युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 09:31am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अर्थतन्त्र तत्काल सुध्रिने छाँट छैन
Tuesday, 02.10.2015, 02:14pm (GMT+5.5)

यादब देवकोटा
आर्थिक वर्षको ६ महिनामा मुलुकको ब्यापार घाटा ३ खर्ब नाघेको छ । ६ महिनाको अबधिमा वार्षिक बजेटको झण्डै आधा रकम बराबरको व्यापार घाटा मुलुकले व्यहोरिसकेको छ । यसको एउटै कारण भनेको मुलुकमा आर्थिक गतिविधि नहुनु हो । व्यापार र व्यवसायका नाममा विदेशी बस्तु विक्री गरेर कमिशन खाने मात्र काम भैरहेको छ । नेपाली अर्थतन्त्र केही वर्ष अघिसम्म कृषिले धानेको भनिन्थ्यो तर अब परिस्थिति बदलिएको छ । कृषिले निर्वाह पनि नहुने अवस्था अहिले छ । नेपालको अर्थतन्त्र यतिबेला वैदेशिक रोजगारीले धानिएको छ । विदेशबाट आएको रकम विदेशतिरै गैरहेको छ । यस्तोमा मुलुकको आयात त धानियो तर आर्थिक उत्पादकत्व भने क्रमशः कमजोर बन्दैछ ।

चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ३ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार गत पुस मसान्तसम्म ३ खर्ब ५७ अर्ब ५६ करोड रुपैयाँको आयात भएको छ । निर्यात भने ४३ अर्ब ४३ करोड रुपैयाँ मात्रै छ । उक्त आधारमा चालू आर्थिक वर्षको व्यापार घाटा झन्डै ६ खर्ब ३० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ६ खर्ब १९ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । यसबाट चालू आर्थिक वर्ष व्यापार घाटा अझै बढ्ने देखिन्छ ।

गत वर्षको ६ महिनाको तुलनामा आयात बढेको छ भने निर्यात घटेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष ४५ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । आयात भने ३ खर्ब ३३ अर्ब रुपैयाँ भएको थियो । नेपालको अर्थतन्त्र कागज र भाषणमा मात्र सुधार हुने तर व्यवहारमा यथास्थितिमै रहने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । पुस मसान्तसम्म ६३ अर्ब ९ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको हो । दोस्रो नम्बरमा फलाम तथा स्टिल ३३ अर्ब ३९ करोडको आयात भएको थियो । कृषिप्रधान मुलुक भए पनि अन्नबाली पनि ६ महिनाको अवधिमा निकै आयात भएको तथ्यांकमा छ । 

मुलुकबाट झन्डै १६ अर्ब रुपैयाँको अन्नबाली खरिदमा बिदेसिएको छ । फलफूल मात्रै १० अर्ब ८९ करोड रुपैयाँले आयात भएको छ । झन्डै ४२ करोड रुपैयाँको माछामासु आयात भएको छ । सवारीसाधन तथा तिनका पाटपुर्जा भने २३ अर्ब ९३ करोड रुपैयाँको आयात भएको हो । विभागका अनुसार भन्सार कार्यालयहरूबाट उठाइने राजस्वमा सबैभन्दा बढी योगदान सवारी साधनको छ । गत पाँच महिनाको अवधिमा मात्रै २० अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । उक्त रकम भन्सार कार्यालयहरूबाट उठ्ने राजस्वको झन्डै ३० प्रतिशत हो ।

प्लास्टिक तथा प्लास्टिक जन्य समग्री पनि अत्यधिक आयात भएको देखिन्छ । विभागका अनुसार १४ अर्ब ८९ करोड रुपैयाँको प्लास्टिक आयात भएको विभागले जनायो । फलाम तथा स्टिल सबैभन्दा बढी निर्यात हुने सामग्री हो । विभागका अनुसार यस शीर्षकमा ४ अर्ब ४१ करोड रुपैयाँको निर्यात भएको छ । फलाम तथा स्टिलजन्य कच्चा पदार्थ पनि थप १ अर्ब ६७ करोड रुपैयाँको छ । निर्यात हुने दोस्रो सामग्री भने गलैंचा देखिएको छ ।

६ महिनाको अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँको गलैंचा निर्यात भएको हो । ३ अर्ब २३ करोड रुपैयाँको तयारी पोसाक पनि निर्यात भएको छ । २ अर्ब ९५ करोड रुपैयाँको कफी तथा चिया निर्यात भएको छ ।

यसबीचमा ९१ लाख रुपैयाँको खाद्यान्न निर्यात भएको छ । माछामासु भने आयातभन्दा निर्यात बढी भएको विभागले जनाएको छ । तथ्यांक अनुसार ५२ करोड रुपैयाँको माछामासु निर्यात भएको हो । फलफूल भने आयातको १० गुणा कम निर्यात भएको छ । आयात १० अर्ब छ भने निर्यात करिब १ अर्ब रुपैयाँ मात्रै रहेको विभागले तथ्यांकमा उल्लेख छ ।

जुनसुकै सरकार र अर्थनीतिमा जतिसुकै पोख्त अर्थमन्त्री भए पनि मुलुकको अवस्थामा कुनै सुधार छैन । यसअघि राजनीतिक अस्थिरताले गर्दा औद्योगिक वातावरण नबनेको भन्ने गरिए पनि अहिले दुई तिहाईभन्दा बढीको समर्थन र साथ रहेको सरकारका पालामा पनि अवस्था उही छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बलिदानीको कदर नहुने देश (02.02.2015)
ढुंगा निचोरेर तेल निस्किएन (01.26.2015)
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ? (01.17.2015)
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)
संविधान निर्माणमा संचारको भूमिका (09.30.2014)
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)



 
::| Latest News

 
[Page Top]