युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 01:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
संविधान निर्माणमा संचारको भूमिका
Tuesday, 09.30.2014, 11:18am (GMT+5.5)

- यादब देवकोटा
२०४६ साल अघिसम्म नेपालमा उद्देश्यमूलक पत्रकारिता चलेको थियो । त्यो उद्देश्य र अभियान भनेको मुलुकमा प्रजातन्त्र स्थापना गर्नु थियो । अहिले मुलुकको राजनीतिक व्यवस्थाले ठूलो फड्को मारेको छ । पञ्चायतको समाप्तिको लागि भएको आन्दोलनको अढाई दशककै अवधिमा मुलुक गणतन्त्रमा प्रवेश गर्याे तर गणतन्त्रले अहिलेसम्म संस्थागत हुन पाएको छैन । अर्थात् गणतन्त्र नेपालको संविधान बनिसकेको छैन । संविधान नबन्नुको कारण केही राजनीतिक दलका शीर्ष तहका नेताहरूको आग्रह–पूर्वाग्रह र गैरजिम्मेवार प्रवृत्ति हो । यो फगत आरोप मात्र हैन विगत ६ वर्षयता देखिएको दृश्यले नै पुष्टि गर्दछ ।

अहिले मुलुकमा दोस्रो संविधानसभा चलिरहेको छ र सिंगो देशको एकसूत्रीय अभियान भनेको निर्धारित समय अर्थात् माघ ८ गतेभित्र संविधान जारी गर्नु हो । तर अहिलेसम्मको गति हेर्दा संविधान लेखनमा नेताहरूको जिम्मेवारीबोध अझै हुन सकेको छैन । विगतमा जे जस्ता किचलो थिए अहिले पनि त्यसैको निरन्तरता छ । विगतदेखि नै लाग्दैआएको सहमतिको नारा घन्केको घन्क्यै छ तर सहमतिको भ्यागुते धार्नी कहिले पुग्ने हो पत्तो छैन । संविधान निर्माण कार्यतालिका अनुसार सहमति गर्ने प्रयास भए पनि ठोस गति लिन सकेन । सहमति नभए विधि तथा प्रक्रियामा जाने भनिए पनि यसमा पनि विवाद छ । न सहमति हुने न प्रक्रियाबाट टुंगो लाग्ने भएपछि कसरी संविधान बन्ला ? अहम् प्रश्न छ । यस्तोमा आम संचारको भूमिका सर्वाधिक महत्वपूर्ण हुनेमा कसैको विमति छैन । दलको राजनीतिक आस्थामा बाँडिएर संगठित भएका पत्रकारहरूले अबको केही समय ती सब त्यागेर संविधान लेखनकै लागि मात्र आफ्नो अभियान केन्द्रित गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । 

आम संचारले अब संविधान निर्माणको वातावरण बनाउने र विमतिका बिरुद्ध सहमतिको हातेमालोमा नेताहरूलाई प्रेरित गर्ने तथा त्यसका लागि जनमत सिर्जना गर्ने अभियान चलाउनु आवश्यक छ । संचार माध्यममा आएका समाचार विवरण र टिप्पणी तथा विश्लेषणको कति छिटो प्रभाव पर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर अब संविधान बन्दैन, दलहरू फेरि पुरानै बाटोमा लागे जस्ता नकारात्मक टिप्पणीहरूको मात्र बढोत्तरी आइरहेको छ र यसमा स्पष्ट कुराको साटो दलीय आग्रह अनुसारको धारणा प्रवाह भैरहेको पाइन्छ । यसको अन्त्य गर्दै मुलुकको एकसूत्रीय अभियान संविधान लेखनलाई सघाउ पुग्ने सामग्री संचार माध्यमको प्राथमिकतामा पर्नुपर्दछ ।

संविधान लेखनका सवालमा संचार माध्यमहरूमा आउने विविध धारणा दलीय आग्रहप्रेरित हुने गरेको वरिष्ठ पत्रकारहरूको गुनासो छ । “आम संचार राज्यको चौथो अंग र समाजलाई सुसूचित पार्ने प्रभावकारी माध्यम भएकाले यस्तो संस्थाले नकारात्मक धारणा विकसित हुने भन्दा सकारात्मक सोचको विकास हुने विचार प्रवाह गर्नु परम दायित्व हो ।” एक पत्रकारको सुझाव छ ।

मुलुक संक्रमणकालीन अवस्थामा रहेकाले यसको जतिसक्दो चाँडो अन्त्य हुन्छ मुलुकले उति चाँडो निकास पाउँछ । यो वा त्यो बहानामा अस्थिरतालाई मात्र लम्ब्याइरहने हो भने मुलुकले कहिल्यै निकास पाउँदैन । विकासको कुरा त कता हो कता ? “नेपाली पत्रकारितामा पछिल्लो समय विकसित हुँदै आएको दलीय प्रतिस्पर्धाले पनि निष्पक्ष सूचना र विचार प्रवाहमा अवरोध पुर्याइरहेको छ” अर्का पत्रकार बताउँछन् । तर, सकारात्मक कुरा मात्र प्रवाह गर्ने भन्दैमा नेताहरूको गल्तीको ढाकछोप गरेर हुँदै नहुने र हुनै नसक्ने काम हुन्छ र हुँदैछ भन्नुपर्छ भन्ने होइन । मतलब के मात्र हो भने अन्धाधुन्दा आलोचना र आरोपभन्दा स्वस्थ आलोचना, स्वस्थ सुझाव प्रवाह गरौं । संविधान निर्माणको बाटोबाट विमुख हुन लागेकाहरूलाई फर्कन प्रेरित गर्ने खालका समाचार विवरण र विचार प्रवाह गरौं भन्ने मात्र हो ।

पत्रकारहरूको आफ्नो दायित्व, भूमिका र कर्तव्य हुन्छ । त्यसैले यसलाई राज्यको एउटा जिम्मेवार अंगको रुपमा स्वीकार गरिएको छ, त्यो जिम्मवारी संचार जगतले पूरा गर्नैपर्छ । तर, अहिले त्यस्तो देखिंदैन । स्वतन्त्र पत्रकारिताको नाराभित्र दलीय डण्डा बर्सन थालेको छ यतिबेला । पत्रकारहरू विभिन्न राजनीतिक दलको भातृ संगठनका सदस्यका रुपमा सक्रिय भएर थुप्रै संगठनमा आबद्ध हुन पुगेका छन् । यस्तोमा सत्तापक्ष, विपक्ष, सडक पक्षहरूले सोही अनुसारको समाचार प्रवाह गर्ने भएकाले पनि आम जनता दिग्भ्रमित छन् । उनीहरूलाई मुलुकको भविष्य निर्धारणमा भैरहेको प्रगति र त्यो प्रगतिमा उत्पन्न अबरोधका बारेमा प्रभावकारी र निष्पक्ष ढंगले सुसूचित गराउने दायित्व संचारको हो । 

पत्रकार आफैंमा अन्य पेशा–व्यवसायीको तुलनामा बढी सुसूचित, सूचनामाथि पहुँच र घटनाक्रमको विश्लेषण गर्नसक्ने क्षमताका हुन्छन् । उनीहरूले राष्ट्रिय हितमा प्रतिबद्ध भएर सोही अनुसारको पत्रकारिता गर्ने हो भने मुलुकको धेरै समस्याहरू समाधान हुनेछन् । यतिबेला समाचारको प्रभावकै कारण अनेक घटनाहरू उजागर भएका छन्, दोषीमाथि कारवाही भएको छ, पीडितले राहत पाएका छन् । पत्रकारिताको धर्म त्यो हो, जसले समाजको अधिकतम हित गर्छ त्यस्ता विषय वस्तुलाई सर्वसाधारणसम्म पुर्याउने । यतिबेला मुलुकको समग्र ध्यान संविधान लेखनतिरै भएकाले संविधान लेखनका विषयमा यथार्थ कुरा निष्पक्ष ढंगले प्रवाहित गर्नु नै पत्रकारिताको अहिलेको धर्म र लक्ष्य हो ।

त्यसो त ‘मिसन पत्रकारिता’मा अभ्यस्त नेपाली पत्रकारहरूको अहिले पनि त्यही अभियान जारी छ । मुलुकमा यति ठूलो परिवर्तन भैसक्दा पनि पत्रकारिताको उद्देश्य र लक्ष्य स्पष्ट हुन सकेको छैन । संचार जगतको अभूतपूर्व विकास त भयो तर संचारको भूमिका सोही अनुसार स्पष्ट हुन सकेन । व्यावसायिक पत्रकारिताको धर्म भनेको पत्रकारिता पेशाको नैतिक मूल्य–मान्यता कायम गर्नु हो । यसको जिम्मेवारीलाई आत्मसात गर्नु हो । व्यावसायिक भनेको नाफा–घाटा मात्र हैन, त्यसमा पनि पत्रकारिताले मुलुकलाई नाफा दिनुपर्छ भन्ने चेतनाबोध आम पत्रकारमा हुनुपर्छ । अहिलेको आवश्यकता त्यही हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ (08.04.2014)
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त (07.22.2014)
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति (07.09.2014)
नेतृत्वको हानथापले नीति ओझेलमा ? (07.02.2014)
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)
औंलो ठड्याउन मात्र सजिलो हुन्छ (06.09.2014)
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा (06.02.2014)
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा (05.26.2014)
शैक्षिक दूरावस्थाको कारण - यादब देवकोटा (05.19.2014)
भ्रष्टाचारमा संस्थागत संलग्नता - यादब देवकोटा (05.12.2014)
राष्ट्रिय महत्वका आयोजनाहरूको कामभन्दा गफ नै बढी (05.12.2014)
नारा र व्यवहारको बेमेल - यादब देवकोटा (05.05.2014)
धनी कतार : गरीबलाई कहर - यादब देवकोटा (04.28.2014)



 
::| Latest News

 
[Page Top]