युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
बलिदानीको कदर नहुने देश
Monday, 02.02.2015, 06:44pm (GMT+5.5)

- यादब देवकोटा

‘खोलो तर्याे लौरो बिस्र्यो’ भन्ने नेपाली लोकोक्ति यतिबेला नेपाली राजनीतिमा निकै चरितार्थ भएको छ । जसको बलिदानीका कारण नेताहरू अहिलेको हैसियतमा आइपुगेका छन् उनीहरूको संघर्ष, त्याग र राष्ट्रभक्तिलाई स्मृतिमा राख्न सकेनन् । मुलुकको एकता छिन्नभिन्न पार्ने शहीदको संघर्षको एजेण्डा थिएन । शहीदहरूले मुलुक टुक्रा टुक्रामा विभाजित गर भनेका छैनन्, मुलुकमा विदेशी हैकम बढ्न देउ पनि भनेका छैनन् । राजनीतिक नेताहरूबीच सत्ता र कुर्सीकै मात्र खेल भैरहोस् पनि भनेका छैनन् । शहीदको सपना नेपाल र नेपाली जनताको सुख, शान्ति र समुन्नति मात्रै थियो । तर त्यसैलाई जिम्मेवारी लिएकाहरूले लत्याइरहेका छन् । नेपाल र नेपालीको कल्याणका लागि शहीदहरूले देखाएको मार्गलाई पछ्याउनुको साटो दुत्कारिएको छ । 

नेपाली जनताले २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२।०६३ को दोस्रो जनआन्दोलनमा ठूलो कुर्वानी गरे । तर युगान्तकारी परिवर्तनका ती घटनापछिका राजनीतिक परिघटनाले राष्ट्रिय चिन्तनधारको मूलबाटो समात्न सकेनन् । नेपालको राजनीतिले स्थायित्व ग्रहण गर्न सकेन । नेपालका राजनीतिक नेताहरूको सत्ता लोलुपताको कमजोरी बुझेका वैदेशिक शक्तिहरूले मौकापरस्त भूमिका खेल्दै उनीहरूलाई उपयोग गर्ने रणनीति अपनाए । 

राष्ट्रको चौतर्फी हितका लागि आवाज बुलन्द गर्ने शहीदहरूको शरीर नासिए पनि उनीहरूको आत्मा जीवितै छ, उनीहरूको विचार जस्ताको तस्तै जहाँको तहीँ अमर छ । अभाव त्यो विचार र सपनाको पूर्णता मात्र हो । अहिले मनमा थोरै मात्र राष्ट्रिय चिन्तन हुनेहरू ती महान् आत्माहरू झल्झल्ति सम्झिरहेका छन् । तर शहीदहरूकै वलिदानीबाट सत्तामा पुगेका र आफूलाई नेता बनाउन पाएकाहरूले केवल वर्षमा एकपटक मात्र शहीदको सम्झना गर्छन् त्यो पनि अपगालबाट बच्न र जनतामा भ्रम छर्न । बाँकी समय आफ्नै स्वार्थमा रमिरहन्छन् । प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यो अवधिमा शहीदको आत्मसम्मान गरिने खालका कुनै कार्यक्रम लागू गरिएन । उनीहरूलाई केवल वर्षको एकचोटी स्मरण गर्ने ‘कुलदेवता’का रुपमा मात्र प्रतिस्थापित गराइयो । यसैकारण त मुलुक अहिलेको यो नाजुक अवस्थाबाट गुज्रिरहेको छ । 

आज मुलुक चौतर्फी संकटमा छ । आन्तरिक राजनीतिक शक्तिहरू बाह्य इशारा र निर्देशनमा मुलुक ध्वंश गर्ने बाटो अख्तियार गरिरहेका छन् । देशको अवस्था विकराल छ, राष्ट्रियता चारैतिरबाट प्रहारको निशाना बनिरहेको छ । राष्ट्रिय स्वार्थ त्यसै त्यसै विलिन हुन पुगेको छ । राजनीतिक रुपमा मुलुक प्रतिक्षण क्षयोन्मुख अवस्थामा छ भने आर्थिक, सामाजिक अवस्थाको वर्णन गर्नै नसकिने भैसकेको छ । इमान्दारिता, सदाचार, नैतिकता हराइसकेको छ । आफू र आफ्नो वाहेक हामी र हाम्रो भन्ने भावना मरिसकेको छ । नेपालीको विशेषता नै बनेको ‘अनेकतामा एकता’ अहिले ‘एकतामा अनेकता’को रुपमा फोस्रो नारा भएको छ । यस्तो विकराल अवस्थामा महान् शहीदहरूका आत्मा कति रोएको होला ? त्यसतर्फ विचार पुर्याउने कसले ? दिन प्रतिदिन पतनोन्मुख अवस्थामा गुज्रिएको यो मुलुकको उत्थानका लागि अब शोभा भगवती, सिफल र टेकुमा उभिएर शपथ खानु परेको छ । हिजो गरेका गल्ती, कमजोरीलाई सच्याउँदै राष्ट्रिय एकता र राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्दै आफूलाई त्यसैमा समाहित गर्ने प्रण गर्नुपरेको छ । 

महान् शहीदहरूले आफ्नो प्राणको आहुति अहिलेकै जस्तो अवस्था आउनको लागि दिएका होइनन् । ऐतिहासिक राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको अवमूल्यन हुँदैआयो र परिवर्तनकामी जनताका आकाङ्क्षाहरू उपेक्षित हुँदैगए । कहिल्यै स्वतन्त्रता नगुमाएको नेपाल आज वैदेशिक शक्तिहरूको खेलमैदानमा परिणत भएको छ र राष्ट्रिय एकता र अखण्डता नै जोगाउन धौधौ पर्न थालेको छ । बाहिरी शक्तिको बुइ चढेर बुर्कुसी मार्ने राजनीतिक कसरतले कथित मूलधारको राजनीति गतिहीन, दिशाहीन र कान्तिहीन भएको छ । मुलुक राजनीतिक छलकपट, बाहिरी षड्यन्त्र र सत्तास्वार्थको संकीर्णताले दग्ध भएको छ । राष्ट्रहितको साझा लक्ष नै छैन । सत्तालोलुप नेताहरू नेपथ्यबाट निर्देशित भएर राजनीतिक रंगमञ्चमा उत्रिएका छन् र विध्वंश र विघटनको निम्ति खलपात्र बनेका छन् । राष्ट्रिय चेतना शून्यबिन्दुमा झरेको छ । शहीदका सपनाहरू मुर्झाइसकेका छन् । 

राष्ट्रको समुन्नति, राष्ट्रिय अखण्डताको रक्षा र एकता सपुतहरूको त्याग र बलिदानीवेगर सम्भव हुँदैन । राष्ट्रका लागि आफ्नो प्राणको आहुति दिनेहरूलाई शहीद भनिन्छ । यिनै शहीदको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । यस वर्ष पनि सप्ताहव्यापी रुपमा ‘शहीद सप्ताह’ भनेर चार महान शहीदहरूको शालिकमा गएर माल्यार्पण गरियो । औपचारिकतामा सीमित शहीद दिवसले कसैलाई झक्झक्याएको पनि छैन । किनभने आज दलपिच्छेका शहीद, जातपिच्छेका शहीद, सम्प्रदायपिच्छेका शहीदको लर्को लागेको छ । जे भए पनि ज्ञात–अज्ञात रुपमा मुलुकका लागि संघर्ष गर्ने र बलिदानी दिनेको अवमूल्यन गर्नहुँदैन । यिनैको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ र यस वर्ष पनि अर्को एउटा औपचारिकता पूरा भयो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
ढुंगा निचोरेर तेल निस्किएन (01.26.2015)
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ? (01.17.2015)
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)
संविधान निर्माणमा संचारको भूमिका (09.30.2014)
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ (08.04.2014)



 
::| Latest News

 
[Page Top]