युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 06:27am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
यो व्यवस्थित बस्तीविकासको समय
Friday, 05.15.2015, 01:22pm (GMT+5.5)

- यादब देवकोटा

आशंका जे थियो त्यही भयो । विशेषतः काठमाडौं उपत्यकाको घना बस्ती, अव्यवस्थित शहरीकरण अनि गगनचुम्बी महल बनाउने होडले भूकम्पको धक्का धान्न सकेन अनि निम्तियो विनाश । राजधानी घना आवादीका लागि उपयुक्त छैन, आकाश छुने घरहरु निर्माण गर्न रोक भन्दै विज्ञहरु कराइरहे तर सुन्नुपर्नेले नसुनेझैं गरे, निर्माण गर्नेले अटेर गरे, नक्सा स्वीकृत गर्नेहरुले सजिलै गरिदिए । परिणाम, सुरक्षाका लागि बन्नुपर्ने घर असुरक्षित भयो । विज्ञहरुको चेतावनी सही सावित गर्ने गरी वैशाख १२ गते विनाशकारी भूकम्प गयो । धन्न दिनको समय भएकाले जनक्षति अपेक्षाकृत भएन । यसलाई प्रकृतिले हात थामेकै मान्नुपर्छ ।

अब, यस्ता विषयमा तर्क वितर्क गरेर समय खर्च गर्नुको केही अर्थ छैन । जे नहुनुपथ्र्यो त्यो भैसक्यो । अब कसरी जनजीवन सहज बनाउने भन्नेतिर चिन्तन हुनु आवश्यक छ । सरकार, राजनीतिक दल सबैले अब अरुले देला र बाँडुला भनेर हैन कि आफ्नो स्रोत साधनले भ्याएसम्म वर्षायाम अघि नै घरबार विहीनहरुका लागि सुरक्षित बासको बन्दोबस्त गर्नुपर्छ । नेपाल विश्वको शान्त, सुन्दर, विश्वलाई नै लोभ्याउने मनोरम थलो आज शोकाकुल भएको छ । झण्डै ८ हजारले ज्यान गुमाएका छन् । १६ हजारभन्दा बढी घाइते छन्, लाखौं घर भत्केका छन् । ५० लाखभन्दा बढी घरबारविहीन भएका छन् ।

विनाशकारी भूकम्पले नेपाल मात्र हैन विश्वलाई नै स्तम्भ तुल्याएको छ । विदेशबाट सहयोग र राहतको ओइरो लागेको छ भनिन्छ तर उद्धार र राहत वितरण सुस्त छ । पाउनैपर्नेहरु अझै प्रतिक्षा गरिहेका छन् । महाभूकम्प गएको दुई हप्ता बितिसक्दा पनि यसको असर र प्रभाव कम हुन सकेको छैन । जनतामा त्रास कायमै छ । दैनिक जसो भूकम्पका धक्का महसुस भैरहेकाले जनजीवन सहज हुन सकेको छैन । सधैं यसै गरी जीवन चल्दैन । अब जनजीवन सहज बनाउने बाटो खोल्ने काम सरकारको हो । सरकारले राहत, उद्धार र पुनःस्थापनाका लागि उचित प्रबन्ध तत्काल गर्न नसके यसले अर्को विध्वंश नमित्याउला भन्न सकिन्न । उद्धार र राहत नपाएर आक्रोशित भएकाहरुलाई शान्त पार्न सरकारले कम्मर कसेर लाग्नु आवश्यक छ । राहतको नाममा राहत मात्र दिंदा त्यसले आहत मात्र सिर्जना गर्छ । 

अहिलेको समय राजनीतिक दलका नेताहरुका लागि विगतमा गरिएका गल्तीहरु सुधार्ने र जनतामाझ घट्दो शाख बचाउने अवसर पनि हो । यो अवसरको सदुपयोग गर्न उनीहरुले एक अर्काप्रति आरोप प्रत्यारोप गरेर हैन हातेमालो गरेर पुनःनिर्माणमा सहयोग गर्नुपर्दछ । यसले मात्र शोकलाई शक्तिमा बदल्नुपर्छ भन्दै गर्ने गरिएका भाषणहरुको सार्थकता झल्किन्छ । त्यसका लागि व्यवस्थित बस्ती विकासको अभियान चलाउनुपर्दछ । शहरी क्षेत्रमा भवननिर्माण आचारसंहिता कडाइका साथ पालना गराउनु पर्दछ । त्यस्तै उपत्यकाको सांस्कृतिक धरोहरहरुको पुनःनिर्माणमा दाताको मुख नताकी आफ्नै स्रोत साधनले काम तत्काल सुरु गरिहाल्नुपर्छ । 

घरबारविहीन भएकाहरुलाई तत्काललाई त्रिपाल दिएर समस्या समाधान हुँदैन । पूरै ध्वस्त भएका गाउँहरुमा सुरक्षित र सुविधासम्पन्न बस्तीको योजना बनाएर दीर्घकालीन रुपमा काम अघि बढाउनुपर्दछ । संविधान बनाउन नसकेर आलोचित बनेकाहरुले राष्ट्रको भौतिक संरचनाहरुको पुनःनिर्माणमा हातेमालो गरेर एकसाथ अघि बढे भने त्यो नै नयाँ नेपालको नयाँ आधार पनि बन्नेछ । अहिलेको घडीले राष्ट्रिय एकता खोजेको छ । राष्ट्रिय सहकार्य र सहअस्तित्वका साथ एकजुट भएर मुलुक बनाउनेहरुलाई खोजिरहेको छ । 

राजनीतिक प्रतिबद्धता र जनताको एकताले असम्भव लाग्ने काम सम्भव भएको छ । विश्वको इतिहास साक्षी छ । जनता र नेता एक जुट भएन अशर नयाँ सिर्जना भएको । हाम्रो आवश्यकता पनि त्यही हो । अब राष्ट्र जोगाउने र जगाउने दिन आइसकेको । अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्दै नयाँ नेपाल बनाउने अवसर पनि प्राप्त भएको छ । असफल भए भनिएका नेताहरु सफल हुने मौका पनि मिलेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अब यसो गरौं– कसो गरौं– केही नगरौं (04.07.2015)
संक्रमणमा यस्तै हो भनेर उम्किन सकिन्छ ? (03.31.2015)
बलात्कारीलाई जेल, बलात्कृतलाई संरक्षण (03.17.2015)
भन्ने संसदीय व्यवस्था– वेवास्ता संसदकै (03.10.2015)
राजनीति, प्रशासन र नेता केका लागि ? (03.04.2015)
हिमालयन गेम प्लान हिमालपारी पनि पुग्यो ! (02.24.2015)
राजनीतिमा खेल छिरेको भए (02.17.2015)
अर्थतन्त्र तत्काल सुध्रिने छाँट छैन (02.10.2015)
बलिदानीको कदर नहुने देश (02.02.2015)
ढुंगा निचोरेर तेल निस्किएन (01.26.2015)
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ? (01.17.2015)
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)



 
::| Latest News

 
[Page Top]