थापित मात्र गर्नुभएन अमेरिकाको प्रसिद्ध म्यागजिन ‘न्यूजवीक’ले आवरण पृष्ठमा भण्डारीको फोटो छापेर ‘नेपालमा कार्ल माक्र्सको जन्म’ भनेर रिपोर्टिङ गरेको सन्दर्भले नै मदन भण्डारीको राजनीतिक उचाइलाई प्रस्ट्याउँछ ।

आज आफूलाई क्रान्तिकारी भन्ने र समाजवादी तथा प्रजातन्त्रवादी भन्नेहरूको तुलनामा मदन भण्डारी नेपालवादी भएर जन्मनु भयो र विश्व कम्युनिष्ट राजनीतिलाई नयाँ धारबाट अगाडि लैजानुपर्छ भन्ने दृष्टिकोण सार्वजनिक गर्नुभयो । त्यसैको प्रतिफल हो ‘जनताको बहुदलीय जनवाद’ । जनता प्रजातान्त्रिक पद्धतिबाट संसदबाटै जनवाद स्थापना गर्न सकिन्छ भन्ने मान्यताका साथ भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवाद नेपालमा मात्र हैन विश्वभर नै चर्चाको विषय बन्यो । यस्ता दूरदृष्टि र समयसापेक्ष राजनीति गर्ने नेताको अल्पायुकै अवशानले नेपाली राजनीतिले मेरुदण्ड नै गुमाएको अवस्था छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बन्द फिर्ता : जनतालाई दुःख नदिने निर्णय ! (05.14.2013)
दिल्लीमा प्रचण्डको प्रशंसै प्रशंसा ! (05.07.2013)
प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्र (04.29.2013)
सहमतिको प्रयास नहुनु अशुभ संकेत (04.22.2013)
कांग्रेसको त्रिवेणी भेलाको निहितार्थ (04.16.2013)
राष्ट्रिय आकांक्षा ओझेलमा (04.09.2013)
समयमै सचेत हुनु बुद्धिमानी (04.01.2013)
किन हुन्छन् विवादास्पद निर्णय ? (03.25.2013)
नेताहरू मुलुक असफल बनाउन सफल (03.18.2013)
समतामूलक सामाजिक संरचनाको आवश्यकता (03.11.2013)
विकृतिको जड नै शक्तिशाली (03.04.2013)
प्रजातन्त्र दिवस : सन्दर्भभित्रका कुरा (02.27.2013)
एकीकरण ताकाको राज्य सहकारी खडा गरौं - खगेन्द्रराज सिटौला (02.11.2013)
सिद्धान्तविहीन परनिर्देशित राजनीतिको परिणाम (02.04.2013)
सिद्धान्तहीन गठबन्धनका विकृत उपजहरू (01.28.2013)
गुम्दो राष्ट्रिय प्रतिष्ठा (01.21.2013)
महिला हिंसा : विकृत मानसिकताको उपज (01.08.2013)
समानताको नाराभित्र कैद महिला अधिकार (01.01.2013)
अभिषाप बनेको एउटा कलंकित प्रथा (12.24.2012)
समय जति बित्दै छ, उति विमति सिर्जना हुँदैछ (12.17.2012)



 
::| Latest News

 
[Page Top]