युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
राजनीति कसका लागि ? - यादब देवकोटा
Tuesday, 12.17.2013, 08:04am (GMT+5.5)

संविधानसभा निर्वाचनको परिणामपछि धेरै विश्लेषक र आम जनताको एउटै तर्क थियो– एकल जातीय राजनीतिकै परिणाम हो यो । देखियो पनि त्यस्तै । एकल जातीय पहिचान सहित आत्मनिर्णयको अधिकार चाहने र एक मधेश एक प्रदेशका पक्षधरहरू नराम्रोसंग पछारिए । यतिबेला उनीहरू निर्वाचनमा ‘अदृश्य धाँधली’ भयो भन्दै रोइकराइ गरिरहेका छन् । यसै विषयलाई उठाएर उनीहरू ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसंग मोलमलाई गरिरहेका छन् । यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो कि निर्वाचन अभूतपूर्व रुपमा सम्पन्न भएको छ । अहिलेसम्मकै सबैभन्दा बढी मतदाताले निर्वाचनमा भाग लिए । कसले जित्यो र कसले हार्यो भन्ने विषय गौण नै छ । फरक के मात्र हो भने राजनीतिक हैसियत मात्र यताउति भएको हो । शक्ति सन्तुलनको हिसाबले अहिले पनि तीन दलकै सेरोफेरोमा राजनीतिक परिदृश्य घुमिरहेको छ । चौथो शक्तिको रुपमा परम्परागत धारणा बोक्ने राप्रपा नेपाल उदाएको छ । मधेशवादी दलहरू निकै कमजोर बनेका छन् । यसको एउटै कारण भनेको प्रमुख दलहरूले ६ वर्षसम्म खेलेको फोहारी खेल नै हो । जनताले यिनीहरूलाई सचेत पार्नकै लागि यस्तो अभिमत दिएका हुन् । यो अवसर हो– सच्चिने र मुलुकको हितमा समर्पित हुने ।

निर्वाचनमा सहभागि भएपछि हार र जीत बाहेक केही पनि हुँदैन । हारको अर्थ परालयन हुनु होइन । निर्वाचनमा जनताको बीचमा जाने भनेको आफ्नो एजेण्डालाई अघि सार्ने हो । यसपटक एमाओवादी र मधेशवादीहरूको एजेण्डालाई जनताले रुचाएनन् । यसर्थ उनीहरू पराजित भएका नभै केही पछिपरेका मात्र हुन् । अर्को निर्वाचनमा जनतालाई आकर्षित गर्नसक्ने नारा लिएर गए उनीहरूको हैसियत फेरि उकासिन्छ । तर त्यस्तो राजनीति गर्ने संस्कारका प्रचूर अभाव दखियो । आफूले जित्दा ठीक र हार्दा वा पछाडि पर्दा बेठीक भन्ने गलत राजनीतिक संस्कारको उपज नै मुलुकले निकास पाउन नसकिरहेको अवस्था हो । दोस्रो संविधानसभाको निर्वाचनपछि पनि मुलुक पहिलो संविधानसभाकै नियतिको शिकार हुने पर्याप्त आधार र दृश्यहरू देखा परिरहेका छन् ।

नेपालको राजनीतिमा वैदेशिक हस्तक्षप प्रचूर छ । विशेष गरी सत्ता राजनीतिदेखि लिएर संघीयताका विषयमा भारतको ठूलो रुची छ । भारतकै एजेण्डाका रुपमा ‘एक मधेश एक प्रदेश’ आएको अहिले पुष्टि भैसकेको छ । निर्वाचनमा पराजित भएपछि सद्ुभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘यो हार भारतको हार हो’ भन्नुको भित्री आसय उनीहरू भारतको लागि निर्वाचन लडेको र भारतकै लागि राजनीति गरेको स्पष्ट हुन्छ । के यस्तै गतिविधिले मुलुकको हित गर्ला त ? आम जनताको प्रश्न हो यो । महतोको कथनले राष्ट्रिय राजनीतिलाई जति हल्लाउनुपथ्र्यो त्यति हल्लाएन अथवा भनौं यो विषय चर्चामै आएन । कारण के भने धेर थोर सबै पार्टी भारतको स्वार्थ अनुरुप नै चलिरहेका छन् । यसको पछिल्लो दृश्य त ‘रअ’का प्रमुखको नेपाल बसाई र उनले दिएको परामर्श नै काफी छ ।

नेपालमा कहिल्यै नेपालवादी राजनीति भएन । राष्ट्रियताको विषय सत्ताको सौदावाजीमा विक्री हुने गरेको छ । भारतलाई रिझाउन नसके सत्तामा पुग्न सकिन्न भन्ने गलत र रुग्ण मानसिकताले सबैको मस्तिष्कमा बास गरेको छ । त्यसैले चुनाव जिते भारतले जितेको र हारे भारतले हारेको भन्नेसम्मका घातक अभिव्यक्तिहरू जिम्मेवार नेताहरूबाट आइरहेको छ । पराजयलाई सहजताका साथ लिएर जनताको पिर मर्का सुन्ने राजनीति गर्न अग्रसर हुनुको साटो भारतको चाकरी गर्ने र मुलुकमा अरु अस्तव्यस्तता निम्त्याउने गतिविधिमा संलग्न हुनु राजनीतिक चरित्र हैन । 

एकीकृत नेकपा माओवादीसहितका मधेशवादी दल तथा जातीय दल मिलेर गठन भएको मोर्चाको उद्देश्य के हो भन्ने यक्किन छैन । उनीहरू निर्वाचनमा धाँधली भएर आफूहरूलाई हराइएकाले त्यसको छानबिन नहुँदासम्म संविधानसभामै नजाने हुँकार गरिरहेका छन् । चरण चरणका वार्ताले कुनै निकास दिएको छैन । मरिसकेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई फेरि ब्यूताइयो तर त्यसले पनि कुनै निकास दिएन । निकास दिन्थ्यो भने उतिबेलै दिइसक्थ्यो । 

निर्वाचन सम्पन्न भएको एक महिना बित्नै लागेको छ । यतिबेला संविधानसभा गठनको आधार तयार भैसक्नुपथ्र्यो तर समानुपातिक सभासदको नामाली बुझाउने म्याद भोलि प्ुस ३ गतेसम्मलाई थपिएको छ । ३० दलमध्ये आधाभन्दा कमले मात्र तोकिएको अवधिभित्र सभासदको नाम बुझाए । ठूला दल बनेका कांग्रेस–एमालेभित्र मडारिएको गुटबन्दीले उनीहरूले निर्धारित समयमा सभासदको नाम बुझाउन सकेनन् भने एमाओवादी लगायतका दलहरूले त वहिस्कारकै घोषणा गरेका छन् । यस्तो स्थितिमा राजनीतिक दलहरूले कसको लागि राजनीति गरिरहेको र उनीहरूको अभीष्ट के हो भन्ने चिन्ताजन्य प्रश्न यथावत छ, जो हिजो पनि थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अहंकार कि मेलमिलाप ? - यादब देवकोटा (12.10.2013)
सहमतिमा काम गर्ने जनादेश - यादब देवकोटा (12.05.2013)
अब कहिल्यै त्यस्तो नहोस् - यादब देवकोटा (11.28.2013)
हिंसाबाट परिवर्तन असम्भव - यादब देवकोटा (11.19.2013)
एनआरएनको क्षमता र अपेक्षा - यादब देवकोटा (10.30.2013)
संविधान बनाउनै केन्द्रित होला संविधानसभा–२ (10.08.2013)
विदेशी ल्याएर निर्वाचन विथोल्ने हो ? -यादब देवकोटा (10.02.2013)
राजनीतिक सहिष्णुताको चरम अभाव (09.04.2013)
फूलमाथि राजनीतिका साँढेहरू - सइन्द्र राई (08.28.2013)
बढ्दो सामाजिक अपराध र विकृत मानसिकता (08.21.2013)
मानवताविहीन सरकार र यसका संचालकहरु (08.14.2013)
लेण्डुप दोर्जे बन्ने कि मदन भण्डारी र भीमदत्त ! (08.06.2013)
वीपी–पुष्पलाल र राष्ट्रिय मेलमिलाप (07.30.2013)
राजनेता बन्ने कि राष्ट्रिय आवारा ? - दयालबहादुर शाही (07.24.2013)
अब पशुपतिनाथले मात्र मुलुक बचाउने ! (07.17.2013)
अपेक्षित वातावरणको अभाव (07.09.2013)
मनोमानीले हद नाघ्यो (07.05.2013)
आशंका निवारणमा देखिएका चुनौति (06.26.2013)
यत्रोविधि विद्यार्थी अनुत्तीर्ण हुनुको कारण के हो ? (06.18.2013)
मानवीय सम्वेदनशीलता हराउँदै (06.12.2013)



 
::| Latest News

 
[Page Top]