युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:27pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
नेपाल सिध्याउने खतरनाक खेल ? - यादब देवकोटा
Monday, 01.06.2014, 03:46pm (GMT+5.5)

नेपाली संचार माध्यममा केही दिन पहिले प्रकाशित एउटा समाचार विश्लेषणले नेपाललाई तहस नहस पार्ने गम्भीर खेल भैरहेको उल्लेख छ । यो समाचार विश्लेषण सत्यको नजिक पुगिरहेको पनि घटनाक्रमहरूले देखाइरहेका छन् । विशेष गरी भारत र चीनबीच द्वन्द्व बढाएर नेपालमा विदेशी सेना हुल्ने षड्यन्त्र पश्चिमाबाट भैरहेको छ । नेपालको अति विश्वसनीय मित्र उत्तरी छिमेकी मुलुक चीनको सुरक्षा चुनौति खडा गर्दै नेपाललाई भारत र चीनको युद्धभूमि बनाउने खेल भैरहेको समाचार विवरणले नेपाल कति सम्वेदनशील र खतरनाक अवस्थामा पुगेको छ भन्ने थप पुष्टि भएको छ ।

शान्त कूटनीति अपनाउने उत्तरी छिमेकी मुलुक चीन विश्व महाशक्ति बन्ने होडमा रहे पनि उसले अमेरिका वा भारतले जस्तो हस्तक्षेपकारी भूमिका निर्वाह गर्दैन तर जब उसको आन्तरिक सुरक्षामा दखल पर्न थाल्छ चीन खुलेरै मैदान निस्कन्छ । नेपालको मामिलामा चीन यसै गरी अग्रसर हुन थालेको छ । पछिल्ला केही वर्षयता नेपाल भूमि चीन बिरोधी गतिविधिमा बढी नै उपयोग हुन थालेपछि चीन सशंकित र सक्रिय हुन पुगेको छ । तर भारतले जस्तो यसो गर र उसो गर भनेर निर्देशन दिने गरेको छैन, हस्तक्षेप पनि गरेको छैन । केवल उसले आफ्नो उपस्थिति मात्र देखाइरहेको छ । चिनीया पक्षबाट लगातार भैरहेको उच्चस्तीय भ्रमणहरूले यस्तै देखाएका छन् ।

विशेष गरी जनआन्दोलन–२ पछि नेपालमा भारत र चीनको मात्र गाँसिएको स्वार्थमा अमेरिका र युरोपेली मुलुकहरूको स्वार्थ समेत गाँसियो । यही स्वार्थले संघीयता, धर्म निरपेक्ष तथा जातीय अग्राधिकार र आत्मनिर्णयको अधिकारसहितको संघीयताको नारा लाग्यो । यो नाराले नेपालमा ऐतिहासिक संविधानसभाले संविधान बनाउन सकेन भने जातीय विद्वेषको सम्भावना अझै कायमै छ । दोस्रो संविधानसभाले एकल जातीय पक्षधरहरू पछाडि परेको भए पनि यो मुद्दा सेलाइसकेको छैन । यसै मुद्दालाई उठाउने उपयुक्त मौका र पात्रको खोजीमा सम्बन्धितहरू रहेको बताइन्छ ।

जातीय अधिकार स्थापना गर्ने नाममा विदेशबाट यति रकम ओइरियो कि त्यसले मुलुकको समग्र संरचना नै ध्वस्त पार्न मद्दत गर्यो तर नेपाली जनताले त्यसलाई अस्वीकृत नै गरिदिएको अवस्था अहिले छ । अमेरिकी चाहना नेपाल भूमि उपयोग गरेर चीनको गति रोक्नु हो । त्यसो त भारतसंग राम्रो सम्बन्ध भएको भनिए पनि अमेरिकाको चाहना भारतलाई पनि रोक्नु नै रहेको छ । आगामी शताब्दी एसियाको हुने भविष्यवाणी भैरहेका सन्दर्भमा अमेरिकाले भारत र चीनको गति रोक्न यी दुई मुलुकबीच पुनः युद्ध गराउन चाहेको विश्लेषणहरू सार्वजनिक हुन थालेका छन् ।

एकपटक युद्ध लडिसकेका दुई मुलुकबीच तमाम विवाद कायमै रहे पनि व्यापारीक सम्बन्ध बढ्दो छ । यो सम्बन्धले विस्तारै गति लिंदै जाँदा एक दिन एकै ठाउँमा दुबै मुलुक उभिनसक्ने सम्भावना रहेकाले पनि अमेरिका यस्तो नहोस् भन्ने पक्षमा छ । यसैका लागि उसले भारतलाई उपयोग गरी नेपाल भूमि प्रयोग गरी चीन घेर्ने रणनीति बनाएको छ । 

नेपाल विश्वका दुई शक्तिशाली मुलुकको बीचमा रहेका कारण पनि आफ्नै प्रकारको सामरिक महत्व छ । यो महत्वलाई राम्रोसंग चिनेर उपयोग गर्न सके नेपालको आर्थिक–सामाजिक विकासमा ठूलो मद्दत पुग्ने भए पनि यस दिशातिर खासै पहल छैन । भारतसंगका सम्बन्ध केवल सत्ता प्राप्तिमा लगेर जोड्ने र चीनसंगको सम्बन्ध भारतलाई देखाउनका लागि गर्ने गलत अभ्यासले गर्दा नेपालसंग दुबै देश सशंकित रहेको अवस्था छ । 

यस्तो अवस्थामा नेपालको स्वतन्त्रता पनि खतरामा पर्दैगएको छ । राजनीतिक अस्थिरता, बढ्दो परनिर्भरता, राजनीतिक हस्तक्षेप लगायतका विषयले नेपाललाई कमजोर पार्दैलगेको छ भने यससंगै चीनले आफ्नो सुरक्षा चुनौति बढेको विश्लेषण गरेको छ । नेपालमा पश्चिमा मुलुकहरूको बढ्दो सक्रियताले चीन सशंकित बन्न पुगेको छ । आफ्नो मुलुकमाथि हुनसक्ने खतरा र नेपालमाथि हुनसक्ने सम्भावित दुवै दुर्घटनालाई मध्यनजर राख्दै दुई लाख चिनियाँ सैनिक माथिल्लो मुस्ताङ सीमाक्षेत्रमा तैनाथ गरेको समाचार छ ।

चिनीयाले बारम्बार भन्ने गरेका छन् कि ‘नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भए चीन आँखा चिम्लेर बस्दैन’ । यसै भएर नेपालको सुरक्षा निकायमा चीनको सहयोग बढ्दो छ । त्यसो त नेपाली सेनामा चिनियाँहरूले देखाएको चासोबाट दिल्ली चिन्तित छ । नेपालमा चीनको सैन्य सहयोग भारतका लागि संवेदनशील विषय रहँदै आएको छ । नेपालमा राजनीतिक अस्थिरताका कारण आफ्नो  सुरक्षा चासोमा समस्या आएको ठहर गर्दै बेइजिङको काठमाडौं उपस्थिति र सक्रियताले भारतीय सुरक्षा चासोमा पनि दिल्लीको टाउको दुखाइ बढेको छ । २०४५ सालमा भारतले आर्थिक नाकाबन्दी लगाउनुको एउटा प्रमुख कारण चीनबाट हतियार खरीद गर्नु थियो । नेपाललाई आफ्नो सुरक्षा छातामा राख्ने भारतको उतिबेलौदेखिको चाहना भए पनि यसमा ऊ सफल हुन सकेको छैन । यसको एउटै कारणमा चीनको दह्रो साथ नै हो ।

नेपालको आर्थिक–सामाजिक विकासमा चीन र भारत महत्वपूर्ण साझेदार हुन् । यसको मतलब कुनैसंग नजिक र कुनैसंग टाढा भन्ने हुँदै होइन । राष्ट्रिय स्वार्थको कसरी बढीभन्दा बढी हित हुन्छ सोही अनुसारको सम्बन्ध विकास गर्नुपर्ने आवश्यकता भए पनि नेपालका राजनीतिक नेतृत्वले त्यस्तो किसिमको सम्बन्ध विस्तारमा चासै दिएका छैनन् । अहिलेसम्मको वास्तविकता के हो भने सत्ता राजनीतिमा भारत मात्र हावी हुँदै आएको छ । कसलाई प्रधानमन्त्री बनाउने, क–कसलाई मन्त्री बनाउने, कुन कुन दल सरकारमा जाने जस्ता विषयहरूमा भारतको गहिरो चासो देखिन्छ । यसको विपरीत चीनले सत्तासंग खासै मतलब राख्ने गरेको छैन । उसले नेपालमा राजनीतिक स्थितिरता मात्र चाहेको छ । 

नेपालमा पश्चिमा शक्तिहरूको बढ्दो चलखेल र भारतलाई उपयोग गरी नेपालमा अस्थिरता मच्चाएर चीनलाई हान्ने रणनीति बुझेको चीनले नेपालसंगै आफ्नो राष्ट्रिय सुरक्षामा समेत शतर्क रहेको देखिन्छ । नेपाली सीमामा मात्र हैन भारतको सीमावर्ती क्षेत्रमा पनि चिनीया सेना उपस्थित छ । अर्कोतिर नेपालको उत्तरी सीमामा चिनीया सेनाको उपस्थिति र दक्षिण सीमामा भारतीय सेनाको उपस्थितिले नेपालमाथि मडारिएको सुरक्षा चुनौतिको समेत संकेत गरेको छ । नेपालले कूटनीतिक पहलबाटै उत्पन्न हुनसक्ने समस्याको समाधान गर्नेतिर अहिलेदेखि नै चनाखो हुनुपर्दछ । आफ्नो सीमा रक्षाका लागि कुनै पनि देशले सेना राख्न पाउँछ तर नेपालको हकमा कुरा गर्दा दुई प्रतिस्पर्धी मुलुकको बीचमा रहेका कारण कतैबाट सानो गल्ती भयो भने त्यसको नतिजा नेपालले भोग्नुपर्ने हुन्छ । पश्चिमा मुलुकहरूले चाहेको पनि यही हो ।

अमेरिका लगायत पश्चिमा मुलुकहरू नेपालमा अस्थिरता बढाएर असफल राष्ट्र बनाउने र यहाँ राष्ट्रसंघमार्फत आफूहरूको प्रभाव बढाउने रणनीतिमा लागेका छन् तर त्यो रणनीति त्यति सजिलै पूरा होला भन्न सकिन्न । नेपालमाथि हस्तक्षेपकारी भूमिका निर्वाह गर्दैआएको भारत पनि यो चाहन्न भने चीनले स्वीकार्ने सवालै छैन । अर्कोतिर चीन र भारतबीच द्वन्द्व बढाएर नेपाललाई रणमैदान बनाउन भित्रभित्रै चलिरहेको षड्यन्त्र चिर्न तीनवटै मुलुक एक ठाउँमा बस्नु आवश्यक छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बीउ संरक्षण : सृष्टिको संरक्षण - वेदराज पन्त (12.30.2013)
नेतालाई जिम्मेवार बनाउने हो भने - यादब देवकोटा (12.24.2013)
राजनीति कसका लागि ? - यादब देवकोटा (12.17.2013)
अहंकार कि मेलमिलाप ? - यादब देवकोटा (12.10.2013)
सहमतिमा काम गर्ने जनादेश - यादब देवकोटा (12.05.2013)
अब कहिल्यै त्यस्तो नहोस् - यादब देवकोटा (11.28.2013)
हिंसाबाट परिवर्तन असम्भव - यादब देवकोटा (11.19.2013)
एनआरएनको क्षमता र अपेक्षा - यादब देवकोटा (10.30.2013)
संविधान बनाउनै केन्द्रित होला संविधानसभा–२ (10.08.2013)
विदेशी ल्याएर निर्वाचन विथोल्ने हो ? -यादब देवकोटा (10.02.2013)
राजनीतिक सहिष्णुताको चरम अभाव (09.04.2013)
फूलमाथि राजनीतिका साँढेहरू - सइन्द्र राई (08.28.2013)
बढ्दो सामाजिक अपराध र विकृत मानसिकता (08.21.2013)
मानवताविहीन सरकार र यसका संचालकहरु (08.14.2013)
लेण्डुप दोर्जे बन्ने कि मदन भण्डारी र भीमदत्त ! (08.06.2013)
वीपी–पुष्पलाल र राष्ट्रिय मेलमिलाप (07.30.2013)
राजनेता बन्ने कि राष्ट्रिय आवारा ? - दयालबहादुर शाही (07.24.2013)
अब पशुपतिनाथले मात्र मुलुक बचाउने ! (07.17.2013)
अपेक्षित वातावरणको अभाव (07.09.2013)
मनोमानीले हद नाघ्यो (07.05.2013)



 
::| Latest News

 
[Page Top]