युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:40pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
मेटिएको छैन शंकाको रेखा - यादब देवकोटा
Wednesday, 03.19.2014, 12:22pm (GMT+5.5)

दोस्रोपटक भएको संविधानसभाको निर्वाचनले चार महिना पूरा गरेको छ । मंसिर चारगते सम्पन्न निर्वाचनले केही संख्या तलमाथि गराए पनि जिम्मेवारी अघिल्लो संविधानसभामा भएका शक्तिहरूकै काँधमा दिएको छ । यस हिसाबले हेर्दा एकातिर यसपटक संविधान बन्छ कि भन्ने आश छ भने अर्कोतिर पुरानै रोग बल्झने त हैन भन्ने शंका झन् बढी छ । संविधानका विषयमा त अहिलेसम्म बहस नै नभएको र यसबीचमा सानातिना कुरामै विवाद बढेर समय खेर गएको स्पष्ट देखिएकाले फेरि पनि संविधान बन्ला र भन्ने प्रश्न भने उठेको छ ।

संविधान देशको राष्ट्रिय एकता बलियो बनाउने, आर्थिक–सामाजिक रुपान्तणको ढोका खोल्ने र समृद्धिको दिशातिर अग्रसर गराउनका लागि बनाउने कि कुनै राजनीतिक दल विशेषको स्वार्थपूर्तिका लागि भन्ने प्रश्न अहिले पनि कायमै छ । बल्लबल निमायवलीको मस्यौदा बनेको छ । अब संविधान लेखनकार्यले पनि गति पाउला तर विवादहरू जहाँको तहीं जस्ताको तस्तै ठडिएका कारण त्यसलाई कसरी हल गरिन्छ भन्ने चासोको विषय छ । हुन त सबै दलहरूले सहमतिको प्रयास गर्ने र सहमति नभए प्रक्रियाबाट टुंग्याउने भनिएको छ । यस्तोमा बहुमतीय पद्धतिबाट संविधान बनाइयो भने त्यो कत्तिको मान्य होला भन्ने प्रश्न पनि छ । तर सबैलाई स्वीकार्य हुने संविधानको विषयवस्तु के त ? यो प्रश्नको उत्तर भने कोहीसंग पनि छैन । किनभने यतिबेला मुलुककोभन्दा राजनीतिक दलका नेताको स्वार्थ हावी भैरहेको छ । अघिल्लोपटक जस्तै विस्तारै स्वार्थी चरित्र प्रदर्शन भैसकेको छ ।

संविधान मुलुकलाई दिशानिर्देशन गर्ने एउटा दस्तावेज हो । यो आफैंमा चलायमान हुँदैन, सक्रिय हुँदैन । यसको कार्यान्वयन गर्ने, पालना गर्नेहरूको कार्यशैलीमा संविधानको अस्तित्व निर्धारित हुन्छ । संविधान जस्तोसुकै बनाए पनि त्यसको सही कार्यान्वयन भएन र त्यसलाई इमान्दारीपूर्वक पालना गरिएन भने त्यसको कुनै अर्थ छैन । संविधान लेखिंदैमा सबै कुरा राम्रो भैहाल्छ भन्ने छैन । संविधानले बाटो देखाउने हो त्यो बाटोमा हिंड्नेहरू सही तरिकाले हिंडे भने मात्र संविधान सफल हुन्छ । मुलुक निर्धारित गन्तव्यमा पुग्छ । 

त्यसैले संविधानलाई राजनीतिक दलको घोषणापत्र बनाउने धृष्टता हुनुहुँदैन । अघिल्लोपटक त्यही काम भएर संविधान बनेन । यतिबेला मुलुक पुनः संविधान निर्माणको चरणमा छ तर संविधान बन्छ कि बन्दैन भन्ने आशंकाको बादलहरू त्यसैले मडारिइरहेका छन् । विगतको विवादका विषयहरूमा चुँसम्म कसैले गरेका छैनन् । नियम, नीति नबन्दासम्म दलहरू मिलेर विवाद समाधान गर्नेतिर लाग्नुको साटो आआफ्नो राजनीतिक स्वार्थ पूरा गर्न लागिपरे । नेताहरूमा राष्ट्रिय जिम्मेवारीबोध पटक्कै देखिएको छैन । उनीहरू आआफ्नो पार्टीभित्र पकड जमाउने खेलमै रमिरहेका छन् ।

मुलुकको नयाँ संविधान राष्ट्रिय एकताको भावना अरु विकसित गर्ने अश्त्रको रुपमा विकसित हुनुपर्नेमा त्यसको विपरीत राष्ट्रिय एकता टुटाउने शैलीका धारणाहरू प्रवाहित भएका कारण ऐतिहासिक संविधानसभा विघटनको शिकार भयो । त्यतिबेला सुरुवातदेखि नै जनतालाई ठूलो भ्रममा राखियो । हरेकका हरेक कुरा संविधानमा लेखियो भने मात्र सबैले समान अधिकार पाउँछन् भन्ने गलत धारणा प्रवाह गराइयो । शासकीय स्वरुप, राज्य पुनःसंरचना जस्ता विषयहरूलाई क्षणिक राजनीतिक स्वार्थको विषय बनाउँदाको परिणाम मुलुकमा कहिल्यै ननिभ्ने आगो दन्कने त हैन भन्ने त्रास उत्पन्न भयो र अहिले पनि हटिसकेको छैन । संघीयतालाई कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट दृष्टिकोण छैन । नेपालको माटो सुहाउँदो मौलिक संविधानको पक्षमा कसैको पनि ध्यान गएको छैन । सबैलाई आफू अनुकूलको संविधान चाहिएको छ । यसै भएर मुलुकले दोस्रो संविधानसभाबाट संविधान नपाउने त हैन भन्ने चिन्ता बढिरहेको छ । 

यति ठूलो राजनीतिक परिर्वतपछि मुलुकमा जेजस्तो परिस्थितिको आशा र अपेक्षा गरिएको थियो, त्यो पटक्कै पूरा हुन सकेन । राजनीतिलाई स्वार्थ उपयोगको औजार बनाउने गलत संस्कृतिको विकासले गर्दा ‘विश्वकै उत्कृष्ट’ भनिएको २०४७ सालको संविधान असफल भयो । ऐतिहासिक र एक युगमा एकचोटी आउने संविधानसभा विघटनको शिकार भयो । यो राजनीतिक दलका नेताहरूको कुकर्मकै कारणले हो । अब दोस्रो संविधानसभा गठन भएको छ । विगतबाट पाठ सिकेर नयाँ संविधान बनाउने बाटोमा लाग्नुको विकल्प कसैसंग पनि छैन । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दिवस–महोत्सव र उत्सवको उपलब्धि ? - यादब देवकोटा (03.10.2014)
यसपटक पनि ‘ककस’को सकस - यादब देवकोटा (03.03.2014)
संघर्ष र बलिदानीको स्मरण गरौं - यादब देवकोटा (02.24.2014)
खै कसरी पत्याउने अब ? - यादब देवकोटा (02.17.2014)
वैदेशिक रोजगारी र मनोरोग- यादब देवकोटा (02.10.2014)
सन्दर्भ शहीद दिवस : सम्मानमा चुकेकै हो - यादब देवकोटा (02.03.2014)
व्यवस्थापिकाको भूमिका र जनअपेक्षा -यादब देवकोटा (01.27.2014)
विषयान्तरले जकडिएको राजनीति - यादब देवकोटा (01.21.2014)
यसकारण मनाउने पृथ्वी जयन्ती - यादब देवकोटा (01.13.2014)
नेपाल सिध्याउने खतरनाक खेल ? - यादब देवकोटा (01.06.2014)
बीउ संरक्षण : सृष्टिको संरक्षण - वेदराज पन्त (12.30.2013)
नेतालाई जिम्मेवार बनाउने हो भने - यादब देवकोटा (12.24.2013)
राजनीति कसका लागि ? - यादब देवकोटा (12.17.2013)
अहंकार कि मेलमिलाप ? - यादब देवकोटा (12.10.2013)
सहमतिमा काम गर्ने जनादेश - यादब देवकोटा (12.05.2013)
अब कहिल्यै त्यस्तो नहोस् - यादब देवकोटा (11.28.2013)
हिंसाबाट परिवर्तन असम्भव - यादब देवकोटा (11.19.2013)
एनआरएनको क्षमता र अपेक्षा - यादब देवकोटा (10.30.2013)
संविधान बनाउनै केन्द्रित होला संविधानसभा–२ (10.08.2013)
विदेशी ल्याएर निर्वाचन विथोल्ने हो ? -यादब देवकोटा (10.02.2013)



 
::| Latest News

 
[Page Top]