युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:48pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति
Wednesday, 07.09.2014, 12:35pm (GMT+5.5)

- यादब देवकोटा

केही समयअघि प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनको प्रभाव मानवीय स्वाभावमा पनि पर्ने र यसले मानिसलाई बढी हिंसात्मक बनाउने उल्लेख गरिएको छ । जलवायु परिवर्तनका कारण पर्ने तमाम क्षेत्रमध्ये मानवमा विकसित हिंसात्मक प्रवृत्तिको बढोत्तरीले मानव समाज हिंसाको दावानलमा परेको छ । कुनै एक घटना साम्य भयो भने त्यसको सहायक उपजका रुपमा त्यस्तो गतिविधि गर्नेहरू अनगिन्ती जन्मेका हुन्छन् । प्रकृतिले नै मानिसलाई हिंसात्मक बनाउँदै गएपछि मानिसले मानवीय सम्वेदनशील पक्ष हराउँदै गएको छ । त्यसैले विगत केही वर्षयता हरेक वर्षको आपराधिक गतिविधिको विश्लेषण गर्ने हो भने अपराध बढ्दै गएको छ ।

संसारका धेरैजसो मुलुकमा हिंसा मच्चिएको छ । शान्ति स्थापनातिर अग्रसर भयो भनिएको इराकमा विद्रोहीहरूले सिंगो मुलुक नै कब्जा गर्ने स्थिति उत्पन्न भैसकेको छ । राष्ट्रसंघले इराकको अस्तित्व नै संकटमा पर्न लागेको चेतावनी दिएको छ । सिरिया, लिबिया, इजिप्ट जस्ता मुलुकहरूको अवस्था पनि त्यस्तै छ । नेपालकै कुरा गर्दा यहाँ विद्रोह र हिंसात्मक राजनीति अघि नबढे पनि सामाजिक अपराधका घटना चरम रुपमा बढिरहेका छन् । हत्या, बलात्कार जस्ता घटना सामान्य बन्दै गएका छन् । ८० वर्षका बृद्ध पनि बलात्कार जस्तो अमानवीय कुकृत्यमा संलग्न हुने गरेका छन् भने विकृति र विक्षिप्त मस्तिष्क भएकाहरूले ७० वर्षकी वृद्धलाई पनि बलात्कार गरेका छन् । हत्या, अपहरण, फिरौती असुलीका घटना न गनिसाध्य छैन । 

नेपाली समाज यतिबेला अपराधीको निगाहमा बाँच्नुपर्ने विडम्वनापूर्ण स्थितिबाट गुज्रिरहेको छ । अपहरण, फिरौती, चन्दा असुली, हत्या, बलात्कारका घटनाहरू दैनिकी जस्तै बन्न थालेका छन् । विश्वास गर्न सकिने मानिस नै भेट्न मुस्किल पर्न थालेको छ । शिक्षक नै विद्यार्थीको यौन शोषण गर्ने काममा संलग्न हुन थालेका छन् । समाजमा नयाँ नयाँ चरणका अपराधिक क्रियाकलापहरूले बढोत्तरी पाइरहेको छ । के युवा, के वृद्ध, के विद्यार्थी, के बालक, के उद्योग–व्यापारी र के कर्मचारी सवै सन्त्रस्त जिन्दगी विताउन विवश भैरहेका छन् । मुलुक यतिबेला विधिहीन, गतिहीन र नेतृत्वहीन अवस्थामा छ । सवै नीतिहरूलाई समेटेर लैजानुपर्ने राजनीति नै गतिहीन भएपछि अन्य पक्षहरूको सुधारको अपेक्षा गर्नु बेकारको विषय बनेको छ । चिन्ताको विषय त के हो भने अपराधकर्ममा भर्खर बालिक हुने पुगेका युवायुवतीहरू समेत संलग्न हुनु हो । भर्खर युवावयमा प्रवेश गरेकाहरूमा कसरी आपराधिक मनस्थितिको विकास भयो भन्ने गहन विश्लेषणको विषय बनेको छ ।

नेपालमा मात्र हैन विश्वभर नै अपराधकर्म गर्नेहरू बढिरहेका छन् । यसको एउटै कारण भनेको राज्यले उचित सम्बोधन गर्न नसक्नु हो । अर्कोतिर एउटा पद्धतिबाट अर्को पद्धतिमा जाँदा उत्पन्न हुने द्वन्द्वले पनि अपराध बढाउँछ तर नेपालमा त्यसका कारण नभै राज्य संचालकहरूको अकर्मण्यताले गर्दा अपराध बढिरहेको छ । उनीहरूले परिवर्तनलाई संस्थागत गर्न पनि सकेनन् र जनताका अपेक्षामाथि खेलवाड गरे । त्यसैले नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनलेसकारात्मक पक्षभन्दा नकारात्मक पक्षहरू बढी दृश्यमा आएका छन् । समाज जति खुला हुँदैजान्छ अपराध पनि त्यति नै बढ्दै जान्छ । आधुनिकीकरणको होडवाजी, महंगी, अभाव जस्ता पक्षहरूले पनि अपराधकर्म गर्न प्रेरित गरिरहेको हुन्छ । राज्यले जनताका मूलभूत पक्षहरूमा सम्वेदनशील भएर कार्य गर्न सकेन भने नेपाली समाज अहिले जुन गतिमा पुगेको छ त्यसको निराकरण भनेको शान्ति सुरक्षाको सवल व्यवस्थापन र रोजगारी, महंगी नियन्त्रण नै हो । 

यी पक्षहरू जनतालाई अपराधकर्ममा प्रेरित हुन रोक्ने विषय हो तर यति गर्दा अपराध निमिटट्यान्न हुन्छ भन्ने पटक्कै होइन । त्यसैले गतिशील समाजमा अपराध पनि हुन्छ र सिर्जना पनि हुन्छ । अपराध नियन्त्रण गर्ने पहिलो कर्तव्य राज्यको हो र त्यसलाई सहयोग पुर्याउने काम राजनीतिक दलहरूले गर्नुपर्दछ । तर यतिबेला मुलुकको राजनीति यति असहिष्णु र असमझदारीमा चलेको छ कि कुनबेला कस्तो दुर्घटना हुने हो पत्तो छैन । यस्तोमा नागरिक सुरक्षा र जनताको मौलिक हकको प्रत्याभूति हुने कुनै सम्भावना छैन । शान्ति सुरक्षाको प्रत्याभूति भाषणहरूमा मात्र पाइन्छ । 

समाजमा अपराधिकरणको वृद्धिसंगै शान्ति सुरक्षामा आएको कमी र राजनीतिक दलहरूको आ–आफ्नो स्वार्थ अनुकुलको व्यवहार र क्रियाशीलताले नागरिक सर्वोच्चताको खिल्ली उडेको छ । जनता आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्थामा पुगेका छन् । अब टोल टोलमा सुरक्षा दस्ता खडा गरेर गस्ती गर्नुपर्ने वाध्यकारी अवस्था विद्यमान नै छ । शान्ति सुरक्षा कायम गर्ने प्रहरी प्रशासनभित्र चर्को राजनीतिकरण छ । राम्रो काम गर्नेलाई कसरी पाखा लगाउने भन्ने षड्यन्त्र चल्छ । यस्तोमा अपराध नियन्त्रण गर्न र जनताले भयमुक्त वातावरणमा जीवनयापन गर्न पाउने अवस्थाको सिर्जना गर्न सरकार, राजनीतिक दल र जिम्मेवार निकायहरू सम्वेदनशील छन् भनेर कसरी भन्ने ?

मौलाइरहेको अपराध प्रवृत्तिको रोकथाम र यसको निराकरणका लागि राज्य संयन्त्र प्रभावकारी हुनु पहिलो शर्त हो । यसका अलावा जनतालाई सचेत पार्ने र राजनीतिक दल तथा तिनका भातृ संगठनहरूले समाज सुधारका नाममा कानुन हातमा लिएर गर्ने हथकण्डा रोक्ने हो भने अपराधीको मनोबल स्वतः गिर्नेछ । अहिले त अपराध गर्नेहरू विभिन्न राजनीतिक दलका भातृ संगठनको आवरण भिर्ने गरेको समेत पाइएको छ । यस्तोमा ती दलहरूले आफूलाई सुधार्नु अत्यावश्यक । सवैले आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गरेको खण्डमा मुलुकमा बढिरहेको अपराधकर्ममा कमी आउने छ र जनताले शान्तिको सास फेर्न पाउनेछन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेतृत्वको हानथापले नीति ओझेलमा ? (07.02.2014)
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)
औंलो ठड्याउन मात्र सजिलो हुन्छ (06.09.2014)
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा (06.02.2014)
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा (05.26.2014)
शैक्षिक दूरावस्थाको कारण - यादब देवकोटा (05.19.2014)
भ्रष्टाचारमा संस्थागत संलग्नता - यादब देवकोटा (05.12.2014)
राष्ट्रिय महत्वका आयोजनाहरूको कामभन्दा गफ नै बढी (05.12.2014)
नारा र व्यवहारको बेमेल - यादब देवकोटा (05.05.2014)
धनी कतार : गरीबलाई कहर - यादब देवकोटा (04.28.2014)
खै कहाँ छ परिवर्तन ? - यादब देवकोटा (04.21.2014)
पुरानैबाट नयाँ सोचको अपेक्षा कति ? - यादब देवकोटा (04.08.2014)
राज्य पुनःसंरचना लहडमा हैन - यादब देवकोटा (03.31.2014)
धनी र गरीबको समावेशी मन्त्रिमण्डल - यादब देवकोटा (03.24.2014)
मेटिएको छैन शंकाको रेखा - यादब देवकोटा (03.19.2014)
दिवस–महोत्सव र उत्सवको उपलब्धि ? - यादब देवकोटा (03.10.2014)
यसपटक पनि ‘ककस’को सकस - यादब देवकोटा (03.03.2014)
संघर्ष र बलिदानीको स्मरण गरौं - यादब देवकोटा (02.24.2014)
खै कसरी पत्याउने अब ? - यादब देवकोटा (02.17.2014)



 
::| Latest News

 
[Page Top]