युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 10:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त
Tuesday, 07.22.2014, 09:52am (GMT+5.5)

- यादब देवकोटा

पृथ्वीनारायण शाहले गरेको नेपालको भौगोलिक एकतामा भाषिक एकताको जलप लगाउने आदिकवि भानुभक्त आचार्य हुन् । तत्कालीन समाजलाई आधार मानेर उनले संस्कृत रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनजनको जिभ्रोमा पुर्याएपछि नेपाली भाषा–साहित्यले गति लिन थालेको हो । त्यसैले नेपाली भाषालाई जनजनमा फिजाउन र सबैको साझा भाषा बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भानुभक्त आचार्यलाई नेपालको भाषिक एकीकरणकर्ता मानिन्छ । 

बि.सं. १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा जन्मेका अचार्यले आफ्ना हजुरबुबा श्रीकृष्ण आचार्यबाट औपचारिक शिक्षा पाएका थिए । एउटा घाँसीको प्रेरणाबाट साहित्य लेखनको प्रेरणा पाएका आचार्य प्रश्नोत्तर, वधूशिक्षा  लगायतका कृतिहरू लेखेका छन् । आचार्यका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी साहित्यमा चिनिएका हुन । आचार्यको निधन बि.सं. १९२६ मा भएको थियो । उनले नेपाली भाषामा साहित्य लेखन थालनी गरेदेखि नै नेपाली भाषा अरु फैलिन थालेको हो । 

नेपाली भाषालाई सबै नेपालीको साझा र भाषाको रुपमा विकसित गरी साहित्य सिर्जनाको ढोका खोल्ने भानुभक्त आचार्यले भाषिक एकता कायम गरेकोमा शीर्ष राजनीतिक नेतृत्वमा कुन विमति नरहे पनि कतिपयहरू यसलाई लादिएको भाषा भन्छन् । विशेषतः आदिवासी जनजाति भनिने कतिपय नेताहरू नेपाली भाषालाई खस आर्य जातिको भाषाका रुपमा चित्रित गर्ने गरेका छन् । उनीहरू संस्कृत भाषालाई पनि बाहुनको भाषा भनी दुत्कार्छन् । सशस्त्र जनयुद्धताका संस्कृत विद्यालय, विश्वविद्यालय र संस्कृतका पुस्तक जलाउने काम भयो । 

भानुभक्तको जन्मजयन्ती नेपालमा मात्र हैन भारतका विभिन्न शहरहरूमा पनि धुमधामका साथ मनाइन्छ । नेपाली भाषाहरूको बाहुल्य रहेका क्षेत्रहरूमा भानुको शालिक खडा गरिएका छन् । भानुभक्तले नेपाली भाषा साहित्यका लागि दिएको योगदान अमूल्य हुन्थेन भने विदेशमा बस्ने हरेक जातजातिका नेपालीहरूले भानुजयन्ती असार नलाग्दैदेखि साउन नसकिंदासम्म मनाउने थिएनन् । तर नेपालभित्र भने भनुलाई रत्न मान्नुको साटो दुत्कार्ने गरिएको अकल्पनीय परिस्थिति छ । विदेशी भूमिमा समेत सम्मानित भानु नेपालमै अपमानित हुनुपरेको छ । त्यसैले त उनको शालिक तोडियो ।

त्यसो त सरकारी तवरमा पनि खासै ठूलो कार्यक्रम गरिन्न तर यसपटक उनको २ सय १ औं जन्मजयन्ती पारेर ७० वर्ष उमेर पार गरेका ७ दर्जन हाराहारीका साहित्यकारहरूलाई सम्मानित गरियो । त्यस्तै वर्षभरि विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउने भनिए पनि यी कार्यहरू औपचारिकता निर्वाह र बजेट सक्ने मेसो मात्र बनिरहेका छन् । त्यस्तै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई भानु जयन्तीकै अवसर पारेर राष्ट्रिय प्रतिभा पुरस्कार दिइयो ।

नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सरकारी तवरबाट केही भएको छैन । भानु जयन्तीका दिन सामान्य कविता गोष्ठीहरू हुनेबाहेक भानुभक्तलाई खासै सम्झने प्रचलन हराउँदै गएको छ । तर नेपाली भाषीहरूको बाहुय रहेको भारतका विभिन्न शहरहरूमा धुमधामका साथ भानु जयन्ती मनाइन्छ । ती शहरहरूमा राज्यको तर्फबाटै लाखौं खर्च गरेर नेपाली भाषा साहित्यका विषयमा गोष्ठी र सभाहरूको आयोजना गरिन्छन् ।

मुलुकमा भएको राजनीतिक परिवर्तनसंगै भाषिक सद्भाव टुटाउने प्रयास भैरहेको छ । नेपाली भाषालाई खस जातिको भाषाका रुपमा चित्रित गर्दै यो भाषा राष्ट्र भाषा हुन नसक्ने जिकिर गर्नेहरू छन् । तर उनीहरू स्वयं नेपाली भाषालाई नेपाली भाषामै गाली गर्छन् । भाषा, संस्कृति र धर्म हाम्रो पहिचान हो । नेपालमा बोलिने सबै भाषा नेपालीको भाषा हो भने यहाँका सबै धर्म, संस्कृति नेपालीकै हो । यो कुनै जात विशेषको मात्र होइन । जहाँसम्म नेपाली भाषा राष्ट्र भाषाका रुपमा रहने कि नरहने भन्ने छ– योभन्दा बढी बोलिने भाषा अर्काे कुन छ त ? जुन देशमा सबैभन्दा बढी जुन भाषा बोलिन्छ त्यही भाषा त्यहाँको राष्ट्र भाषा हुन्छ, त्यो त्यस मुलुकको सम्पर्क भाषा हुन्छ ।

नेपालमा नेपाली भाषा हिमालदेखि तराईसम्मको सम्पर्क भाषा भएकाले सरकारी कामकाजमा यही भाषा प्रचलनमा छ र अन्तर्राष्ट्रिय जगतमा पनि यही भाषाले मान्यता पाएको छ । नेपाली भाषा विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको छ । इन्टरनेट इञ्जिन गुगलले नेपाली भाषाको अनुवाद गर्ने पद्धति स्थापित गरेको छ । विश्वका विभिन्न मुलुकबाट नेपाली भाषा अध्ययनका लागि विद्यार्थीहरू आउने क्रम बढ्दो छ । 

विश्वका ३० भन्दा बढी मुलुकमा नेपाली भाषा साहित्यसंग सम्बन्धित संस्था खुलेका छन । त्यतिकै संख्यामा संचारका साधनहरू चलेका छन् । नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि विदेशमा रहेका जुनसुकै जातजातिका भए पनि उनीहरू दत्तचित्त भएर लागिपरेका छन् तर नेपालभित्र भने नेपाली भाषालाई दुत्कार्ने प्रवृत्ति रोकिएको छैन । भाषिक आन्दोलन वा सांस्कृतिक क्रान्तिका नाममा परिचय मेट्ने दुस्साहस हुन लागेको त हैन भन्ने प्रश्न उठिरहेको छ ।

नेपाली भाषा कुनै जात विशेषको भाषा हुन्थ्यो भने यसले अन्तर्राष्टिय जगतमा फैलिने अवसर नै पाउने थिएन । नेपाली भाषा यतिबेला विश्वव्यापी भएको छ । नेपालभित्र भाषिक विवाद मच्चिए पनि विदेशमा भने नेपाली भाषाप्रति सबैको समान सम्मान छ । नेपालमा जात विशेषको भाषाका रुपमा कतिपयले चित्रित गर्ने गरे पनि विदेशी भूमिमा भने त्यस्तो अवस्था छैन । विश्वका दर्जनौं मुलुकबाट नेपाली भाषामा साहित्यिक तथा समाचारमूलक पत्रपत्रिकाहरू संचालन भैरहेका छन् भने अनलाइन खबर पत्रिकाहरू पनि व्यापक रुपमा संचालित छन् । यसको श्रेय आदिकवि  भानुभक्तलाई नै जान्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति (07.09.2014)
नेतृत्वको हानथापले नीति ओझेलमा ? (07.02.2014)
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)
औंलो ठड्याउन मात्र सजिलो हुन्छ (06.09.2014)
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा (06.02.2014)
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा (05.26.2014)
शैक्षिक दूरावस्थाको कारण - यादब देवकोटा (05.19.2014)
भ्रष्टाचारमा संस्थागत संलग्नता - यादब देवकोटा (05.12.2014)
राष्ट्रिय महत्वका आयोजनाहरूको कामभन्दा गफ नै बढी (05.12.2014)
नारा र व्यवहारको बेमेल - यादब देवकोटा (05.05.2014)
धनी कतार : गरीबलाई कहर - यादब देवकोटा (04.28.2014)
खै कहाँ छ परिवर्तन ? - यादब देवकोटा (04.21.2014)
पुरानैबाट नयाँ सोचको अपेक्षा कति ? - यादब देवकोटा (04.08.2014)
राज्य पुनःसंरचना लहडमा हैन - यादब देवकोटा (03.31.2014)
धनी र गरीबको समावेशी मन्त्रिमण्डल - यादब देवकोटा (03.24.2014)
मेटिएको छैन शंकाको रेखा - यादब देवकोटा (03.19.2014)
दिवस–महोत्सव र उत्सवको उपलब्धि ? - यादब देवकोटा (03.10.2014)
यसपटक पनि ‘ककस’को सकस - यादब देवकोटा (03.03.2014)
संघर्ष र बलिदानीको स्मरण गरौं - यादब देवकोटा (02.24.2014)



 
::| Latest News

 
[Page Top]