युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ?
Saturday, 01.17.2015, 09:53am (GMT+5.5)

- यादब देवकोटा
आफ्नो अडानमा दृढ रहन सकिएन भने, प्रतिबद्धता अनुसार लगनशील भएर काम गरिएन भने कुनै सफलता हात लाग्दैन । मुलुक हाँक्ने र मुलुकको भविष्य निर्माण गर्ने भन्दै गरिएका प्रतिबद्धता अनुसार काम नहुँदा र आफ्नो प्रतिबद्धताबाट मोडिंदाको परिणाम मुलुकले माघ ८ गते मात्र हैन यस्तै पारा रहेमा कहिल्यै पनि संविधानसभाबाट संविधान नपाउने स्थिति उत्पन्न भएको छ । नेताहरूको छेपारे बुद्धिले गर्दा एकपछि अर्को संकट मडारिन थालेको छ । राजनीतिक दलहरूबीच ध्रुवीकरण मात्र हैन मुठभेडकै स्थिति उत्पन्न भएको छ ।

संविधान जारी हुने दिन अर्थात् माघ ८ गते आउन ९ मात्र बाँकी छ तर संविधान जारी हुने सम्भावना पटक्कै छैन । नेताहरू संविधानका विवादहरूमा सहमति गर्ने भनेर जति ओथारो बसे पनि सहमतिको चल्ला कोरल्न सकेका छैनन् । आजको बैठकमा सहमति हुन लाग्यो भन्ने नेताहरू भोलिपल्टै नयाँ विवाद सिर्जना गर्छन् या पुरानै अडान दोहोर्याउँछन् । यसले गर्दा आम जनतामा घोर निराशा उत्पन्न भैरहेको छ । कमसेकम आफूले विगतमा गरेको घोषणाको मात्रै पालना गरिदिएको भए पनि अहिले संविधान नबन्ने यतिविधि आशंका हुने थिएन भन्ने जनगुनासो छ । राजनीतिक दलहरूले दोस्रो संविधानसभाको निर्वाचनमा भाग लिने बेलामा नै घोषणापत्रमार्फत संविधानसभा गठन भएको एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता जनाएका थिए । 

सोही अनुसार संविधानसभाले कार्यतालिका बनायो । यो कसैले तोकिदिएको समय हैन उनीहरूले नै तोकेका हुन् । दलीय घोषणापत्र अनुसार संविधान लेखन कार्यतालिका बन्यो र निश्चित समयसम्म सहमतिको प्रयास गर्ने नभए प्रक्रियाबाट संविधान जारी गर्ने प्रतिबद्धता अहिले देशका राजनीतिक निर्णायक शक्ति हामी नै हौं भन्ने देखाउन र सिद्ध गर्न चाहिरहेका प्रमुख दलका नेताहरूले नै जनाएका थिए ।

तर अहिले सहमति बाहेक अन्य विधि हुँदैहुन्न भन्ने र सहमति नगरे बिधिबाट पनि जारी गरिन्छ भन्ने दुबै पक्ष असफल सावित हुँदैछन् । हिजो सहमति नभए बिधि र प्रक्रियाबाट संविधान जारी गर्छौं भनेर मत माग्नेहरू अब कसरी जनतालाई आश्वस्त तुल्याउँछन् । सहमति किन हुन सकेन ? सहमतिका लागि वास्तविक अबरोध केमा छ र कसले गरिरहेका छ भन्ने सवाल अहिले महत्वपूर्ण रुपमा उठिरहेको छ तर नेताहरूले यसलाई आत्मसात गर्न सकिरहेका छैनन् ।

यसको खास कारण भनेको दलीय स्वार्थ हावी हुनु हो । राजनीतिक दलभन्दा माथि देश छ भन्ने नदेखेकै कारण नेताहरूले देश र जनताको मर्म बुझ्न सकेनन् । राष्ट्रिय आवश्यकता र जनताको आकाङ्क्षाको बाटोमा राजनीति हिंडिरहेको छैन । ‘एक वर्षभित्र सहमतिका आधारमा नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरिछोड्ने’ भन्दै गरेको घोषणा अलपत्र परेको छ । नेताहरूमा लोकलाज र लोकभय पटक्कै देखिएन मात्र होइन यो पुस्ताका राजनीतिक दलका नेताहरू पूरै असफलताको दिशातिर उन्मुख छन् ।

नेताहरूको गुम्दो विश्वसनीयताले मुलुक असफलताको दललदमा फस्ने खतरा उत्पन्न भएको छ । नेताहरू सहमति गर्ने भन्दै भीडन्तको तयारी गरिरहेका छन् । संविधानसभाको निर्वाचनमा जनताले दिएको म्याण्डेट पालना गर्न कोही पनि अग्रसर देखिंदैनन् । संविधान जारी गर्ने मिति आउनै लाग्दा विपक्ष देश बन्द गराउँदै हिंड्न थालेको छ भनर बालुवाटारमा सहमतिको नाटक पनि मञ्चन भैरहेको छ । तर संविधानका कुनै पनि विषयमा एक अक्षर लेखिएका छैनन् । अन्तर्वस्तुमा कायम विमतिले चर्को राजनीतिक विवादको रुप लिएको मात्र हैन मुलुकको भविष्य नै संकटमा पर्ने आशंका पैदा भएको छ । 

यतिबेला आएर के कुरा स्पष्ट भएका छ भने मुलुकका जिम्मेवार राजनीतिक दलका जिम्मेवार नेताहरू आफूलाई असफल बनाउने उद्योग चलाइरहेका छन् । जेजस्ता विवादहरू अहिले छन्, ती विवाद ताजा नभएर निकै पुरानो र बासी हो । प्रमुख राजनीतिक दलहरूबीच पहिलो संविधानसभादेखि कायम रहेका विवाद अहिले पनि जस्ताको तस्तै छन् । दोस्रो संविधानसभाको निर्वाचनपछि त मुलुकले संविधान पाउला भन्ने धुमिल हुँदैछ । यति मात्र हैन, चरम राजनीतिक अस्थिरताको सिर्जनाको भय पनि संगसंगै मडारिएको छ । 

यस्तोमा स्थितिको आँकलनका बीच जुनसुकै विधिबाट भए पनि समयमा संविधान जारी गर्ने गरी दलहरूबीच समझदारी बन्न सकेन भने नेपाल असफल राष्ट्रको दिशातिर नधकेलिएला भन्न सकिन्न । अहिलेको सबभन्दा ठूलो विडम्बना नै यही बनेको छ । प्रमुख दलका शीर्ष नेताहरू हरेकजसो दिन सहमतिका लागि भन्दै बैठकमा बस्ने तर सहमतिको एक बुँदा बाहिर नआउने गर्दा सहमति सहमति भन्दाभन्दै मुलुक डुबाउने प्रपञ्च त रचिंदै छैन भन्ने प्रश्न समेत उठिरहेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)
संविधान निर्माणमा संचारको भूमिका (09.30.2014)
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ (08.04.2014)
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त (07.22.2014)
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति (07.09.2014)



 
::| Latest News

 
[Page Top]