युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 07:57am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
नेताहरूको स्वार्थले छोएन जनतालाई
Tuesday, 06.09.2015, 12:07pm (GMT+5.5)

- यादब देवकोटा
विपदको बेला राजनीतिक स्वार्थ साध्न खोज्नेहरूको कमी देखिएन नेपालमा । स्वार्थपूर्ण रुपमै भए पनि यतिबेला राजनीतिक दलका कार्यकर्ताहरू प्रभावित क्षेत्रका पीडित जनताको सहयोगमा जुटेका छन । यो सकारात्मक काम हो । यसबीचमा केही मधेशवादी नेता भनेर चिनिनेहरूले पहाड र तराईबीच विभेद खडा गर्न खोजे पनि अन्ततः मधेशकै युवाहरूले त्यसलाई अस्वीकार गरे । उनीहरूले हामी नेपाली, हाम्रो नेपालको भावनालाई आत्मसात गरे । अहिले पहाडी क्षेत्रमा मधेशी युवाहरू अस्थायी बासस्थान बनाउने, भग्नावशेष हटाउने लगायतका स्वयंसेवामा खटिएका छन । 

यो दृश्यले भूकम्पका कारण घरबार विहीन भएकाहरूको बासका लागि राजनीतिक तहले आआफ्नो ढंगले सोच राखेर राजनीतिक स्वार्थ पूरा गर्ने ध्येय राखेको भए पनि जनतामा त्यस्तो भावना पटक्कै देखिएन । तराईका केही कथित नताले पहाड र तराईबीच विभेद सिर्जना गर्ने प्रयास गरे पनि त्यहाँका जनता भने भूकम्प पीडितको सहयोगमा जुटे । त्यति मात्र हैन, जातीय र क्षेत्रीय नारा बढी घन्किने क्षेत्रबाट पनि युवाहरू स्वयंसेवामा जुटेका छन् । प्रमुख राजनीतिक दले पहाडी क्षत्रमा मधेशका आफ्ना कार्यकर्तालाई उतारेर सदभाव बढाउने काम गरे । यतिबेला सुदूरपश्चिम कैलालीका थारु समुदायका युवा गोरखाका विभिन्न क्षेत्रमा खटिरहेका छन् । भूकम्पले दिएको पीडालाई मिलेर सहन गर्ने र एउटा नेपालीलाई परेको दुःखमा अर्को नेपालीले सहयोग गर्ने ध्येयका साथ उनीहरू सहयोगमा जुटेका छन् ।

भूकम्पले भत्काएको घर तथा आवासस्थल निर्माणका लागि उनीहरू दिनरात नभनी खटिरहेका छन् । एकीकृत नेकपा(माओवादी)ले सञ्चालन गरेको राष्ट्रिय श्रम अभियान २०७२ अन्तर्गत कैलाली र कञ्चनपुरका थारु समुदायका युवा नेता तथा कार्यकर्ता गोरखाका उत्तरी क्षेत्रमा खटिएका छन् । 

तराईको जनजीवनमा हुर्किएका र त्यहीँको रहनसहनमा रमाएका थारु युवाको कामलाई स्थानीयले असाध्यै सरहानासमेत गरेका छन् । कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट आएका थारु समुदायका युवाले पुनःनिर्माणसँगै फरक रहनसहनको समेत अनुभव गर्न पाएका छन् । 

भूकम्पले दिएको पीडा, भत्किएका घर आवास अनि थातथलो खोसिएका गोरखाली जनताको सेवामा खटेका उनीहरूले फरक अनुभूति मात्रै गरेका छैनन्, जनताबाट सिक र जनतालाई नै सिकाउ भन्ने मान्यतालाई समेत आत्मसात् गरेका छन् । 

एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माको नेतृत्वमा सुदूरपश्चिमका युवा गोरखाको आरुचनौटे, आरुचौर, आरुपोखरी, सिरदीबास, मान्बुलगायतका गाविसमा भूकम्पबाट भत्केका विद्यालय र घरहरू बनाउन लागिपरेका छन् । 

विसं २००७ मा स्थापना भएको गोरखा आरुघाटमा रहेको भीमोदय उच्च माविको अस्थायी संरचना बनाउन केन्द्रित कैलालीका तारा चौधरी पहाडी क्षेत्रमा आएर काम गर्न पाउनु आफूहरूका लागि सौभाग्य भएको बताउनुहुन्छ । 

माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र युद्धको क्रममा केही समय पहाडी क्षेत्रका काम गरेको भए पनि भूकम्पपछि गोरखामा आएर काम गर्नुलाई मुलुक बुझ्ने, जनताको अवस्था बुझ्ने अवसरको रुपमा लिएको उहाँको भनाइ छ । 

‘‘हामीले भोगेभन्दा धेरै दुःख रहेछ गाउँमा, भत्किएका घर आवासभन्दा बढी पीडा अकालमा मरेका गाउँले र तिनीहरूको आफन्तको पीडा सही साध्ये छैन । साच्चै पीडादायी हुँदो रहेछ प्राकृतिक विपत्ति’’ चौधरीले भन्नुभयो । 

कैलाली क्षेत्र नं ४ बाट संविधानसभा सदस्यमा निर्वाचित गौरीशङ्कर चौधरी पनि यतिखेर गोरखाका विभिन्न स्थानमा विद्यालय तथा भूकम्पपीडित जनताको अस्थायी आवास निर्माणका लागि जुट्नु भएको छ । तराई र पहाडभन्दा पनि एउटा नेपालीलाई परेको दुःखमा अर्को नेपालीले सहयोग गर्नैपर्छ भन्ने भावनाले सहयोग गर्न आएको उहाँको भनाइ छ । 

‘‘पहाडको रहनसहन बुझ्न पाइयो, दुःखमा परेका जनतालाई सकेको सहयोग गर्न पनि पाइयो’’ सभासद् चौधरीले भन्नुभयो ।  कैलालीको टोलीले हालसम्म ७०० भन्दा बढी अस्थायी आवासस्थल बनाएको र अभियान अझै केही दिन जारी रहने भएकाले एक हजारको हाराहारीमा अस्थायी संरचना तयार हुने उहाँको भनाइ छ । 

कैलालीका अर्का युवा हरि श्रीपाइली भूकम्पले दिएको पीडा सँगसँगै तराईका युवा पहाडमा आएर काम गर्नुलाई एउटा अवसरको रुपमा लिनुहुन्छ । ‘‘प्राकृतिक विपत्तिले तराई पहाड भनेको छैन, हामी नेपाली हाँै, एउटा नेपालीलाई परेको पीडामा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ’’ श्रीपाइलीले भन्नुभयो । 

माओवादी सेनाका लडाकुका पूर्व कमाण्डर जीवन बुढा विगतमा आफूहरूले सिकेको विषयलाई व्यवहारमा उतार्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । भीमोदय उमाविको लागि अस्थायी संरचना तयार पारिरहेको बेला रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ‘‘आन्तरिक रुपमा एकअर्कालाई बुझ्ने र राष्ट्रिय भावनालाई अभिवृद्धि गर्ने अवसरको रुपमा पनि हामीले यसलाई लिएका छौँ ।’’

सत्ता नेतृत्व गरेको नेपाली कांग्रेस र प्रमुख विपक्षी एमाओवादीले तराई मधेसका नेता तथा कार्यकर्तालाई भूकम्प प्रभावित विभिन्न जिल्लामा परिचालन गरेको छ । एमाओवादीका स्थायी समिति सदस्य शर्मा भन्नुहुन्छ, ‘‘कैलाली, कञ्चनपुरका युवाले गरेको कामलाई गोरखाका जनताले आत्मसात् गरेका छन् । एकापसमा भावना साटेका छन् । साँच्चै नयाँ राष्ट्रिय एकताको सञ्चार समेत भएको छ ।’’


Rating (Votes: )   
Share     Print


Other Articles:
विपत्ति प्रकृतिले गर्दा कि मान्छेले ! (06.02.2015)
मधेशलाई पहाडले हैन भारतले हेपेको छ (05.27.2015)
यो व्यवस्थित बस्तीविकासको समय (05.15.2015)
अब यसो गरौं– कसो गरौं– केही नगरौं (04.07.2015)
संक्रमणमा यस्तै हो भनेर उम्किन सकिन्छ ? (03.31.2015)
बलात्कारीलाई जेल, बलात्कृतलाई संरक्षण (03.17.2015)
भन्ने संसदीय व्यवस्था– वेवास्ता संसदकै (03.10.2015)
राजनीति, प्रशासन र नेता केका लागि ? (03.04.2015)
हिमालयन गेम प्लान हिमालपारी पनि पुग्यो ! (02.24.2015)
राजनीतिमा खेल छिरेको भए (02.17.2015)
अर्थतन्त्र तत्काल सुध्रिने छाँट छैन (02.10.2015)
बलिदानीको कदर नहुने देश (02.02.2015)
ढुंगा निचोरेर तेल निस्किएन (01.26.2015)
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ? (01.17.2015)
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)



 
::| Latest News

 
[Page Top]