युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
यसकारण मनाउने पृथ्वी जयन्ती - यादब देवकोटा
Monday, 01.13.2014, 06:29pm (GMT+5.5)

इतिहासले भन्छ– नेपाल एसियाको पहिलो स्वतन्त्र राष्ट्र हो । बेलायती साम्राज्यले दक्षिण एसिया कब्जा गर्दा नेपालको राष्ट्रिय स्वतन्त्रता जोगाउने वीर महापुरुषको जन्म भैसकेको थियो । त्यस्तै वीरको सम्झना गर्न मुलुकले कञ्जुस्याइ गरिरहेको छ । विगत सात वर्षयता नेपालको राष्ट्रिय एकता दिवस नागरिकस्तरमा मात्र मनाइन्छ । हरेक मुलुकको राष्ट्रिय दिवस हुन्छ र त्यस्तो राष्ट्रिय दिवस त्यो मुलुकले विदेशी शक्तिको पञ्जाबाट मुक्ति पाएको दिन वा राष्ट्रमा घटेको कुनै महत्वपूर्ण घटना वा राष्ट्र एकीकरणकर्ताको जन्मदिनमा मनाउने गर्दछन् । त्यसैले नेपालमा पनि लामो समयदेखि राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइन्थ्यो । किन कि छिन्नभिन्न भएको नेपाललाई एकीकरण गरी बलियो र बिशाल नेपाल बनाउने आधार खडा गर्न पृथ्वीनारायण शाह नै थिए । आजभन्दा २९२ वर्षअघि गोरखा राज्यमा जन्म भएको थियो । आफ्नो जीवनकालमा २५ वर्ष नेपाल एकीकणमा बिताएका पृथ्वीनारायण शाहले नेपाललाई साम्राज्यवादीको चंगुलबाट बचाएर बलियो नेपाल खडा गरेको सन्दर्भमा उनी नेपालको एकीकरणकर्ता हुन् । त्यसैले यिनैको जन्मोत्सवको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पहिले मनाइन्थ्यो ।

नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी भएको घोषणा गर्दै यसलाई मर्न नदिन आफ्ना सन्ततिलाई दिव्योपदेश दिएर गएका पृथ्वीनारायण शाहको महानायकको नेतृत्वमा बाइसे–चौविसे राज्यमा विभक्त नेपालको एकीकरण भएको थियो । दक्षिणतिर अंग्रेज साम्राज्यको विस्तार भैरहेको बेलामा यो पहाडी भूभागको स्वतन्त्र अस्तित्व जोगाइराख्न पृथ्वीनारायण शाहले नै नेपालको एकीकरण अभियान चलाएर सबल नेपाल राष्ट्रको निर्माण गरेका थिए । उनले सानो गोर्खा राज्यको विस्तार साम्राज्यवादी शैलीमा गरेका नभै यो भूभागका ससाना राज्यलाई समीकरण र एकीकरण गरेका हुन् । उनले नेपालको राजनीतिक एकीकरणका अतिरिक्त सामाजिक–सांस्कृतिक एकीकरण पनि गरे । नेपाललाई विजित राज्यका रुपमा उनले कहिल्यै हेरेनन् र व्यवहार पनि गरेनन् । 

अहिले हामी नेपाली भएको र नेपाल सार्वभौम राष्ट्र भएको जुन गर्व गर्छाैं त्यो पृथ्वीनारायण शाहकै देन हो । नेपालमा समावेशी राजनीतिक, सामाजिक र सांस्कृतिक चेत जगाउने समय सापेक्ष दृष्टिकोण उनैले उत्तिबेलै प्रक्षेपण गरेका थिए । केही वर्ष अगाडिसम्म यिनै पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिन्थ्यो । अहिले नेपालका अतुलनीय बिभूति उनै पृथ्वीनारायण शाहको योगदान बिर्साउने र मेटाउने सुनियिजित षड्यन्त्रकै उपजका रुपमा राष्ट्रिय एकता दिवस नै नमनाउने र त्यो दिनको विदा समेत कटौती गर्ने कृतघ्नता सत्ताधारीहरूले प्रदर्शन गरिरहेका छन् । यसबाट यो देशलाई बिखण्डित र विच्छिन्न गराउन चाहनेहरूलाई प्रोत्साहन मिलेकाले सरकारले विगतमा गरेको यो राष्ट्रघाती निर्णय सच्याउनु पर्छ  र पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने प्रचलनलाई नितन्तरता दिनुपर्छ भन्ने माग बढ्दो छ ।

समय बदलियो, राजनीतिक सन्दर्भ बदलिए, सत्तामा पुग्नेहरू, शक्तिमा रम्नेहरूको अनुहार बदलियो, योसंगै नेपालको एकीकरणको आधार भत्काउने काम भए, राष्ट्रिय एकता छिन्नभिन्न पार्ने काम भए । यसको सुरुवात पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको जन्मोत्सव नमनाउने, उनलाई राजतन्त्रको जननीका रुपमा अपव्याख्या गर्दै उनले नेपाल राष्ट्र बनाउन र नेपाली जनतालाई एकताको सूत्रमा बाँध्न निर्वाह गरेको भूमिकाको अपव्याख्या गर्दै घृष्णा पैदा गराउने काम राजनीतिक तहबाट भयो । यसैको प्रतिफल हो– नेपालमा अहिले उत्पन्न जटिल परिस्थिति, राष्ट्रिय भावना मर्दै गएको दुर्दान्त स्थिति, जातीय सद्भाव विथोलिएको खतरनाक परिस्थिति । 

इतिहासको अर्काे पाटो के छ भने लिच्छवीकालमा नेपाल  एक र विशाल थियो । मध्यकालमा आएर विशाल नेपाल खण्डित हुँदैगयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रुपमा यो देशको अस्मिता जोगाएका हुन् । विगतमा पृथ्वीनारायण शाहले विच्छिन्न नेपाललाई एकीकृत गरेर यो देशको स्वतन्त्र अस्तित्व जोगाएका थिए । सो कठिन सत्कार्यका लागि जनताको साथ लिएका थिए । उनको दूरदृष्टि र आत्मबललाई जनताले साथ दिएका थिए । सानो गोर्खा राज्यबाट विशाल नेपालको पुनः एकीकरण त्यसैको परिणाम थियो ।

नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता जोखिममा पर्दैगएको चिन्ता अहिले सर्वत्र जागेको छ । यस्तो चिन्ता उत्पन्न हुनुको पछाडि नेपालका सत्ता आकाङ्क्षी राजनीतिक नेताहरूको आन्तरिक राजनीतिक समस्याको निराकरण र परिवर्तनका लागि बाहिरी शक्तिलाई गुहार्ने परनिर्भरतावादी सोच नै प्रमुख कारण छ । देश अहिले परनिर्भरतावादीहरूको चंगुलमा फसेर अनिर्णयको बन्दी बनिरहेको छ । यो अवस्थामा वैदेशिक हस्तक्षेपमुक्त राष्ट्रिय चिन्तनधारको राजनीतिक मार्ग अवलम्बन नै सही विकल्प हो । राष्ट्रिय चिन्तनधारको राजनीतिका निम्ति पृथ्वीनारायण शाहको योगदानको उचित मूल्यांकन र उनले दिव्योपदेश मार्फत दिग्दर्शन गरेको मार्गचित्रको अनुशरण सही बाटो हुनसक्छ । 

राजनीतिक गतिविधिको अनुसरण र चर्चा गर्दा विदेशको उदाहरण दिने हाम्रा राजनेताहरूले नेपालभन्दा झण्डै एक सय वर्ष पछाडि रक्तरञ्जित रुपमा एकीकरण भएको जर्मनको स्मरण गर्दैनन् । जर्मनले बिस्मार्कलाई राष्ट्र एकीकरणकर्ता मान्छ । त्यहाँ यस विषयमा बहस हुन्छ । बिस्मार्कका राम्रा कामको चर्चा हुनुका साथै नराम्रा कामको पनि चर्चा–परिचर्चा हुने गर्दछ । तर वर्षमा एकदिन त्यस्तो व्यक्तित्वको स्मरण राष्ट्रले गर्ने गर्दछ । तर यसको ठीक विपरीत नेपाली जनता पृथ्वीनारायण शाहको जयजयकार गरिरहेका बेला राज्य मौन बस्दछ । राजनीतिक दलका नेताहरू छिद्रान्वेषी भएर पृथ्वीनारायण शाहले कहाँ के गल्ती–कमजोरी गरेका थिए त्योमात्रै खोतल्ने गर्दछन् । यो नै नेपाल राष्ट्रको विडम्बना हो । 

निश्चित छ– पृथ्वीनारायण शाहका कमजोरीहरू पनि प्रकाशमा आउनुपर्छ तर एकीकरणको जग हाल्ने महापुरुषको स्मरण नै नगर्नु घोर विडम्बना हो । राष्ट्र हाँक्नेहरू नै आज राष्ट्रको एकताबद्ध जग हाल्ने विभूतिलाई दुत्कारिरहेको अवस्थामा यो राष्ट्र कसरी बलियो हुन सक्ला ? राष्ट्रिय विभूतिका अतुलनीय कार्यको गलत चर्चा र इतिहासको अपव्याख्या गरेर योगदानको अवमूल्यन गर्नु राष्ट्रघातलाई बल दिनुमात्र हो । नेपाल जोगाउन र जगाउन पृथ्वी विचारको मनन गर्ने र राष्ट्रिय चिन्तनधारको अविरल र अजस्र स्रोतका रुपमा त्यसलाई ग्रहण गर्ने हो भने राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता निरन्तर जोगिनसक्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल सिध्याउने खतरनाक खेल ? - यादब देवकोटा (01.06.2014)
बीउ संरक्षण : सृष्टिको संरक्षण - वेदराज पन्त (12.30.2013)
नेतालाई जिम्मेवार बनाउने हो भने - यादब देवकोटा (12.24.2013)
राजनीति कसका लागि ? - यादब देवकोटा (12.17.2013)
अहंकार कि मेलमिलाप ? - यादब देवकोटा (12.10.2013)
सहमतिमा काम गर्ने जनादेश - यादब देवकोटा (12.05.2013)
अब कहिल्यै त्यस्तो नहोस् - यादब देवकोटा (11.28.2013)
हिंसाबाट परिवर्तन असम्भव - यादब देवकोटा (11.19.2013)
एनआरएनको क्षमता र अपेक्षा - यादब देवकोटा (10.30.2013)
संविधान बनाउनै केन्द्रित होला संविधानसभा–२ (10.08.2013)
विदेशी ल्याएर निर्वाचन विथोल्ने हो ? -यादब देवकोटा (10.02.2013)
राजनीतिक सहिष्णुताको चरम अभाव (09.04.2013)
फूलमाथि राजनीतिका साँढेहरू - सइन्द्र राई (08.28.2013)
बढ्दो सामाजिक अपराध र विकृत मानसिकता (08.21.2013)
मानवताविहीन सरकार र यसका संचालकहरु (08.14.2013)
लेण्डुप दोर्जे बन्ने कि मदन भण्डारी र भीमदत्त ! (08.06.2013)
वीपी–पुष्पलाल र राष्ट्रिय मेलमिलाप (07.30.2013)
राजनेता बन्ने कि राष्ट्रिय आवारा ? - दयालबहादुर शाही (07.24.2013)
अब पशुपतिनाथले मात्र मुलुक बचाउने ! (07.17.2013)
अपेक्षित वातावरणको अभाव (07.09.2013)



 
::| Latest News

 
[Page Top]