युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
रोग बढाउँदैछ उपत्यकाले
Tuesday, 11.18.2014, 03:04pm (GMT+5.5)

- यादब देवकोटा
मन्दिर, नदी, पर्वत र जंगल संस्कृतिको उद्गमथलो काठमाडौं उपत्यका मन्दिरै मन्दिरको शहरको रुपमा चिनिन्थ्यो । तर, यतिबेला अत्यधिक प्रदूषित शहरमा काठमाडौं चिनिन्छ । राजधानीका नदीहरू ढल निकासको माध्यम बनिरहेका छन् भने यहाँको उर्वर भूमिमा घर ठडिएका छन् । वरिपरीका जंगल मासिने क्रममा छ । स्वच्छ वायुका लागि यहाँका जनता अत्तालिएका छन् । किनभने काठमाडौँ उपत्यकामा बिहानको हिँडडुल र शारीरिक अभ्यास थप जोखिमपूर्ण बनेको छ । बिहान र बेलुकाको समयमा धुलोको कण अधिक देखिएको हुँदा उपत्यकावासीले प्रायः बिहानको समयमा गरिराखेको मर्निङवाक (बिहानको हिँडडुल) जोखिममा परेको छ ।

काठमाडौँ उपत्यकाको खस्कँदोे वातावरणीय प्रदूषणका बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही महिना छ महिनाको अवधिमा गरेको मापन अनुसन्धानमा सो नतिजा देखिएको हो । परिषद्का सदस्य सचिव डा खेमबहादुर कार्कीले अनुसन्धान नतिजाले बिहान ६ बजेदेखि ९ बजेसम्म उपत्यकाको वायुमा फोक्सोसम्म सिधै पस्नसक्ने धुलाका कणको मात्रा मापदण्डभन्दा करिब दुईगुणा बढी पाइएको बताउनुहुन्छ ।

बाह्य वायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कणहरू सास लिँदा सोझै फोक्सोमा पुग्छन् । नेपालमा २.५ माइक्रोमिटरसम्मको धुलोको कणको मात्रा ४० माइक्रो ग्राम प्रतिघनमिटरसम्मलाई सामान्य मानिन्छ । अध्ययनबाट उपत्यकाको बिहानको हावामा धुलोको कणको मात्रा ८०.५ माइक्रो ग्राम प्रतिघनमिटर भेटिएको छ ।

काठमाडौं उपत्यकाको वायुमा पाइने २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण बिहान ५ बजेदेखि लगातार बढ्दै जाने र बिहान ९ बजेसम्म अधिक रहने देखिएको छ । यसपछि विस्तारै घट्दै गए पनि साँझ ६ बजेदेखि ९ बजेसम्म फेरि बढ्दै जाने क्रम पाइएको छ । प्रायः बिहान र बेलुकीको यही समयमा मानिस शारीरिक अभ्यासका लागि घर बाहिर निस्कने गर्दछन् । स्वस्थ हुनका लागि गरिने यस्ता भ्रमणले उल्टै श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग थप बढ्ने जोखिम बढाएको छ ।

अर्काेतिर मुटु, मधुमेह र क्यान्सर रोग रोगथामका लागि अनिवार्यरुपमा शारीरिक अभ्यासको जरुरी पर्दछ । तर काठमाडौं यसका लागि लायक नै रहेको छैन । काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषण यति उत्कर्षमा पुगेको छ कि विगतका कुरा अहिलेको पुस्तालाई सुनाउँदा कुनै दन्त्यकथा जस्तो लाग्छ । विहानीपख नदी किनारमा बसेर उदाउँदो सूर्यको किरण शरीरमा पार्ने चाहना सपना जस्तै छ । कचौरा आकारका काठमाडौं उपत्यकाको वायु प्रदूषणले यहाँ स्वच्छ हावा र सूर्यको किरण समेत पर्याप्त आउँदैन । 

राजधानी उपत्यका सेवा, सुविधा र अवसरको केन्द्र मानिए पनि यो मानवका लागि उपयुक्त वातावरण समेत नभएको शहरका रुपमा विकसित हुँदै जानु मन्दिरै मन्दिरको शहरको लागि सुहाउने कुरा पटक्कै हैन । तर अव्यवस्थित र योजनाबिहीन शहरीकरणको मारले काठमाडौं गाजिएको छ । वन अतिक्रमण, फोहरमैलाको उचित व्यवस्थापन हुन  नसक्नु, नदीमा ढल मिसाइनु जस्ता गलत कामले काठमाडौं दुर्गन्धित र प्रदूषित बनिरहेको छ । उपत्यकाको सभ्यता मानिएको वाग्मती नदी सफा पार्न डेढ वर्षभन्दा बढी समयदेखि अभियान चलेको छ । आजभन्दा ३० वर्ष अघिको बागमती नदी र अहिलेको बागमती नदीको तुलनै हुन सक्दैन । नदीलाई नदीको स्वरुपमा राख्न नसकेपछि भोग्नुपर्ने अनेक समस्याहरू राजधानीले भोगिरहेको छ । 

खानेपानीका लागि यता उता भौतारिंदै हिंड्नुपरेको छ । अव्यवस्थित शहरीकरणको मार खेपेको उपत्यकाले विकास निर्माणसंगै भूमिगत जलको सतह समेत घटाउँदै लगेको छ । भवन निर्माणदेखि सडकलाई पक्की र कालोपत्रे गर्नेसम्मका कार्यमा वातावरणीय पक्षलाई ध्यान नदिंदा नै यस्तो संकट उत्पन्न भएको हो । घरघरबाट निस्केको फोहरमैला ढलबाट नदीमा मिसाउने कार्यलाई रोक्न सकिएको छैन । हरेक घरमा सेफ्टी ट्यांक निर्माण गर्नैपर्ने नियम भए पनि त्यसको अनुगमन छैन । घरको फोहर ढलबाट सिधै नदीमा मिसाइन्छ । अनि कसरी उपत्यका स्वस्थ हुन्छ र उपत्यकाबासीलाई कसरी स्वस्थ्य प्रदान गर्नसक्छ ।

जलस्रोतमा धनी मुलुक नेपालमा जताततै खानेपानीको हाहाकार छ । उपत्यकाकै कुरा गर्ने हो भने मेलम्चीको सपना देखाउन थालिएको दशक नाघिसक्यो । अझै कहिले मेलम्ची राजधानी झर्ने हो पत्तो छैन । अर्कोतिर यहाँ भएका स्रोतमा ढल मिसाएर दूषित पारिएको छ । आगामी दिनमा पानीका लागि ठूलो संघर्ष हुने भविष्यवाणी धेरै पहिले नै भैसकेको छ । विश्वव्यापी औद्योगिकीकरणले निम्तिएको वातावरणीय प्रदूषण र तापक्रममा भएको वृद्धिले प्राकृतिक सन्तुलन नै विग्रन थालेको छ । वर्षा हुनुपर्ने समयमा खडेरी पर्नु, आकाशमा अनेकथरि बादल देखापर्नु, विकिरणयुक्त हावा वहनु, पानी प्रदूषित हुनु जस्ता पक्षहरू जलवायु परिवर्तनसंग सम्बन्धित छन् । यसको प्रत्यक्ष असर मानव शरीरमा भित्रिएका अनेक रोगव्याधीले नै देखाइसकेको छ । दशकौं पहिले निर्मुल भएका रोगहरू पुनः बल्झन थालेका छन् । 

पशुबाट मानिसमा सर्ने रोगहरू अब मानिसबाट मानिसमै सर्न थालेका छन् । हिमाल पग्लदैछ र समुद्रको सतह बढ्दैछ । नदीहरू प्रदूषित हुन थालेपछि त्यसका किनारका वस्ती र संचित हुने भूमिबाट उत्पादिन अन्न पनि प्रदूषित हुन थालेको छ । माटोको उर्वराशक्ति कमजोर बन्दैछ । जैविक खेती प्रणाली अपनाउनुको साटो थोरै समयमा धेरै उत्पादन गर्ने लोभमा अनावश्यक रासायनिक पदार्थको प्रयोगले खाद्य वस्तुहरू विशाक्त मात्र बनिरहेका छन् । यसले तत्कालको भोक मेट्ने काम गरे पनि शरीरलाई चाहिने आवश्यक तत्व दिनुको साटो रोगव्याधी मात्र निम्त्याइरहेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)
संविधान निर्माणमा संचारको भूमिका (09.30.2014)
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ (08.04.2014)
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त (07.22.2014)
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति (07.09.2014)
नेतृत्वको हानथापले नीति ओझेलमा ? (07.02.2014)
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)
औंलो ठड्याउन मात्र सजिलो हुन्छ (06.09.2014)
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा (06.02.2014)
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा (05.26.2014)



 
::| Latest News

 
[Page Top]