युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
मानवीय सम्वेदनशीलता हराउँदै
Wednesday, 06.12.2013, 12:18pm (GMT+5.5)

असहाय, दीन–दुःखीलाई सेवा गर्नु परम धर्म हो भन्ने नेपाली परम्परा विस्तारै हराउँदै गएको छ । असशक्त, रोगी, शारीरिक कमजोरी भएका, वृद्ध–वृद्धा र महिलाहरूलाई सहयोग गर्ने परम्परा पनि अब हराउँदै गएको छ । वृद्धवृद्धाको सेवाको नाममा पशुपति वृद्धाश्रममा गएर वर्षको एकदिन मिठाई, कपडा र कम्बल बाँड्ने काम हुने गरेको छ । उता दैनिक जीवनमा त्यस्ता व्यक्तिहरूलाई उपलब्ध गराइएको सुविधा समेत बलिया बांगाले नै हडप्ने गरेका छन् । नेपाली समाजमा मानवीय सम्वेदनशीला हराउँदै गएको स्पष्टै देखिएको छ । यसको सामान्य उदाहरणका रुपमा सार्वजनिक यातायातमा वृद्ध–वृद्धा, महिला तथा शारीरिक कमजोरी भएकाहरूलाई आरक्षण गरिएको सिटमा भूसतिघ्रेहरू ढसमस्स बस्ने गरेका दृश्य नै काफी छन् । काखीमा वैशाखी टेकाएर एउटा अशक्त उभिएको बसमा हुन्छ तर उनीसंगै उनकै नाममा आरक्षण गरिएको सिटमा एउटा बलियो मान्छे बसिरहेको हुन्छ । उसले आरक्षित सिट सम्बन्धितलाई छोड्नुपर्छ भन्ने सामान्य चेतना समेत राखेको पाइँदैन ।

यतिबेला अधिकारकर्मीले ट्राफिक प्रहरीको सहयोगमा राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा तोकिएको संख्यामा आरक्षित सिटको व्यवस्था गरिएको छ कि छैन र त्यस्ता सिट सम्बन्धितहरूले उपयोग गर्न पाएका छन् कि छैनन् भन्दै अनुगमन सुरु गरेको छ । योभन्दा लाजमर्दो अवस्था अर्को के होला ? एउटा अशक्तको स्थानमा सक्षम व्यक्ति बसेर आरामको यात्रा गर्ने तर अशक्त भने निकै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । त्यहाँ कसैले बोल्दैनन् । ‘महिलाका लागि मात्र’ भनेर लेखिएको सिटमा पुरुष बसिरहेका हुन्छन् । एउटी महिला काखे बालक च्यापेर सकिनसकी उभिनु परेको हुन्छ । यस्तोमा महिला सिटमा बस्नेले मात्र होइन अन्यत्र बस्नेले पनि ठाउँ छाडिदिने गरेको दृश्य केही अघिसम्म देखिन्थ्यो तर अहिले त महिला आरक्षित सिटमा बस्नेले नै त्यसो गरेको देखिंदैन । उनीहरूको उल्टै डाँको ठूलो हुन्छ ‘के को महिला, अब त महिला पुरुष सबै बराबर’ भन्दै वाहियात तर्क गर्नेहरू पनि सार्वजनिक बसमा भेटिन्छन् । शारीरिक अपांगता भएका व्यक्तिको हकमा पनि त्यस्तै हुन्छ । एउटा सवलाङ्ग व्यक्ति ‘अपाङ्गका लागि’ भनेर छुट्याइएको सिटमा बसेर चुइँगम चपाउँदै नदेखेझैं झ्यालपट्टि आँखा चिम्लिएर फर्किएको हुन्छ ।

यो सब मानव हृदयमा दानवी संस्कारको विकास हुँदै गएको संकेत हो । बालबालिका, वृद्धवृद्धा, शारीरिक अशक्तता भएकाहरूको सेवा गर्नु ठूलो धर्म हो भन्ने मान्यताका विपरीत अहिले जसले जति सक्छ हडपे हुन्छ भन्नेखालको गलत मान्यता र परम्पराको विकास हुन थालेको छ । यसो हुनुको कारण के हो ? समाजशास्त्रीय दृष्टिले भन्दा यसलाई मानवमा विकसित हुँदैगएको व्यक्तिवादी प्रवृत्ति हो तर व्यक्तिवादी प्रवृत्तिसंगै उसमा मानवीय सम्वेदनशीलता पनि मर्दैजान्छ भन्ने पक्कै होइन तर नेपाली समाजमा त्यस्तै प्रवृत्ति विकसित छ ।

आजको शिक्षित, जागरुक, चेतनशील र राजनीतिक रुपमा परिपक्व भनिएकाहरूको यस्तो चरित्रले नेपाली समाजलाई कता हुत्याउँदैछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । आफ्नो स्वार्थका लागि अरुको अधिकार खेस्नैपर्छ भन्ने मान्यता राजनीतिले स्थापित गरिदिएको छ । मुलुकको राजनीतिमा आएको भाँडभैलोको परिणाम समाजका हरेक तह र तप्कामा पुगेको छ । यसैको परिणाम हो दिन प्रतिदिन शिक्षित र सभ्य हुँदै गएको भनिएको पुस्तालाई नैतिकता सिकाउन डण्डा चलाउनु परेको छ । गाउँघरका अनपढ्ले बरु असहायलाई सहयोग गर्न तम्सिन्छन् तर पढेलेखेका शहरीयाहरूमा त्यो चेतना छैन । 

कुरा सुन्दैमा पनि लाजमर्दो– महिला आरक्षित सिटमा पुरुष बसेको छ कि छैन, वृद्ध–वृद्धाको सिटमा युवा बसेको छ कि छैन, शारीरिक रुपमा अशक्तको सिटमा सवलाङ्ग बसेको छ कि छैन भनेर निरीक्षण गर्नुपर्ने । त्यस्तै यातायात व्यवसायीहरूले पनि तोकेको संख्यामा त्यस्तो सिट राखेको छ कि छैन भनेर पनि अनुगमन गर्नुपर्ने अवस्था आयो । यो भनेको नेपाली शिक्षा, संस्कार र ज्ञानमाथिकै उपहास हो । सामान्य किसिमले सबैले आआफ्नो जिम्मेवारी निर्वाह गर्ने हो भने मुलुक सपार्न धेरै समय लाग्दैन तर यहाँ सबै आफ्नै मात्र स्वार्थप्रर्तिको दौडमा रहने हुँदा अनेक किसिमका समस्याहरूको जन्म भैरहेको छ ।

व्यवसायीहरूलाई पैसा कमाउनुपर्ने त्यसकारण उनीहरू असहायमैत्री हुने गरी यातायात साधन चलाउन तयार छैनन्, सक्षमहरूलाई अरुको भन्दा बढी सुविधा चाहिने त्यसैले उनीहरू आरक्षित सिटमा पनि अधिकार जमाउँछन् अनि अधिकारवादीहरू चिच्याउँदै अधिकार खोसियो भन्छन् । केही दिन ट्राफिक प्रहरीको सहयोगमा अनुगमन ग¥यो, त्यसपछि जिम्मेवारी सकियो । उस्तै परे महिलाको सिटमा पुरुष बस्न पाउनुपर्छ भन्दै आन्दोलन नहोला भन्न सकिन्न । आरक्षित सिट नराख्नका लागि पनि हड्ताल नहोला भन्न सकिन्न । यस्तो अवस्थाको सिर्जनाले गर्दा मुलुकमा मानवता हराउँदै गएको स्पष्टै देखिन्छ ।

यो त सामान्य उदाहरण मात्र हो । शहरको बीचमा दिनदहाडै लुटपाट हुँदा हट्टा–कट्टाहरू मौन रहन्छन् । त्यसको प्रतिकार गर्ने हिम्मत नभएर हो वा चासो नभएर हो पीडितलाई सहयोग गर्ने चाहना कसैमा हुँदैन । घरमा कुनै भवितव्य परे छरछिमेकबाट गुहार पाउन छाडिएको अवस्था छ । यसरी सहिष्णु, भाइचारा र आपसी मेलमिलाप तथा सद्भावका साथ बसेको नेपाली समाज यतिबेला विकृत हुँदै गैरहेको छ । पश्चिमीकरणको दुष्चक्रले नेपाली मौलिकता हराउँदै गएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
शिर उठाउने मौका खेर नफाल (06.05.2013)
वर्षा सुरु भएपछि कस्तो होला काठमाडौको हालत ? (05.28.2013)
जनताले सम्झिरहने मदन भण्डारी (05.21.2013)
बन्द फिर्ता : जनतालाई दुःख नदिने निर्णय ! (05.14.2013)
दिल्लीमा प्रचण्डको प्रशंसै प्रशंसा ! (05.07.2013)
प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्र (04.29.2013)
सहमतिको प्रयास नहुनु अशुभ संकेत (04.22.2013)
कांग्रेसको त्रिवेणी भेलाको निहितार्थ (04.16.2013)
राष्ट्रिय आकांक्षा ओझेलमा (04.09.2013)
समयमै सचेत हुनु बुद्धिमानी (04.01.2013)
किन हुन्छन् विवादास्पद निर्णय ? (03.25.2013)
नेताहरू मुलुक असफल बनाउन सफल (03.18.2013)
समतामूलक सामाजिक संरचनाको आवश्यकता (03.11.2013)
विकृतिको जड नै शक्तिशाली (03.04.2013)
प्रजातन्त्र दिवस : सन्दर्भभित्रका कुरा (02.27.2013)
एकीकरण ताकाको राज्य सहकारी खडा गरौं - खगेन्द्रराज सिटौला (02.11.2013)
सिद्धान्तविहीन परनिर्देशित राजनीतिको परिणाम (02.04.2013)
सिद्धान्तहीन गठबन्धनका विकृत उपजहरू (01.28.2013)
गुम्दो राष्ट्रिय प्रतिष्ठा (01.21.2013)
महिला हिंसा : विकृत मानसिकताको उपज (01.08.2013)



 
::| Latest News

 
[Page Top]