युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 07:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
विपत्ति प्रकृतिले गर्दा कि मान्छेले !
Tuesday, 06.02.2015, 10:58am (GMT+5.5)

- यादब देवकोटा
नेपाल यतिबेला प्राकृतिक विपत्तिमा छ । सबैले यसलाई प्रकृतिको दोष मानिरहेका छन् । वैशाख १२ गतेयता गएका भूकम्पले झण्डै ९ हजारको ज्यान गयो, खर्बौंको भौतिक क्षति भयो । यो प्रकृतिले गरेको हो कि मानव सिर्जित समस्या भन्ने बहस सुरु भएको छ । भूकम्पले मान्छे खोजी खोजी मार्दैन, मान्छेले बनाएका संरचना असुरक्षित हुँदा नै मानवीय क्षति हुने हो । 

मानवले आफ्नो सुरक्षा र आरामका लागि बनाएका संरचना नै मानवका लागि काल बन्दैगएको छ । नेपालमा मात्र हैन विश्वका शक्तिशाली र धनी मुलुकहरूको हालत पनि यस्तै छ । विश्वमा भूकम्प जोखिम क्षेत्रमध्ये नेपाल उच्च जोखिममा छ । त्यस्तै जापानको अवस्था समान रहेको छ । फरक के मात्र हो भने जापानमा भूकम्पबाट बच्न त्यस्तैखाले संरचनाहरूको निर्माण गरिएको छ भने नेपालमा भौतिक संरचना निर्माण गर्दा मापदण्ड मिचिने र नक्सा स्वीकृतीभन्दा फरकको बनाउने गर्दा बढी क्षति भएको छ ।

त्यसैले भूकम्पपछि नेपालको पुनःनिर्माणमा सघाउन आएका जापानी विज्ञहरूले भूकम्पले मानिसको क्षति नगर्ने भए पनि मानिसले निर्माण गरेका संरचनाले नै क्षति गर्ने भएकाले त्यसतर्फ विशेष सचेतता अपनाउनुपर्ने भन्दै जापानी अनुभवलाईं अनुशरण गर्न सुझाव दिएका छन् । उनीहरूले भूकम्पपछिको पुनःनिर्माणलाई नेपालको सापेक्षता र विशिष्ठतामा अगाडि बढाउन जापानी विज्ञ तथा प्राविधिकहरूले सुझाव दिंदै नेपालको आवश्यकता र जनताको चाहनालाई आत्मसात् गर्दै स्थानीय स्रोत र साधनको प्रयोग गर्नुपर्ने र विपद् व्यवस्थापनको अन्तर्राष्ट्रिय अनुभवलाई समेत नजिकबाट नियाल्नुपर्ने बताएका छन् । 

नेपालको पुनःनिर्माणा कसरी हात बढाउन सकिन्छ र त्यसका योजनाहरू केके छन् भन्ने जानकारी लिन आएको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत सोमबार राजधानीमा आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माण’ विषयक एक दिवसीय गोष्ठीमा उनीहरूले जापानी प्रविधिको नेपालले अनुशरण गरे फाइदा पुग्ने बताएका हुन् । 

विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्रको जरुरी रहेको र प्राविधिक दक्षतायुक्त जनशक्ति तथा पूर्व तयारी आवश्यक रहेको भन्दै उनीहरूले नेपाल गत वैशाख १२ गतेको भूकम्पले धेरै मानिसको क्षति हुनुका पछाडि कमजोर संरचना नै रहेको पाइएको उल्लेख गरे । जापानी नागरिक भूकम्पसँग अभ्यस्त भइसकेको सन्दर्भ जोड्दै जापानी प्राविधिक तथा विज्ञहरूले प्राकृतिक विपत्तिसँग जुध्न पूर्वतयारी र पर्याप्त लगानीको आवश्यकता भएको सुझाव दिए । 

जापानमा प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन संयन्त्रले उद्धार, राहत तथा पुनःस्थापना र आवासस्थल निर्माणका सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने सन्दर्भ जोड्दै नेपाल र नेपाली जनताको हितका लागि पनि त्यसखालको संयन्त्र जरुरी रहेको बताए । 

इन्हे विश्वविद्यालयका सहायक प्राध्यापक सिनिचिरो मोरीले नेपालको पछिल्लो विपद्मा नजिकै बसेर आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । 

‘‘हामी नेपाल र नेपाली जनताको विपत्तिलाई नजिकैबाट नियालिरहेका छौँ – यहाँको सरकारले आवश्यक ठानेको खण्डमा हामी नेपाली जनताको दुःखमा मल्हम लगाउन प्राविधिक रुपमा सहयोग गर्न तयार छौँ’’– उपप्राध्यापक मोरीले भन्नुभयो ।  

जाइकाका सल्लाहकार तेत्सु नाराफले अदक्ष कामदारले प्राविधिक सहयोग नलिई निर्माण गरेका घर तथा संरचनाले धेरै क्षति पुर्याएको भन्दै आगामी पुनःनिर्माणमा नेपालले सो विषयलाई विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । 

जापानका सहरी क्षेत्रमा भूकम्पपछि हुने आगलागीका कारण थप जनधनको क्षति हुने गरेको सन्दर्भ जोड्दै जापानको भूमि, भौतिक पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयका निर्देशक हिरोसी कानेकाले सहरी क्षेत्रमा पुनःनिर्माणको काम चुनौतीपूर्ण हुने भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

‘‘जापानमा आफ्ना खालका संयन्त्र छन्, तत्काल काम हुन्छन्, जस्तोसुकै विपत्ति आए पनि त्यसलाई सहने क्षमताको विकास गरेको भए पनि विपत्तिको समयमा केही जटिलताहरू आउने गरेका छन् । नेपालले पनि त्यस्ता विशिष्ट विषयलाई ध्यान दिँदा राम्रो हुन्छ’’ – कानेकाले भन्नुभयो । 

जापानका भौतिक पूर्वाधार विज्ञ सिगेगी उन्जोले नेपालमा हालै गएको भूकम्पका कारण २५ भन्दा बढी पुल तथा क्षतिग्रस्त भएको भन्दै आवश्यक सावधानी नअपनाउने हो भने थप सडक सञ्जाल समेत अवरुद्ध हुने बताउनुभयो । 

जापानी जल प्राधिकरणका उपाध्यक्ष सातोकी निसिकावाले नेपालले जापानको अनुभवलाई आत्मसात् गरेर अगाडि बढे सहज हुने र विपद् व्यवस्थापनलाई आवश्यक रुपमा सहन गर्न सक्ने बताउनुभयो । 

जाइकाका प्रमुख अकिहितो तानकाले नेपालको विपद्पछिको अवस्थालाई सहज र सामान्य बनाउन आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मधेशलाई पहाडले हैन भारतले हेपेको छ (05.27.2015)
यो व्यवस्थित बस्तीविकासको समय (05.15.2015)
अब यसो गरौं– कसो गरौं– केही नगरौं (04.07.2015)
संक्रमणमा यस्तै हो भनेर उम्किन सकिन्छ ? (03.31.2015)
बलात्कारीलाई जेल, बलात्कृतलाई संरक्षण (03.17.2015)
भन्ने संसदीय व्यवस्था– वेवास्ता संसदकै (03.10.2015)
राजनीति, प्रशासन र नेता केका लागि ? (03.04.2015)
हिमालयन गेम प्लान हिमालपारी पनि पुग्यो ! (02.24.2015)
राजनीतिमा खेल छिरेको भए (02.17.2015)
अर्थतन्त्र तत्काल सुध्रिने छाँट छैन (02.10.2015)
बलिदानीको कदर नहुने देश (02.02.2015)
ढुंगा निचोरेर तेल निस्किएन (01.26.2015)
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ? (01.17.2015)
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)



 
::| Latest News

 
[Page Top]