युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:11pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
राजनीति, प्रशासन र नेता केका लागि ?
Wednesday, 03.04.2015, 12:10pm (GMT+5.5)

- यादब देवकोटा

सबै नीतिहरूलाई सही बाटोमा हिंडाउने र सबै नीतिहरूलाई नियन्त्रण गर्ने नीति राजनीति हो । राजनीतिमा बिकार घुस्यो भने सबै नीतिहरू भताभुंग हुन्छ । समाज चल्न चाहिने अनुशासन भत्कन पुग्छ अनि समाजमा विकृति, विसंगति र बेथितिको थुप्रो लाग्छ । नेपाली समाजमा अहिले त्यस्तै कुराहरूको पहाड खडा छ । राजनीतिले आफ्नो काम गरिरहेको छैन । राज्य चलाउनेहरूमा कुनै सोच र संस्कार देखिएको छैन । त्यसैले नेपाली जनता हरक्षण त्रासमा बाँच्न विवश छन् । बलात्कार, लुटपाट, अपहरण, हत्या जस्ता कुरा समान्य लाग्न थालेका छन् । युवा पुस्तामा अपराध मनोवृत्ति बढ्दो छ । यसको अर्को कारण जिम्मेवारी लिएकाहरूबाट एकले अर्कोको मुख ताक्नु पनि हो । 

राजनीतिले केही गरेन भनेर राज्य संचालनका बाँकी सबै अंग चुप लागेर बस्दाको परिणाम पनि हो आजको दूरावस्था । प्रजातान्त्रिक मुलुकमा राज्य संचालनका लागि चार क्षेत्रलाई महत्वपूर्ण अंग मानिन्छन् । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र संचार माध्यम । तर यहाँ कसबाट कति आश गर्ने ठाउँ रहन्छ र रहेको छ भन्ने नै खुट्याउन सकिन्न । राजनीति गलत दिशामा गए पनि अन्य अंगले सही मार्ग पक्डनु पर्ने हो र गलत दिशा हिंड्ने राजनीतिलाई सही मार्गमा ल्याउनुपर्ने हो । तर, सबै राजनीतिको पछि कुद्ने गरेका छन् । राजनीतिक दलका नेताहरूको दौराको फेर समातेर आफ्नो उन्नतिको भर्याङ खडा गर्न चाहनेहरूको हालिमुहाली भएका कारण नेपाल र नेपाली जनताको अवस्था दुर्दान्त छ ।

भनिन्छ, संविधान नबनेर समस्या भयो । संविधानका अन्तर्वस्तुमा सहमति भएन । तर किन भएन ? कसैले पनि आआफ्नो आत्मा छाम्ने प्रयास गरेका छैनन् । जनतालाई सहमतिको बाधक फलानो र ढिस्कानो भनेर मात्र हुँदैन । आफूले कस्तो व्यवहार र कर्म गरिरहेको छु भन्ने पनि हेर्नुपर्छ । संविधानसभा वहिस्कार गरेर आन्दोलनमा जाने तर तलब–सुविधा अग्रिम लिने । लाभदायी मानिने संवैधानिक निकायको नियुक्तिमा भागवण्डा गर्न सहमत हुने तर, मुलुकको विकास र संविधानमा सहमति जुटाउन नसक्ने । खान कुरा मिल्ने ठाउँमा मिल्ने तर संविधान बनाउन नमिल्ने यो कस्तो राजनीतिक संस्कार हो ? नेताहरूको यस्तै गलत प्रवृत्तिले ग्रस्त राजनीतिलाई संक्रमणकाल भन्ने गरिन्छ । 

के संक्रमणकालमा जसले जे गर्दा पनि हुने हो ? संक्रमण भन्दैमा मुलुकको विकास ठप हुनुपर्ने हो ? पक्कै हैन । यहाँ सोच, संस्कार र प्रवृत्ति नै केही गरौं भन्ने नभएपछि संक्रमणलाई दोष दिए पुग्ने । संक्रमणबाट गुज्रेका अन्य मुलुकहरूको आर्थिक अवस्था र नेपालको अवस्था तुलनै गर्न नसकिने छ । लामो समय द्वन्द्वबाट गुज्रिएका, लाखौंलाख मानिसले ज्यान गुमाएका मुलुकहरू एक दशककै बीचमा आर्थिक विकास गरी सबैको आँखाको नानी बन्न सफल भैरहेको छन् । तर नेपालमा संक्रमणलाई दोष दिएर जिम्मेवारी लिएकाहरू सजिलै उम्कने गरेका छन् । नेपालको संक्रमण राजनीतिक दलका केही नेताहरूको अहंकार र स्वार्थ मात्र हो । मुलुक संक्रमित भएको नेताहरूकै व्यवहारबाट मात्र हो । यहाँको भूगोल, प्राकृतिक स्रोत साधन संक्रमित छैनन् । काम गर्नेलाई कुनै अबरोध छैन । तर यहाँ काम गर्नसक्ने योग्यता र क्षमता भएका नेतै निस्किएनन् । जनताको भावना तिरस्कृत भैरहेको छ ।

राजनीति भनेको सत्ता मात्र हैन, अनि राजनीति भनेको नेताहरू सुरक्षाकर्मी अघिपछि लगाएर भाषण छाट्नु मात्र पनि हैन । राजनीति जनस्तरसम्म पुग्न सकेन भने त्यस्तो राजनीतिको कुनै अर्थ रहँदैन । अहिले नेपालको राजनीति जनस्तरसम्म पुग्नै सकेको छैन । सिंहदरबार र बालुवाटारकै वरिपरी मात्र फन्को लगाइरहेको राजनीतिले दुर्गम क्षेत्रका बासिन्दाको पीडा बुझ्न सकेको छैन । भाषणमा विकासका लम्बेतान योजना सुनाउनसक्ने नेताहरू त्यही भाषण कार्यान्वयन गर्न पटक्कै सक्दैनन् । सबैले भन्ने गरेका छन्– संविधान बनेपछि मुलुकका सबै समस्या समाधान हुन्छ । योभन्दा लज्जास्पद अर्को कुनै कुरै छैन । गाउँको धारामा पानी आउन संविधानले रोक्दैन । संविधानले किसानको खेतमा मल–बीउ पुर्याउन पनि रोक्दैन अनि विकास खर्च गर्न पनि रोक्दैन । सुविधा लिन, नियुक्ति गर्न, आफ्ना मान्छेलाई भर्ती गर्न संविधान बाधक नहुने तर मुलुक सपार्ने कामका लागि भने संविधान नबनेर बाधा उत्पन्न भयो भन्नु जत्तिको गैरजिम्मेवारीपन अरु केही हैन । मुलुक यस्तै गैरजिम्मेवारहरूको भीडमा रुल्मुलिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
हिमालयन गेम प्लान हिमालपारी पनि पुग्यो ! (02.24.2015)
राजनीतिमा खेल छिरेको भए (02.17.2015)
अर्थतन्त्र तत्काल सुध्रिने छाँट छैन (02.10.2015)
बलिदानीको कदर नहुने देश (02.02.2015)
ढुंगा निचोरेर तेल निस्किएन (01.26.2015)
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ? (01.17.2015)
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)
संविधान निर्माणमा संचारको भूमिका (09.30.2014)
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)



 
::| Latest News

 
[Page Top]