युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अब यसो गरौं– कसो गरौं– केही नगरौं
Tuesday, 04.07.2015, 01:26pm (GMT+5.5)

- यादब देवकोटा

पहिलो संविधानसभामा सहमतिका आधारमा मात्रै संविधान जारी गर्ने भन्दै दुई वर्षको साटो चार वर्ष लगाएर पनि संविधान बनाउन नसकेर विघटनको शिकार भयो । त्यसपछि प्रमुख दलहरूले दोस्रो निर्वाचनका बेला अब सहमतिबाट संविधान बन्ने सम्भावना नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने भन्ने प्रतिबद्धता जनाए, आफ्ना घोषणापत्रहरूमा त्यस्तै कुरा लेखे र सोही अनुसार संविधान निर्माण कार्यतालिका बन्यो । तर अहिले कार्यतालिका असफल भएको साढे दुई महिना बितिसकेको छ । न सहमतिको प्रयास हुन्छ, न प्रक्रियाको थालनी छ । छ त धम्की र घुर्की । यसो नभए यसो गर्छौं भन्ने बाहेक केही छैन । गर्ने केही हैन, संचार माध्यममा अब यसो गरौं, उसो गरौं भन्ने तर सहमतिका लागि बस्ने थलोमा भने केही नगरी फर्कने गरिएको छ । यसले नेताहरूको चरित्र र इमानमाथि ठूलो प्रश्न उठाएको छ । 

यो सब जान्दा जान्दै, बुझ्दा बुझ्दै पनि नेताहरूले संविधानसभाको प्रक्रियाको थालनी भए पनि सहमतिकै कुरा, सडकको आन्दोलन पनि सहमतिकै लागि । तर सहमति भने दिन प्रतिदिन टाढिंदै । तैपनि नेताहरू सहमति भन्न छाडेका छैनन् । त्यसैले प्रमुख राजनीतिक दलले नयाँ बन्ने संविधानका लागि अनवरत रुपमा सहमति गर्ने भने पनि आफ्ना अडानमा लचकता नअपनाउँदा सहमति भाषणमा सीमित भएको छ । 

यतिबेला सहमतिको शाब्दिक र तात्विक अर्थ नै बदलिएको छ । यदि सहमति भनेको नेपालका प्रमुख दलका शीर्ष नेताहरूले देखाएको व्यवहार हो भने सहमति शब्दकै दुरुपयोग भएको मान्ने कि नमान्ने । सहमति कहिल्यै नगर्ने तर भाषण र सञ्चारमाध्यममा निरन्तर सहमतिको रटान लगाउने र एकले अर्कालाई आरोप प्रत्यारोप गरेर पन्छिने नेताहरूलाई के भन्ने ? 

हिजोदेखि संविधानसभाको बैठक सुरु भयो । यो बैठक विपक्षीहरूले वहिस्कार गरेका छन् । यस्तोमा सत्तापक्ष एक्लैले बैठक अघि बढाएर प्रक्रियाबाटै संविधान जारी गर्नसक्छ भन्ने आधार र पत्यार एक रत्ति पनि छैन । सत्तापक्षसंग दुईतिहाई मत भए पनि ती दलका नेताहरूमा ह्याउ छैन । त्यसैले त अहिले पनि ‘हामी सहमतिबाट भागेका छैनौं, संविधानसभा पनि चलिरहन्छ, सहमतिको प्रयास पनि भैरहन्छ भन्दै आइरहेका छन् । यदि संविधानसभा चलिरहने हो भने विपक्षी सहमतिमा आउने कुनै सम्भावना छैन । हिजो निर्वाचनताका गरिएको प्रतिबद्धता आफू स्पष्ट बहुमतमा पुग्ने भनेर गरिएको थियो, तर निर्वाचन परिणाम त्यसको ठीक विपरित भएपछि अब सहमति बाहेक केही हुँदैन भन्नुको विकल्प उनीहरूसंग छैन । तर, सत्तापक्षसंग सहमति नभए प्रक्रियाको थालनी गर्ने मत छ तापनि उनीहरूको कायरपन झल्किरहेको छ ।

संविधान ढुंगामा खोपेको अक्षर हैन, जुन बदल्न नसकियोस् । आज नभए भोलि संविधान संशोधन आवश्यक पर्छ नै । आजै सबै कुरा समेट्दैमा त्यो शिलालेख बन्दैन । यो कुरा राजनीति गर्नेहरूले नबुझेका हैनन् । यो त संविधान नबनाउने प्रपञ्च मात्र हो ।

अहिले मुलुकका दल स्पष्ट रुपमा दुई कित्तामा विभाजित देखिएका छन् । संविधान लेखनमा सहमति जुटाएर एउटै मार्गमा हिँड्नुपर्ने बेलामा एकथरि सहमति र प्रक्रिया भन्दै छन् भने अर्काथरिले आन्दोलन गर्दै आएका छन् ।  

संविधानसभामा गत माघ ५ गते भएको तोडफोड घटना र माघ ११ गतेदेखि सुरु भएको संविधान निर्माणको प्रक्रिया अघि बढेसँगै दलबीच देखिएको संवादहीनताको अवस्था हाल टुटे पनि सहमतिका लागि खासै निर्णायक पहल भने भएको देखिँदैन । 

विगतको सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गरेर विश्व समुदायलाई नै चकित तुल्याउने राजनीतिक दलहरू अहिले आआफ्ना अडानमा अडिग रहनु र संविधान लेखनका काममा समेत सत्तापक्ष र प्रतिपक्ष जस्तो देखिनुले संविधान जारी गर्ने विषयमा सहमति बन्न नसकेको हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
संक्रमणमा यस्तै हो भनेर उम्किन सकिन्छ ? (03.31.2015)
बलात्कारीलाई जेल, बलात्कृतलाई संरक्षण (03.17.2015)
भन्ने संसदीय व्यवस्था– वेवास्ता संसदकै (03.10.2015)
राजनीति, प्रशासन र नेता केका लागि ? (03.04.2015)
हिमालयन गेम प्लान हिमालपारी पनि पुग्यो ! (02.24.2015)
राजनीतिमा खेल छिरेको भए (02.17.2015)
अर्थतन्त्र तत्काल सुध्रिने छाँट छैन (02.10.2015)
बलिदानीको कदर नहुने देश (02.02.2015)
ढुंगा निचोरेर तेल निस्किएन (01.26.2015)
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ? (01.17.2015)
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)



 
::| Latest News

 
[Page Top]