युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.30.2020, 04:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
मेलम्ची जालझेलमा पर्दै
Tuesday, 11.04.2014, 08:28am (GMT+5.5)

- यादब देवकोटा
राजधानीबासीका लागि पर्याप्त पानी उपलब्ध हुने भनिएको राष्ट्रिय गौरबको चिनारी दिइएको महत्वकांक्षी आयोजना मेलम्चीको पानी पछिल्लोपटक निर्धारण गरिएको समयमा नआउने भएको छ । चिनीया कम्पनीले ढिलाई गरेर ठेक्का सम्झौता रद्द भए जस्तै सोही काम गर्न आएको इटालियन कम्पनीले पनि तोकिएको समयमा सुरुङ मार्ग बनाउन नसकिने भन्दै समय थप्न आग्रह गरेपछि मेलम्चीको पानी आगामी २०७३ वैशाख १ मा ल्याउन नसकिने भएको छ ।

गत सोमबार सुरुङ निर्माण सम्बन्धी जानकारी लिन इटालीका विदेश राज्यमन्त्री बेनेडेट्टो डेल्ला भेदोभासहित सुन्दरीजल पुग्नुभएका शहरी विकासमन्त्री समक्ष परामर्शदाता कम्पनी पोरी इन्फ्रा एजीका टोली नेता रोबर्ट स्मिथलेसो सो कुराको जानकारी गराउनुभएको हो  । उहाँले मन्त्री डा नारायण खड्कासमक्ष प्रगति विवरण प्रस्तुत गर्दै परामर्शदाता कम्पनीले भौगर्भिक अवस्था र प्राविधिक कारणले पूर्वनिर्धारित समयमा काम सक्ने सम्भावना क्षीण भएको बताएको हो । आयोजनाको २६.५ किमि सुरुङ मार्गमा अहिलेसम्म नौ किमि ८०० मि मात्र खनिएको छ ।

यसअघि चिनीया निर्माण कम्पनी चाइना रेलवेले समयमै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्बभन्दा बढी रकम माग गरेपछि मेलम्ची विकास समितिले ठेक्का सम्झौता रद्द गरेको थियो । आफूले ठेक्का पाएको अवधिमा चाइना रलवेले जम्मा साढे ४ किलोमिटर मात्र सुरुङ निर्माण गरेको थियो । ऊसँगको ठेक्का सम्झौता रद्द हुँदा १० महिनासम्म आयोजनाको काम ठप्प बन्न पुगेको थियो । चाइना रेलवेले ठेक्का सम्झौता रद्द गरी बीचमै काम छाडेर हिँडेपछि मेलँचीको भविष्य नै अन्योलमा पुगेको र लगानीकर्ताले हात झिक्ने सम्भावना बढेकाबेला मुख्य लगानीकर्ता एसियाली विकास बैंकले आयोजना जसरी पनि पूरा गरेरै छाड्ने सरकारसँग प्रतिबद्धता जनाएको थियो । त्यसपछि बाँकी कामका लागि मेलम्ची खानेपानी आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरूले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए । सबैभन्दा कम आर्थिक प्रस्ताव इटालीको सीएमसी कम्पनीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँको गरेको थियो । 

मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना छ । जसमा सिन्धुपाल्चोकको मेलम्ची, यांग्री र लार्के खोलाबाट १७–१७ करोड लिटर पानी ल्याइनेछ । मेलम्ची आयोजनाको पानी काठमाडौंमा ल्याउन केही समयअघि जापानी नियोग (जाइका) को ऋण सहयोगमा सुन्दरीजलस्थित महांकाल चौरमा पानी प्रशोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । पानी प्रशोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा कम्पनीले ४ अर्ब २० करोड ४६ लाखमा ठेक्का पाएका हुन् ।

पछिल्लो प्रतिवेदन अनुसार दैनिक कम्तीमा ३८ मि सुरुङ खनिनुपर्नेमा बढीमा २० मि मात्र सुरुङ खनिएकाले निर्धारित समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्न मुस्किल देखिएको हो । चिनियाँ कम्पनीलाई सुरुङ मार्ग निर्माणका लागि सन् २००९ मा ठेक्का दिइए पनि सम्झौतामा उल्लेख भएअनुसार काम गर्न नसक्दा ठेक्का तोडी सन् २०१३ जुलाइ १५ मा इटालेली कम्पनी सिएमसीसित अर्काे ठेक्का सम्झौता गरिएको थियो । सिएमसीले गत असोज १५ मा  परीक्षण प्रारम्भ गरी पुस १७ गतेदेखि सुरुङ निर्माण सुरु गरेको थियो । त्यसो त भौगर्भिक अवस्था अनुसार सुरुङ मार्ग निर्माणमा समय खर्च हुने प्राविधिकहरू बताउँछद्धन् । समितिका इन्जिनियर सुदन खरेलका अनुसार एक र दुई नं.को चट्टान हुँदा छिटो काम हुन्छ र तीन नंमाथिका कमजोर चट्टान आएमा डन्डीसमेत बनाएर अगाडि बढ्नुपर्ने हुन्छ । सुरुङ मार्गका केही ठाउँमा कुटाले पनि खोस्रन सक्ने चट्टान आएकाले काम ढिला भएको अर्का इञ्जिनियर माधव नेपालको कथन छ ।

निर्धारित समयमा काम सम्पन्न गर्न सात स्थानबाट सुरुङ खन्न सुरु गरिएकामा माथिबाट रुख खसेकाले सिन्धुमार्गबाट सुरुङ खन्ने काम चिनियाँ कम्पनी गएदेखि नै रोकिएको छ । हाल सुन्दरीजलबाट सबैभन्दा बढी तीन हजार ६६ मि सुरुङ खनिएको छ । यसका साथै सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र अम्बाथानतिर, अम्बाथानबाट ग्याल्थुम र मुहानतिर गरी सात ठाउँबाट सुरुड खन्ने काम भइरहेको छ ।

त्यसो त इटालीका विदेश राज्यमन्त्री भेदोभाले इटालीको निजी कम्पनीले सुरुङको काम गरेको भए पनि समयमै काम सकाउनका लागि इटाली सरकारका तर्फबाट सहयोग गरिने बताउँदै निर्धारित समयमै आयोजना सम्पन्न गर्न थप प्रविधि र जनशक्ति लगाउने प्रतिबद्धता भने जनाउनुभएको छ । 

मेलम्ची मात्र समयमा काम सम्पन्न नहुने पहिलो आयोजना भने हैन । नेपालका प्रमुख विकास आयोजनाहरू यसै गरी समय थपिंदै लागत बढाउँदै अन्ततः गरीब नेपालीको थाप्लामा ऋणमाथि ऋणा मात्र थोपरिने गरिएको छ । निर्धारण गरिएको लक्ष्य अनुसार कहियै काम नहुने र समय बित्नै लागेपछि ठेक्का तोड्ने, अनेक बहानामा लागत बढाउने, समय बढाउन चलखेल गर्ने प्रवृत्तिहरू निरन्तर चलिरहेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)
संविधान निर्माणमा संचारको भूमिका (09.30.2014)
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ (08.04.2014)
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त (07.22.2014)
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति (07.09.2014)
नेतृत्वको हानथापले नीति ओझेलमा ? (07.02.2014)
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)
औंलो ठड्याउन मात्र सजिलो हुन्छ (06.09.2014)
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा (06.02.2014)
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा (05.26.2014)
शैक्षिक दूरावस्थाको कारण - यादब देवकोटा (05.19.2014)
भ्रष्टाचारमा संस्थागत संलग्नता - यादब देवकोटा (05.12.2014)



 
::| Latest News

 
[Page Top]