युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 10:17am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
यत्रोविधि विद्यार्थी अनुत्तीर्ण हुनुको कारण के हो ?
Tuesday, 06.18.2013, 02:49pm (GMT+5.5)

विगत दश वर्षको अवधिमा यस वर्ष प्रवेशिका परीक्षाको नतिजा अन्यत्न नाजुक हुन पुग्यो । यस वर्ष परीक्षा दिएका कूल विद्यार्थीमध्ये ४१.५७ प्रतिशत मात्र उत्तीर्ण हुन सफल भए । उत्तीर्ण प्रतिशतको यो कमीलाई लिएर शिक्षा विभागका महानिर्देशकले आफूहरूको जिम्मेवारी भएको र शिक्षा पद्धतिको नभई सिकाउने शैलीमा भएको कमीका कारण अनुत्तीर्ण धेरै भएको पनि बताए । विद्यालय शिक्षाबाट उच्च शिक्षातर्फ लम्कने फलामे ढोका मानिएको प्रवेशिका परीक्षाको नतिजा यसरी खस्कनुले अनेक प्रश्न उठाएको छ । सरकारले शिक्षाका लागि वार्षिक झण्डै एक खर्बको हाराहारीमा लगानी गरेको भए पनि त्यसको प्रतिफल लगानीको अनुपातमा न्यून देखिएको छ । अघिल्लो वर्षदेखि घट्दै गएको अनुत्तीर्णको संख्याले शैक्षिक पद्धति र परीक्षा प्रणालीमाथि निकै प्रश्न उठेको भए पनि यस वर्ष त्यसमा झन् चर्को आवाज थपिएको छ । २०६८ सालको एसएलसीमा आधाभन्दा बढी अर्थात् ५२.८४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

यस वर्ष कुल ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थीले परीक्षा दिएका थिए । यसमध्ये ४ लाख ३० हजार ९६ नियमिततर्फ र १ लाख १७ हजार ६८ एक्जाम्टेड तर्फका थिए । मुलुक राजनीतिक रुपमा रुपान्तरणका क्रममा रहेको भनिए पनि शैक्षिक रुपान्तरण हुन सकेको छैन । २०२९ सालको ऐनकै भरमा शैक्षिक गतिविधि चलिरहेका कारण समयसापेक्ष शिक्षा पद्धतिको विकास गर्नु अपरिहार्य देखिए पनि यस दिशातिर भाषण बाहेक केही पनि हुने गरेको छैन । एसएलसीको नतिजालाई हेर्ने हो भने प्रत्येक वर्ष उत्तीर्ण दर घटिरहेको छ । दुई वर्षयता करिब आठ प्रतिशतभन्दा बढीले उत्तीर्ण दर घटिरहेको छ । यतिधेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनु शैक्षिक पद्धति र परीक्षा प्रणालीको मात्र दोष हो कि यसका कारक अरु पनि छन् भन्ने अहिले गम्भीर बहसको विषय बनिरहेको छ । शिक्षामा राजनीतिकरण पनि शैक्षिक गुणस्तर घट्नुको कारण हो भन्नेहरू पनि धेरै छन् । नतिजालाई आधार मानेर हेर्दा निजी शैक्षिक संस्थाको तुलनामा सामुदायिक विद्यालयहरूको अवस्था नाजुक छ । तर केही वर्षयता सामुदायिक विद्यालयहरूले नतिजामा केही सुधार गर्दैगएको पनि देखिन्छ । यस वर्ष त कतिपय निजी विद्यालयहरूको नतिजा पनि शून्य हुन पुगेको छ । 

राजधानी बाहिरका मात्र होइन राजधानीकै केही निजी विद्यालयहरूको नतिजा नाजुक छ । यसले नेपालको शैक्षिक उन्नतिका लागि निजी क्षेत्रले प्रशस्तै सहयोगगरिरहेको छ भन्ने विद्यालय संचालकहरूको दावीमाथि पनि प्रश्न उठाएको छ । उत्तीर्ण हुने विद्यार्थीको संख्इा घट्दै जानुको एउटै कारण भनेको शिक्षक र विद्यालय व्यवस्थापकहरूको लापरवाही नै हो । शिक्षकहरू विद्यार्थीलाई शिक्षा प्रदान गर्नेभन्दा राजनीतिक दलका कार्यकर्ता बनेर आन्दोलन र हड्तालमा उत्रने गरेका कारण समस्यामाथि समस्या थपिएको छ । कुनै राजनीतिक दलको शरण नपरिकन जागीरमा समेत टिक्न नसकिने विद्यमान अवस्थाले गर्दा विद्यालय शिक्षामा सरकारले गरेको लगानी बालुवामा पानी खन्याए सरह भएको छ ।

सरकारले शिक्षाका लागि खर्च गर्ने रकममध्ये ८५ प्रतिशत विद्यालय शिक्षामा खर्च हुन्छ । विद्यालय शिक्षामा खर्च हुने त्यो रकम विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्नका लागिभन्दा पनि शिक्षकको तलबभत्ता, मसलन्द आदिमा खर्च हुन्छ । ग्रामीण क्षेत्रका विद्यालयहरूमा विज्ञान, अंग्रेजी, गणित जस्ता विषयको शिक्षक नै उपलब्ध हुन मुस्किल पर्छ । सरकारी काम कहिले जाला घाम भन्ने प्रवृत्तिले पनि अर्कोतिर काम गरिरहेको छ । विद्यालयका शिक्षकहरूले जागीर खाएर जहान छोराछोरी पालेको मात्र नठानेर मुलुकका लागि कर्मठ नागरिक तयार गर्ने अभियानमा पनि सरिक भैरहेको छु भन्ने सोच राख्न नसकेकै कारण विद्यालय शिक्षाको यो हविगत भएको हो । 

नेपालको शैक्षिक क्षेत्रमा निजी क्षेत्रको प्रभाव दु्रतगतिमा बढ्दै गएको छ । विद्यालय शिक्षामा मात्र होइन उच्च शिक्षामा पनि सरकारी लगानीको ठूलो अंश ओगटेका त्रि.वि.मातहतका आंगिक क्याम्पसहरू सुक्दै गएका छन् भने निजी क्षेत्रका कलेजहरू मौलाउँदै गएका छन् । शिक्षा क्षेत्रले नै वर्ग विभेदको अवस्था खडा गरेको छ । सामाजिक न्याय र समान अवसरको राजनीतिक नारावाजीलाई शैक्षिक क्षेत्रले नै खिल्ली उडाएको छ । शैक्षिक व्यवस्थापन र नतिजाको कुरा गर्ने हो भने एसएलसीको भन्दा पनि गएगुज्रेको हालत त्रि.वि. र अरु विविको छ । त्रिविको कुनै पनि तहको नतिजा ज्यादै न्यून प्रतिशतको छ । राजनीतिक नियुक्तिका पदाधिकारीहरू यसमा कुनै चासो राख्दैनन् । समय र आर्थिक लगानीको बरवादीबारे कसैको चासो छैन । राजनीतिक दाउपेच, हस्तक्षेप र बितण्डावादले देशको शैक्षिक वातावरणलाई दुषित मात्र पारेको नभै प्रतिकूल परिणामदायी दिशातिर धकेलिरहेको छ । वास्तवमा यो राष्ट्रिय चिन्ताकै विषय हो ।

एसएलसीमा अनुत्तीर्णको कारण खोतल्नु आवश्यक भैसकेको छ । कुन विषय लागेर कुन स्कूलका, कुन सामाजिक परिवेशका विद्यार्थी बढी अनुत्तीर्ण भए भनेर गहन विश्लेषण गरी प्रणाली सुधार्नेतर्फ कदम नचाल्ने हो भने सरकारी लगानी यसै गरी खेर गैरहनेछ । अर्कोतिर शिक्षकहरूलाई कुनै पनि राजनीतिक दलको भातृ संगठनका रुपमा संगठन खोल्न नदिने, कक्षामा नियमित उपस्थित हुन अनिवार्य गर्ने, उनीहरूका छोराछोरीलाई आफूले पढाउने विद्यालयमै पढाउनुपर्ने अनिवार्य व्यवस्था गर्ने हो भने पनि एसएलसी नतिजाले फड्को मार्ने छ । यससंगै मुलुकको शैक्षिक गुणस्तरमा पनि सुधार हुनेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मानवीय सम्वेदनशीलता हराउँदै (06.12.2013)
शिर उठाउने मौका खेर नफाल (06.05.2013)
वर्षा सुरु भएपछि कस्तो होला काठमाडौको हालत ? (05.28.2013)
जनताले सम्झिरहने मदन भण्डारी (05.21.2013)
बन्द फिर्ता : जनतालाई दुःख नदिने निर्णय ! (05.14.2013)
दिल्लीमा प्रचण्डको प्रशंसै प्रशंसा ! (05.07.2013)
प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्र (04.29.2013)
सहमतिको प्रयास नहुनु अशुभ संकेत (04.22.2013)
कांग्रेसको त्रिवेणी भेलाको निहितार्थ (04.16.2013)
राष्ट्रिय आकांक्षा ओझेलमा (04.09.2013)
समयमै सचेत हुनु बुद्धिमानी (04.01.2013)
किन हुन्छन् विवादास्पद निर्णय ? (03.25.2013)
नेताहरू मुलुक असफल बनाउन सफल (03.18.2013)
समतामूलक सामाजिक संरचनाको आवश्यकता (03.11.2013)
विकृतिको जड नै शक्तिशाली (03.04.2013)
प्रजातन्त्र दिवस : सन्दर्भभित्रका कुरा (02.27.2013)
एकीकरण ताकाको राज्य सहकारी खडा गरौं - खगेन्द्रराज सिटौला (02.11.2013)
सिद्धान्तविहीन परनिर्देशित राजनीतिको परिणाम (02.04.2013)
सिद्धान्तहीन गठबन्धनका विकृत उपजहरू (01.28.2013)
गुम्दो राष्ट्रिय प्रतिष्ठा (01.21.2013)



 
::| Latest News

 
[Page Top]