युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 07:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
कसरी पाउँलान् पीडितले राहत
Tuesday, 06.30.2015, 12:46pm (GMT+5.5)

- यादब देवकोटा
२०७२ साल वैशाख १२ गते नेपालको इतिहासमा वि.सं. १९९० लाई बिर्साउने दिनका रुपमा खडा भयो । दुई महिना बितिसक्यो तर त्यो १२ गते र त्यसपछिका शक्तिशाली पराकम्पन भएको १३ र २९ गतेले नेपाली मन–मस्तिष्कलाई अझै तर्साइरहेको छ । झण्डै ९ हजारले ज्यान गुमाए, ६ लाखभन्दा बढी घर भत्किए दशौं लाख विस्थापितको अवस्थामा छन् । उनीहरू भूकम्पले ज्यान बचे पनि यो वर्षामा कसरी बाँच्ने भन्ने चिन्तामा छन् । सरकारले पर्याप्त राहत र सुविधान दिन सकेको छैन । यसबीचमा सहयोगका लागि दाताहरूको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सहयोगका प्रतिबद्धता आएका छन् । यो खुसीकै कुरा हो ।

भूकम्पपछि राहत वितरणमा व्यापक जनपरिचालन भएको देखियो । राहत नबाँड्ने कुनै निकाय रहेन । देश–विदेशका हरेक संस्थाले राहत बाँडे । यति र उति संख्याका पीडित र प्रभावितलाई राहत दिएको प्रचारवाजी भयो । तर, कतिले राहतको नाममा सुविधाको भण्डारण गरे कति कति पाउनैपर्नेले दुई छाक खान पुग्ने पनि पाएनन् भन्ने अनुसन्धानको विषय छ । समाचारहरूमा यस्ता कुरा पनि आइरहेका छन् । राहत पाउनका लागि हात फैलाउँदै भिख माग्नेले जति पनि पाए । तर, पीडित भए पनि आफ्नो आत्मसम्मान नबेच्नेहरूले केही पाएनन् । यो दृश्य काठमाडौंभित्रै देखियो । जान्ने सुन्नेहरूबाटै भयो । अर्कोतिर काठमाडौंभित्रै दुई महिनासम्म पनि एक पाथी चामल समेत नपुगेको पनि देखियो ।

अहिले मुलुकको परिस्थिति विस्तारै बदलिंदैछ । मुलुक संविधान बन्ने चरणमा छ । विदेशीहरूले ४४० अर्ब रुपैयाँ बराबरको ऋण तथा अनुदानको घोषणा गरे । त्यो रकमले मुलुकको पुनःनिर्माण कसरी गर्ने भन्ने सरकारको चिन्ता दूर भएको छ । तर, सहयोग कहिलेसम्म आउने हो, यक्किन छैन । घरबारविहीन जनताले कतिवर्षसम्म विदेशीले पैसा पठाउला र घरमा बस्न पाइएला भनेर कुर्नुपर्ने हो । अहिले यस्तै प्रश्न जताततै छ । 

मुलुकको राजनीति विस्तारै सहजतातर्फ उन्मुख छ । भकम्पका पराकम्पनहरू कम हुँदै गएको छ । जनजीवन सामान्यतर्फ लम्किदैछ । राजनीतिक दलहरू संविधान लेखनको रस्सकस्सीमा छन् । संविधानको प्रारम्भिक मस्यौदा तयार भैसकेको छ । यो एउटा अलग्गै पाटो हो । तर पनि २०७२ वैशाखको आधा महिनाको बीचमा तीनवटा भूकम्पको धक्कापछि मुलुकमा राहत, उद्धार र सहयोगको मात्रै चर्चा र हल्ला चलिरहे र अहिले पनि यो जारी छ । राहत र पुनःनिर्माण अबको चरण हुनुपर्ने सुझावहरू पनि व्यक्त भैरहेका छन् । लाखौं घरबारविहीनहरू अहिले त्रिपाल र अस्थाई टहरामा रात गुजिरिरहेका छन् । गाउँका गाउँ विस्थापित भएको छ । पुनर्बासको बन्दोबस्त हुन सकेको छैन । सरकार अहिले पनि योजना बनाउँदैछ । दाताको सहयोग आएपछि काम पनि गर्छ होला । नत्र अहिलेकै गतिविधि हेर्ने हो भने भूकम्प पीडितले राज्यका तर्फबाट तत्काल गतिलो सहयोगको अपेक्षा गर्न नसक्ने स्थिति छ । किनभने सरकार मगन्ते छ । आफ्ना स्रोत–साधनको परिचालन नगरी विदेशीको मुखताक्ने प्रवृत्ति विनाशकारी भूकम्पपछि अरु बढ्यो ।

परस्थिति कस्तोसम्म सिर्जना भयो भने वैशाख १२ गतेको भूकम्पको एक हप्तासम्म राजनीति पूरै हरायो, राजनीतिक दलका नेता–कार्यकर्ताहरू भूमिगत जस्तै भए । राजनीतिक संक्रमणले थिलथिलो भएको मुलुकमा भूकम्पको प्रकोपले अरु पछाडि धकेलियो । यस्तो बेलामा कसरी सहज अवस्था निर्माण गर्ने र पीडितलाई निस्वार्थ भावले सेवा उपलब्ध गराएर उनीहरूको बाँच्ने आधार तयार गर्ने भन्नेतिर समाजसेवी तथा सहयोगीहरूको ध्यान पटक्कै जान सकेन । राहतको नाममा जसले पनि चामल, चाउचाउ, चिउरा र त्रिपाल बाँड्ने । धेरै भूकम्प पीडितको बासस्थानमा यी वस्तुको थुप्रो लागेको छ । अनि दुर्गम गाउँमा पुगेकै छैन । राहत र उद्धार गर्नेहरूले पनि वातानुकुलित गाडीमा जान सकिने ठाउँमा गएर बाँड्ने अनि फोटो खिचेर फेसबुकमा हाल्ने गरे । आआफ्नो स्वार्थ अनुसारका काम भए । चाउचाउ र बिस्कुटसंग धर्मको किनबेच गर्ने मेसो समेत चलाइयो ।

सरकार विदेशीले पैसा देला र क्षतिपूर्ति दिउँला भनेर बसिरहेको छ । मनसुन सुरु भैसक्यो । लाखौं घरबाविहीनको अवस्था अहिले पनि त्रिपालमुनीकै छ । उनीहरूले अस्थायी भए पनि बासस्थान नपाए कसरी यो वर्षा काट्लान् ? अर्कोतिर धरातल नै खबलिएका गाउँका बासिन्दालाई कहाँ लाने ? योजना मात्र बन्दैछ, कार्यान्वयन छैन । विपत्तिमा काम गर्ने क्षमता हाम्रो रैनछ भन्ने पीडादायी अवस्था अहिले छ । के हाम्रो नियति विपत्तिको सामना गर्न नसकेरै कष्ट भोग्नुपर्ने मात्रै हो त भन्ने प्रश्न पनि उठिरहेको छ । आशा गरौं, लाखैं भूकम्प पीडितहरूको जीवन सहज बनाउन सबैको एकताबद्ध प्रयास होस् । अहिले राजनीतिक दलका कार्यकर्ताहरू जसरी अस्थायी बास बनाउन जुटेका छन् त्यो काम निरन्तर जारी रहोस् । राजनीतिक दल भनेका जनताको सेवाकै लागि गठन भएका हुन् भन्ने भावना जनतामा स्थापित होस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सम्पदाहरू धेरैपटक पुनःनिर्माण भएका छन् (06.23.2015)
नेताहरूको स्वार्थले छोएन जनतालाई (06.09.2015)
विपत्ति प्रकृतिले गर्दा कि मान्छेले ! (06.02.2015)
मधेशलाई पहाडले हैन भारतले हेपेको छ (05.27.2015)
यो व्यवस्थित बस्तीविकासको समय (05.15.2015)
अब यसो गरौं– कसो गरौं– केही नगरौं (04.07.2015)
संक्रमणमा यस्तै हो भनेर उम्किन सकिन्छ ? (03.31.2015)
बलात्कारीलाई जेल, बलात्कृतलाई संरक्षण (03.17.2015)
भन्ने संसदीय व्यवस्था– वेवास्ता संसदकै (03.10.2015)
राजनीति, प्रशासन र नेता केका लागि ? (03.04.2015)
हिमालयन गेम प्लान हिमालपारी पनि पुग्यो ! (02.24.2015)
राजनीतिमा खेल छिरेको भए (02.17.2015)
अर्थतन्त्र तत्काल सुध्रिने छाँट छैन (02.10.2015)
बलिदानीको कदर नहुने देश (02.02.2015)
ढुंगा निचोरेर तेल निस्किएन (01.26.2015)
छेपारे बुद्धिले कहाँ बन्छ संविधान ? (01.17.2015)
आर्थिक पक्ष छुटाएर पुनःसंरचना असम्भव (12.29.2014)
बढ्दो भ्रष्टाचार : जिम्मेवार को ? (12.24.2014)
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट (12.10.2014)
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)



 
::| Latest News

 
[Page Top]