युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 12:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
लेण्डुप दोर्जे बन्ने कि मदन भण्डारी र भीमदत्त !
Tuesday, 08.06.2013, 08:02am (GMT+5.5)

काठमाडौं । मुलुकको राष्ट्रिय स्वाधीनता चरम संकटमा परेको आम चिन्ताको विषय भए पनि राष्ट्रिय राजनीतिमा आफूलाई सर्वेसर्वा बनाउनेहरुले यसतिर पटक्कै चासो दिएका छैनन् । उल्टै राष्ट्रवादी सोच राख्नेहरुको दोहोलो काढ्ने गरिएको छ । राष्ट्रियताको पक्षमा अडान राख्ने भीमसेन थापा, जनताको अधिकारका लागि संघर्ष गर्ने भीमदत्त पन्त नेपाली माटोका सपुत हुन् । यी दुईलाई अनेक षड्यन्त्र गरेर हत्या गरियो । राष्ट्रियता तथा जनअधिकारका सवालमा यी दुई नाम गौरवका साथ लिइन्छ । त्यस्तै राष्ट्रघातीका रुपमा सिक्किमका तत्कालीन काजी लेण्डुप दोर्जेलाई लिइन्छ । दोर्जेको सत्ता स्वार्थले सिक्किमको स्वतन्त्रता छिमेकी भारतको पोल्टामा पुगेको दृष्टान्त त्यति पुरानो हैन । 

नेपालमा यतिबेला यस्तै परिस्थितिको सिर्जना हुन लागेको र यसको सुरुवात संविधानसभाको दोस्रो निर्वाचनबाट हुने आरोपसहित नेकपा–माओवादी निर्वाचन वहिष्कार बाटोमा छ । गत बिहिबार राजधानीको शान्ति बाटिकाबाट सुरु भएको वहिष्कार अभियानका क्रममा सो पार्टीका महासचिव रामबहादुर थापाले “चार दलले निर्वाचनको नाममा मुलुकलाई सिक्कीमिकरण गर्न खोजेको र आजबाट स्वाधीनताको नयाँ आन्दोलन नयाँ सुरुवात भएको” बताउनुभयो । थापाले “यो वहिष्कार आन्दोलन सुगौली सन्धियता हाम्रा अग्रजहरुले सुरुवात गरेको स्वाधीनता आन्दोलनको नयाँ सुरुवात हो । भीमसेन थापाले देशभक्तहरुलाई दबाउन अस्वीकार गरिँदा दरबार हत्याकाण्डहरु भएका छन् । यिनै चोकहरुमा देशभक्तहरुलाई मारिएको छ, विस्तारवादीहरुका एजेण्टहरुद्वारा देशभक्तहरुको हत्या गरिन्छ । हत्या गरिदैँछ त्यसैले लेण्डुप दोर्जे कि भीमदत्तको शिष्य बनेर आफ्नो समस्याको हल गर्ने भन्ने निर्णायक घडी आइपुगेको छ ।” 

संयोग पनि यस्तै परेको छ । किसान अधिकार आन्दोलनका अग्रणी योद्धा भीमदत्त पन्तको स्मृति दिवस मनाइएको सन्दर्भमा उहाँको राष्ट्रवादी, जनवादी सोचलाई पुनः उठाएर नेकपा–माओवादीले जनताको मन जित्ने प्रयास मात्र गरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोजेको हो वा राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालमा भित्री हृदयदेखि नै संघर्ष गर्ने अठोट गरेको हो यो भने अहिले खुल्दुलीकै विषय छ । त्यसो त राष्ट्रिय स्वाधीनताको विषयलाई उठाएर नयाँ पार्टी गठन गरेका वैद्यहरु पनि भीमसेन थापा वा भीमदत्त पन्तकै नियतिको शिकार हुने त हैन भन्ने आशंका पनि उब्जिन थालेको छ । राष्ट्रिय स्वाधीनताकै विषयमा दह्रो अडान राख्दा मदन भण्डारीको रहस्यमय हत्या भएको दृष्टान्त नेपाली राजनीतिमा पुरानो भएको छैन ।

२००७ सालमा प्रजातन्त्र स्थापना भैसकेपछि किसानको हक अधिकारका लागि संघर्षमा होमिएका पन्तलाई विदेशी सेनाको सहयोगमा हत्या गरिएको थियो । ‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गर्नुभएका विद्रोही नेता भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । 

डडेल्धुरा सदरमुकाम अमरगढीबाट एक किलोमिटर दक्षिणमा पर्ने घटाल गाविस–२ (हाल अमरगढी नगरपालिका–२) कारीगाउँमा वि.स. १९८३ मंसिर १० गते जन्मनुभएका क्रान्तिकारी योद्धा भीमदत्त पन्तले सुरु गर्नुभएको किसान आन्दोलनको सन्देश अहिले पनि त्यत्तिकै सार्थक र महत्वपूर्ण रहेको छ । गरिब, दलित, जनजाति र किसानको पक्षमा आन्दोलन गर्ने उहाँलाई त्यस्तो नगर्न समाज र परिवारबाटै दबाब आउने गरे पनि ‘म अहिले जे गर्दैछु, भोलि यस्तै हुन्छ त्यसैले आजैदेखि अन्याय, अत्याचारका विरुद्ध लड्नुपर्छ’ भन्ने मान्यता राख्नुहुन्थ्यो ।

आफूलाई क्रान्तिकारी, समाजवादी, विकास प्रेमी भनेर चिनाउन चाहने जो कोहीले पनि गरिब, किसान, श्रमिक वर्गको हितका लागि यस्तो गर्छु र उस्तो गर्छु भन्दै उनीहरुलाई राजनीतिक शक्ति आर्जनको हतियार त बनाइरहेका छन् तर वास्तविकता त के हो भने अहिले पनि किसानको समस्या जस्ताको तस्तै छ । १० वर्षे सशस्त्र जनयुद्ध गर्दा जसको जोत उसको पोत भन्दै जग्गा जमीन कब्जा गरेर भूमिहीनलाई बाँडेको र जमिनको समानुपातिक वितरण हुनपर्छ भन्दैआएको एकीकृत नेकपा माओवादीको नेतृत्वमा ५ वर्षयता दुईवटा सरकार बने पनि किसानको पक्षमा, गरीबको पक्ष, मजदुरको पक्षमा, पिछडिएका वर्गको पक्षमा केही भएन । 

तत्कालीन समयमा किसान आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाएका विद्रोही नेता पन्तका विचारलाई राजनीतिक दलहरुले (विशेष गरी कम्युनिस्ट पार्टीहरुले) आफ्नो आदर्श माने पनि उहाँको मार्गदर्शन पछ्याउन सकेका छैनन् । उनीहरुले राष्ट्रिय हित अनुसारको काम पटक्कै गर्न सकेका छैनन् । राष्ट्रियताको आन्दोलनलाई विद्रोहको एउटा औजारका रुपमा प्रयोग गर्नेहरुले सत्तामा पुगेपछि त्यसलाई चटक्कै छाड्ने गरेका छन् । विदेशीको स्वार्थ र उनीहरुकै इशारामा भीमदत्तहरु मारिए जसरी नै नेपालमा अनेकौं राजनीतिक हत्याका काण्डहरु मच्चिएका छन् । भीमदत्तको आन्दोलनले नेपालमा मात्र होइन भारतमा समेत किसान विद्रोहको ज्वाला दन्किने खतरा देखेर भारतीय शासकको मिलेमतोमा हत्या गरिएको थियो । पन्तको हत्या मात्र गरिएन कि उहाँको टाउको तीन दिनसम्म बाँसमा उनेर चौरमा राखियो ताकि अरु विद्रोही स्वर उठ्न नसकोस् भन्दै ।


Rating (Votes: )   
Share     Print


Other Articles:
वीपी–पुष्पलाल र राष्ट्रिय मेलमिलाप (07.30.2013)
राजनेता बन्ने कि राष्ट्रिय आवारा ? - दयालबहादुर शाही (07.24.2013)
अब पशुपतिनाथले मात्र मुलुक बचाउने ! (07.17.2013)
अपेक्षित वातावरणको अभाव (07.09.2013)
मनोमानीले हद नाघ्यो (07.05.2013)
आशंका निवारणमा देखिएका चुनौति (06.26.2013)
यत्रोविधि विद्यार्थी अनुत्तीर्ण हुनुको कारण के हो ? (06.18.2013)
मानवीय सम्वेदनशीलता हराउँदै (06.12.2013)
शिर उठाउने मौका खेर नफाल (06.05.2013)
वर्षा सुरु भएपछि कस्तो होला काठमाडौको हालत ? (05.28.2013)
जनताले सम्झिरहने मदन भण्डारी (05.21.2013)
बन्द फिर्ता : जनतालाई दुःख नदिने निर्णय ! (05.14.2013)
दिल्लीमा प्रचण्डको प्रशंसै प्रशंसा ! (05.07.2013)
प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्र (04.29.2013)
सहमतिको प्रयास नहुनु अशुभ संकेत (04.22.2013)
कांग्रेसको त्रिवेणी भेलाको निहितार्थ (04.16.2013)
राष्ट्रिय आकांक्षा ओझेलमा (04.09.2013)
समयमै सचेत हुनु बुद्धिमानी (04.01.2013)
किन हुन्छन् विवादास्पद निर्णय ? (03.25.2013)
नेताहरू मुलुक असफल बनाउन सफल (03.18.2013)



 
::| Latest News

 
[Page Top]