युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
बीउ संरक्षण : सृष्टिको संरक्षण - वेदराज पन्त
Monday, 12.30.2013, 04:44pm (GMT+5.5)

अन्न नै ब्रह्म हो । वैदिक वाङमयमा अन्नकाबारे विशद् वर्णन छ । अन्नमय प्राणका अनेक प्रसंग उपनिषद्मा छन् । जीवनको आधार नै अन्न हो । अन्न–पानीको शरीर भन्ने लोकोक्ति छ । जीवको उत्पत्ति शुक्रकीटबाट हुन्छ । त्यो शुक्रकीटको निर्माणमा अन्नको नै प्रमुख भूमिका हुन्छ । प्राच्यका दार्शनिक हुन् वा समाजशास्त्रीय चिन्तक सबैले यस्तै भनेका छन् । जीवले अन्नकै माध्यम पुरुष वीर्य भित्र प्रवेश गर्छ । त्यो वीर्यमा रहेको जीव नै स्त्री लिंगी होस् वा पुरुष, नपुंसकै किन नहोस्, वीर्यद्वारा नै गर्भमा प्रवेश गर्छ । श्रीमद्भागवतमा यसको चर्चा छ ।

“कर्मणा दैवनेत्रेण जन्तुर्देहोपपत्तये । 
स्त्रियाः प्रविष्ठ उदरं पुंसोरेत कणाश्रय” ।।

स्थावर जंगमका प्राणी, वनस्पति सबैको उत्पत्तिको स्रोत बीउ–विजन नै हो । रसादि, काष्ठादि, भस्मादि सबै प्रकारका ‘औषधिको स्रोत पनि बीउ–विजन नै हो । सृष्टि संरचनाको स्रोत नै बीउ–विजनमा आधारित छ । त्यसैले कृषिको पर्याय मानवीय सृष्टिको खेतीपातीमात्र होइन, कृषितन्त्र जीव–जगतसंग अनादिकालदेखि नै आबद्ध छ । प्रकृतिकीय सृष्टि संरचनाको मुख्य आधार कृषि हो । कृषितन्त्र यति व्यापक र विशाल भए पनि यो बीउ–विजनका अनेकौं रहस्यमय सम्पुटभित्र कुतुहलताले युक्त छ ।

“अनिकालमा बीउ जोगाउने, हुलमुलमा बीउ जोगाउनु” भन्ने कहावत अहिले विस्मृतिको गर्तमा पुरिएको छ । बहुराष्ट्रिय कम्पनीको उपभोक्तावादी सोचले अन्न पानीलाई पनि व्यापारिक बस्तु सरह किनबेचको जिन्सी सामानकै कोटीमा राखेकाले अन्नलाई ब्रह्मको रुमा बोध गर्ने जीवनशैली मास्सिदै गयो । हुँदाहुँदा सबै प्रकारका बीउ–विजनको ईश्वरीय सृष्टि सुरक्षित गर्ने गुणवत्ता नै क्षय भएर अणुवांशिक विशेषता नै संकटग्रस्त हुँदैछ । वंशाणुगत उच्चकोटीका विशेषताले युक्त बीउ–विजनको विकल्पका रुपमा उमारशक्ति नै नष्ट पारिएका वर्णशंकर बीउ–विजनले ईश्वरीय सृष्टि संरचनालाई चुनौति दिन थालेका छन् । विश्वव्यापीकरणको काल्पनिक सुखद् सपनाको जंजालमा रमाएका बहुराष्ट्रिय कम्पनीले भयावह आशंका जन्माइरहेका छन् । अन्नलाई अब ब्रह्मको रुपमा सृष्टिको परिचायक कारकतत्व मानिंदैन, यो मानवीयताबाट विमुख भएको दानवीय विकृतिको परिचर्याको विषय बनेर चर्चित हुँदैछ ।

प्राच्यमा अन्नको उपयोग गर्दा अन्न दोषबाट बच्न प्रार्थना गरिन्थ्यो । ब्रतबन्ध अर्थात् नियममा आबद्ध गरिने संस्कारमा यो प्रमुख संस्कार मानिन्थ्यो । जस्तै–

“अन्नंब्रह्मा रसोविष्णु, भुक्तादेव महेश्वर ।
एवं ध्यात्वा यजोभुक्ते अन्नदोषो नलिप्यते ।।”

अहिले यस्तो अन्नको बीउ–विजन यथारुपमा छैन । वंशाणुगत उच्च गुणवक्ताका कैयौं बीउ–विजन लोप भैसकेका छन् । जैविक विविधताको क्षय र वर्णशंकर बीउ–विजनको बाहुल्यले पृथ्वी मरुभूमिकरणतिर उन्मुख हुँदैछ । त्यस्तै उच्च गुणवक्ताका विशेष चेतनालेयुक्त प्राणी र वनस्पतिको गुणवक्ता पनि ह्रासोन्मुख छ ।

बहुराष्ट्रिय कम्पनीले मौलिक बीउ–विजनको वंशाणुगत उच्च गुणवक्तालाई वर्णशंकरमा परिवर्तन गरेर स्वर्णीम सपनाका साथ विश्वव्यापी बनाउने क्रममा परम्परागत कृषि प्रणाली नै समाप्त पारेर बीउको उमारशक्ति नै नष्ट गरेर पुनः कुनै पनि बीउ उम्रर फल दिन असमर्थ पारी जघन्य अपराध गरेर त्यै अपराधद्वारा निरन्तर वैभव र समृद्ध जीवनयापन गर्न जेजस्तो भूमिका बहुराष्ट्रिय कम्पनीले सम्पन्न गर्दैछ त्यसको विश्वभर नकारात्मक चर्चा प्रशस्त भएको छ । कृषि र जनस्वास्थ्य मात्रै यसबाट प्रभावित छैन सृष्टि संरचनामा नै यसको नकारात्मक प्रभाव परेको छ । वर्णशंकर बहुराष्ट्रिय कम्पनीको बीउमा उमारशक्ति क्षय गरिए जस्तै यस्तो बीउले पुनः फल नदिने, बीउ थारै बस्ने र आखिर त्यो अन्न नै मासिने हुन्छ । प्रतिवर्ष बहुराष्ट्रिय कम्पनीले नै उत्पादन गरेका बीउले मात्र उत्पादन दिने भएपछि सधैं उही कम्पनीकै मुख ताक्नुपर्ने अवस्था आइसकेको छ । यस विषयमा प्रतिवर्षका गुनासा वा भएका हानी–नोक्सानीका विवरण यत्रतत्र सर्वत्र चर्चामा छन् तर यस्तो बहुराष्ट्रिय कम्पनीको वर्णशंकर विजबाट उत्पादित अन्नको निरन्तर सेवनले मानवीय उच्च गुणवक्ता मात्र प्रभावित नभै वंशाणुगत गुणका साथै वीर्यको गुणवक्ताको समेत क्षय भएर मानव जातिमै अकल्पनीय क्षयकारक घटना घट्ने सम्भावनातिर पनि सचेत वैज्ञानिक वा दार्शनिक, समाजशास्त्रीको ध्यानाकर्षण भएको छ । शारीरिक स्वास्थ्यमा मात्र यस्तो बहुराष्ट्रिय कम्पनीको बीउबाट उत्पादित अन्न हानीकारक नभै मानसिक र बौद्धिक सबै पक्षमा यस्को नकारात्मक दीर्घकालीन प्रभाव पार्ने भविष्यवाणी प्राच्यकै विशेषज्ञहरूले गरेका अनेक प्रमाण छन् ।

अन्नमा धान, मकै, जौ, गहुँ, मुंग, मास लगायतलाई सप्त धान्यको रुपमा उल्लेख गरिएको वैदिक साहित्यमा ‘अक्षता’ भन्ने शब्द छ । अक्षताको अर्थ हुन्छ– क्षत नभएको अर्थात् कुनै त्रुटी नभएको । अंगभंग नभएको सलखाइलो शुद्ध अन्न । यस्तो अक्षता बनाइने चामल केलाएर बनाइने भए पनि यसका निमित्त धानको स्रोत र गुणवक्ताको हिसाबमा समेत उच्चकोटीकै हुनुपर्छ । आँगा, अनादि, घैया वा नालधुमे र आपझुत्ते धानको अक्षता शुद्ध मानिंदैन । सकेसम्म हिल्याएर रोपेकोभन्दा कोदालोले खनेर रोपेको गौरीया, झिनुवा वा कनजीरा, एक्ले, मनसरा आदि धानको अक्षता शुद्ध मानिन्छ । अक्षतालाई ढिकी वा मीलबाट तयार चालम प्रयोग गर्नु शुद्धताको दृष्टिले त्यति सकारात्मक मानिदैन । अहिले अक्षतामा प्रयोग हुने चामललाई जसरी उत्पादन गरिन्छ त्यो प्रविधि नै दूषित छ । खास शुद्ध अक्षतामा प्रयोग हुनुपर्ने धान मासिइसके । वर्णशंकर जातका नयाँ नयाँ नामका धान जसको उत्पादन बढी छ भने पनि गुणवक्ताका हिसाबले निम्नकोटीका मानिन्छन्, त्यो धान नै प्रचलनमा छ । अक्षताको निमित्त उपयुक्त परम्परागत धानको बीउ मासिए जस्तै त्यस्तै अक्षत कतै कुनै क्षय क्षति नभएको उच्च गुणवक्ताले युक्त पुरुष वा नारीको जन्म पनि स्वाभाविक रुपले नहुने र शारीरिक अपांगभन्दा मानसिक रुपले सुसुप्त मनस्थितिका अपांगहरूले मानवीय संस्कार र संस्कृति नै बिटुल्याउँदैछन् ।

केही वर्ष अघिसम्म पाइने उच्च गुणवक्ताका धानका जातको बीउ मासिएजस्तै फलफूल पनि लोप हुँदैछन् । सुन्तला जातकै कमला नामको फल मासिंदै गयो । त्यस्तै ज्यामीर मासियो । शंखत्रो भन्ने फल पनि पाइन छाड्यो । मैनकाँढाका बुटा पनि मासिए । ज्यामीरे भन्ने ठाउँ वा खेत छन्, कमलावारी पनि कतै कतै सुनिन्छ । मैनकाँढे वा सिम्लेका नाममा खेतपाखा भए पनि सीमसारमा पाइने जिरी लगायतको साग, गोलकाँक्री र तिदु, वन चिचिन्नो र त्याउनो, जलुको लगायत मासिइसक्यो । यो प्रारम्भिक केही प्रतिनिधि उदाहरण हुन् ।

अहिले बहुराष्ट्रिय कम्पनीका नकारात्मक र विरोधाभासलेयुक्त बीउ–विजन र विषादी भित्र्याउन नेपालका तथाकथित उद्योगी–व्यापारी घरानाहरू सक्रिय भएका छन् । उद्योगको परिभाषा र व्यापारको परिभाषाभित्र नपर्ने दलाली मात्र गर्ने भरियाजस्तै व्यक्ति विशेष उद्योगी र व्यापारीको घरानमा दरिएकाले नेपालमा उद्योग र व्यापारको विकास नभएर विनाश भएको हो । उत्पादन, विक्री वितरण गर्नु उद्योग व्यापार हो । त्यसको निमित्त चाहिने गुणवक्ता र क्षमता नभएकाहरू अरुले नै उत्पादन गरेको र विक्री वितरण गरेको मालसामान ओसार पसार गरेर भरियाले बोकेर यथास्थान पुर्याइ ज्याला लिएजस्तै ज्याला लिने बलियो भरियाले ठूलो भारी बोकेर अहंकार गरेजस्तै बहुराष्ट्रिय कम्पनीका उत्पादनका ठूलठूला भारी (परिमाण) बोकेर उद्योगपति र व्यापारीको बिल्ला भिरेर भाउँतो भाउँतो गरिरहेका छन् । यसै सन्दर्भमा बीउ–विजन र कृषितन्त्रलाई नै तहसनहस पार्ने आयातित बीउ र विषादीले रहेपहेका अरु अन्नबाली र स्थावरजंगमका जैविक विविधता नष्ट गर्दैछ । नेपाल मरुभूमिकरण हुने यो कुलक्षण हो । कालान्तरमा आयातीत यस्तो सबै क्षेत्रमा घुसेको बीउ–विजन र विषादीले नेपाल मात्रै मरुभूमिकरणमा परिवर्तन नभएर नेपाली जातिको गुणवक्ता, रोग प्रतिरोधक शक्ति, साहस–शौर्य समेत क्षय भएर अपांगहरूको बस्तीमा यो देश परिणत हुने खतरा छ । त्यतिखेर अहिले वर्णशंकर बीउ जसको उमारशक्ति नष्ट गरिएको छ, त्यस्तै विषादी आयात गरेर धन कमाउनेहरूका सन्तान समेत यो जघन्य अपराधका शिकार भएर अपांग र सुस्तमनस्थितिमा जन्म लिनेछन् । धर्म–संस्कृति, नीतिगत सबै प्रसंग र सन्दर्भ आयातीत गरिंदैछन् । आयातीत जीवनशैली मूखर्ता प्रदर्शन गर्न अट्टाहास गर्दैछ । सावधान !!!

“अन्नाद्भवन्ति भुतानि
पर्जन्यादन्नसम्भवः
यज्ञाद्भवति पर्जन्यो
यज्ञः कर्मसमुद्भवः”


Rating (Votes: )   
Share     Print


Other Articles:
नेतालाई जिम्मेवार बनाउने हो भने - यादब देवकोटा (12.24.2013)
राजनीति कसका लागि ? - यादब देवकोटा (12.17.2013)
अहंकार कि मेलमिलाप ? - यादब देवकोटा (12.10.2013)
सहमतिमा काम गर्ने जनादेश - यादब देवकोटा (12.05.2013)
अब कहिल्यै त्यस्तो नहोस् - यादब देवकोटा (11.28.2013)
हिंसाबाट परिवर्तन असम्भव - यादब देवकोटा (11.19.2013)
एनआरएनको क्षमता र अपेक्षा - यादब देवकोटा (10.30.2013)
संविधान बनाउनै केन्द्रित होला संविधानसभा–२ (10.08.2013)
विदेशी ल्याएर निर्वाचन विथोल्ने हो ? -यादब देवकोटा (10.02.2013)
राजनीतिक सहिष्णुताको चरम अभाव (09.04.2013)
फूलमाथि राजनीतिका साँढेहरू - सइन्द्र राई (08.28.2013)
बढ्दो सामाजिक अपराध र विकृत मानसिकता (08.21.2013)
मानवताविहीन सरकार र यसका संचालकहरु (08.14.2013)
लेण्डुप दोर्जे बन्ने कि मदन भण्डारी र भीमदत्त ! (08.06.2013)
वीपी–पुष्पलाल र राष्ट्रिय मेलमिलाप (07.30.2013)
राजनेता बन्ने कि राष्ट्रिय आवारा ? - दयालबहादुर शाही (07.24.2013)
अब पशुपतिनाथले मात्र मुलुक बचाउने ! (07.17.2013)
अपेक्षित वातावरणको अभाव (07.09.2013)
मनोमानीले हद नाघ्यो (07.05.2013)
आशंका निवारणमा देखिएका चुनौति (06.26.2013)



 
::| Latest News

 
[Page Top]